प्रशासनलाई निगरानीको च्यालेञ्ज

आगामी चैत्र २५ गते सार्वजनिक हुन लागेको चलचित्र 'निगरानी' ले नेपालको प्रहरी प्रशासनलाई च्यालेञ्ज दिएको छ । नेपालमा अपहरणका घटना निकै बढ्दै गईरहेको अवस्थामा नेपाल सरकार र प्रहरी प्रशासनले केहि गर्न नसकेको भन्दै उनीहरूलाई पाठ सिकाउन चलचित्र निगरानी निर्माण गरिएको निर्माता शुसिल पोखरेलले फिल्मीखबरलाई जानकारी दिए ।नेपालमा बढ्दो बाल अपहरणको बिषयलाई मुख्य कथाबस्तु बनाएर निर्माण गरिएको सो चलचित्रले अपहरणलाई कसरी रोक्न सकिन्छ भन्ने कुरालाई देखाउन खोजिएको निर्माता पोखरेलको भनाई छ । निचलचित्र दर्शकले भन्दा पनि बढि ध्यान दिएर नेपाल सरकारका प्रमुख व्यक्ति र प्रहरी प्रशासनले हेर्न जरूरी छ भन्दै निर्माता पोखरेल थप्छन्, 'केहि बर्ष पहिले आफ्ने गाउँको सानो केटो बिबेक लुईटेल अपहरण पश्च्यात हत्याको कथा बस्तुलाई मुख्य आधार मानेर चलचित्र निर्माण गरेको छु । त्यसैले यो चलचित्र हरेक अभिभावकले पनि हेर्न जरूरी छ ।'यसैगरी चलचित्रमा एउटा प्रेमीले आफ्नो ज्यानको बाजी लगाएर कसरी आफ्नी मायालुलाई बचाउँछ र उसको निगरानी कसरी गर्छ भन्ने कुरालाई पनि चलचित्रले प्रस्ट्याउन खोजेको हुनाले यो चलचित्र युवावर्गले पनि हेर्नुपर्ने निर्माता पोखरेलको भनाई छ ।चलचित्र क्षेत्रमा नियमित चलचित्र निर्माण गरेर सफल निर्माताको रुपमा चिनिएका निर्माता पोखरेलले यो चलचित्र दर्शकले मनपराई दिए आफूले देशको लागि केहि गर्न सकेछु भन्ने लाग्ने कुरा समेत बताए ।राजेन्द्र उप्रेतीले निर्देशन गरेको चलचित्रमा विराज भट्ट, मुकेश ढकाल, अरुणिमा लम्साल, जेनिशा केसी लगायतका कलाकारहरूले अभिनय गरेका छन् । चलचित्रका गीतमा बसन्त सापकोटाले संगीत दिएका छन् ।

नेपाली नायकको अंग्रेजी चलचित्र

पछिल्लो समयका हर्ताकर्ता नायक रेश मरहठ्ठाले अमेरिकाको एक कम्पनी सँग मिलेर अंग्रेजी र नेपाली भाषामा चलचित्र निर्माण गर्दैछन् । करिब डेढ बर्ष अघि अमेरिकाको लेजेन्ट फिल्मस नामक कम्पनीलाई उनले आफ्नो स्क्रिप्ट पठाएको र अहिले आएर सो स्क्रिप्टमा चलचित्र बनाउन कम्पनी तयार भएको निर्माता तथा नायक रेशले फिल्मीखबरलाई बताए ।अमेरिकन कम्पनी लेजेन्ट फिल्मस र आफ्नै कम्पनी भ्वाईस इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुन लागेको चलचित्र 'रूट' को छायाँकन नेपाली र अंग्रेजी दुबै भाषामा एकसाथ गरिने निर्माता तथा नायक रेशको भनाई छ । अमेरिका र नेपालका प्राबिधिकहरू मिलेर निर्माण गरिने सो चलचित्रमा नेपालका तर्फबाट निर्देशक, केहि कलाकार, संगीतकार, द्वन्दनिर्देशक र केहि प्राबिधिकहरू रहने रेशले जानकारी गराए ।केहि दिन अगाडी सामाजिक संजाल फेसबुकको माध्यमबाट चलचित्रको लागी कलाकारको वान्टेड लेखेपछि बिश्वका बिभिन्न मुलुकबाट करिब ४० जनाले कलाकार बन्नको लागि आफ्नो बायोडाटा पठाएको रेशको भनाई छ । उनले भने, ' अमेरिकामा मोडलिङ गरेका मोडलहरूको साथमा मिस इन्डिया प्रिजेन्टस् पुजाले पनि आफ्नो चलचित्रमा अभिनय गर्न रूचि देखाएकी छन् ।'अन्तर्राष्ट्रिय स्तरको चलचित्र बन्न लागेको थाहा पाएर उनीहरूले अभिनय गर्न रूचि देखाएको हुनसक्ने रेशको अनुमान छ ।प्रविण अधिकारीको पटकथा र संवाद रहने सो चलचित्रमा बिदेशी र नेपाली कलाकारले अभिनय गर्ने छन् ।कास्टिङ डाईरेक्सनको जिम्मा लिएका अमेरिकी नागरिक रायन पियर्स अहिले सो चलचित्रका लागी कलाकार छनोटमा लागी परेका छन् ।चलचित्रमा नेपाली संगीत राखिने भएकोले संगितकार महेश खड्कालाई संगीतको जिम्मा दिईएको उनले बताए । रेशले भने,'हामी बिदेशमा चलचित्र प्रदर्शन गर्दा गीत र द्वन्दलाई हटाएर चलचित्र प्रदर्शन गर्नेछौं ।'चलचित्रमा अभिनय गर्ने कलाकारको छनोट मार्च महिनाको अन्त्य सम्ममा गरिने र मे महिनाको अन्त्य तिर चलचित्रको छायाँकन शुरू गर्ने योजना रहेको रेशको भनाई छ । चलचित्रमा नेपालको पर्यटकिय क्षेत्रलाई प्राथमिकतामा राखेर नेपालका बिभिन्न पर्यटकिय क्षेत्रमा चलचित्रको छायाँकन गरिने भएको छ । यसगरी चलचित्रमा नेपाली कला, संस्कृति र सभ्यतालाई पनि बिशेष स्थान दिईने भएको छ । यसअघि रेशले निर्माण गरेको चलचित्र 'च्यालेञ्ज' प्रदर्शनको क्रममा रहेको छ ।

करिश्माको डाइहार्ट फ्यान

‘बाटो मुनिको फुल’ निर्देशन पश्यात् दर्शकको राम्रो प्रतिक्रिया पाएका स्क्रिप्ट राईटर तथा निर्देशक सुरज सुब्बा ‘नाल्बो’ आफुलाई नायिका करिश्मा मानन्धरको ‘ डाइहार्ट फ्यान हूँ’ भन्दछन् । नाल्बो निर्देशित दास्रो सिनेमा ‘सायद’को हाल पोष्ट प्रोडक्सन कार्य भैरहेको छ ।यता सुरज अर्को प्रोजेक्टको निर्माण कार्यमा पनि खटिईसकेका छन् । नाम फाईनल नभएको र स्क्रिप्ट फाईनल भैसकेको यस प्रोजेक्टका निमित्त बाबु बोगटी र निशा अधिकारीलाई छनोट गरिसकेको उनले बताए ।‘सिनेमा भनेको बिचार पनि हो’, भन्ने नाल्बोले यस प्रोजेक्ट भित्र नारी सँवेदना र माया प्रेमका कुरालाई मुल बिषय बनाउँदै छन् ।हामीसँगको कुराकानीमा सुब्बाले आफुलाई नायिका करिश्मा मानन्धर र नायक राजेश हमाल सँग काम गर्न मन भएको बताए ।‘म करिश्मा जीको डाइहार्ट फ्यान पनि हूँ, नाल्बोले थपे, मलाई राजेश हमालले जोडले कराएको पनि मनपर्छ’। यि दुई बाहेक रँगमन्चका सुनिल पोखरेल र अनुप बराल जस्ता कलाकारहरुसँग पनि काम गर्ने इच्छा भएको उनले बताए ।

नेपालका नायकसँग बलिउड अभिनेत्री

सेलिब्रेटिज स्टारडस्टको ब्यानरमा मुम्बईबाट निर्माण हुन लागेको नेपाली कथानक चलचित्र 'परिचय' मा अभिनय गर्न शनिबार साँझ काठमाडौं आइपुगेकी बलिउड अभिनेत्री मोनिका वेदी आइतबारै सुटिङका लागि पोखरा गएकी छिन् ।महानायक राजेश हमाल, सुनिलदत्त पाण्डे, निखिल उप्रेतीको साथमा भारतिय अभिनेत्री मोनिका वेदीले अभिनय गर्न लागेको सो चलचित्रको निर्देशन आकाश पाण्डेले गर्दै छन् । चलचित्रको करिब २५ दिनसम्म नेपालमा नै छायाँकन गरिने बताईएको छ । चलचित्रमा निखिल र मोनिका जोडीका रूपमा प्रस्तुत हुने बताइएको छ ।सञ्जय नरेन्द्रको र सुरेश सुमनको प्रस्तुतिमा बन्न लागेको सो चलचित्रको छायाँकन नेपालमा सकिए लगत्तै युनिट थप छायाँकनका लागी युनिट बैङकक जाने भएको छ ।

चर्चा नायिकाको चश्माको

बुटवलमा शनिवार भएको कलाकार र नृत्यकारहरुको विच खेल भएको खेलमा फुटवल प्रतियोगिता भन्दा पनि चश्माको बढी चर्चा चल्यो । त्यो पनि नायिकाहरुको मात्र । फिफा टेक्निकल सेन्टर देवीनगरमा भएको प्रतियोगितामा मैदानमा खेलाडीको रुपमा मैदानमा नदेखिए पनि फुटवल पोसाकमा मैदान बाहिर तीन नायिकाको चश्माको चर्चा निकै चल्यो । नन्दिता केसी, गरिमा पन्त र युना उप्रेती तीनै नायिका कालो रेगनका साथमा उपस्थित मैदान बाहिर थिए ।कार्यक्रम सञ्चालकले कलाकारको परिचय गराउने क्रममा लुम्विनी अञ्चलकी भएको कारण सवैभन्दा पहिलो मौका पाएकी नन्दिका केसीले आफ्नो परिचय दिन नभ्याउदै कार्यक्रममा उपस्थित दर्शकले चश्मा खोल्न आग्रह गरे । पहिलो त चश्मा खोल्न हिच्किएको नन्दिताले दर्शकका आग्रह टार्न नसकेपछि पछि चश्मा निकाल्न बाध्य भईन् । नन्दिताले चश्मा निकाल्ने बितिकै दर्शकको वाह वाहीले रंगशाला गुञ्जायमान बनेको थियो । त्यसपछि पालो आयो गरिमा पन्तको । उनले पनि आफ्नो परिचय सुरु के गरेकी थिईन् फेरी दर्शकको हल्ला सुरु भयो र उनले पनि चश्मा खोल्नु पर्‍यो । चश्मा खोलेपछि नायिका गरिमाले दर्शकलाई सोधिन्, 'चश्मा खोल्दा राम्रो कि लगाउदा ?' दर्शकदीर्घको एउटै उत्तर थियो, 'खोल्दा राम्रो ।'अर्को पालो कुरिरहेकी नायिका युना उप्रेतीले लगाएको चश्माको अत्याधिक चर्चा हुन थालेपछि पहिले नै चश्मा खोलेर प्रकट भइन र सोध्न थालिन्, 'म त पहिले नै चश्मा खोलेर आएँ है ।' त्यसपछि उनले पनि दर्शकको वाहवाह बटुलिन । तीनैजना नायिकाहरु फुटवल खेल्ने जर्सीमा देखिए पनि उनीहरु फुटवल भने खेलेनन् । उनीहरुले आफ्नो परिचयको क्रममा मात्र आफ्नो आगामी चलचित्रको बिज्ञापन मात्रै गरे । नायिका नन्दिताले आगामी चलचित्र मालतीको भट्टी, युना र गरिमाले चलचित्र प्रितीको फुलको बिज्ञापन गरे र दर्शकलाई आफ्नो चलचित्र हेरिदिन आग्रह पनि गरे ।देवीनगर रंगशलामा अर्को आर्चश्य के पनि देखियो भने दर्शकले नायक भन्दा पनि बढी खलनायकलाई रुचाए । प्राय: चलचित्र हेर्दा नायकलाई पर्दामा देखिदा हुटिङ सुरु गर्ने दर्शकहरुको मत शुक्रवार भने उल्टो देखियो । कार्यक्रममा स्थलमा उपस्थित नायकहरु राज तिमिल्सीना, जयकिसन बस्नेत, धिरेन शाक्य, सुमन सिंह भन्दा पनि खलनायक सुनिल थापालाई हेर्न दर्शक धेरै आतुर देखिए । तलदेखि माथिसम्म कालो ड्रेसमा उपस्थित थापाले कार्यक्रममा आएर अभिवादन गरिरहदा दर्शकले ताली मात्र बजाएका थिए ।गुण्डा बदमास भनेर आफुलाई परिचय गराइ रहँदा दर्शकहरु दिल खोलेर हासिरहेका देखिन्थे । खलनायक थापाले मुम्वईमा मुन्नी र नेपालमा आफु बदनाम भएको बाक्य टुङयाउदा दर्शकको हासो थामि नसक्नु थियो । फुटवल खेल्नको लागि महानायक राजेश हमाल,चर्चित नायिका रेखा थापा आउने भनिए पनि शनिबार भने दुवैजना देखिएनन् । दर्शकलाई आर्कर्षित गर्ने हेतुले केही दिन अगाडि देखि नायक राजेश र रेखा आउने भनि व्यापक प्रचार प्रसार गरिएको थियो ।सिनेस्टार मासिक पत्रिका, बक्स अफिस साप्ताहिक तथा नेपाल टेलिभिजन प्लसबाट प्रसारणभै रहेको चलचित्र सम्बन्धी कार्यक्रम दि बक्स अफिसले आयोजन गरेको 'बक्स अफिस फिल्म फुटबल लिग २०६७ 'अन्तर्गत कलाकार र नृत्यनिर्देशक बिच बुटवलमा भएको सो खेलमा नृत्यनिर्देशकहरूले कलाकारलाई १-० ले हराएका थिए ।

यस्तो पनि छ, ब्याच नं.१६मा

यहि फागुन २० गतेदेखि मुलुकभर प्रदर्शनमा आउन लागेको सिनेमा ‘ब्याच नँम्बर १६’ सेन्सर पास भैसकेको छ । पिताम्बर पाण्डे निर्देशित सिनेमाभित्र केहि त्यस्ता आपत्तिजनक शब्दहरु रहेपनि सेन्सरले तगारो हालेन ।आर्मी, पुलिसले बोल्ने त्यस्ता शब्दहरुको दर्शकलाई भान मात्र दिनका लागि शब्दको ठाउँमा 'डिप' राखिने क्यामराम्यान पुरुषोतम प्रधानले बताए । सिनेमामा त्यस्ता शब्दहरु करिब १५–२० ठाउँमा रहेको जानकारी प्राप्त भएको छ । मानिसको सामान्य जीवनयापनको क्रममा बोल्दा 'छाडा' लाग्ने त्यस्ता शब्दहरु राखेर सिनेमालाई बास्तविकताको नजिक लैजान खोजिएको बताईएको छ ।‘साईलेन्स इन्टरटेनमेन्ट’को ब्यानरमा निर्मित सिनेमा भित्र सुमन सिँह, रुबी भट्टराई, सुस्मा कार्की, अर्पण थापा, अनुप बराल आदि कलाकारहरु रहेका छन् । सिनेमामा दुई अधरपानका दृश्यहरु पनि राखिएको छ । जुन दृश्यहरु हेर्दा दर्शकलाई भल्गर नभै ग्ल्यामरस लाग्ने पनि निर्माण पक्षले बताएको छ ।

भारतीय फिल्म निर्माण कम्पनीमा अनुप

लगभग २०४२–४३ सालतिरबाट बिभिन्न सडक नाटकहरु, रँगमन्चका थुप्रै साना ठुला नाटकहरुमा अभिनय गर्दै हाल नेपाली सिनेमा क्षेत्रमा छाईरहेका कलाकार अनुप बराल आफुलाई एक भारतिय फिल्म कम्पनीबाट ‘क्रियटिभ डाईरेक्टर’ का निमित्त अफर आएको बताउँछन् ।२०५१ सालमा अँशबन्डा नामक नेपाली सिनेमामा अभिनय कला प्रस्तुत गरेर रजतपटमा छिरेका बरालले हालसम्म ‘लक्ष्य’,‘दासढुँगा’, ‘एक दिन एक रात’, ‘ब्याच नम्बर १६’ लगायतका सात सिनेमाहरुमा अभिनय गरिसकेका छन् । पात्रको परिचय खुलेको र पृथक बिषयवस्तु बोकेको सिनेमामा मात्रै अभिनय गर्न रुचाउने बराल त्यस्तो फिल्ममा आफु नाँच्न र फाईट खेल्न दुबैका लागि तयार भएको बताउँछन् । ‘मलामी’ नामक फ्रान्सका केहि ब्यक्तिहरु मिलेर निर्माण गरेको सिनेमा र एक इजरायली टेलिसिरियलमा समेत अभिनय गरिसकेका बराल अर्को सालतिर आफैले सिनेमा निर्देशन गर्ने सोचमा छन् ।उनले हालसम्म दुईतिन सय सडक नाटक र लगभग ३३ साना ठुला रँगमन्चका नाटकहरुमा अभिनय गरिसकेका छन् । भारतको एक फिल्म निर्माण कम्पनी ‘ईनोभेटिभ नाईट’बाट आएको आग्रहलाई स्विकार्दै उनी केहि समयपछि त्यता जाँदैछन् ।

मौषमीको अर्को सिनेमा

नेपाली सिनेमा क्षेत्र भित्र त्यस्ता अनुहारहरु पनि छन्, जो यो बिधालाई छोडेर अन्यत्र जाने बिषयमा सोच्नै सक्दैनन् । महानायक राजेश हमाल यस्तै एक ब्यक्तित्व हुन् । तर अहिले भने हामी कुरा गर्दैछौं, नायिका मौषमी मल्लको ।केहि पुराना तर दर्शकको मन–मुटुमा बसन सफल ‘सम्पति’, ‘भाग्यरेखा’, ‘चेली’, ‘पृथ्वी’, ‘सपना’ लगायत थुप्रै नेपाली सिनेमाहरुमा देखिएर केहि समयसम्म हराएकी यि नायिका तथा निमात्रीले अर्को सिनेमा निर्माण गर्ने सुर कसेकी छिन् ।राजेन्द्र उप्रेती निर्देशित आफ्नो पहिलो सिनेमा ‘गिरफ्तार’ले राम्रै ब्यापार गरेपछि मौषमी अर्को सिनेमा निर्माणका लागि उत्साहित भएकी हुन् । फिल्मको स्क्रिप्ट फाईनल भैसकेपनि नाम भने हालसम्म नजुरेको मौषमीको यो सिनेमालाई निर्देशक दयाराम दाहालले निर्देशन गर्दैछन् । सिनेमा भित्र लक्ष्मण शेषको सँगीत रहने पनि मौषमीले हामीलाई बताईन् ।हेर्दै जाऊँ, आफु निर्मित पहिलो सिनेमामा नायिकाको रुपमा देखिएकी मौषमी यसपटक भने कुन रुपमा प्रस्तुत हुनेछिन् ।

कोमलले नचाइन् दङ्गालीलाई

गजेन्द्र बोहरा, दाङ फागुन १४- के बुढा, के तन्नेरी अनि के केटाकेटी, सबै कम्मर मरकाई-मरकाई नाचे, ताली पिटे, सिट्ठी बजाए। जसरी कलाकारले मञ्चबाट दर्शक तताए, त्यसैगरी दर्शकले पनि कलाकारलाई हौस्याए। पच्चिस रुपैयाँ तिरेर महोत्सवमा छिरेका ५०औं हज्जार दंगेलीले त्यसको भरपुर मनोरञ्जन लिए। चर्चित गायिका कोमल ओलीले'तुलसीपुरमा म जाँदाखेरी ....' भनि नसक्दै भीड उठेर छम्किन थालेपछि केहीबेर त प्रहरीले लाठी चार्जसमेत गर्नुपर्‍यो फागुन ६ गते घोराहीमा सुरु भएको राप्ती पर्यटन महोत्सवमा शनिबार अत्यधिक दर्शक ओइरिए, कारण थियो लोकप्रिय गायिका कोमल ओलीलाई सुन्ने। शुक्रबार महोत्सवमा एकैछिन देखिएकी गायिका ओलीले एउटामात्रै गीत गाएर अरु गीत सुन्न शनिबारलाई निम्तो दिएकी थिइन्।दिउँसो १२ बजेदेखि नै मञ्चमा देखापरेकी ओलीको भाकासँगै उठेका दंगेलीका लाखौं हातहरु दिनैभरि उठिरहे, भाकामा भाका मिलाइरहे। 'झ्वाँक तन्नेरी..., पोइल जान जाम्... जस्ता गीतहरु गाएर चर्चा कमाएकी ओलीले शनिबार दिनैभरि दंगेली दर्शकलाई छमछमी नचाइरहे। दर्शकदीर्घामै पुगेर आफैं छम्किएर दर्शकको मन तान्ने खुबी भएकी ओली आफैंलाई भीड थाप्नसमेत मुस्किल पर्‍यो।ओलीको गृह जिल्ला दाङ नै हो। केही वर्षअघि उनले तीजका अवसरमा सार्वजनिक गरेको 'पोइल जान पाम्...' भन्ने गीत भने उनले यहाँ गाउन मानिनन्, कारण थियो दाङका अधिकारकर्मी महिलाले उक्त गीत भएको एल्बम जलाएका थिए भने, स्थानीय एफएम रेडियोमा समेत उक्त गीत बन्देज लगाइएको थियो। 'तपाईंहरुले नै मेरो उक्त एल्बम जलाउनुभएको हो, त्यसैले मैले त्यो गीत यहाँ गाउन सक्दिनँ' उनले मञ्चबाटै दर्शकलाई भनिन्, तर 'मेरा अरु सबै गीतहरु यहाँ सुनाउँछु।'शनिबार यहाँ गायक शिशिर योगी, नवीन पौडेल, रेणु विष्टलगायतका कलाकारले समेत प्रस्तुती दिएका थिए। महोत्सवमा दर्शक तान्न आयोजकले दिनदिनै विभिन्न विधामा ख्याती कमाएका गायक तथा कलाकारलाई ल्याइरहेका छन्। महोत्सवकै मञ्चबाट लोकगायक बद्री पंगेनी, हेमन्त शर्मा, किरण केसीलगायतका कलाकारले प्रस्तुती दिइसकेका छन्।

–याडिसनमा रमाईलो

केहि चलचित्र क्षेत्रका ब्यक्ति,पत्रकार,सँचारकर्मी र सिनेमाका सदस्यहरुको उपस्थितिका बिच लाजिम्पाट स्थित होटल –याडिसनमा‘साईलेन्स इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्मित ‘ब्याच नम्बर १६’ले आज दिउँसो साढे तिन बजेको हाराहारीमा रमाईलो ढँगले आफ्नो ‘म्युजिक लन्च’ कार्यक्रमको आयोजना गर्यो ।कार्यक्रमका प्रस्तोता तथा चलचित्र पत्रकार नरेश भट्टराईले कार्यक्रमलाई अनौपचारिक बनाउँदै सिनेमाका लगभग सम्पुर्ण सदस्यहरुलाई मिडियाकर्मीहरु माँझ परिचित गराएका थिए । त्यसैबिच सिनेमाका निर्माता र निर्देशनद्धय क्रमशः बिक्रान्त श्रेष्ठ र पिताम्बर पाण्डेले आफुहरुले सिनेमालाई सकेसम्म पृथक बनाउने प्रयास गरेको बताए ।नायक सुमन सिँह,नायिकाद्धय रुवी भट्टराई, सुस्मा कार्की,गायक सुगम पोखरेल, कलाकार अशोक शर्मा लगायत थुप्रैको कार्यक्रममा जमघट भएको थियो ।कार्यक्रमकै बिच सिनेमाका दुई गीतको भिडियो र एक प्रोमो पनि देखाईएको थियो ।सिनेमामा सुगम पोखरेल, बिक्रान्त श्रेष्ठ, किचमान चित्रकारको सँगीत र शिव परियार, सोनुप पौडेल, रजिना रिमाल, सुगम पोखरेल लगायतका गायक गायिकाहरुको स्वर सुन्न पाईन्छ । प्रमोशनल गीत सहित पाँच गीतहरु सँग्रहित ‘ब्याच नम्बर १६’ आगामी सातादेखि देशभर प्रदर्शनमा आउँदैछ ।

मिस्टर नेपालका निर्णायकहरु

भोलि सम्पन्न हुन गैरहेको ‘मिष्टर नेपाल २०११’ को निर्णायक टोलीमा प्रायजसो नेपाली सिनेमा क्षेत्रकै हस्तीहरुलाई देख्न सकिने छ ।नायकहरु राजेश हमाल, जीवन लुइँटेल, राजबल्लभ कोइराला, नायिकाहरु रेखा थापा, निशा अधिकारी र कलाकार अनुप बराल लगायतका निर्णायकहरुले भोलि अर्को एउटा मिस्टर नेपाल छान्ने छन् ।प्रज्ञा भवन,कमलादीमा दिउँसो एक बजेदेखि सुरु हुने प्रतिष्पर्धाका बिच ४१ जना प्रतिस्पर्धीहरु एक–आपसमा भिड्दै छन् ।उक्त प्रतिष्पर्धामा आफुले प्रतिष्पर्धीको प्रस्तुत हुने शैली, आत्मबिश्वास, निडरताका आधारमा निर्णय गर्ने निर्णायक मध्येकी एक निशाले बताईन् ।एक्सपोज नेपाल र इनिस्टाईलले सँयुक्त रुपमा आयोजना गर्न लागेको प्रतिष्पर्धामा अन्य क्षेत्रका केहि निर्णायकहरु पनि रहने आयोजकले जानकारी दिएका छन् ।

साताको ग्रस कलेक्सन

यो साता पनि नेपाली सिनेमाको बक्स अफिस रिपोर्ट राम्रो आउन सकेन । प्रदर्शनरत सबै फिल्महरुले आफ्नो लगानी समेत उठाउन नसक्ने छाँट देखाए ।फागुन ६ देखि देशभर प्रदर्शनमा आएको ‘मनमनै मन पराएँ’ले हिन्दी कपी नेपाली सिनेमाको बिल्ला त भिर्यो नै, तै पनि ब्यापारमा भने औषत रहेको पाईयो । राजेन्द्र उप्रेती निर्मित यस सिनेमाले पहिलो सातामा तिस लाख पुग–नपुग ब्यापार गरेको डि.सि.यन बितरण प्रमुख दिपक दँगालले मेरोसिनेमालाई बताए ।माघ २८ गतेदेखि देशभर रिलिज भएको लोकेन्द्र कार्की निर्मित सिनेमा ‘शासन’ आफ्नो लगानी उठाउन सकिने हो कि नसकिने हो भन्ने दोधारमा कछुवाको तालमा अघि बढ्दै छ । पहिलो साता राम्रै ब्यापार गरेको शासन तेस्रो सातामा आएर काठमान्डौंका चार हलमा मात्र सिमित हुन पुग्यो । लगभग डेढ करोडको भारी बजेटमा निर्मित यो सिनेमाले हालसम्म ६० लाख हाराहारीको ब्यापार गरेको बितरक सुनिल मानन्धरले बताएका छन् ।त्यस्तै,प्रशन्न पौडेल निर्देशित ‘स्वर’को ब्यापार पनि उल्लेखनीय पाईएन् । सिमित सिनेमा हलमा प्रदर्शनरत स्वरले हालसम्म ४७ लाख हाराहारीको ब्यापार गरेको छ । यस हिसाबले स्वरले पनि आफ्नो लगानी उठाउन सकेन । यता, माओवादीको कथावस्तुमा आधारित ‘हिउँका लप्काहरु’ नाम गरिएको सिनेमा भने ब्यापारिक उद्देश्यले नचलाईएकोले यसको कलेक्सन रिपोर्ट हामीलाई प्राप्त भएन ।यसरी,नेपाली सिनेमाहरुको यो साताको ब्यापार पनि सोचे जस्तो हुनसकेन् । अब प्रदर्शनमा आएका दुई सिनेमाहरु ‘कसम’ र‘तहल्का डट कम’को ब्यापार सन्तोषजनक हुन्छ कि यहि आशा गरौं ।

मेरै कारणले फिल्म फ्लप भयो

‘आफन्त’, ‘कहाँ भेटिएला’ जस्ता सफल सिनेमा निर्देशन गरिसकेका निर्देशक शिव रेग्मी आफु निर्देशित ‘हाँसिदेऊ एक फेर’ आफ्नै कारणले फ्लप भएको बताउँछन् । ‘घोडा चढ्ने मान्छे लड्छ र म यो पटक लडेकै हुँ’, रेग्मीले भने, ‘मैले यो फिल्म अलि पछि बनाउनु पर्ने रहेछ’ ।आफ्नो लगानी रहेको सिनेमा ‘मानिस’को असफलताको कारण पनि आफैलाई मान्ने रेग्मी चर्चित हास्यजोडी ‘मह’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवँश आचार्यलाई लिएर फेरी पनि फिल्म बनाउन ईच्छुक रहेको बातउँछन् ।‘हासिदेऊ एक फेर फ्लप हुनुमा महको कुनै दोष छैन, कुनै पनि फिल्म फ्लप वा सफल हुनुमा सबैभन्दा बढि निर्देशकको हात हुन्छ’, रेग्मीले बताए ।रेग्मी हाल दुई प्रोजेक्टहरु ‘फुल’ र ‘मनले मनलाई छुन्छ’मा ब्यस्त छन् । फुलको इडिटिङ्ग र मनले मनलाई छुन्छको मिक्सिङ्ग कार्य भैरहेको छ ।

आफ्नै सँगीत चोर्ने सँगीतकार

लगभग चार दशक अघितिर नेपाली सिनेमा ‘माया’मा सुमधुर सँगीत भरेर सिनेमा सँगीतमा प्रवेश गरेका सँगतिकार शम्भुजित बास्कोटा आफुलाई ‘आफ्नै सँगीत’ चोर्ने सँगीतकार भन्न रुचाउँछन् ।हालसम्म तिनसय भन्दा बढि सिनेमाहरुमा सँगीत प्रदान गरिसकेका बास्कोटाले हालसालै ‘साथी म तिम्रो’,‘मृगतृष्णा’,‘जय होस’,‘मेरो के गति हुने हो’,‘राज’ लगायतका थुप्रै नेपाली सिनेमाहरुमा सँगीत भरेका छन् । चलचित्रको कथा, धार र मर्म बुझेर सँगीत दिने गरेको बताउने बास्कोटा भन्छन्,‘ हेर्नुस् अरु अरुले हिन्दी नयाँ पुराना गीतलाई उल्टो पाल्टो पारेर सँगीत चोर्ने काम गर्छन् तर म आफ्नै सँगीतहरुलाई पुनः ताजा बनाउने हिसाबले त्यसबाट प्रभावित हुन्छु’ ।२०४५–४६ सालतिर सम्भवत बिश्वकै पहिलो टेलिभिजन रियालिटी शो ‘प्रतिभाको डवली’ आफैले सुरु गरेको बताउने बास्कोटाका थुप्रै गीतहरु उनले सँगीत भरेका अघिल्ला गीतहरुसँग मिल्ने गरेका छन् ।दिपक रायमाझीको निर्देशनमा बनेको सिनेमा ‘हाम्रो मिलन कहिले हुन्छ’को ‘जागे सारा रात’ बोलको गीत दिपक रायमाझीकै सिनेमा ‘अँगालो–आगालोमा’को शिर्ष गीतसँग मिलेको पाईन्थ्यो । यता, बासकोटाकै सँगीत र शोभित बस्नेत निर्देशित‘चिनो’को ‘लैजाऊ मलाइ’ बोलको गीत उनकै सँगीतले सजिएको ‘यो मायाको सागर’को शिर्ष गीतसँग मिलेको पाईन्थ्यो । त्यस्तै, प्रदर्शनरत सिनेमा ‘शासन’को एक ‘रत्यौली भाका’ पनि सिनेमास्कोप सिनेमा ‘माईली’को ‘जाउन ठमेलमा’ बोलको गीतसँग मिलेको पाईन्छ ।

हरिवंशले 'उसलाई यसपालि बिहे गर्ने'


काठमाडौं, फागुन १३ (नागरिक) – कलाकार हरिवंश आचार्यको रसिलो अभिनय हेर्दै आएका दर्शकले उनको रमाइलो गीत सुन्न पाउने भएका छन्। अभिनयका उनका जोडी मदनकृष्ण श्रेष्ठले गीतमा उनलाई साथ दिएका छन्।
'कोही भन्छन् गोरी राम्री
कोही भन्छन् काली
म त बिहे गर्छु उसलाई यसपालि'
बुधबार राजधानीको थापागाउँस्थित प्रज्ञा साउन्डस्मा मह जोडीले रमाइलो मान्दै यो गीत गाए। 'बिहे–बटुलमा गाउने जस्तो गीत रहेछ। गाउँदाखेरि नाचुँ–नाचुँ जस्तो लागेको छ,' हरिवंशले भने। फिल्म 'तँ त साह्रै बिग्रिस नि बद्री'मा गाउन उक्साउने संगीतकार शम्भुजित बासकोटासँगको सहकार्य यसमा निकै प्रभावकारी रहेको उनले बताए।मदनकृष्णले करिब २५ वर्षपछि शम्भुजितसँग काम गरेको उल्लेख गरे। फिल्म 'के घर के डेरा'मा शम्भुजितको संगीतमा उनले 'हे भगवान मेरो खल्तीको घाउ' बोलको गीत गाएका थिए। 'मलाई एल्बम निकाल्न र गीत गाउन उक्साउने एकजना शम्भुजित पनि हुन्,' पछिल्लो पटक यादव खरेलको एल्बम 'टुहुरो ईश्वर'मा स्वर दिएका मदनकृष्णले भने,'यादव दाइ पनि मैले गाउने काम जारी राखोस् भन्ने व्यक्ति हुन्।'उत्तम सञ्जेलको गीत र शम्भुजितको संगीतमा तयार हुन लागेको एल्बममा आनी छोइङ डोल्मा, रामकृष्ण ढकाल, अञ्जु पन्तलगायतले स्वर दिएका छन्। एल्बमका तीन गीत मदनकृष्णले गाउने र केही गायक/गायिकाको छनोट हुन बाँकी रहेको शम्भुजितले जानकारी दिए।'सुगम संगीतलाई प्रवर्द्धन गर्ने खालका गीत राख्ने कोसिस भइरहेको छ। शब्दमा विविधता देखेकाले त्यसलाई सुहाउने संगीत सिर्जना गरेको छु,' शम्भुजितले भने। श्रोताको रुचिलाई ध्यान दिएर गीत तयार पारेको उनले दाबी गरे।गीत रचना र लगानी समेत गरेका सञ्जेलले एल्बम बिक्रीबाट उठेको पैसा अनाथ आश्रम सञ्चालक दिलशोभा श्रेष्ठ र समाजसेवी चमेली वाइबालाई दिइने बताए। 'एल्बम बेचेर भन्दा निकाल्ने पैसा नै दिए हुँदैन?' संगीत बजारको बिग्रदो अवस्थाबारे सजग गराउँदै नागरिकले गरेको प्रश्नमा सञ्जेलले भने, 'राम्रो गीतको बजार राम्रै होला। सीआरबीटी र गैर आवासीय नेपालीका कारण राम्रै कमाइ होला भन्ने आश गरेको छु।'

बिबाह गरे प्रशान्तले

गोर्खापल्टन हिरो तथा इण्डियन आइडल -३ का बिजेता प्रशान्त तामाङले बिबाह गरेका छन् । गत फाल्गुन ४ गते नायक तामाङले भारतको नागाल्यान्ड निवासी गीता थापा मगरसँग लामो प्रेम पश्चात बिबाह गरेका हुन् ।केहि महिना अघि मात्र प्रशान्तले गोर्खापल्टनको प्रेस मिटमा एअर होस्टेजको काम गर्दै आएकी आफ्नी प्रेमिकासँग यसै बर्ष बिबाह गर्ने बाचा गरेका थिए र उनले सो बाचालाई पूर्णता दिएका छन् । चलचित्र गोर्खापल्टनका निर्माता जितु बंशल र 'अँगालो यो मायाको' का निर्माता किशोर दुङमाली प्रशान्तको बैबाहिक कार्यक्रममा सहभागी हुन नागल्याड पुगेका थिए ।संगीतकर्मी बन्ने सपना बोकेर २०४२ तिर काठमाडौं पसेका प्रशान्तले पहिलोगीत 'मलाई सम्झी नरोऊ है आमा बोलको गीत गाएका थिए । त्यसपछि उनले थुप्रै गीत गाए र इण्डियन आइडल -३ का बिजेता समेत बने । गायक हुँदै नायक बनेका प्रशान्तले गोर्खापल्टन,अँगालो यो मायाको र किन मायामा नामक चलचित्रमा अभिनय गरिसकेका छन् ।नायक प्रशान्त तामाङ र गीता थापा मगर बैबाहिक जीवनमा गाँसिएको सुखद उपलक्ष्यमा द नेपाल~रोमानिया डटकम परिवार उहाँहरुको शुखद दाम्पत्य जीवनको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ ।

उषा र कृती कमव्याक हुने मुडमा

म्युजिक भिडियो हुँदै चलचित्र 'वान डे' मार्फत रजतपतमा पाईला टेकेकी नायिका उषा रजक र'बिश्वास'चलचित्र बाट पाईला अगाडी बढाएकी अर्की नायिका कृती भट्टराई केहि बर्षको बिश्राम पश्चात पुन: चलचित्रमै आउने सोच बनाएको बुझिएको छ ।लक्ष्मण रिजालको चलचित्र 'वान डे' मा अभिनय गरे लग्गतै उषाले गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण गरिएको चलचित्र 'कुसुमे रूमाल'मा अभिनय गरिन् । त्यसपछि उनको अभिनय क्षमता हेरेर उनलाई थुप्रै चलचित्रमा अफर नआएको हैन र पनि उनी केहि समयको लागी यस क्षेत्रबाट टाढिईन् । एक बिदेशी नागरिकसँग बैबाहिक जीवनमा गाँसिए पछि चलचित्र क्षेत्रबाट टढिएकी उषाले गत बर्ष छोरीलाई जन्मदिएकी थिईन् ।होटल म्यानेजमेन्टमा अध्ययनरत नायिका उषा आफ्नी छोरी हुर्की सकेको हुनाले केहि समयको बिश्राम पश्चात चलचित्र क्षेत्रमा कमव्याक हुन लागेको बुझिएको छ ।
फिल्मीखबरलाई बिश्वसनिय शुत्रले जानकारी दिए अनुसार उषा छिट्टै नै एक फरक धारको चलचित्रमा अभिनय गर्ने सोचमा छिन् ।यसैगरी विश्वास, उपहार, उनको सम्झनामा लगायतका केही चलचित्रमा अभिनय गरेकी अर्की नायिका कृती भट्टराई पनि कसैले राम्रो चलचित्रका लागी अफर गरे अभिनय गर्ने सोचमा रहेको बुझिएको छ ।सञ्चारकर्मी समेत रहेकी कृती पनि पारिवारिक कारणले गर्दा चलचित्र क्षेत्रबाट टाढिएकी हुन् । पत्रकारितामा स्नातकोत्तर गरिरहेकी नायिका तथा सञ्चारकर्मी कृती हाल ईमेज एफएममा कार्यरत छिन् ।सञ्चारकर्मी रवि श्रेष्ठसँग करिब तीन बर्ष अघि बैबाहिक जीवनमा गाँसिए पछि उनको पनि चलचित्र यात्रामा पूर्ण बिराम लागेको थियो । तर अब उनी पारिवारिक झमेलामा नपरी चलचित्रमा नै आउने सोच बनाएको बुझिएको छ ।राम्रो चलचित्रको प्रतिक्षामा बसेकी यि नायिकाद्वय रजतपटमा आउनु पक्कै पनि खुसीको कुरा हुनेछ । कोही निर्देशक कुशल नायिकाको खोजीमा हुनुहुन्छ भने यि दुई नायिका चलचित्रमा कमव्याक हुन लागेका छन् । त्यसैले यि नायिकाहरूको बारेमा एक पटक सोच्ने पो हो की ?फिल्मीखबर,

'श्रीमान्' ले रूवायो

श्रीमान्/श्रीमतीको पारिवारिक समस्या समस्या तथा उनीहरूले एक अर्कालाई बुझ्न नसक्दा परिवारमा आउने फाटोको बिषयलाई लिएर निर्माण गरिएको पारिवारिक चलचित्र 'श्रीमान्' को बिहिबार च्यारिटी शो तथा प्रेश सो गरियो ।चलचित्र हेर्न राजधानीको जमल स्थित बिश्वज्योती सिनेमा घर पुगेका दर्शक,चलचित्रकर्मी तथा सञ्चारकर्मीले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए । चलचित्र हेरिसकेपछि हल बाहिर निस्कदाँ अधिकांशका आँखा रसाएका देखिन्थे । बिशेष गरी महिला दर्शकहरूले चलचित्रमा देखिएका घटना नेपाली समाजम देख्न पाइने भएकोले सो चलचित्रको कथाले आफूहरूको मन छोएको बताए ।नवल नेपालको निर्देशनमा नायक कल्याण घिमिरेले निर्माण गरेको चलचित्र'श्रीमान्'मा कल्याण घिमिरे, पुजना स्त्री, पुष्पराज पुरुष, नीर शाह, सुनिल थापा, रूपा खनाल, शुष्मा कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक नेपालको पटकथा र संवाद रहेको सो चलचित्रमा महेश खड्काको संगीत, दिव्य सुवेदीको छायांकन, राजु शाहको नृत्य-निर्देशन र शिव पुरी एवं अरुण शर्माको सम्पादन रहेको छ ।चलचित्रको प्रदर्शन मिती भने अझै टुंगो लागी नसकेको निर्माता तथा नायक कल्याण घिमिरेले जानकारी दिए ।

शुक्रबार दुई एक्सन चलचित्र भिड्दै

शिक्षित युवा बेरोजगार भएपछी उनीहरूले पार गर्नसक्ने सिमाको बिषयलाई लिएर निर्माण गरिएको चलचित्र'तहल्का डटकम' शुक्रबारबाट राजधानीका हलहरूमा प्रदर्शन हुँदैछ ।दिपक परिकोटीले निर्देशन गरेको सो चलचित्र युवाबर्गलाई लक्षित गरि निर्माण गरिएको बताईएको छ ।यसभन्दा अगाडी 'तेजाब' नामक चलचित्र बनाएका दिपकले शिर्षक अनुसार चलचित्रमा चोरी डकैतीको कथालाई प्रस्तुत गरिएको बताए । चलचित्रमा रमित ढुंगाना, दिलिप रायमाझी, ऋचा घिमिरे, पूजना स्त्री, हेमन्त बुढाथोकी, राघव आचार्य लगायतको अभिनय रहेको छ । स्पीड ग्रुप अफ मेकर्सको व्यानरमा राजेन्द्रमान श्रेष्ठ, रबिन महर्जन तथा अर्जुन महर्जनले निर्माण गरेको सो चलचित्रमा बसन्त सापकोटा र दिपक शर्माको संगीत, अष्ट महर्जनको द्वन्द, शिव शर्माको नृत्य तथा युवराज राईको छायाँकन रहेको छ । चलचित्रको कथा सुवास सिंह बस्न्यातले लेखेका हुन् । यो चलचित्र क्यू सिस्टमबाट प्रदर्शनमा आउन लागेको हो ।यसैगरी रिजाल एण्ड रिजाल फिल्मसको व्यानरमा रामप्रसाद रिजालले निर्माण गरेको चलचित्र 'कसम' पनि भोली शुक्रबार अर्थात फाल्गुन १३ सार्वजनिक हुँदैछ । नेपाली समाज भित्र रहेका टोले दादाहरुको जीवन शैलीलाई आधार मानेर निर्माण गरिएको सो चलचित्रमा निखिल उप्रेती, सुमन सिंह, उषा पौडेल, सोभिता सिंखडा, कमल कृष्ण लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।निर्माता रामप्रसादका भाई लक्ष्मण रिजालले निर्देशन गरेको सो चलचित्रमा शिव ढकालको छायांकन, कमल राई र गोबिन्द राईको नृत्य निर्देशन, अस्ट महर्जनको द्वन्द र सुरज मालीको सङ्गीत रहेको छ ।

रेखाको अन्दाजमा जीवन

रेखा फिल्मसको व्यानरमा निर्माण हुन लागेको चलचित्र 'अन्दाज' मा नायक जीवन लुईटेल अनुबन्धित भएका छन् । नायिका रेखा थापाको प्रस्तुतीमा उनका श्रीमान् छबि ओझा,अशोक शर्मा र उज्जवल घिमिरेले संयुक्त रूपमा निर्माण गर्न लागेको सो चलचित्रमा रेखा र जीवनको मुख्य भुमिका रहने बताईएको छ ।रेखा फिल्म्सले हरेक चलचित्रमा झै यस चलचित्रमा पनि एक नयाँ अनुहारलाई प्रस्तुत गर्ने भएको छ ।चलचित्रमा नायकको रूपमा को कलाकारले डेब्यू गर्ने हो त्यो भने केहि दिनमा थाहा हुने निर्माण युनिटको भनाई छ ।यस भन्दा अगाडी रेखा फिल्म्सले आर्यन सिक्देल, आयुष रिजाल,किशोर खतिवडा लगातका कलाकारलाई ब्रेक दिएको थियो ।उज्जवल घिमिरेको निर्देशनमा बन्न लागेको चलचित्र 'अन्दाज' को छायाँकन नयाँ बर्षको सेरोफेरोमा गरिने भएको छ ।सुवास सिंह बस्नेतको कथा रहेको सो चलचित्रका गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् ।

वास्तविकता कि प्रचार मात्रै

यतिबेला नेपाली सिनेमा क्षेत्र अर्को एउटा हल्लैहल्ला बिच रुमल्लीएको छ । हल्ला चलाउने एकथरी छन् भने यो हल्ला मात्रै हो भन्ने र यसलाई नै सत्य मान्ने अर्को थरीको जमातबिच दोहोरी नै चलिरहेको छ । त्यो हल्ला भने हो,‘नायिका रेखा थापाले निर्माता छवि ओझासँग डिभोर्स गरिन् रे’!!बिभिन्न अनलाईन पत्रिकाहरुले यो खबरलाई महत्वका साथ छाप्दै आएका छन् । तर हामीले यसको सत्यता कोट्याउने प्रयास गर्यौं ।रेखापति छविसँग कुरा गर्दा,‘लौन यो कुरा त मलाई थाहा भएन त’भन्ने जवाफ आयो ।‘खोई रेखाजी के–के गर्नुहुन्छ,मलाई त थाहा छैन,उहाँलाई नै सोध्नुस’,छविले बताए । रेखा अहिले मालतीको भट्टीको डबिङ्गको शिलशिलामा ब्यस्त छिन् भन्ने सन्देश पनि छविले हामीलाई छाडे । यता रेखाको फोनमा मरिगए सम्पर्क हुन सक्दैन ।अब सँचारमाध्यमहरुमा यस्तो कुरा नआओस् पनि कसरी,जबकी रेखा स्वयमले आफ्नो फेसबुक अकाउण्टको ‘रिलेशनसिप स्ट्याटस’मा सिँगल’लेखेकी छिन् ।यि र यस्ता डिभोर्सका कुरा पहिला–पहिला पनि नआएका होईनन् । चाहे त्यो रेखा र छविको होस् या भुवन र सुस्मिता केसीको नै किन नहोस् । तर पनि यि र यस्ता सँवेदनशिल बिषयलाई प्रचार सामाग्री बनाईयो भने उसै त धमिलो बन्दै गएको नेपाली सिनेमा क्षेत्र झनै कलँकित नहोला भन्न सकिन्न ।जहाँसम्म रेखाको डिभोर्सको कुरा छ, त्यो त भएको वा नभएको भन्ने कुरा पछि पर्दाफास भैहाल्छ नि । कतै यो नक्कली फेसबुक अकाउण्टको चलखेल त हैन ?

नामै पाईएन

द युगदेखि युगसम्म,‘धर्मा’जस्ता सिनेमाहरु निर्देशन गरिसकेका निर्देशक दिपेन्द्र के.खनाल अन्तत आफ्नो आगामी प्रोजेक्टको नाम ‘काठमान्डु नाईट’ नै राख्ने निष्कर्षमा पुगेका छन् ।नायक आर्यन सिग्देललाई ६ लाखमा साइन गराएर सिनेमा बनाउने सुर कसेका खनाल आफ्नो प्रोजेक्टको नाम अरुसँग मिलेकाले नाम फेर्ने सोचमा थिए ।‘खै मैले त त्यहि नाम राख्ने बिचार गरेँ’ खनालले भने‘भने जस्तो नामै पाईएन,के गर्नु ?खनाललाई फिल्मको नाम‘राजधानी नाईट’,‘राजधानीका रातहरु’ लगायत राख्न दर्शकले सल्लाह नदिएका होईनन् तर उनलाई यि नामहरु पचेनन् । सायद आफ्नो ड्रिम प्रोजेक्टमा आफ्नै रोजाईको नाम राख्ने चाहाना होला उनको ।जे होस्,यस राजधानीका रातहरुको कथा बोक्ने फिल्मका लागि हामी चैँ खनाललाई नयाँ नाम दिन नछुटाऊ है ।

फेरी अर्को उपहार योजना

फिल्म चलाउन अनेक जुक्ति खोज्ने नेपाली चलचित्रकर्मीहरुको बानी नै परिसक्यो । कोहीले अनेक हल्लासँगै दर्शक झुक्याउँछन्, कोहीले दर्शकलाई रङ्गीबिरङ्गी सामाग्रीको लोभ देखाउँछन् । फिल्मका अडियो क्यासेट, रुमाल, चाउचाउ, चिजवल्स, क्याप, टिसर्ट यि सबैलाई लात मारेर भोलिदेखि देशभर प्रदर्शनमा आउन लागेको सिनेमा ‘कसम’ले दर्शकहरुलाई ‘नयाँबर्षको क्यालेन्डर’ बाँड्दैछ ।फिल्म फ्लप होला कि भन्ने डरै–डरबिच छटपटिरहेका यसका निर्माता रामप्रसाद रिजालले केही समय अगाडी ‘फिल्म फ्लप भए बिहे गर्दिन्’ भन्ने खैलाबैला पनि गरे । यसैबिच भोलि बालाजुमा रहेको अष्टनारायण हलमा ‘कसम’को पहिलो शोमा यसका कलाकारहरुले दर्शकलाई नयाँबर्षको क्यालेन्डर बाड्दै छन् ।‘अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सिन्छ’ भनेझैं यसका निर्माता, निर्देशक दाजुभाइ राम र श्याम रिजाल पनि पहिलो सिनेमा ‘वन डे’को असफलतासँगै तर्सिएका त हैनन् । जे होस् अब दर्शकहरु क्यालेन्डर हेरी–हेरी निखिल उप्रेती, सुमन सिँह, उषा पौडेल, शोभिता शिँखडा अभिनित ‘कसम’ हेर्न आउने भए ।

शासनको लगानी उठ्ला कि नउठ्ला ?

गएको माघ २८गतेदेखि देशभर प्रदर्शनमा आएको लोकेन्द्र कार्कीको निर्माणमा बनेको नेपाली सिनेउद्योगकै सबैभन्दा महँगो मानिएको सिनेमा ‘शासन’ले आफ्नो लगानी उठाउला कि नउठाउला भन्ने प्रश्न हाल चलचित्र पण्डितहरुको माँझमा चासोको बिषय बनेको छ ।केहि चलचित्रकर्मीहरु माँझ हामीले यो प्रश्न राख्दा सबैको एउटै उत्तर आयो,‘खै उठ्दैन होला’!!हाल उपत्यकाका १४ र उपत्यका बाहिरका केहि हलहरुमा प्रदर्शन भैरहेको ‘शासन’ भोलिदेखि उपत्यकाका चार हलमा सिमित हुँदैछ ।सिनेमाले हालसम्म ६० लाख रुपैंया हाराहारीको ब्यापार गरेको बितरक सुनिल मानन्धरले बताए ।त्यसो त लागानी नउठ्ने कुरा सुनिलले पनि गरे । ‘सिनेमाको मार्केट यस्तो छ, कहाँ उठ्छ डेढ करोड लगानी’ सुनिलले बताए ।यता यसका निर्माता लोकेन्द्र कार्की भने बेग्लै कुरा गर्छन् । ‘हामी यसलाई बिदेशी बजारमा लान्छौं, फिल्मले नाफा कमाउला नकमाउला तर लगानी उडाउँछ’ कार्कीले भने । कार्कीले चाँडै नै देशका उच्च ओहदामा रहेका ब्यक्तिहरुलाई फिल्म हेराउने कुरा पनि ब्यक्त गरे । सिनेमाले जति रकम उठाउँछ, त्यसको २० प्रतिशत स्वास्थ्य, शिक्षा र बयोबृद्धहरुमा समर्पित गरिने कुरा पनि कार्कीले बताएका छन् ।
उपत्यकाभित्र भोलिदेखि ‘तहल्का डटकम’ र ‘कसम’ नाम गरेका दुई सिनेमाहरु प्रदर्शनमा आउँदैछन् ।

अबरूद्व 'आई एम सरी' को छायाँकन शुरू गरिने

बिबिध प्राबिधिक कारणले अबरूद्व चलचित्र 'आई एम सरी' को छायाँकन यहि फाल्गुन २० गतेबाट पुन: सुचारू हुने भएको छ । करिब नौ महिना अगाडी छायाँकन शुरू गरिएको सो चलचित्रको छायाँकन बालाजु स्थित चलचित्र विकाश कम्पनीको ल्याबमा सेट लगाएर गरिने निर्माता हरि महतले जानकारी दिए ।करिब ३०%छायाँकन गर्न बाँकी रहेको सो चलचित्रको २० दिन भित्रमा छायाँकन सकि छिट्टै नै दर्शकमाझ ल्याउने निर्देशक दिनेश राउतले जानकारी दिए । सच्चा प्रेम जहिले पनि चिरस्थायी र सफल हुन्छ भन्ने यथार्थलाई प्रस्तुत गर्न खोजिएको सो चलचित्रमा आर्यन सिक्देल र केकी अधिकारी प्रमुख भुमिकामा छन् । यि दुई कलाकारको साथमा श्याम अर्याल, निता ढुंगाना,विष्णु सापकोटा,अञ्जु केसीलगायतले अभिनय गरेका छन् ।साहन मुभी मेकर्सको ब्यानरमा निर्माण भएको सो चलचित्रमा ताराप्रकाशको संगीत,प्रदीप भारद्वाजको लेखन,कविराज गहतराजको नृत्यनिर्देशन, पुरुषोत्तम प्रधानको छायांकन र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।चलचित्रको अधिकांश भागको छायाँकन पोखरा, स्याङ्जा र त्यसको आसपासका रमणिय स्थलमा गरिएको निर्माता महतले जानकारी दिए ।

सिआरविटीमा सिनेमाका गीतहरु

पछिल्ला समयमा एक–दुईवटा बाहेक अरु धेरै नेपाली सिनेमाका गीत–सँगितहरु सफल मानिएका छैनन् । दिपक लिम्बु, अन्जु पन्त, रजिना रिमाल, प्रबिशा अधिकारी, सुगम पोखरेल, स्वरुपराज आचार्य जस्ता पाश्र्व गायक गायिकाहरुको आवाज आजकाल बढि मात्रामा सिनेमाका गीतहरुमा सुन्न पाईन्छ।सँगितकार महेश खड्काले सँगित भरेको‘नाइँ नभन्नु ल’का गीतहरु सिने बजारमा निकै सफल मानिएका छन् ।नेपाल टेलिकमको सिआरविटी सेवा अन्तर्गत हालसम्म दिपकको स्वरको ‘नाइँ नभन्नु ल’ बोलको फिल्मको शिर्ष गीतको सिआरविटी १,११,२८९ को सँख्यामा डाउनलोड भएको पाईन्छ भने रजिनाको स्वरमा सजिएको फिल्मको सोही गीतको सिआरविटी ५८,४८५ को सँख्यामा डाउनलोड भएको छ ।त्यस्तै,फिल्मकै‘म मर्ने बेलाँ’बोलको गीतलाई पनि हालसम्म १८,४१४ को सँख्यामा नेपाल टेलिकमको सेवाग्राहीहरुले डाउनलोड गरेका छन् ।त्यस्तै,यसभन्दा अगाडी नै उपत्यका बाहिर रिलिज भएको र उपत्यकाभित्रको प्रदर्शनका लागि पालो कुरेर बसेको ‘शिलशिला’को‘सागरसरी’ बोलको गीत पनि सिने बजारमा रुचाईयो ।जसमा सँगितकार बसन्त सापकोटाले सँगीत भरेका थिए।नेपाल टेलिकमको सिआरविटी सेवा अन्तर्गत दुइलाख हाराहारीमा उक्त गीतको सिआरविटी डाउनलोड भएको थियो । त्यसैगरी नवसँगीतकार अर्जुन पोखरेलले सँगीतबद्ध गरेका दिलमाया चलचित्रको ‘छुट्छ कि साथ’ बोलको गीतको सिआरविटी पनि हालसम्म ६५,९८९ को सँख्यामा डाउनलोड भएको छ ।हाल आएर यश कुमारले सँगीत भरेका ‘बाटो मुनिको फुल’को तिमीलाई कुनै पल गीतको सिआरविटी २३,८१३ को सँख्यामा डाउनलोड भएको छन् भने चलचित्र ‘मनमनै मन पराएँ’को शिर्ष गीतको सिआरविटी ३,३३५ को सँख्यामा डाउनलोड भएको छ ।साभार:मेरोसिनेमा

केकीलाई प्रपोजको ओईरो

सुन्दर ब्यक्त्तिव, त्यसमाथि पनि टिभी र फिल्ममा देख्न पाईने अनुहार । यि सबै कुराहरु एउटी महिलामा पाएपछि धेरै परुषको मनमा लड्डु फुट्छ नै । यसरी पुरुष फ्यानहरुको मनमा लड्डु फुटेकै कारण हैरान छिन् आजकाल, नायिका केकी अधिकारी ।आफु डेब्यु सिनेमा ‘स्वर’ प्रदर्शनको पहिलो साता काठमान्डौकै एक युवकले केकीलाई भने,‘मैले तपाईसँग कुरा गर्न तपाईको मोबाईल नम्बर नौ महिनादेखि खोज्दै थिए, आज मान्छे नै भेटियो, ढुँगा खोज्दा देउतै मिल्यो नि’ । त्यसपश्यात् केकीसँग ती युवकले मोबाईल नम्बर मागे । केकीले पनि आफ्नो ठुलो फ्यान सम्झी नम्बर दिईन् । तर भोलिपल्ट केकीलाई फोनबाटै ति युवकको प्रेम–प्रस्ताव आयो । केकीले जसोतसो ति युवकलाई सम्झाईन् ।यति मात्रै हैन, बेनीको युवकको प्रेम–प्रस्तावको कुरा पनि ताजै छ, केकीको मन–मष्तिष्कमा । यि र यस्ता आफ्ना फ्यानहरुको धेरै प्रेम–प्रस्तावको सामना आफुले गरिसकेको कुरा केकीले हामीलाई बताईन् ।केकीको छायाँकन अवरुद्ध सिनेमा ‘आई एम सरी’को छायाँकन यहि २० गतेबाट फेरी सुचारु हँदैछ ।साभार :मेरोसिनेमा,

निखिलसँग मोनिका

सेलिब्रेटिज स्टारडस्टको ब्यानरमा मुम्बईबाट निर्माण हुन लागेको नेपाली कथानक चलचित्र 'परिचय' को छायाँकन पोखरामा गरिने भएको छ । निखिल उप्रेतीको साथमा भारतिय अभिनेत्री मोनिका वेदीले अभिनय गर्न लागेको सो चलचित्रको करिब २५ दिनसम्म नेपालमा नै छायाँकन गरिने बताईएको छ ।आकाश पाण्डेको निर्देशनमा बन्न लागेको सो चलचित्रमा अभिनय गर्न अभिनेत्री वेदी जेट एअरको बिमानबाट बुधबार नेपाल आउँदैछिन् । चलचित्रका निर्देशक र निर्माता सहितको युनिट भने नेपाल आईसकेको छ । चलचित्रको छायाङ्कन यसै सातादेखि सुरु हुने निर्माता सञ्जय नरेन्द्रले जनाएका छन् । नेपालमा छायाँकन सकिए लगत्तै युनिट थप छायाँकनका लागी बैङकक जाने भएको छ ।

यसमा पनि हिन्दीको गन्ध

यहि फागुन ६ गते शुक्रबारदेखि देशका लगभग ५० हलहरुबाट आफ्नो प्रदर्शन प्रारम्भ गरेको चलचित्र ‘मनमनै मन पराएँ’मा पनि नेपाली दर्शकले हिन्दी फिल्मको गन्ध पाएका छन् ।राजेन्द्र उप्रेती निर्देशित चलचित्रमा नायिका ऋचा सिँह ठकुरी रेडियोकर्मीको भुमिकामा देखिन्छिन् । उनले मातृभुमि रेडियोमा ‘मनमनै मन पराएँ’ नामक कार्यक्रम चलाउँने गर्छिन् । त्यसैबिच, खलनायक मुकेश ढकाल ऋचाको कार्यक्रमलाई नियमित रुपमा सुन्ने गर्छन् र उनलाई मनमनै मन पराउँन थाल्छन् । बिछोडिएका दुई मुटुलाई मिलाउने काम गर्ने ऋचाको रेडियो कार्यक्रममा मुकेशले पनि आफ्नो कृत्रिम जीवन भोगाई लेखेर पठाउने निधो गर्छन् । जसका लागि उनले अर्का खलनायक जयकिशन बस्नेतको साहारा लिई दुई–चारजना नाम चलेका लेखकहरुलाई अपहरण गरी लिई आउँछन् ।यि माथिका कथासारबाट हामीले सहजै अनुमान लगाउन सक्छौं कि यो कुन हिन्दी सिनेमाबाट प्रभावित भएर लेखिएको कथा हो, भनेर । राजकुमार हिरानी निर्देशित बलिउड सिनेमा ‘लगे रहो मुन्नाभाई’को कथा पनि यस्तै छ ।त्यसो त राजेन्द्रको अघिल्लो सिनेमा ‘शिलशिला’लाई पनि केहि हदसम्म करण जोहार निर्देशित बलिउड सिनेमा ‘कुछ कुछ होता हे’को कपी मानिएको थियो । तर पनि फिल्मको ब्यापार हालसम्म सन्तोषजनक रहेको डि.सि.यन. वितरण प्रमुख दिपक दँगालले बताएका छन् ।साभार:मेरोसिनेमा,

जन्मदिनको शुभकामना है

धेरैजसो चलचित्रकर्मीहरुले आफ्नो जन्मदिलाई बिशेष रुपले मनाउने गरेको पाईन्छ । यहि बर्गमा पर्छिन्, नायिका ऋचा घिमिरे । यो नेपाली सिनेमाप्रेमी दर्शक र ऋचाका प्रशँसकहरुका निमित्त खुशीको कुरा हो कि, ऋचा आज आफ्नो २८औं जन्मदिन मनाउँदै छिन् ।सानै देखि जन्मदिनलाई बिशेष महत्वका साथ हेर्ने ऋचाले आज बिहानै आफ्नी आमाको नयाँबस्ती स्थित मेरील्याण्ड बोर्डिङ्ग स्कुलमा गई त्यहाँ रहेका अनाथ बालबालिकाहरुसँग माया, प्रेमका साथसाथै मिठाई बाँडिन् । श्रीमान, निर्देशक शँकर घिमिरेसँगको दास्रो जन्मदिन मनाईरहेकी ऋचाले आज साँझ नयाँबानेश्वरमा रहेको उनको होम प्रोडक्सन ‘वल्र्डवाईड मुभि मेकर’को कार्यालयमा चलचित्रकर्मीहरुसँगको रमाईलो जमघटको पनि आयोजना गरेकी छिन् । जहाँ उनले आगामी केहि महत्वपुर्ण योजनाहरुको पर्दाफास गर्नेछिन् ।श्रीमानले जन्मदिनको उपहार स्वरुप आफुलाई सपिङ्गका निमित्त पहिले नै केही रकम दिईसकेको बताउने ऋचाले यो भन्दा अघिल्लो बर्षको जन्मदिनको रमाईलो प्रसँग हामीसँग साटिन् ।‘त्यसदिन मेरो श्रीमानले मलाई सरप्राईज दिने उद्धेश्यले २७ थरीका बिभिन्न स्वदिष्ट परिकारहरु बनाउनु भएको थियो, त्यस मध्ये पनि केकको कुरा बेग्लै छ’, ऋचाले थपिन्,‘उहाँले यति साह्रो केक बनाउनु भएछ कि हामीले त्यसलाई हम्मरको सहायताले फोर्यौँ’।
ऋचाजी,यसैगरी आफ्ना जीवनमा आईपर्ने चुनौतीहरुलाई पनि फोडेर अगाडी बढ्न सफल हुनुहोस्,द नेपाल~रोमानियाको मुरीमुरी ‘शुभकामना’

फुटबलले ज्वरो निकाल्यो

तुलसी घिमिरे निर्देशित सफल चलचित्र ‘चिनो’मा राते काँइलाको रुपमा देखिएर चर्चा बटुलेका खलनायक सुनिल थापा हाल अस्वस्थ छन् । गएको पन्ध्र दिनदेखि आफुलाई रुघाखोकी ज्वरोले सताएको थापाले बताए ।‘फुटबल खेल्ने चक्करमा लागियो, त्यसैबिच हड्डी क्रयाक भयो, अहिले ओछ्यानमा छु’, थापाले भने । अघिल्ला दिनहरुमा बाबु बलामीको ‘लक्की ७’ को छायाँकनमा ब्यस्त रहेका थापाले नेपाली सिनेमा क्षेत्रमा राते काँइलाको स्थान कसैले लिन नसक्ने कुरा पनि हामी माँझ राखे । ‘मेरा धेरै सिनेमाहरु प्रदर्शनको पर्खाइमा छन्, त्यसकारण नेपाली सिनेमा प्रेमी दर्शकहरुले यो नठान्नुस् कि राते काँइला बुढो भयो’, थापाले अझै थपे, ‘अर्को ‘चिनो’ त बनिसक्यो अब राते काँइला–२ बन्यो भने चैं फेरी म राते काँइला हुन पाउँथे’।
थापालाई शिघ्र स्वास्थ्यलाभको शुभकामना ।

छायाँकनमा 'म छु नि तिम्रो'

मानव बेच बिखन बिरूद्वको अभियोगमा करिब ६ महिना अगाडी जेल परेका निर्माता तथा नायक रोज राणाले जेलबाट निस्केको एक महिना बित्न नपाउँदै चलचित्र निर्माण गर्दैछन् ।गत बैशाखमा मानव बेच बिखन बिरूद्व उजुरी परेपछि गत असारमा प्रहरि समक्ष आत्मसमर्पण गरेका राणा ललितपुरको नख्खु सुधार गृहमा बन्दी जीवन विताउदै आएका थिए । तर राणालाई गत माघ ११ गते अदालतले सफाई दिएपछि उनी जेल मुक्त भएका हुन् । जेल मुक्त भएको एक महिनामा उनले आफ्नै निर्माणमा चलचित्र 'म छु नि तिम्रो' को छायाँकन सोमबारबाट शुरू गर्दैछन् ।ललितपुरको भैंसेपाटीबाट छायाँकन शुरू गरिन लागेको सो चलचित्रको पहिलो दिन द्वन्दको छायाँकन हुने निर्माता तथा सो चलचित्रका नायक राणाले बताए ।मदन घिमिरेले निर्देशन गर्न लागेको प्रेमकथामा आधारित सो चलचित्रमा रोज राणाको साथमा आयुष रिजाल र सौजन्य सुब्बाको मुख्य भुमिका रहने बताईएको छ । मौनता श्रेष्ठको कथा रहेको सो चलचित्रमा चेतन सापकोटा र बसन्त सापकोटाको संगीत, एनबी महर्जनको द्वन्द तथा कविराजको नृत्य रहने छ ।'दादागिरी 'नामक चलचित्रबाट निर्माताको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका राणाले खलनायक, डन, टक्कर दुई मुटुको, दोस्ती जस्ता चलचित्र निर्माण गरिसकेका छन् भने उनले यो चलचित्र पछि आफ्नै निर्देशनमा 'ग्याङस्टार' नामक एक्सन प्रधान चलचित्र निर्माण गर्दैछन् ।साभार:फिल्मीखबर,

म कबि पनि हुँ


कहिले काहीँ पानी एकोहोरो बोलिरहन्छ ।
भकानिन्छ अनि फुटिरहन्छ ।
फोहरमा अनि बाछिटामा ।
एकाग्रतामा,,
म पनि एकोहारो सुनिरहन्छु पानीलाई ।

यि माथिका कबितात्मक शैलीका पङ्गितहरु न हामीले रच्यौं न त कुनै कबिले नै । यि शब्दहरु त हुन् ,नेपालकै एक हिरो– राजबल्लभ कोइरालाको ।यि शब्दहरु राजको फेसबुक अकाउण्टको स्ट्याटसमा केही दिन अघि कोरिएको पाईन्थ्यो । तर उनका फेसबुके साथीहरुका निमित्त यो नौलो कुरा चैं हैन किनभने हरेक दिनजसो राजको स्ट्याटसमा यि र यस्ता कवितात्मक भावना, साहित्यिक धारणा, दार्शनिक बिचारहरु प्रशस्तै टाँगिएका पाईन्छ र त्यसका मुन्तिर उनका साथहिरुको राम्रा नराम्रा कमेन्ट्सहरु पनि ।अब हामी सोच्न बाध्य भयौँ कि, राजबल्लभ किन यति गहिराईमा पुग्छन् र यस्ता कुराहरुलाई मात्र फेसबुकमा स्ट्याटसको दर्जा दिन्छन् ?कतै कवि बन्ने उनको सौख पो थियो कि ? या कतै सिनेमा क्षेत्रमा आफ्ना दुश्मनहरु सल्बलाएका कारणले उनी चिन्तामा पो रुमल्लिरहेका छन् कि ? अथवा अरु नै कुनै कारणले ।हामीले यस बिषयलाई पार लगाउन सकेनौं अनि हामी पुग्यौं, हाम्रै हिरो राजबल्लभ कहाँ ।‘हैन,म कबिता लेख्छु नि ।मैले झण्डै ७० जति अँग्रेजी कबिताहरु लेखेको छु, त्यो भन्दा बढि नेपाली भाषाका कबिताहरु मेरा छन् ।म सानो छँदा पनि थुप्रै कबिता लेखन प्रतियोगितामा सहभागी भएर प्रथम स्थान हासिल गरेको छु ।मेरा कत्ति कबिताहरु साप्ताहिक, नागरिक, नयाँ पत्रिकामा आदिमा छापिएका पनि छन् । यहाँ कबिता लेख्ने पेशा नै बनाएर को पो बसेका छन् र ? जहाँ सम्म दुश्मनीको कुरा छ,म कसैसँग दुश्मनी चाहने ब्यक्ति होईन । म मेरै दुश्मन हुँ ।म जे काम गर्छु त्यो भन्दा स्तरीय काम अर्को पटक गर्न पाए हुन्थ्यो भन्ने सोच्छु, त्यसकारण तपाईको गेस मिल्यो, म कबि पनि हुँ ’।माथिका हरफहरु हाम्रो प्रश्नको बदलामा राजबल्लभले ब्यक्त गरेका भावनाहरु हुन् । अबभने हाम्रो खुल्दुली मेटियो ।साभार :मेरोसिनेमा,

रेखा थापालाई सम्मान

सुनसरी, फाल्गुन ८ - लिम्बुवान चलचित्र विकास बोर्डले सुनसरी इटहरीमा आइतबार एक दर्जन बढी कलाकारलाई सम्मान गरेको छ । लिम्बुवान प्रभाव क्षेत्र अरुण पूर्वको ९ जिल्ला घर भएका कलाकारलाई एकै थलोमा राखेर बोर्डले सम्मान गरेको हो ।कार्यक्रममा मोरङ विराटचौक निवासी नायिका रेखा थापालाई सम्मान गर्‍यो । उनी कार्यक्रममा नआएपनि आमाले सम्मान थापेकी थिइन ।बोर्डले चलचित्र र कलाको माध्यमबाट योगदान गर्ने नेपाल चलचित्र निर्माता संघका राजकुमार राई, निर्देशक प्रकाश सुब्बा, नृत्य निर्देशक कामेश्वर झालगायतलाई सम्मान गरेको थियो ।बोर्डका सचिव मित्र लिङ्देनले देश संघीयतामा प्रवेश गरिरहेको बेला लिम्बुवान स्वायत्त प्रदेश माग गर्दै आएका आफुहरुले पनि चलचित्रको विकासका लागि बोर्ड गठन गरेको जानकारी दिए । अहिलेको व्यवसायीक नेपाली धारभन्दा पृथक रहने जातीय परम्परागत भाषाका सिनेमा निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने जोड उनले दिए ।पूर्वमा पछिल्लो समयमा कम वजेटका धेरै जातीय सिनेमा निर्माणको क्रम बढेकोछ । थारु, धीमाल, लिम्बु, मधेसी, भोजपुरीलगायतका भाषामा वाषिर्क २ दर्जनभन्दा बढी सिनेमा निर्माण हुन थालेका छन् । यस्ता सिनेमाले आफ्नोपन ल्याएको र बन्द धेरै सिनेमा हललाई पुनः संचालन गर्न सहयोग गरेको अनुभव कार्यक्रममा कलाकाहरुले व्यक्त गरेका थिए । साभार: इ कान्तिपुर

रिजाल दाजुभाईको कसम

रिजाल एण्ड रिजाल फिल्मसको व्यानरमा रामप्रसाद रिजालले निर्माण गरेको चलचित्र 'कसम'आगामी शुक्रबार अर्थात फाल्गुन १३ सार्वजनिक हुने भएको छ । करिब डेढ दशकअघि निर्देशक दीपक रायमाझीले निर्माण गरेको चलचित्र 'कसम' मा राजेश हमाल र सरोज खनाल नायक भएर अभिनय गरेका थिए भने यस चलचित्रमानिखिल उप्रेती र सुमन सिंह नायक भएर अभिनय गरेका छन् । नेपाली समाज भित्र रहेका टोले दादाहरुको जीवन शैलीलाई आधार मानेर निर्माण गरिएको सो चलचित्रमा निखिल र सुमनको साथमा उषा पौडेल, सोभिता सिंखडा, कमल कृष्ण लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।निर्माता रामप्रसादका भाई लक्ष्मण रिजालले निर्देशन गरेको सो चलचित्रमा शिव ढकालको छायांकन, कमल राई र गोबिन्द राईको नृत्य निर्देशन, अस्ट महर्जनको द्वन्द र सुरज मालीको सङ्गीत रहेको छ । चलचित्र करिब ६० लाखको लागतमा निर्माण गरिएको निर्माण पक्षको दाबी छ ।

मनमनै मन पराउँदै दर्शक

शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र'मनमनै मन पराएँ' लाई दर्शकले पनि मनमनै मन पराएको दाबी चलचित्रको निर्माण युनिटले गरेको छ ।पछिल्लो समयमा चलचित्रको व्यापार नराम्रो भईरहेको अवस्थामा निर्देशक राजेन्द्र उप्रेतीले भने आफ्नो चलचित्रको व्यापार सन्तोष जनक रहेको बताएका छन् । उनले भने,'मेरो चलचित्रलाई दर्शकले मनमनै मन पराईदिनु भएको छ । जसले गर्दा भोलीका दिनमा चलचित्र हेर्ने दर्शकको संख्या अझ बढ्ने देखिन्छ ।'रामेश्वर भट्टराई र उत्तम केसीले निर्माण गरेको सो चलचित्रमा मुकेश ढकाल, राज तिम्लिसिना, ऋचा सिंह ठकुरी, जय किशन बस्नेत, मिथिला शर्मा, सुनिल थापालगायतले अभिनय गरेका छन् । चलचित्रमा नायक ढकाल पहिलो पटक खलपात्रको रूपमा प्रस्तुत भएका छन् । चलचित्रमा आफ्नो माया खोज्दै गरेकी आरजे युवती र दुई युवकको कथालाई त्रिकोणात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

जितसँगै मोडल टिम सेमीफाइनलमा

सँधै पर्दामा देखिने कलाकारहरु र पर्दा पछाडी रहेर चलचित्र निर्माण गर्ने निर्माताहरू शनिबार धरानमा फुटवल खेल्न व्यस्त भए । चलचित्र निर्माता र मोडलहरुको सो प्रतियोगितामा ३-० गोलका अन्तरले निर्माता टिमलाई मोडेलहरुले पराजित गरे । ओम पाण्डे, राज घिमिरे र राजन राईको गोलको मद्दतले मोडल टिमले जितसँगै सेमी फाइनलको यात्रा तय गरेको छ ।आ-आफ्ना रोजाईका कलाकारको पक्षमा दर्शकहरु ठूलो-ठूलो स्वरमा समर्थन गरिरहेका थिए । जसले गर्दा खेल रोमाञ्चक बनेको थियो । उनीहरुले दर्शकको उल्लेख्य साथ पाइनै रहेका थिए । भुवन केसी, करिष्मा मानन्धर, श्रीकृष्ण श्रेष्ठ, रेश मरहठ्ठा सहितका निर्माताहरू र जयन सुब्बा, सुसान खड्का, प्रवेश गिरी, आयुषि लगायतका मोडलहरूको उपस्थितीले प्रस्तावित क्षेत्रीय रंगशालामा हरेक वर्ष हुने बुढा सुब्बा गोल्डकप फुटवल प्रतियोगिताको भन्दा कम थिएन ।'बक्स अफिस फिल्म फुटबल लिग २०६७ ' अन्तर्गत धरानमा भएको तेस्रो खेलमा निर्माता टिम पराजित भए पनि उनीहरूलाई दर्शकहरूले भरपूर साथ दिएका थिए । खेल मैदानमा नछिरे पनि कलाकार भूवन केसी र करिष्मा मानन्धरको उपश्थितीले प्रतियोगिता उद्घाटनको समय दर्शकको आकर्षण बन्न सफल भएको थियो भने नायक श्रीकृष्ण श्रेष्ठ र रेश मरहठ्ठा मैदानमा उत्रिदा दर्शकहरू निकै खुसी देखिएका थिए ।विशेष गरी बालबालिकाको हुटिङ पाएका निर्माता टिमका गोल रक्षक राते काईंला अर्थात सुनिल थापाले बललाई तीन पटकसम्म आफ्नै पोष्टको जाली चुम्ने मौका दिए पछि बालबालिकाको साथ भने केहि घटेको थियो ।निर्माताको टोलीमा अध्यक्ष राईको साथमा नायक तथा निर्माता भुवन केसी, करिष्मा मानन्धर, श्रीकृष्ण श्रेष्ठ, रेश मरहठ्ठा, सुनिल मानन्धर, सुसिल पोखरेल, जयप्रकाश रिजाललगायत ३० जना निर्माता थिए भने मोडलको टोलीमा जयन सुब्बा, सुसान खड्का, प्रवेश गिरी, आयुषि, ओम पाण्डे, राज घिमिरे, राजन राई लगायतका करिब ३५ जना मोडल सो खेलमा उपस्थित थिए ।पुराना र नाम चलेका निर्माताहरुको उपस्थितीले धरान-१६ स्थित प्रस्तावित क्षेत्रीय रंगशाला दर्शकको केन्द्र बन्न सफल भएको थियो । विभिन्न ८ वटा टीमको सहभागिता रहेको सो प्रतियोगिताको पहिलो चरण अन्तर्गतको अन्तिम खेल फाल्गुन १४ गते बुटवलमा हुँदैछ । आजको खेल सहित तीन खेल भने सकिसकेको छ ।सिनेस्टार मासिक पत्रिका, बक्स अफिस साप्ताहिक तथा नेपाल टेलिभिजन प्लसबाट प्रसारणभै रहेको चलचित्र सम्बन्धी कार्यक्रम दि बक्स अफिसले आयोजना गरेको सो फुटबल खेलको फाईनल चैत्र चैत २९ गते दशरथ रंगशालामा हुनेछ । बिजेताले नदग रू पाँच लाख पाउने प्रतियोगिता संयोजक आरके सुवेदीले जानकारी दिए ।

'मन परेपछि' को सफलताका लागी लाख बत्ती बालिने

निर्माता दिपक रमणले आफ्नो चलचित्र 'मन परेपछि' को सफलताका लागी भोलि बिहान लाख बत्ती बाल्ने भएका छन् । आफन्त र केहि चलचित्रकर्मी माझ गरिन लागेको सो पूजा ललितपुरको नख्खु स्थित बैष्णव मन्दिरमा बिहान ८ बजेबाट शुरू हुने निर्माता रमणले जानकारी दिए ।चैत्र १८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भनिएको सो चलचित्रले राम्रो व्यापार गरोस् भन्नका लागी लाख बत्ती बाल्न लागिएको निर्माता रमणले बताए । सुमन दहालले निर्देशन गरेको चलचित्र मन परेपछिमा द्वन्द्व र हास्य बिषयलाई पनि समेटेर मनोराजनात्मक तरिकाले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । आफुलाई मनपरेको कुरा पाउन मान्छेले कति सम्म गर्न सक्छ र पाईसकेपछि गुम्न लाग्दा कसरी संरक्षण गर्छ भन्ने कुरालाई कलात्मक तरिकाले प्रस्तुत गरिएको यो चलचित्रमा निखिल उप्रेती, रमित ढुङ्गाना, दिनेश डि.सी. र नयाँ प्रस्तुतिको रुपमा कल्पना शाहीले अभिनय गरेका छन् ।दिपक रमण को संगित तथा प्रस्तुती रहेको यो चलचित्रलाई राधिका श्रेष्ठ, सागर नेपाल र गोबिन्द बोहोराले निर्माण गरेका हुन् । ध्रुब लम्सालको पटकथा, संबाद रहेको यो चलचित्रमा राम/जनकको द्वन्द्व, दिब्य सुबेदीको छायाँकन, रबि राज अर्यालको कथा रहेको छ भने नरेश भट्टराई, दयाराम पाण्डे र शासको गित तथा राजेश पायल राई, अन्जु पन्त, माण्डबि त्रिपाठीको स्वर रहेको छ ।

देशभर हिउँका लप्काहरू

माओवादीले सञ्चालन गरेको दश बर्षे युद्धको अन्तरकथाको साथमा दुई सय चालिस बर्षे राजतन्त्रको पतनको पृष्ठभुमिलाई समेटेर निर्माण गरिएको वृत्तचित्र 'हिउँका लप्काहरू' शुक्रबारबाट देशभरका करिब ४० सिनेमा घरमा प्रदर्शन भईरहेको छ ।अन्तर्राष्ट्रिय ऐक्यबद्धता समूह ग्रिन्सो नेपाल र भारतको थर्ड वल्र्ड मिडियाले निर्माण गरेको सो वृत्तचित्रमा माओवादी अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराईका साथसाथै जनसेनाका कमान्डर तथा जनयुद्धका प्रत्यक्षदर्शीको अन्तवार्ता छ । वृत्तचित्रमा माओवादीले विभिन्न ठाउँमा गरेका आक्रमण तत्कालीन सरकारसँगको शान्तिवार्ता, विभिन्न देशमा राज्यविरुद्ध गरिएका आन्दोलनका आकर्षक झलकहरू समेटिएको छ ।भारतीय पत्रकार आनन्दस्वरुप बर्माको लेखनमा बनेको सो वृत्तचित्रको निर्देशन आशिष श्रीवास्तवले गरेका हुन् । बिहिबार राजधानीको जयनेपाल हलमा प्रचण्ड, बाबुराम, बामदेब गौतम, जनार्दन शर्मा लगायतका नेता सो वृत्तचित्र हेर्न पुगेका थिए । सो वृत्तचित्रलाई डिसिएन नेपालले बितरण गरेको छ ।

देशभर 'मनमनै मन पराएँ'

राजेन्द्र उप्रेती निर्देशित चलचित्र 'मनमनै मन पराएँ' शुक्रबारदेखि काठमाडौं लगायत मोफसलका हलहरूमा एकसाथ प्रदर्शन भईरहेको छ । मातृभूमि नेपाल मुभिज प्रालिको ब्यानरमा रामेश्वर भट्टराई र उत्तम केसीले निर्माण गरेको सो चलचित्रमा मुकेश ढकाल, राज तिम्लिसिना, ऋचा सिंह ठकुरी, जय किशन बस्नेत, मिथिला शर्मा, सुनिल थापालगायतले अभिनय गरेका छन् ।प्रेमकथामा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्रमा आफ्नो माया खोज्दै गरेकी आरजे युवती र दुई युवकको कथालाई त्रिकोणात्मक शैलीमा प्रस्तुत गरिएको छ । शिबम अधिकारीको कथा रहेको सो चलचित्रमा कृष्ण श्रेष्ठले क्यामेरा चलाएका छन भने प्रदिप श्रेष्ठको नृत्य, हिमाल केसीको द्धन्द्ध साथै बसन्त सापकोटा र महेश खड्काको संगीत रहेको छ ।चलचित्र 'मनमनै मन पराएँ' को शुक्रबार काठमाण्डौको बालाजु स्थित अष्टनारायण हलमा बिहान ११ बजे सञ्चारकर्मी, चलचित्रकर्मी र आफन्तहरू माझ प्रिमियर गरियो । चलचित्र तन्नेरी पुस्ताका दर्शकलाई लक्षित गरि निर्माण गरिएको निर्देशक उप्रेतीले बताए ।

फिल्म फ्लप भए बिहे गर्दिँन्

नेपाली सिनेमा क्षेत्रभित्र धमक्याउँने र घुर्क्याउने शिलशिला पहिले देखि नै चलिआएको हो । कसैले फिल्म हलमा चालाउनका निमित्त धम्क्याए, कसैले फिल्म हिट बनाउनका निमित्त घुर्क्याए । यसैबिचमा एक निर्माताले दर्शकलाई अलि बेग्लै शैलीले घुर्क्याएका छन् । ती निर्माता हुन्, ‘राम प्रसाद रिजाल’ ।यही फागुन १३ बाट देशब्यापी रुपमा प्रदर्शन हुन लागेको आफ्नो सिनेमा ‘कसम’ हिट नभएको खण्डमा यि निर्माताले बिहे नगर्ने बताएर दर्शकलाई घुक्र्याएका छन् ।‘मेरो सम्पुर्ण सम्पति भनेको नै ‘कसम’ हो, मैले यसमा मेरा सबै श्रीसम्पति खन्याएको छु’, रामले भने,‘यदि फिल्म नै हिट भएन भने कसरी मैले अर्काकी छोरीलाई पाल्न सक्छु’ । रामले बिभिन्न सँचारमाध्यमहरुमा भन्दै आएका छन् कि, ‘लगभग ६० लाख हाराहारीको बजेटमा बनेको फिल्मभित्र आफ्नो बिहे खर्च पनि मिसा’छु, यदि फिल्म फ्लप भएमा मैले बिहे गदिँन् ।आफ्नो अघिल्लो प्रोजेक्ट ‘वन डे’बाट पनि असफलता भोगेका रामका भाई लक्ष्मण रिजाल यस फिल्मका निर्देशक हुन् । रिजाल एण्ड रिजाल प्रोडक्सनको निर्माणमा बनेको ‘कसम’ भित्र निखिल उप्रती, कमल कृष्ण, सुमन सिँह, पुष्पा पौडेल, शोभिता सिँखडा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई निखिल अभिनित अहिले सम्मको अन्तिम चलचित्र पनि भनिएको छ ।
त्यसो भए रामले सिता पाउने कि नपाउने यो दर्शकको जिम्मामा ।