–याडिसनमा रमाईलो

केहि चलचित्र क्षेत्रका ब्यक्ति,पत्रकार,सँचारकर्मी र सिनेमाका सदस्यहरुको उपस्थितिका बिच लाजिम्पाट स्थित होटल –याडिसनमा‘साईलेन्स इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्मित ‘ब्याच नम्बर १६’ले आज दिउँसो साढे तिन बजेको हाराहारीमा रमाईलो ढँगले आफ्नो ‘म्युजिक लन्च’ कार्यक्रमको आयोजना गर्यो ।कार्यक्रमका प्रस्तोता तथा चलचित्र पत्रकार नरेश भट्टराईले कार्यक्रमलाई अनौपचारिक बनाउँदै सिनेमाका लगभग सम्पुर्ण सदस्यहरुलाई मिडियाकर्मीहरु माँझ परिचित गराएका थिए । त्यसैबिच सिनेमाका निर्माता र निर्देशनद्धय क्रमशः बिक्रान्त श्रेष्ठ र पिताम्बर पाण्डेले आफुहरुले सिनेमालाई सकेसम्म पृथक बनाउने प्रयास गरेको बताए ।नायक सुमन सिँह,नायिकाद्धय रुवी भट्टराई, सुस्मा कार्की,गायक सुगम पोखरेल, कलाकार अशोक शर्मा लगायत थुप्रैको कार्यक्रममा जमघट भएको थियो ।कार्यक्रमकै बिच सिनेमाका दुई गीतको भिडियो र एक प्रोमो पनि देखाईएको थियो ।सिनेमामा सुगम पोखरेल, बिक्रान्त श्रेष्ठ, किचमान चित्रकारको सँगीत र शिव परियार, सोनुप पौडेल, रजिना रिमाल, सुगम पोखरेल लगायतका गायक गायिकाहरुको स्वर सुन्न पाईन्छ । प्रमोशनल गीत सहित पाँच गीतहरु सँग्रहित ‘ब्याच नम्बर १६’ आगामी सातादेखि देशभर प्रदर्शनमा आउँदैछ ।

0 comments:

Post a Comment