जन्मदिनको शुभकामना है

धेरैजसो चलचित्रकर्मीहरुले आफ्नो जन्मदिलाई बिशेष रुपले मनाउने गरेको पाईन्छ । यहि बर्गमा पर्छिन्, नायिका ऋचा घिमिरे । यो नेपाली सिनेमाप्रेमी दर्शक र ऋचाका प्रशँसकहरुका निमित्त खुशीको कुरा हो कि, ऋचा आज आफ्नो २८औं जन्मदिन मनाउँदै छिन् ।सानै देखि जन्मदिनलाई बिशेष महत्वका साथ हेर्ने ऋचाले आज बिहानै आफ्नी आमाको नयाँबस्ती स्थित मेरील्याण्ड बोर्डिङ्ग स्कुलमा गई त्यहाँ रहेका अनाथ बालबालिकाहरुसँग माया, प्रेमका साथसाथै मिठाई बाँडिन् । श्रीमान, निर्देशक शँकर घिमिरेसँगको दास्रो जन्मदिन मनाईरहेकी ऋचाले आज साँझ नयाँबानेश्वरमा रहेको उनको होम प्रोडक्सन ‘वल्र्डवाईड मुभि मेकर’को कार्यालयमा चलचित्रकर्मीहरुसँगको रमाईलो जमघटको पनि आयोजना गरेकी छिन् । जहाँ उनले आगामी केहि महत्वपुर्ण योजनाहरुको पर्दाफास गर्नेछिन् ।श्रीमानले जन्मदिनको उपहार स्वरुप आफुलाई सपिङ्गका निमित्त पहिले नै केही रकम दिईसकेको बताउने ऋचाले यो भन्दा अघिल्लो बर्षको जन्मदिनको रमाईलो प्रसँग हामीसँग साटिन् ।‘त्यसदिन मेरो श्रीमानले मलाई सरप्राईज दिने उद्धेश्यले २७ थरीका बिभिन्न स्वदिष्ट परिकारहरु बनाउनु भएको थियो, त्यस मध्ये पनि केकको कुरा बेग्लै छ’, ऋचाले थपिन्,‘उहाँले यति साह्रो केक बनाउनु भएछ कि हामीले त्यसलाई हम्मरको सहायताले फोर्यौँ’।
ऋचाजी,यसैगरी आफ्ना जीवनमा आईपर्ने चुनौतीहरुलाई पनि फोडेर अगाडी बढ्न सफल हुनुहोस्,द नेपाल~रोमानियाको मुरीमुरी ‘शुभकामना’

0 comments:

Post a Comment