लभगुरु, भ्यालेन्टाइन र सिनेमा

लभगुरु रेखा थापा यतिबेला अष्ट्रेलिया छिन् । दशकदेखि एक ट्याब्लोइडमार्फत लभगुरुका रुपमा चर्चित बनेकी रेखाले पति छवि ओझासँग भ्यालेन्टाइन सेलिव्रेट गर्ने मुडलाई मिस गरिरहेकी छिन् । अर्का लभगुरु आर्यन सिग्देललाई सोमबार भ्यालेन्टाइनको दिनमा पप्रोज आउने पक्का छ यद्यपी ‘फस्टलभ’ स्टारले प्रपोज नस्वीकार्ने बताइसकेका छन् । यतिबेला प्रोजेक्टविहिन बनेका आर्यनको स्पेसल भ्यालेन्टाइन प्लान भने छैन । आफ्नो शरिरको डिजाइनमा ब्यस्त उनी प्रेमिका नभएकाले भ्यालेन्टाइन नमनाउने पक्षमा देखिए । ‘प्रेमिका नै नभएपछि केको भ्यालेन्टाइन ?’ आर्यन भन्छन् । भ्यालेन्टाइनको पूर्वसन्ध्यामा आर्यन हिरोइन नम्रता श्रेष्ठलाई लिएर सेन्ट्रल थिएटरमा आफू अभिनित मेरो एउटा साथी छ हेर्न पुगेका थिए । सोमबारमात्र प्रदर्शन गरिने आफ्नो डेब्यु फिल्म सानो संसार दर्शकसँग हेरेर नम्रताले भ्यालेन्टाइन मनाउनेछिन् । लाजिम्पाटस्थित आफ्नो रेष्टुराँ एटिकमा गेट–टुगेदर गरेर पनि स्वदेशी सिनेमाकी डिभाले प्रणयदिवस मनाउनेछिन् ।अभिनेता राजेश हमाल जारी दुइप्रोजेक्टमा व्यस्त हुने भएकाले प्रेमदिवस मनाउने मुडमा छैनन् । अहिलेसम्म प्रेमिकाविहिन राजेश प्रेमलाई दार्शनिक ढंगले ब्याख्या त गर्छन् तर पनि विशेष भ्यालेन्टाइन भने छैनिन् । अभिनेत्री ऋचा घिमिरे पति निर्देशक शंकर घिमिरेसँग क्यान्डल लाइट डिनरमा व्यस्त हुनेछिन् । नवअभिनेत्री ऋचा शर्माको योजना पनि यस्तै छ ।निर्देशक दीपेन्द्र के.खनालले पत्नीलाई उपहार दिन रातो मुटु अंकित गिफ्ट किनेका छन् र बेलुका खनाल जोडी एक रेष्टुराँमा डिनरमा सहभागि हुनेछ ।हिरो सुमन सिँहलाई कति प्रपोज आए गणना गरि साध्य छैन यद्यपी भ्यालेन्टाइन मनाउने प्रेमिका अहिलेसम्म उनको जीवनमा आएकी छैनन् । अर्का लभरव्वाइ राजवल्लभ कोइरालाले अफेयर चलिरहेकी प्रेमिकाको नाम त बताएनन् तर उनले उनी भनेर सम्बोधन गरे । उनै उनीसँग उपहार आदानप्रदान गरेर पोखरेली ठिटा राजवल्लभले प्रणयदिवस मनाउनेछन् ।

0 comments:

Post a Comment