अबरूद्व 'आई एम सरी' को छायाँकन शुरू गरिने

बिबिध प्राबिधिक कारणले अबरूद्व चलचित्र 'आई एम सरी' को छायाँकन यहि फाल्गुन २० गतेबाट पुन: सुचारू हुने भएको छ । करिब नौ महिना अगाडी छायाँकन शुरू गरिएको सो चलचित्रको छायाँकन बालाजु स्थित चलचित्र विकाश कम्पनीको ल्याबमा सेट लगाएर गरिने निर्माता हरि महतले जानकारी दिए ।करिब ३०%छायाँकन गर्न बाँकी रहेको सो चलचित्रको २० दिन भित्रमा छायाँकन सकि छिट्टै नै दर्शकमाझ ल्याउने निर्देशक दिनेश राउतले जानकारी दिए । सच्चा प्रेम जहिले पनि चिरस्थायी र सफल हुन्छ भन्ने यथार्थलाई प्रस्तुत गर्न खोजिएको सो चलचित्रमा आर्यन सिक्देल र केकी अधिकारी प्रमुख भुमिकामा छन् । यि दुई कलाकारको साथमा श्याम अर्याल, निता ढुंगाना,विष्णु सापकोटा,अञ्जु केसीलगायतले अभिनय गरेका छन् ।साहन मुभी मेकर्सको ब्यानरमा निर्माण भएको सो चलचित्रमा ताराप्रकाशको संगीत,प्रदीप भारद्वाजको लेखन,कविराज गहतराजको नृत्यनिर्देशन, पुरुषोत्तम प्रधानको छायांकन र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।चलचित्रको अधिकांश भागको छायाँकन पोखरा, स्याङ्जा र त्यसको आसपासका रमणिय स्थलमा गरिएको निर्माता महतले जानकारी दिए ।

0 comments:

Post a Comment