निरूता नै अगाडी

आज तीजको दिन नायिकाहरु नाचगान गरी तथा ब्रत बसेर मनाउँदै छन् । समय परिवर्तन भएको छ । पहिला पहिला सासुले बुहारीलाई दिएको पिडा माइतीमा आएर तीजका गीत मार्फत पोख्ने तथा बाबाले दाइजोमा दिएको शिरफुलको कुरा गर्ने चलन थियो । शिरमा शिरफुल लगाउने कुरा गर्ने महिलाहरू अहिले 'झन् माथि सार्‍यो झन् तल झर्छ हाई मेरो फरिया…' भन्दै गाउन थालेका छन् । नारीहरु फरक रहन सहनमा हिड्न थालेका छन् । तीज मनाउने शैली पनि परिवर्तन भएको छ । तर पनि नारी हिंसा भने रोकीएको छैन ।समाजमा नारी हिंसा नरोकीएकै कारण केही चलचित्रहरु नारी संबेदनशिलतामा आधारित रहेर बनिरहेका छन् । खासगरी नारीको भावनालाई सहर्ष स्पर्ष गर्न सक्ने चलचित्र बनाउने भएरै होला निर्देशक शिब रेग्मीलाई रुबाउने चलचित्र बनाउने निर्देशकको रुपमा पनि चिनिन्छ । धेरै नारी संबेदनामा आधारित चलचित्र निर्देशन गरेका निर्देशक रेग्मीको मूल्याङ्कनमा यस्ता चलचित्रमा कथामा डुबेर काम गर्ने नायिकाहरुमा निरुता सिंह सबै भन्दा अगाडी परेकी छन् ।आफुले कथा बस्तुका आधारमा कलाकार छनौट गर्ने बताउदै रेग्मीले अहिले सम्म आफुले काम गरेका नायिकाहरुमा निरुताले नारी संबेदना बोकेका चलचित्रमा उत्कृष्ट अभिनय गर्न सक्ने बताएका छन् । रेग्मीले दोस्रो नम्बरमा भने नायिकाद्धय झरना थापा र गरिमा पन्तलाई राखेका छन् । चल्तीका नायिका भए पनि रेखा थापाले चुलबुले भुमिकामा जत्तिकै नारीको भावना बोकेको चलचित्रमा काम गर्न नसक्ने उनको ठहर छ । तर पनि रेखाको अभिनय उत्कृष्ट हुने गरेको उनले बताए । नायिका करिष्मा मानन्धर र अभिनेत्री मिथिला शर्मालाई पनि उनले उत्कृष्ट अभिनय गर्ने कलाकार भनेका छन् ।नयाँ नायिकाहरुको मूल्याङ्कन गर्ने समय आइ नसकेको बताउने रेग्मीले पुराना नायिकाहरुले पनि आफ्नो भुमिकामा अझै मेहनत गर्नु पर्ने बताएका छन् । कति नायिकाले टाइट सेडुयलमा काम गर्दा मेहनत गर्न नभ्याउने बताउदै निर्देशक रेग्मीले उनिहरुले मेहनत गर्ने हो भने अझै राम्रो काम गर्न सक्ने बताए । तीजको अबसरमा सम्पुर्ण महिला चलचित्रकर्मीहरुका साथै सम्पुणै हिन्दु नारीहरुलाई शुभकामना ब्यक्त गर्दै रेग्मीले रमाइलोसँग तीज मनाउन आग्रह गरेका छन् ।

श्रीमतीको लागी दिलिपको ब्रत

तीजको दिनमा बिबाहिता महिलाहरुले निराहर ब्रत बसी आफ्नो श्रीमानको सु-स्वास्थ्य र दिर्घायुको कामना गरिरहदा एक जना नायकले श्रीमतीका लागी ब्रत बसेको बताएका छन् ।नायक दिलिप रायमाझीले आफ्नी श्रीमती मञ्जु रायमाझीको सु-स्वास्थ्य र दिर्घायुको कामना गर्दै आज ब्रत बसेको जानकारी दिए ।'मिस यू' हिरोले आज सम्म आफ्नो लागी श्रीमती आफ्ना लागी धेरै पटक ब्रत बसेको बताउदै आज उनको लागी ब्रत बस्ने जानकारी दिएका हुन् । आजसम्म ब्रत नबसेको बताउदै उनले शरीरले नथेगे साँझ मात्र खाना खाने बताए ।तीजमा श्रीमतीले आफुसंग कुनै डिमाण्ड नगरेको बताउदै उनले श्रीमान श्रीमतीसँगै तीज मनाईरहेको बताए । आजको दिन पनि माईत नगएको बताउँदै दिलिपले भने,'उनको दाई आज बिदेशबाट आउदै हुनुहुन्छ बेलुका थप रमाइलो हुन्छ ।' आज पनि श्रीमती आफ्ना लागी ब्रत बसेको बताउदै दिलिपले तीजको अवसरमा श्रीमतीलाई थप खुशी पार्न ब्रत बसेको बताए ।नाच्नमा नं १ मानिएका नायक दिलिपले तीजको अवसरमा श्रीमतीसँग नाच्ने ननाच्ने बारे भने केही भन्न चाहेनन् । 'रमाइलो पक्का हुनेछ', उनको घुमाउरो जवाफ थियो । तीजमा ब्रत बस्ने बताएका दिलिपले पञ्चमीको पुजा लगाउने की नलगाउने भन्ने प्रश्नमा भने हाँसेर टारे । हेरै यि नायकले सुरु गरेको ब्रत आज दिनभर रहन्छ की मध्य दिन पछि तोडिन्छ ।

ह्याप्पी बर्थ डे राज

सन् २००७ मा चलचित्र 'पर्खिबसें' बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक राजबल्लभ कोईरालाको आज तीजको दिन जन्मदिन परेको छ । पिता तिर्थराज कोईराला र माता रमा कोईरालाको कोखबाट जेठो छोरोको रूपमा फिल्म नगरी पोखराको गैर्‍हापाटनमा जन्मेका राजले आज आफ्नो ३० औं जन्मदिन मनाउँदै छन् ।ललितपुरको सानेपामा बस्दै आएका राजले हिजो बेलुकानै केही साथीहरूसँग बर्थ डे सेलिब्रेट गरेको भए पनि आज भने उनले जन्मदिन मनाउन केहि योजना बनाएका छैनन् । स्नातकोत्तरको परिक्षा नजिकिंदै गरेकाले पनि उनले कुनै स्पेसल कार्यक्रम नराखेको हुनसक्छ । पछिल्लो समयका व्यस्त नायक मध्येका एक राज अहिले सुटिङ भन्दा पनि अध्ययनमा व्यस्त भएको बताउँछन् । धेरै चलचित्रको अफर आए पनि अब भने छानेर काम गर्ने बताउँदै राजले अबको प्रोजेक्ट नारायण पुरीको चलचित्र 'ए फर अमेरिका' रहेको बताए ।पोखराको पोखरामा एफएममा काम गर्दागर्दै सुपर एक्टिङ कम्पिटिसनमा भाग लिएपछि उनलाई चलचित्र क्षेत्रमा प्रवेश गर्न सहज भएको हो । उनी नेपालको एक मात्र फिल्म कलेज 'कलेज अफ फिल्म स्टडिज' का पहिलो बर्षका बिद्यार्थी हुन् । उनले सो कलेजबाट स्नातक सम्मको अध्ययन गरेका छन् । पढेर चलचित्र क्षेत्रमा आउनु पर्छ भन्ने कुराको उदाहरणको रूपमा राज उदाहरणिय पात्र हुन् । राम्रो अभिनय क्षमता भएका राजले अहिले सम्म नेफ्टा अवार्डमा बेस्ट नवनायक, डि सिने अवार्ड र बक्स अफिस अवार्डमा बेस्ट खलपात्र गरी तीन अवार्ड हात पारेका छन् ।राजले अभिनय गरेको चलचित्र 'पल' राजधानीका सिनेमा घरहरूमा चलिरहेको छ । यसै चलचित्रको सफलतासँगै राजको पनि सफताको कामना गर्दै द नेपाल~रोमानिया उनको जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छ ।

इजरायलमा सायदको शुक्रबार प्रदर्शन हुने

नेपाली कथानक चलचित्र 'सायद' ले अन्तराष्ट्रिय प्रदर्शनको दौडाहा थालेको छ । चलचित्र 'सायद' टोली बुधबार इजरायल उडेको छ । अभिनेत्री झरना थापा, अभिनेता तथा निर्माता सुनिल रावल तथा विदेश प्रदर्शन संयोजक मोहन डोटेल टोलीमा छन् । मध्यपूर्वस्थित इजरायलको तेलअविवमा आगामी शुक्रबार आयोजना हुने तीज कार्यक्रमका बीच 'सायद' प्रदर्शन गरिनेछ ।थुप्रै नेपालीहरु बसोबास गर्ने तेलअविवलगत्तै 'सायद'ले अष्ट्रेलिया, युरोप, अमेरिका लगायतका मुलुकमा प्रदर्शन गर्ने निर्माता रावलले बताए । सोसल ड्रामा श्रेणीको चलचित्रलाई विदेशपछि स्वदेशमा रिलिज गरिनेछ । निर्माण सम्पन्न भैसकेको चलचित्रलाई केही साताअघि परिक्षण प्रदर्शन गरिएको थियो ।झरना, सुनिल, संयम पुरी, विल्सनविक्रम राईलगायतले अभिनय गरेको सोसल ड्रामा श्रेणीको चलचित्रलाई सुरज सुब्बाले निर्देशन गरेका हुन् ।

प्रशान्तद्वारा रेडकार्पेट प्रीमियर बहिष्कार

अन्ततः 'किन मायामा' र 'अँगालो यो मायाको' बीचको लडाइँ प्रीमियरमा पनि देखापरेको छ । आइतबार सिक्किममा गरिएको आफू अभिनित 'किन मायामा'को प्रीमियरलाई अभिनेता तथा गायक प्रशान्त तामाङले बहिष्कार गरेका छन् । प्रदर्शन नहुँदै विवादमा परेको चलचित्रको रेडकार्पेट जमघटलाई छाडेर प्रीमियरको एकदिन अघि प्रशान्त लन्डनको कन्सर्टमा उडे ।स्रोतका अनुसार प्रशान्तलाई विशिष्ठ अतिथिका रुपमा डाकिएपनि उनी कार्यक्रमको एकदिनअघि नै बेलायत गएका हुन् । काठमाडौंबाट हिरोइन सुमिना घिमिरेमात्र प्रीमियरमा पुगेकी थिइन् । अर्का अभिनेता उत्तम प्रधानपनि प्रीमियरमा थिए । निर्माता निर्देशक र प्रशान्तबीच निर्माणकै क्रममा असमझदारी पैदा भएको खबर मिडियामा प्रकाशित भएका थिए । एक टेलिभिजन अन्तवार्तामा प्रशान्तले आफूलाई 'किन मायामा' भन्दा 'अँगालो यो मायाको' मनपर्ने बताएका थिए ।प्रशान्त प्रीमियरमा नजानुमा उक्त विवाद कारण रहेको बताइन्छ । विवादकै कारण पूर्व इन्डियन आइडल नेपाल पब्लिसिटीमा पनि सहभागि भएनन् ।'गोर्खापल्टन'बाट अभिनेताको छवि बनाएका प्रशान्तका पछिल्ला दुवै सिनेमा फ्लप भएपछि उनी प्रीमियरमा नगएका पनि हुनसक्छन् । यद्यपी स्रोत भन्छ -'आन्तरिक विवादले प्रशान्तलाई त्यता जान मन लागेन ।' उक्त प्रीमियरमा गोर्खाल्यान्ड राज्यका प्रशासकसहित विशिष्ठ अतिथि थिए । प्रशान्त अनुपस्थित कार्यक्रममा हिरोइनलाई सम्मान गरियो । गान्तोकको वज्र थिएटरमा प्रीमियर गरिएको थियो ।

नम्रता आउट, केकी इन !

कलाकार छनौट गर्छन् कलाकार । निर्माता र निर्देशक होइन । कलाकारको डिमान्ड र सुझावसामु निर्माता र निर्देशक निरिह बन्नु अहिलेको यथार्थ हो । विवादास्पद चलचित्र 'ब्लाकमेल'पछि यस्तै भएको छ निर्माण सुरु हुन लागेको चलचित्र 'ए फर अमेरिका'मा । हिरोइन रेखा थापाको डिमान्डमा निर्देशक नारायण पुरीले एउटी हिरोइनलाई निकालेर अर्की हिरोइन अनुबन्धित गरेका छन् ।सुरुमा निर्देशक पुरी नम्रता श्रेष्ठलाई लिन चाहन्थे तर स्रोतका अनुसार फिल्ममा प्रमुख भूमिकामा रहेकी रेखाले नम्रता हुँदैन भनेपछि उनलाई हटाएर पुरीले केकी अधिकारीलाई अनुबन्धित गरेका छन् । एकवर्षअघि पुरीले नम्रतालाई एप्रोच गरेका थिए । अहिले उनै नम्रताको ठाउँमा केकीलाई लिइएको छ । 'नारायणजीले एकवर्षअघि मलाई एप्रोच गर्नुभएको थियो' नम्रताले कुरालाई पुष्टि गरिन् । केही महिनाअघिसम्म निर्देशक पुरी रेखा र नम्रतालाई लिएर फिल्म सुटिङ गर्ने पुरा तयारीमा थिए ।रेखा र नम्रताबीचको ब्यक्तित्वको 'मौन विकर्षण' 'ए फर अमेरिका'मा देखियो । नम्रतालाई रिप्लेस गरेर अनुबन्धित भएकी केकीले चलचित्रमा धनी बाउकी छोरीको भूमिका निर्वाह गर्नेछिन् । जहाँ रेखा सेलिव्रेटीको भूमिकामा हुनेछिन् । कलाकार आउट र इनको खेल मात्र होइन चलचित्रको नाम पनि परिवर्तन गरिएको हो । सुरुमा यो फिल्मलाई 'ए फर एप्पल =<अमेरिका' नामाकरण गरिएको थियो । हिकमत मियाँले निर्माण गर्ने चलचित्रले अमेरिकामा रहेका आप्रवासी नेपालीहरुबारे चित्रण गरेको छ ।

बाबुरामले हेरेपछि सचाइयो स्क्रीप्ट !

बाबुराम भट्टराई चलचित्रका दर्शकमात्र होइन रहेछन् । उनी चलचित्रको प्रीप्रोडक्सनमा पनि सहभागि भएका रहेछन् । रिलिज हुन लागेको चलचित्र 'किसान'को स्क्रीप्ट सम्पादन र संगीत सुनेर सुझाव दिने काम गरेका रहेछन् नवनिर्वाचित प्रधानमन्त्रीले । निर्देशक तथा निर्माता बिमल पौडेलले डा. भट्टराईले आफ्नो चलचित्रको स्क्रीप्ट सम्पादन गरेर पुनर्लेखनका लागि सुझाव दिएको बताए । स्क्रीप्ट भने स्वयम बिमलले लेखेका हुन् । झन्डै एकसाता लगाएर बाबुरामले किसानको स्क्रीप्टलाई काँटछाँट गरेका थिए । चलचित्र 'किसान'को प्रतिनिधि पात्रमा महिला र पुरुषलाई समान ढंगले सहभागि गराउनुपर्ने, मुख्य पात्रका रुपमा रहेका राजेश हमालको कृषि क्रान्तिको अवधारणामा जोड दिनुपर्ने र माक्स्रवादी सिनेमा सौन्दर्य समावेश गर्नुपर्ने तीन मुख्य बुँदा बाबुरामको सुझावपछि थपिएको पौडेलले मेरोसिनेमालाई बताए । 'उहाँको सम्पादनपछि स्क्रीप्टको ढाँचा नै परिवर्तन भयो' पौडेलले भने ।चेतन सापकोटाले भरेको चलचित्रको संगीतलाई पनि बाबुरामले चाख मानेर सुनेपछि राम्रो रहेको प्रतिक्रीया दिएका थिए । 'गीत सुनेर उहाँले कथासँग मेल खान्छ भन्नुभएको थियो' निर्देशक पौडेलले भने । चलचित्रको पटकथा र संवाद चाहिँ चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले लेखेका हुन् । राजेश हमाल, नीर शाह, राजेश ढुंगाना, नन्दिता केसी आदिले अभिनय गरेको चलचित्र बैशाखमा रिलिज हुनेछ । विहिबारदेखि चलचित्रलाई सिन्धुपाल्चोकको चौताराबाट तीनदिने घुम्ती सिनेमाका रुपमा प्रदर्शन गरिँदैछ ।

बन्दले अड्कियो 'लास्ट किस'

'द लास्ट किस'को सुटिङमा कलाकार पुष्करजंग थापा र शोभिता सिम्खडा। सुटिङ धरानस्थित लाङ्घाली सामुदायिक वनमा भइरहेको छ। तस्बिर : रोहित राई
दुई सातादेखि धरानको लाङ्घाली सामुदायिक वनमा सुटिङ भइरहेको ‘द लास्ट किसः अ युनिक लभ स्टोरी'ले संघीय लिम्बुवान राज्य परिषद्को तीन दिने आमहड्तालका कारण सुटिङ गर्न सकेन। सोमबार मोरङको वेतना सिमसार जाने तरखरमा रहे पनि सुटिङ रद्द भयो। वन समूहकै अतिथिगृहमा रहेको टोली तीन दिनसम्म के गर्ने भनेर अन्यौलमा परेको छ। ‘जंगलको बीचमा पोखरी भएको लोकसनमा खिच्नुपर्ने थियो। त्यसैले आज वेतना जाने योजना बनाएका थियौं,' निर्देशक बीबी फुयालले भने, 'यहाँको लोकेसनमा काम सकियो। तीन दिन बन्द भनेकोले के गर्ने भनेर तनाव छ।' रोमान्स गर्न जंगल पुगेको नवविवाहित जोडीले जंगलमा अनेक खतराको सामाना गर्नुपर्ने दृश्यको सुटिङ भइरहेको फुयालले जानकारी दिए। ‘युवालाई लक्षित गरेर फिल्म बनाउँदै छौं। हनिमुनमा आएका जोडीबीच हुने सबै किसिमका व्यवहार र गतिविधिलाई प्रस्तुत गर्नेछौ,' उनले थपे। 'एडल्ट' फिल्म बनाउन लागेको जानकारी दिँदै उनले रोमान्स, सेक्स, थ्रिलर र एक्सन दृश्यलाई प्राथमिकता दिइएको बताए। सहायक निर्देशक भएर थुप्रै फिल्ममा काम गरेका फुयालको यो पहिलो निर्देशन हो।वेतनापछि भेडेटार र कोशी ब्यारेजमा सुटिङ गर्ने उनले जनाए। वैशाखसम्म प्रर्दशनमा ल्याउने लक्ष्य लिएको निर्माता एवं छायाकार युवराज खत्रीले बताए। ‘बन्द, हडतालले असर नगर्ने हो भने अबको दुई साताभित्र सुटिङ सकिन्छ, नयाँ वर्षको अवसरमा रिलिज गर्ने सोच छ,' खत्रीले भने। फिल्ममा हिरोइनको भूमिका सशक्त रहेको सोभिता सिम्खडाले बताइन्। ‘मेरो भूमिका ज्यादै चुनौतीपूर्ण छ। रोनाधोनादेखि ग्ल्यामर र एक्सनसमेत छन्,' उनले बताइन्। नयाँ कलाकार पुष्करजंग थापाले पहिलो फिल्ममा एकदमै रमाइलो अनुभव गरे।

बाबुराम प्रधानमन्त्री बनेकामा कलाकारलाई कस्तो लाग्यो?

ऋचा शर्मा, अभिनेत्री
हुन त जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान नै चरितार्थ हुने होला। तैपनि जनताको सोच अनुसारको काममा बाबुराम भट्टराईबाट केही आशा गर्नुपर्छ। उहाँ बौद्धिक नेता भएकाले पनि विकासमा ध्यान दिनुहुन्छ कि जस्तो लागेको छ। पहिलो प्राथमिकता त संविधान निर्माणमै दिनुपर्छ। त्यसपछि देशको उज्ज्वल भविष्यको खाका कोर्नुपर्छ।
श्रीकृष्ण श्रेष्ठ, अभिनेता
जनताले आशा गरेको व्यक्ति प्रधानमन्त्री हुनुभएको छ। धेरैले प्रतीक्षा पनि गरेका थिए। काम हेर्न बाँकी एउटा नेता उहाँ पनि हुनुहुन्छ। जनताको अपेक्षा पूरा गर्नु उहाँको चुनौती हो। देशमा शान्ति र सुरक्षा दिएर पहिला आफ्नो औचित्य पुष्टि गर्न सक्नुपर्छ। यी दुई चिज भयो भने आर्थिक सुधारको बाटो आफैं देखा पर्छ। चुनौतीका बीच जनताको चाहना पूरा गर्न सके उहाँ सबैभन्दा सक्षम प्रधानमन्त्रीको रूपमा रहनु हुनेछ। नभए जुन जोगी आए पनि कानै चिरेको भने जस्तै हो।
राजवल्लभ कोइराला, अभिनेता
बाबुराम भट्टराई प्रधानमन्त्री हुनुपर्छ भन्ने मनस्थिति धेरैको थियो। त्यसैले राम्रै भएको छ। तर, देशको राजनीति आइसियुमा पुगेका बेला धेरै चुनौती धेरै छन्। शान्ति, संविधान, सेना समायोजन जस्ता धेरै विषय सल्टाउन सक्नुपर्छ। उहाँ बौद्धिक र सक्षम व्यक्ति त हो। तर, समय प्रतिकुल छ। अरु दलहरुले अनुकुल स्थिति बनाउन सहयोग गर्नुपर्छ।
उपप्रधानमन्त्रीको विषयमै विवाद सुरु भइसकेकोले नमिठो सुरुवात देखिएको छ। यो जनताले खोजेको कुरा होइन। आम जनताको सरोकारमा सरकार केन्द्रित हुनुपर्छ। देश प्रतिस्पर्धा होइन योगदानले बन्छ भन्ने कुरा सबैले सोच्न जरुरी छ।
सुगम पोखरेल, गायक
म कुनै पार्टीमा आवद्ध छैन। तर, व्यक्तिगत रूपमा उहाँजस्ता राम्रो छवि भएको बौद्धिक नेता प्रधानमन्त्री हुनु देश र जनताका लागि सुखद कुरा हो भन्छु। उहाँले अर्थमन्त्री हुँदा कसैले नसोचेको राजश्व संकलन गरेर देखाइनु भयो त्यसले उहाँको आर्थिक विज्ञता देखिसकेको छ। देशको अर्थ व्यवस्था बलियो बनाउने प्रयास उहाँले यसपटक पनि गर्नुपर्छ। उहाँको अभियानलाई मधेशवादी दलहरुले सहयात्री भएर र अन्य दलले पनि राम्रो प्रतिपक्ष भएर सहयोग गरे भने यो सरकारले देशलाई नयाँ गति दिनसक्छ। माओवादीकै अध्यक्ष पुष्पकमल दाहाल पनि जनताले आशा गरेको नेता हुनुहुन्थ्यो। उहाँले पूरा गर्न नसकेको काम बाबुराम भट्टराईले गर्न सक्नुपर्छ।
नीता ढुंगाना, अभिनेत्री
मलाई त बाबुराम भट्टराई प्रधानमन्त्री हुनु भएको खबरले खुशी तुल्याएको छ। उहाँजस्तो शिक्षित मान्छेको देशमा सधैं खाँचो हुन्छ। अब अरुले गर्न नसकेको काम देखाउने दायित्व उहाँको काँधमा छ। म सफलताको कामना गर्न चाहन्छु। साथै शिक्षित युवापुस्ताको विदेश पलायनलाई रोक्ने अवस्था सिर्जना गर्न अनुरोध गर्छु।

चिल्ला चेलीका तीजे तिघ्राहरू !

'गाउँले ' बलदेव- उहिलेउहिले चाडपर्वमा मिठोचोखो पकाएर भान्सा गरिन्थ्यो। अचेल नमिठो बिटुलो खाएर बान्ता गरिन्छ। महात्मा 'ईसामसीह'को शुभजन्मोत्सवको स् मृतिस्वरूप इस्वी संवत् आरम्भ भएको जनवरीको पहिलो दिनमा होस् अथवा 'जिसस क्राइस् ट 'जस्ता कर्पूरगौर सन्तको सम्झना गर्ने 'क्रिसमस 'मा होस् नन्दीभृङ्गीजस्ता उभयलिङ्गीहरू मिसमास भएर मदमांसले मातिन्छन्, झल्लिन्छन् र 'ड्रम सेट'को बेतालमा बिसुरसँग हल्लिन्छन्, यस्तै हो पश्चिमी सभ्यता? यतातिर जन्म दिन अथवा कुनै पनि शुभ दिनमा दीप, कलश र गणेशको पूजा गर्ने गरिन्थ्यो। शुभकर्मभरि नै दीप प्रज्वलित भइरहनुपर्थ्यो। उता बालिएको मैनबत्ती निभाएर मात्रै जन्म दिन मनाइने गरिन्छ, यता पनि त्यसै गर्न थालियो। निभाउनकै लागि बत्ती किन बालियो?प्रश्नको उत्तर पर्खिन नसकेर आँखा चिम्म गर्दै हामीहरूले पनि अँध्याराको रहमा हामफालियो। पश्चिमी संस्कृति म जान्दिनँ र नहिँड्ने गाउँको बाटो सोध्न पनि आवश्यक ठान्दिनँ। मेरो पूर्वीय संस् कार आज विकारयुक्त र बेकार हुँदै गएको चाहिँ मलाई थाहा छ। व्रतबन्धकै दिन ब्राह्मण- वटुकको व्रतभङ्ग गराइन्छ। 'ब्रान्डी, ह्विस्की र रम' मिसिएको मदिरातालमा पौडी खेल्दाखेल्दै अनि रमणीहरूको रसपान गर्दागर्दै उपनयनको जनै झरिसकेको र ब्रह्मचर्य मरिसकेको पत्तो पाउँदैन, त्यो स् कुले ठिटो। बाह्र कक्षाको शिक्षा लिँदै गरेको त्यस केटाले भिक्षादानको लगनमै छड्के नेत्रपान गरिसकेको थियो। शिशुको सृष्टि गरिसकेपछि विवाह बन्धनीमा बाँधिने अनिमात्रै व्रतबन्धनीमा जनै र कन्धनी पहिरिने चलन चलेको छ, अहिले। त्यसको के दोष?
वर्णाश्रम धर्मको मर्म बुझ्न छोडेर हामी कसको पर्म तिर्दै छौँ? षोडश संस्कार खिइएर सकिनै लाग्यो, दोष लागे युगधर्मलाई लागोस्। सुख पाउन्जेल भगवान्लाई भतुवा कुकुरसरह पनि नमान्ने, शिवतत्त्व अलिकति पनि नजान्ने अनि शिवबुटी भन्दै अविच्छिन्न गाँजा र धतुरो तान्ने तन्नेरीहरूलाई के ठान्ने? फागु पूर्णिमामा चेलीबेटीलाई ताकेर रणभूमिमा गोला बर्साएझैँ लोला बर्साउने केटाहरू तर्साउने भूतभन्दा कम भएनन्। त्यसरी अन्धाधुन्ध शैलीले बटुवा ठिटीहरूका वक्षस्थल वा मर्मस् थलमा प्रहार गर्दा ठहरै भए भने ठिटाहरूको दशा के होला? मोबिल मिश्रित रङ्ग दलिदिएर रूपवती युवतीलाई कुरूपा बनाइदिनेदेखि ढलको पानी खन्याइदिनेसम्मका गतिविधिलाई समेत संस्कृति भनिरहनुपरेको छ, किनभने हामीभित्रको मानवता मरेको छ। अलच्छिना दच्छिनाले दशैँमा दशा मिसाइदियो। देवीको पूजालाई दिनुपर्ने महइभ्व मांस र मदिरासमेतको 'लन्च 'र'डिनर'लाई दिन थालियो। तिहारको पञ्चकलाई प्राणीहरूको सहअस्तित्व र सम्मान बुझाउने पर्व भन्ने कुरै भुलेर जूवातासमा डुबीडुबी सर्वस्व गुमाउनुलाई के भन्ने? यसै सन्दर्भमा घोक्रो सुकाईसुकाई सुनाइने स्याल हुइँयाँ देउसीका लागि चुलेसी भइसक्यो। दाताले रमाईरमाई दैलो खोल्नै पर्ने गरी महिलाबाट मात्रै गाइने 'भैलो'लाई पुरुषको मिश्रणले मैलो भाँडभैलो बनाइसक्यो। 'हामी त्यसै आएनौँ, बलि है राजाले पठाए। हे औँसी बार, गाईतिहार भैलो।' उहिलेउहिले भैलिनी दिदीबहिनीले भन्थे। अहिलेका दाजुभाइले त, 'हेलो भैलो! खोलो दैलो! भन न ओ डार्लिङ...! 'यस्तैयस्तै भन्छन्। भट्ट्याउन होइन केटी पट्ट्याउन हिँडेको अरे! गच्छे-अनुसार स् वेच्छाले बत्ती बालेर नाङ्लामा सदक्षिणा सेल, चामल र धान राखेर कात्तिके दान दिइन्थ्यो। देउसी अथवा भैलीले दिएको आसिक थाप्दा सबैलाई रमाइलो लाग्थ्यो। अचेल करबलै दान दिनुपर्छ। क्लबका नाममा, राजनीतिक भ्रातृसङ्गठनका नाममा रकम तोकिएरै पत्र काढिन्छ। शासक, प्रशासक र राजनीतिक नेतालाई बाध्यात्मक दान गराउने र भ्रष्टाचारका लागि प्रेरित गराउने वाचाल आध्यात्मिक प्रवाचक बाजेहरूले आसर्जेको खेती गरेको गर्‍यै छन्। शिक्षालय, औषधालय अथवा देवालय बनाउने भन्दै चन्दाको वैधानिक धन्दा चलाउनेहरूको कुरो पनि यतै बिसाएर म तपाईंलाई एक्कै छिन तीजको तडकभडकतिर आँखा तेर्स्याउन अनुरोध गर्छु। सत्ययुगतिर भगवती पार्वतीले पशुपति शिवलाई पतिका रूपमा पाउनका लागि निराहार व्रत बसेकी थिइन् अरे! उनको देह पो दिव्य थियो र भोक लाग्दैनथ्यो। नेपालका पतिव्रता अर्थात् सती महिलाहरूले समेत सभक्ति सजिलोसित पार्वतीको गति समाते। अविवाहिताहरूले रोजेकै पति पाउनका लागि, विवाहिता साध्वीहरूले आजीवन
सधवास् वरूपमा रमाउनका लागि तथा विधवा भएकाले पतिको मुक्तिका लागि भनेर निर्जल
र निराहार व्रत गर्ने परम्परा बसेको थियो, हिजोआज त्यसको नाकमुखै देख्न छोडियो। अहिले पतिपरिवर्तनको कामना गर्नेहरूको गीत गुन्जिन्छ- 'पोइल जान पाऊँ, शिव! पोइल जान पाऊँ!' आदि। यस्तै गीतका प्रतापले त होला नि पैसाका लागि परदेसिएका पतिका कतिपय सती श्रीमतीहरू बियरको बोतल चुस्दै ठमेलतिर परपुरुषसँग मेलमिलाप गर्दै छन् भन्ने सुनिन्छ। त्यसो त चरित्रवतीका पात्तिएका पति परमेश्वरहरू पाशविक परम्परा-अनुसार प्रतिदिन पत्नीपरिपर्तन गर्दै छैनन् र! 'एबिसिडी' नचिने पनि अङ्ग्रेजी गीत गाउने तथा अङ्ग्रेजी रीतमा रमाउनेहरू पर्याप्त छन्। 'पत्नीहरूले पतिको दीर्घायु चिताएर व्रत बस्नुपर्ने हो भने पत्नीको दीर्घायुका लागि पतिले पनि व्रत किन नबस् ने?' महिला अधिकारवादीहरूको तर्क तेर्सो पर्छ। यस तर्कलाई बल दिनकै लागि त होला नि केही वर्ष यतादेखि दर खाने दिनको दर बढेर एक दिनबाट एक महिना पुर्‍याइएको छ। कहिले कुन संस् थाको त कहिले कुन संस्थाको, कहिले अमुक पार्टी र कहिले अमुक पार्टीका महिला विभागको, कहिले कुन गृहिणीको भोजनगृहमा त कहिले कुन गृहिणीको। बिहान, दिउँसो र बेलुकासमेत दर हाम गर्नमै व्यस्त छन्, काम नभएका मध्यमवर्गीय महिलाहरू। उपस्थिति जनाउन र आयोजना गर्न भ्याई-नभ्याई हुन्छ, तिनलाई। खर्च धान्न नसकेका जोइटिङ्ग्रे पोइहरू रोईरोई बसेका छन्। पहिलेपहिले मिठोमसिनो खानका लागि चाडपर्वकै मुख ताक्नुपर्थ्यो। वर्षको एकपल्ट भए पनि दिदीबहिनीलाई घरमा बोलाएर मुख मिठ्याइदिन पाउँदा दाजुभाइलाई आनन्द आउँथ्यो। त्यसैले माइतालु चेलीहरू तीजमा गाउँथे- 'गोठमा राम्रो झालीमाली गाईले। माइतमा राम्रो दाजुभाइले।। तीज आयो भन्छन् सबै माइत जान्छन्। मै चेली अभागी कसको माइत जाऊँ?।। बाघलाई देखेँ भने बाबा, बाबा भनुँला। बघिनीलाई देखेँ भने आमा भनुँला।' अगिपछि पराधीन भएर बाँच्न बाध्य भएका महिलाहरू माइत गएर तीजका गीतका माध्यमबाट मुटुको घाउ निचोर्थे। सासूससुरा, नन्दआमाजू, सौतेनी आमा आदिबाट पाउनुपरेको यातना र कष्टलाई शब्दका माध्यमबाट बाहिर निकाल्थे। अहिलेका नगरवासी महिलाहरू तीजको दिन लुकीलुकी अन्न खालान् भन्न नसकिएला तर टन्न फलफूल खाएर 'डिस्को', 'रक' आदि शैलीका माध्यमबाट 'हाइन्डसम 'हरूको हात समातेर बुरुकबुरुक उफ्रिँदै कामुक प्रतिस्पर्धामा प्रस्तुत हुन्छन्। नाच्नेलाई भन्दा देख्नेलाई लाज! तीजमा चिल्ला र परिपुष्ट तिघ्राको आकर्षण देखाएर वयस्क पुरुषहरूलाई उत्तेजित बनाउनु नारीको नैसर्गिक अधिकार हो भने नारीलाई भन्दा तिनको अनाडीलाई प्रेम गर्नु पुरुषको पवित्र परम्परा हो।संवेदनशील र प्रेमपरक गीतले महिलाको हित गर्दैन भन्दै बूढाबाजेका पालाको प्रगतिशील पङ्क्ति पियाउने पाखण्ड प्रवृत्ति अनि कम्मर मुनिका अङ्ग देखाउँदै गरिने अत्याधुनिक रसरङ्ग दुवैले तीजको मौलिकतालाई कताकता पुर्‍याइसके। हाम्रा आमा र बज्यैहरू तीजमा निराहार मात्रै बस्दैनथे। तिर्खाले प्याकप्याक्ती पार्दासमेत पानीको घुट्को मुखमा पार्दैनथे। तीजको भोलिपल्ट चतुर्थी तिथिको खाल्सा रहेको वर्ष त कर्कलो र भात खान्थे। खाल्सा नपर्नेबित्तिकै पञ्चमी तिथिमा कष्टपूर्वक ऋषिहरूको पूजा नगरेसम्म भुजा गर्दैनथे। दुईदुई दिन भोकभोकै बस्नुपर्ने भएकाले पनि द्वितीया तिथिमा गरिष्ठ भोजन गर्नु बाध्यता नै हुन्थ्यो। त्यही गरिष्ठ भोजनलाई दिदीबहिनीले दर भनेका हुन्। व्रतका नाममा फलफूल वा पानीसमेत नखाने बानीलाई समयसन्दर्भले पनि स् वीकार गर्दैन। धर्म त देश, काल र परिस्थितिअनुसार निर्वाह गरिने नैतिक अनुशासन मात्रै हो, निरङ्कुश शासन होइन तर तीजका नाममा पार्टीको पाखण्ड प्रचार गराउने, महिनौँसम्म दर कार्यक्रम राखेर समय र सम्पत्तिको नाश गराउने तथा निम्न आय भएका महिलाहरूलाई निहुराउने जस् ता कार्यलाई महिला अधिकारवादीले कसरी हेरेका होलान् ?
तस्बिर : राजीव श्रेष्ठ

हिटलरलाई रूवाउने आचार्य

गायकबाट नायक बनेका सत्यराज आचार्यले आफ्ना पिता भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा बनेको चलचित्र 'आचार्य' ले हिटलर जस्ता कठोर मन भएकालाई पनि रूवाउन सक्ने दाबी गरे । बुधबार राजधानीमा आयोजित चलचित्रको अडियो सार्वजनिक कार्यक्रममा सत्यले भने,'यदि हिटलर अहिलेसम्म बाँचेका हुन्थे भने यस चलचित्रले उनलाई पनि रूवाउने थियो ।'नेपाली संगीतका माली मानिने भक्तराजको जीवनमा भएका उतारचढावलाई चलचित्र 'आचार्य' मार्फत प्रस्तुत गरिएकोले सो चलचित्रका नायक तथा भक्तराजका जेष्ठ सुपुत्र सत्यराजले हरेक नेपालीले यो चलचित्र एक पटक हेर्नै पर्ने बताए । उनका अनुसार भक्तराजलाई माया गर्ने र उनको बारेमा बुझ्न चाहनेका लागि चलचित्र आचार्य कोशेढुंगा जस्तै बन्ने छ । आफ्ना पिताका अनुभुतीहरूलाई अनुभव गरेर चलचित्रको पर्दामा जीवन्तता दिने प्रयास गरेको सत्यको भनाई छ । उनले चलचित्र 'आचार्य' आफ्ना पिताका फ्यानहरूलाई बिशेष उपहार नै हुने बताए ।भक्तराजको जीवनीलाई कथामा उतारेर चलचित्रको पर्दामा प्रस्तुत गर्ने जमर्को गरेका निर्देशक प्रशान्त रसाईलीले चलचित्र आचार्य साधारण तरिकाले प्रस्तुत गरिएको भएपनि हरेक दर्शकको मन छुने बनेको दाबी गरे । चलचित्रमा भक्तराजकै स्वर तथा संगीत रहेको ६ वटा गीत र सत्यस्वरूपको स्वरमा रहेको दुई गीत गरि आठ वटा गीत समावेश गरिएको बताउँदै निर्देशक रसाईलीले ति गीतहरू भक्तराज प्रति समर्पित गरेको बताए ।चलचित्र आचार्यका निर्माता रोशन राईले भक्तराजको अनुमति बिना यो चलचित्र निर्माण असम्भव भएकाले भक्तराज प्रति आफू आभारी रहेको बताए । उनले भने, 'भक्तराजको जीवनीमा चलचित्र बनाउन पाउनु मेरो लागी गर्वको कुरा हो ।' यता चलचित्र आचार्यका लगि दुई गीत लेखेका गीतकार नवराज लम्सालले सांग्रिला होटलमा अडियो विमोचन गरिरहँदा चलचित्र आचार्यले नयाँ सांग्रिलाको खोजी गर्ने बताए । साथै उनले भक्तराजको संगीतमा आफ्ना गीतहरू गुञ्जन पाउनु भाग्यको कुरा रहेको समेत बताए ।सिल्करूटको व्यानरमा निर्माण गरिएको चलचित्र आचार्य यहि असोज ६ गते सार्वजनिक हुँदैछ । सत्यराज आचार्यको प्रमुख भुमिका रहेको सो चलचित्रमा अरूणा कार्की, सुनिल पोखरेलको साथमा भारतिय गजल गायक गुलाम अलिको बिशेष भुमिका रहेको छ । शैलेन्द्र कार्कीको छायाँकन तथा सम्पादन रहेको चलचित्र आचार्यको छायाँकन काठमाण्डौ, सिक्किम र दार्जिलिङमा गरिएको हो ।

अमिताभसँग निखिल उप्रेतीले फिल्म खेल्ने

निखिल उप्रेतीको बलिउड गाइँगुइँ अन्ततः यथार्थ बनेको छ । शनिबार नेपाल आउनुअघि एक्सन अभिनेता मुलधारको एक बलिउड प्रोजेक्टमा अनुबन्धित भएका छन् । जहाँ उनी बलिउड महानायक अमिताभ बच्चनसँग एकसाथ देखापर्नेछन् । वर्किङ टाइटलमा काम भैरहेको सिनेमामा निखिल अमिताभको को-एक्टर्स बन्नेछन् । ‘निर्देशक र प्रोजेक्टको नाम चाँडै थाहा पाउनुहुनेछ’ सुत्केरी पत्नी सन्चिताको स्याहारमा खटेका हिरोले मेरोसिनेमासँग भने ।डिसेम्बरबाट सुटिङ सुरु हुने चलचित्रका लागि निखिल केही सातापछि सुत्केरी पत्नी सन्चितालाई लिएर मुम्बइ उड्दैछन् । बलिउडमा स्थापित हुन निखिल भारत पलायनसँगै संघर्षरत थिए । अमिताभ स्टारर उक्त सिनेमा गर्नुअघि निखिल सुमन दाहालले निर्देशन गर्ने चलचित्र ‘यो मन’का लागि आगामी भदौ १६ मा बैंकक उड्नेछन् । लगत्तै उनी उक्त भारतीय सिनेमाको काममा जुट्नेछन् ।यतिबेला निखिलसँग चार नेपाली सिनेमा पाइपलाइनमा छन् । सुमन दाहालको दोस्रो प्रोजेक्टसहितका अन्य दुई चलचित्रमा पनि निखिलले साइन गरिसकेका छन् । निखिलको कमब्याक पक्का भएपनि सुत्केरी अभिनेत्री पत्नी सन्चिताको कमब्याक चाँडो नहुने भएको छ । उनी केहीवर्ष पुत्र स्याहारमा जुट्नेछिन् । स्रोतका अनुसार स्थायीरुपमा नेपाल फर्किएर निखिल चलचित्र निर्माण गर्ने योजनामा छन् । तर, परिस्थिती यतिबेला उनको पक्षमा छैन यद्यपी उनी विचलित चाहिँ भैसकेका छैनन् ।

२८ औं जन्मदिन मनाउँदै रेखा

नायिका रेखा थापाले आजको दिन अर्थात् भाद्र ५ गते यस संसारमा पाईला टेकेकी हुन् । २०५७ सालमा हिरो चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरू गरेकी नायिका रेखा थापाले आज आफ्नो २८ औं जन्मदिन मनाउँदै छिन् । गत बर्ष चलचित्र 'खुसी' को युनिटसँग आफ्नो जन्मदिन सेलिब्रेट गरेकी रेखाले यस बर्षको जन्मदिन आफ्नै होम प्रोडक्सनमा बनेको चलचित्र 'रावण' को युनिटसँग सेलिब्रेट गर्ने बुझिएको छ । बिहानै मन्दिर गएर पुजा आजा गर्ने र दिनभर चलचित्र 'रावण' को सुटिङमा व्यस्त हुने बताउँदै रेखाले जन्मदिनको अवसरमा कुनै त्यस्तो भव्य कार्यक्रमको आयोजन गर्ने योजना नभएको बताइन् ।रेखाको जन्म मोरङ जिल्लामा भएको हो । लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा राज गर्दै आएकी रेखालाई जन्म दिनको शुभकामना दिन चाहनेले तलको कमेन्ट बक्समा गएर शुभकामना सन्देश छाड्न सक्नु हुनेछ । नायिका रेखालाई द नेपाल~रोमानिया डटकमको तर्फबाट जन्मदिनको हार्दिक शुभकामना !

निखिल र सन्चितालाई पुत्रलाभ

अभिनेता दम्पति सन्चिता लुइँटेल र निखिल उप्रेतीलाई पुत्रलाभ भएको छ । सन्चिताले आइतबार राती १० बजे थापाथलीस्थित नर्भिक अस्पतालमा छोरा जन्माएकी छिन् ।सामान्य प्रक्रीयाबाट सुत्केरी नभएपछि सन्चिताको शल्यक्रीया गरिएको थियो । उनलाई चिकित्सकले दिउँसोदेखि अब्जर्भेसन पिरियडमा राखेका थिए । सन्चितालाई अस्पतालले यसअघि नै आइतबारको डेट दिएको थियो ।त्यही भएर उनका पति अभिनेता निखिल शनिबार मुम्बइबाट फर्किएका थिए । सन्चिता सुत्केरी भैसकेपछि उनको स्याहारमा निखिल खटेका छन् । नर्भिक अस्पतालमा आइतबार निखिल र सन्चिताको परिवारको उपस्थिती थियो ।सन्चितालाई साउन ५ मा अभिनेत्रीहरु रेखा थापा, अरुणिमा लम्साल, ऋचा घिमिरे, रेजिना उप्रेतीले दही च्युरा खुवाएका थिए । पुत्रलाभपछि निखिल र सन्चितालाई बधाइ दिनको ओइरो लागेको छ

'गर्लफ्रेन्डले नाइँ नभने' राजेशको बिहे अर्को वर्ष

अभिनेता राजेश हमाललाई अधिकांशले सोध्ने जिज्ञासा उनको बिहेमा घुम्ने गर्छ।पोखराका सञ्चारकर्मीले समेत उनलाई यही प्रश्नले घेरा हाले। पोखरेली सञ्चारकर्मीको जिज्ञासाबाट उनी उम्कन पाएनन्। बिहेको प्रश्नमा उनको जवाफ सरल आयो, 'गर्लफ्रेन्ड'ले धोका नदिए २०१२ भित्र बिहे पक्का।'हमालले आफ्ना लागि 'फिट' गर्लफ्रेन्ड भेटिएको र उनैसँग बिहेको तयारी भइरहेको बताए। तर, हमालले उनको परिचय भने खुलाएनन्। 'मैले भेटेको 'गर्लफ्रेन्ड'ले 'नाइँ' नभने अब बिहे पक्का हुनेछ,' उनले भने, 'तर गर्लफ्रेन्डले कहिलेसम्म अन्तिम निर्णय दिने भन्नेमा 'डेडलाइन' तोकेको छैन।'२०११ भित्रै बिहे गर्ने सोच भए पनि विविध कारणले एक वर्ष पछाडि सरेको उनले बताए। 'सबै कुरा मिलाउँदै जाँदा केही समय पछि हुन गयो,' उनले भने, '२०१२ भित्रै बिहे पक्का हुन्छ, ममात्र तातेर मेरो बिहे हुने रहेनछ।'हमालले २०१२ भित्र बिहे गर्ने थाहा पाएपछि एक ज्योतिषीले फोन गरेर २०१४ अघि बिहे नगर्न उनलाई सुझाएछन् पनि। तर, हमालले तीनै ज्योतीषिसँग सल्लाह गरेर २०१२ भित्रै बिहे गर्ने बाटो फुकाएका छन्।'ज्योतिषीको सल्लाह बमोजिम 'गृहशान्ति' गरेर भए पनि २०१२ भित्र बिहे गर्ने बाटो फुकाएको छु,' पत्रकार महासंघ कास्कीको भवन अवलोकन गर्न शनिबार पुगेका हमालले भने, 'बस छुट्छ कि भन्ने डर लागेको छ, कुनै हालतमा बस छुट्न दिन्न।'बिहेमा केटाकेटी तातेर नहुने भएकोले त्यसका लागि मध्यस्थकर्ताको आवश्यक पर्र्ने उनले अनुभव गरेका छन्। 'म तातेरमात्र बिहे हुने रहेनछ, मध्यस्थकर्ताको आवश्यकता पर्छ,' उनले भने, 'केटाकेटी मात्र होइन अरु पनि तात्नुपर्छ।'बिहेको प्रष्टिकरणसँगै हमालले फिल्म खेल्ने आफ्नो उमेर अझैसम्म नढल्किएको बताए। फिल्ममा अभिनय गर्न थालेको दुई दशक नाघे पनि उमेर बाँकी रहेको उनको भनाइ छ।'समय बित्दै जाँदा कलाकार गम्भीर र थप जिम्मेवार हुन्छन्, तर कलाकारिता जवानीमा निर्भर हुने पेशा भए पनि यसैप्रति समर्पित हुनेलाई फरक पर्दैन,' उनले भने, 'पेशाप्रति कुनै न कुनै भूमिकामा रहिरहन्छु।'सरकारले हालैको बजेटमार्फत् पोखरामा व्यवस्थित फिल्म स्टुडियो बनाउने प्रस्ताव ल्याएकोमा हमाल खुशी छन्। उनले पोखरा आफैमा सुन्दर ठाउँ भए पनि सुटिङका लागि व्यवस्थित स्थल अभाव हुने गरेको बताए।'सडकमै छायांकन गर्नुपर्दा दर्शकको भिडभाड हुने, फोहर बढ्ने, ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ,' उनले भने, 'व्यवस्थित ठाउँको अभाव खड्किएको छ।'सुरुदेखि अन्तिमसम्मका सबै दृश्य एकै ठाउँमा खिच्न पाउने हो भने सुटिङ युनिटले कुनै झन्झट बेहोर्नु नपर्ने उनको भनाइ छ। 'सुटिङका लागि बाहिर कतै जान नपरोस भन्ने चाहना छ,' उनले भने, 'पोखराको हरेक ठाउँ फिल्मका लागि उपयुक्त भए पनि एकै ठाउँमा यी सबै पूर्वाधार हुने स्टुडियोको आवश्यकता रहेको छ।'पत्रकार महासंघले अहिले पोखरामा करिब डेढ करोड रुपैयाँको लागतमा बहुउद्देश्यीय भवन बनाउँदैछ। भवन अवलोकन गर्न पुगेको हमालले कलाकारिताको क्षेत्रबाट पनि भवन निर्माणमा सघाउने बताए।'धेरै पत्रकार मित्रहरुसँग भेटघाट भइरहन्छ, तर पत्रकार महासंघको कुनै पनि शाखामा गएको थिइनँ, यो नै पहिलोपटक हो।' विभिन्न संस्था र व्यक्तिको सहयोगमा कास्की महासंघले भवन बनाउँदैछ।

सञ्चिताको आज अप्रेशन, निखिलले मुख फोर्ने

नायक निखिल उप्रेती हिजो साँझ काठमाडौ आइपुगेका छन् । कान्छी श्रीमती सञ्चिता लुइटेलको कोखबाट आज सन्तान जन्मने भए पछि निखिल काठमाडौ आएका हुन् । सञ्चिताको उपचारमा खटिएका डाक्टरहरुले आज राती ९ बजे अप्रेसन गरेर बच्चा जन्माउने जनाए पछि अहिले सञ्चितालाई हस्पिटलमा भर्ना गरीएको छ ।निखिलले आज सम्म सार्वजनिक रुपमा सञ्चितासँग बिहे गरेको कुरा नबोले पनि सञ्चिताले भने आज जन्मने बच्चाको बाउ निखिल नै भएको बताएकी छिन् । निखिल पनि आफ्नै बच्चा भएर नै होला सञ्चितालाई भेट्न रातारात काठमाण्डौ ओर्लेका । सञ्चिताको बारेमा अहिले सम्म चुप रहेका निखिल अब भने बोल्ने बुझिएको छ ।निखिलकी पहिलो श्रीमती कोपिला उप्रेतीले निखिलले भोली साँझ सम्ममा पत्रकार सम्मेलन गरेर आफ्ना कुराहरू राख्ने कुरा आफूलाई बताएको फिल्मीखबर समक्ष बताईन् ।कोपिलाका अनुसार निखिल अब यो समस्याबाट मुक्ति पाउन चाहन्छन् रे !उनले मुक्ति पाउने चाहेको बताईए पनि कस्लाई स्विकार्ने हुन् भन्ने कुरा अन्यौलमा छ । कोपिलाले निखिलले अझै पनि केहि नबोले आफैंले पत्रकार सम्मेलन गरेर आफ्नो सम्बन्धका बारेमा सबै कुरा खोल्ने बताईन् । उनले भनिन्, 'निखिलले अब बोल्छु भनेका छन् यदि नबोली फेरि मुम्बई गए भने के के बोल्नु पर्छ म बोल्छु ।' कोपिलाले अब निखिलले कि सञ्चितालाई अपनाउनु पर्ने कि आफूलाई अपनाउनु पर्ने बताईन् ।कोपिलाले आफ्नो कोखबाट जन्मीएको छोराको भविष्य प्रति चिन्तीत रहेको बताउदै सञ्चार माध्यममा आएका खबरहरुको स्वतन्त्र पुष्टि गर्न निखिललाई कडा दवाव दिने बुझिएको छ ।आजसम्म सञ्चितालाई आफ्नी श्रीमती भनेर सार्वजनिक रुपमा बोल्न नसक्नु र अहिले आफु र बच्चालाई अलपत्र पार्ने लगायतका घटनाले निखिल चारीत्रीक रुपमा पतन भएको कोपिलाको ठहर छ ।कलाकार भनेका देशका गहना हुन् । धेरैका आर्दश हुन् । त्यसैले कलाकारले आर्दश जीवन बिताउन सक्नु पर्ने हो तर निखिलको यस्तो ब्यवहारले के संकेत गर्ला ? जे होस् दोस्रो बिहे गरेर भए पनि आमा बन्न लागेकी नायिका सञ्चितालाई हाम्रो बधाई !

'चाँडै श्रीमान् बन्न चाहन्छु'

फिल्म 'भूमरी'बाट २०४५ सालदेखि अभिनय यात्रा सुरु गरेका नायक श्रीकृष्ण श्रेष्ठले एक सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। 'अजम्बरी नाता', 'आफ्नो मान्छे,' 'सुखदुःख,' 'आफ्नो मान्छे, आफ्नै हुन्छ' लगायत सुपरहिट फिल्म दिएका उनी केही समयको ग्यापपछि फेरी आफ्नै निर्माणमा बनेको फिल्म 'कहाँ भेटिएला'बाट रजतपटमा उदाए। आफूले अभिनय गरेका ९५ प्रतिशत फिल्म हिट बनाएका उनको 'कमब्याक' पनि सार्थक बन्यो। नेपाली फिल्मको बजार ओरालो लागेका बेला उनको लगानीमा बनेको फिल्म हिट भएपछि उनी फेरि फिल्ममा देखिन थालेका छन्। यही शुक्रवारदेखि उनले अभिनय गरेको फिल्म 'श्रीमान्श्रीमती' चल्दैछ।
'श्रीमन्श्रीमती'मा कस्तो भूमिकामा देखिँदै हुनहुन्छ?
यो फिल्ममा श्रीमान्को भूमिकामा दोहोरो चरित्रमा प्रस्तुत भएको छु। एउटा असल र अर्को खराब श्रीमान्।
श्रीमान्को भूमिका गर्दा साँच्चिकै श्रीमान् हुन मन लागेन?
फिल्ममा श्रीमान् त धेरैपटक भइसकेँ। तर, यो फिल्मबाट रियल लाइफमा पनि एउटाको श्रीमान् त हुनैपर्ने रहेछ भन्ने महसुस भएको छ।
श्रीमती के हुन् जस्तो लाग्यो?
श्रीमती भनेको फूल हो जसलाई जति राम्ररी स्याहार्न सक्यो, त्यति नै सुन्दर हुन्छ। त्यस्तै माटोको घैँटो पनि हो। स्याहार भएन भने प्याट्टै फुटेर काम नलाग्ने हुनसक्छ। श्रीमती पुरुषको जीवनका लागि सुख र दुःखको चौतारी पनि होजस्तो लाग्यो।
रियल श्रीमान् कहिले बन्ने त?
यो फिल्ममा अभिनय गरेपछि मलाई चाँडोभन्दा चाँडो आफूलाई राम्रोसँग बुझ्नसक्ने महिलाको श्रीमान् हुन हतार भएको छ।
यो वर्षभित्रै श्रीमान् बनिन्छ त?
सम्भावना छ।
तपाईँको रिल जोडी श्वेतासँग अफेअर चलिरहेको हल्ला छ नि?
सुरुमा हाम्रो जोडी जम्ने होइन कि भन्ने डर थियो। निरुता सिंह, जल शाह, झरना थापासँगजस्तै श्वेतासँग पनि मेरो जोडी सुहायो। हुँदाहुँदा रियल जोडीका रूपमा हेर्न थालियो हामीलाई। श्वेता मेरो नजिकको र साह्रै मिल्ने साथी पनि हुन्। उनी र म एकअर्काको काममा सहयोग गर्ने, विदेशका कार्यक्रममा सँगै जाने र आफ्ना कुरा सेयर गर्ने नजिकका साथी छौँ, अहिलेसम्म। उसको र मेरो पारिवारिक सम्बन्ध पनि राम्रो छ। पेसा एउटै भएकाले नाम जोडिनु नौलो कुरा होइन।
भविष्यमा रियल जोडी हुनसक्छिन् त श्‍वेता?
भोलिको कुरा आज के गर्नु? तर, त्यो असंभव छ भन्ने पनि होइन।
यो बीचमा बोलचाल बन्द भयो भन्ने पनि सुनियो नि?
मैले पत्रिकाबाटै थाहा पाएको हुँ। मेरो अहिलेसम्म त्यस्तो मनमुटाव श्वेतासँग मात्रै होइन, कसैसँग भएको छैन। मलाई नजिकबाट जान्नेहरूलाई पनि सोधे हुन्छ।
कुनै महिलासँग अफेयर चलेन?
चलेन। मैले स्कुल पढ्दाखेरि एउटीलाई औधी मन पराएको थिएँ। त्यो प्रेम लामो समय चल्यो। प्रेममा गरिने सबैप्रकारका त्याग गरियो पनि। तर, धोका पाइयो। त्यसपछि मैले पाठ सिकेँ। त्यसैले यो बीचमा कुनै महिला मेरो जीवनमा आएनन्।
श्रीमती कस्ती हुन् भन्ने चाहनुहुन्छ?
मिठो बोल्ने, राम्रो व्यवहार गर्ने स्वभाव भएकी।

रेखाको जवानी

अभिनेत्री रेखा थापाका बारेमा नेपाली माया नगरीमा हुने साझा टिप्पणी यस्ता छन्, 'उनी घमण्डी छिन्। कसैलाई मान्छे गन्दिनन्। युज एन्ड थ्रो गर्न खप्पिस छिन्।' सोह्र वर्षकै उमेरमा फिल्म खेल्न थालेकी थिइन् रेखाले। उनको पहिलो फिल्म 'हिरो' हो। हिरोका निर्देशक नरेश पौडेल र निर्माता छवि ओझासँग उनको एकसाथ अफेयर चलेको थियो।पौडेल र ओझा निकै घनिष्ट मित्र थिए। रेखाकै कारण उनीहरूबीच दरार आएको थियो। छविले रेखालाई बिहे गरेपछि नरेश र छविबीच पानी बाराबारको स्थिति आएको थियो।'लेखाउन र देखाउन माहिर नायिका'को उपाधि पाएकी रेखा चौपट्टै बाठी छिन्। उनी कसैलाई मान्छे गन्दिनन्। नयाँ र पुराना सबै हिरोइनलाई बाल गन्दिनन्। कतिपटक त नवनायिकाहरूलाई सुटिङ स्पटमा धर्धरी रुवाएकी छिन् उनले। 'नयाँलाई उनी हतोत्साही बनाउँछिन्,' रेखापीडित एक नायिका भन्छिन्।रेखा कुनै पनि सम्बन्धलाई आफ्ना अधिकतम हितमा प्रयोग गर्न शिपालु छिन्। कसलाई अँगाल्ने, कसलाई पन्छाउने, यस विषयमा उनी खेलाडी नै छिन्। निखिल उप्रेतीलाई पन्छाउन उनले विराज भट्टलाई 'किस्मत'मा ब्रेक दिइन्। विराजको उपयोगिता सकिएपछि उनलाई हटाउन रेखाले आर्यन सिग्देललाई कजाउन थालिन्। हिरो फेरिरहनु मानौँ उनको बानी बनेको छ। आर्यन पछि उनले आयुष रिजाललाई आफ्नो बसमा पारिन्। रेखाको 'हिरो चेन्ज अफर'मा अहिले आइपुगेका छन् नायकद्वय किशोर खतिवडा र सविन श्रेष्ठ। उनले केही दिनअघिमात्रै सुटिङ सुरु गरेको फिल्म 'रावण' मा यी दुईजनालाई मुख्य भूमिकामा लिएकी छिन्।उनको थुप्रै नायक र निर्देशकहरूसँग खटपट छ। फिल्मकर्मीहरू उनको मै हुँ भन्ने स्वभाव (इगोइजम)ले उनी एक्लिँदै गएको बताउँछन्। माया नगरीका धेरैसँग उनले सम्बन्ध बिगारिसकेकी छिन्।कुनैबेला निखिल उप्रेती उनका सारै मिल्ने साथी थिए भने अहिले निखिल र रेखाबीच 'दुश्मनी' छ। तर, रेखा यसलाई सिधै नकार्छिन्,' निखिल एकदमै मुडी छन्। उनलाई कसैसँग व्यवहार गर्नै आउ"दैन। उनको शब्दकोषमा 'रेस्पेक्ट' भन्ने शब्द नै छैन।'रेखाको क्रोध र दुर्व्यवहारका शिकार भएका फिल्मकर्मीहरूको लामै लिस्ट छ। 'रेखा थापालाई नयाँ नयाँ कुरा मन पर्छन्। कलाकार पनि उनलाई सधैं नयाँ चाहिन्छ। कलाकारहरूलाई उनी आफ्नो फिल्ममा ब्रेक दिन्छिन् र आफ्नो मतलब सिद्ध भएपछि मतलबै गर्दिनन्,'एक निर्देशक भन्छन्।रेखा र निर्देशक दीपक श्रेष्ठ पहिले राम्रै साथी थिए। यी दुई मिलेर फिल्म 'हिम्मत' बनाएका थिए। तर, यसै फिल्मको सिक्वेल 'हिम्मत-२' बनाउँदा यी दुईबीच खटपट भयो। रेखाले हिम्मत-२ मा हालीमुहाली गर्न खोजेपछि दीपक र रेखाको सम्बन्ध चिसियो। रेखालाई दिपकको कुरा मन नपर्ने, दिपक पनि रेखासँग झुक्न नखोज्ने। दीपकले हिम्मत- २ बनाएर रेखाको इगोलाई ठेगान लगाइदिए। दीपक भन्छन्, 'मलाई कसैसँग रिसइवी छैन। मैले रेखाजीलाई सँगै मिलेर फिल्म बनाऔँ भनेकै हुँ। उनैले नमानेकी हुन्। मैले आफ्नो काम नै छाडेर उनलाई पर्खेर बस्ने कुरो पनि त आएन। रेखासँग मेरो कुनै वैरभाव छैन।'रेखा र आर्यन सिग्देलबीचको सम्बन्ध अन अफ भइरहन्छ। 'किस्मत'मा आफैँले ब्रेक दिएको आर्यनसँग उनको धेरैपटक खटपट परिसकेको छ। आर्यनलाई रेखाले आफ्नो फिल्ममा थोरै पारिश्रमिक दिएर खेलाउन चाहेकाले उनीहरूको सम्बन्ध बिग्रिएको बताइन्छ। पैसाकै कारण आर्यनले रेखाको फिल्ममा प्रोपर टाइम दिएनन् र रेखाले नयाँ कलाकार आयुष रिजाललाई आफ्नो फिल्ममा ब्रेक दिइन्।तर,आर्यन रेखासँग सम्बन्ध बिग्रिएको कुरा खुलेर मान्न तयार छैनन्। तर, घुमाउरो पारामा उनले भने, 'मैले टाइम म्यानेज गर्न सकिरहेको छैन। त्यसैले त्यस्तो लागेको होला। हामी कलाकारहरूमा खटपट त भई नै रहन्छ। यो कुनै नौलो विषय होइन।'निर्देशक नरेश पौडेलले रेखा थापालाई करिअरको पहिलो ब्रेक दिएका थिए। पौडेलका अनुसार, नायिका रेखा प्रतिभाशाली र मेहनती कलाकार हुन्। 'उनले फिल्मजगतमा आफ्नो स्थान बनाइसकिन्,' पौडेल भन्छन्, 'अब न उनलाई कसैले उछिन्नसक्छ न कोही उनको बराबरीमा नै आउनसक्छ। आफैँ फिल्म प्रोड्युस गर्नु अझ राम्रो कुरा हो। झिनो मसिनो कुरामा किचलो हुनु त साधारण हो नि!'रेखा आफ्नै होम प्रोडक्सनका फिल्महरूमा व्यस्त हुने गरेकी छिन्। अरू निर्देशकहरूसँग कम नै देखिनुले पनि उनी एक्लिएको अनुमान लगाउन गाह्रो छैन। रेखाले आफ्नो जवानीको तुजुक, हैसियतको घमण्ड र मै हुँ भन्ने पारा नछाड्ने हो भने उनको क्रेज, प्रतिष्ठा र करिअर समाप्त हुन धेरै समय लाग्नेछैन। यसैपनि जवानी धेरै दिनको हुँदैन।

समलिंगी युवतीको प्रेम

समलिंगी युवतीको प्रेमकथामा फिल्म बन्ने भएको छ। नेपाली समाजले स्विकार्दै गरेको सम्बन्धलाई 'स्नो फ्लावर' नामक फिल्मले पनि उठान गर्न लागेको हो।राजधानीमा बुधबार फिल्मको मुहूर्त गरियो। फ्रान्समा बस्ने नेपाली रंगकर्मी सुवर्ण थापाको निर्देशनमा बन्ने फिल्ममा दिया मास्के र निशा अधिकारीले दुई समलिंगी युवतीको भूमिका निर्वाह गर्नेछन्।'प्रेममा सेक्स नै हुनुपर्छ भन्ने छैन। भावनात्मक रूपमा समलिङ्गीहरू पनि समाजकै सदस्य हुन्,'अभिनेत्री निशा अधिकारीले भनिन्। फिल्मकौ लागि आफ्नो लामो कपाल काटेकी निशालाई यो फिल्मको ठूलो आशा छ।'ग्रामीण क्षेत्रमा यस्ता मानिसहरू छन्। जो खुल्ला रूपमा आउन सकेका छैनन्। यो फिल्म यस्ता मानिसका लागि प्रेरणाको स्रोत हुन सक्छ,'उनले थपिन्। कार्यक्रमका अतिथि निर्देशक नवीन सुब्बाले फिल्मको उच्च सम्भावना रहेको सुनाए। उनले भने,'नेपाली फिल्म रूपान्तरणको प्रक्रियामा रहेको प्रमाण हो यो। यो फिल्म कोशेढुंगा हुनसक्छ।''स्नो फ्लावर'का निर्देशक सुर्वण थापाले दुई वर्षको अनुसन्धानपछि फिल्म निर्माण गर्न लागेको बताए।'समलिंगीबारे फिल्म बन्नै पर्छ भन्ने लागेर स्त्रि्कप्ट तयार गरेको हुँ।नेपालमा लैंगिक अल्पसंख्यक को पक्षमा आवाज उठिरहे पनि खुल्लासँग हिँड्ने वातावरण छैन,' उनले थपे। अर्की अभिनेत्री दिया मास्केलाई पनि नौलो विषयमा काम गर्न पाएकोमा रोचक महसुस भएको छ।'विदेशमा यसबारे धेरै फिल्म बने पनि नेपालमा पहिलोपटक समलिङ्गी बन्न लागेको छ। राम्रो हो।'कार्यक्रममा फिल्ममा राखिने दुई गीत नताशा र सुजिताले सुनाएका थिए। फिल्ममा सौगात मल्ल, लक्ष्मी गिरी, भारती घिमिरे, निशा शर्मा, नम्रता श्रेष्ठ र राजवल्लभ कोइरालाको समेत अभिनय छ। बिहीबार सुरु हुने फिल्मको सुटिङ काठमाडौं र पोखरामा गरिनेछ। पोस्ट प्रोडक्सनमा रहेको फिल्म 'गुडबाई काठमाडौं'का प्रमुख अभिनेता सुवर्णले यसअघि सरुभक्तको नाटकमा आधारित छोटो फिल्म 'मलामी' निर्देशन गरेका थिए।

राजेशको जीवनसँग मिल्ने फिल्म

अभिनेता राजेश हमालले फिल्म 'मेरो राजेश दाइ' आफ्नो पारिवारिक प्रसंगसँग निकै नजिक रहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित उक्त फिल्मको गीत विमोचन कार्यक्रममा राजेशले यस्तो बताएका हुन्। फिल्ममा देखाइएको पारिवारिक भावनासँग आफ्नो कथा मिल्ने खुलासा गर्दे उनले भने, 'म दाइ हुँ। मेरो भाइसँग निकै आत्मीय सम्बन्ध छ। हामीले बुबाआमालाई चाँडै गुमायौं,' फिल्मको यस्तै विषय आफ्नो जीवनसँग नजिक रहेको उनले चर्चा गरे।क्यासेट विमोचनमा विरलै देखिने राजेशले मंगलबार दिनभर यही फिल्मको प्रचारप्रसारमा बिताएको बताए। 'आजको दिन राजेशमय भयो। दिउँसो नेपाल टेलिभिजनको कार्यक्रम छमछमीमा सहभागी हुन गएँ। त्यसपछि मिस टिनको कार्यक्रममा पुगेँ। अहिले यहाँ पनि यही फिल्मको चर्चा गर्दैछु,' उनले भने। व्यापारिक सफलतालाई हेरेर नभई आफ्नो प्रशंसकका हिसाबले यो नाममा फिल्म बनाउने निर्माण समूहलाई उनले धन्यवाद दिए। निर्माता रोज राणाले यो नाममा आफूलाई फिल्म बनाउने रहर भए पनि अरूले उछिनेको बताए। संगीतकार वसन्त सापकोटाले फिल्मको कथासँग बाँध्ने कोसिसका साथ गीत तयार पारेको बताए। फिल्मका निर्देशक ऋषि न्यौपानेले राजेशको २२ वर्षे योगदानको कदर गर्दै यो नाममा उनैको प्रमुख भूमिकामा फिल्म बनाएको बताए।प्रस्तुतकर्ता सन्देश बराइलीले भदौ १६ देखि राजधानी बाहिर फिल्म रिलिज गरिने जानकारी दिए। निर्देशक न्यौपाने र संगीतकार वसन्त सापकोटाका साथै उत्तम गौडेलले फिल्मको गीत लेखेका छन्। राजेश हमालका साथै अरुणिमा लम्साल, शीतल केसी, हेमन्त बुढाथोकी, रामचन्द्र अधिकारीलगायतका कलाकारले यसमा अभिनय गरेका छन्।यसमा मौनता श्रेष्ठको स्क्रिप्ट, एनबी महर्जनको द्वन्द्व, कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य र अनिल गौतमको सम्पादन रहेको छ।

'बाटो मुनिको फूल' पछि 'बितेका पल'

चलचित्र 'बाटो मुनिको फूल' निर्माण गरेका निर्माता राजेश घतानीले सोही चलचित्रका निर्देशक सुरज सुब्बा 'नाल्बो' लाई लिएर अर्को चलचित्र निर्माण गर्दैछन् । कुमार लिम्बु र कृष रिजालको समेत लगानी रहने सो चलचित्रको नाम 'बितेका पल' राखिएको छ ।सत्य घटनामा आधारित रहेर निर्माण गर्न लागिएको सो चलचित्रको बुधबार नक्साल स्थित भर्जिन रेकर्डिङ स्टुडियोमा गीत रेकर्डिङ शुरू गरियो । चलचित्रको पहिलो गीत रेकर्डिङ गर्ने काम शिब परियारले गरे । राजेश घतानीको गीत तथा बाबु बोगटी र डम्बर नेपालीको संगीत रहने सो चलचित्रमा ४ वटा गीत समावेश गरिंदै छ । जसमा दुई गीतमा बाबु बोगटी र बाँकि दुई गीतमा डम्बर नेपालीले संगीत भरेका छन् । तीन वटा पप तथा आधुनिक गितीसंग्रह निकाली सकेका गायक तथा संगीतकार डम्बर नेपालीले चलचित्रमा भने पहिलो पटक संगीत दिंदैछन् ।दशैं र तिहारको बिचमा थाईल्यैण्डबाट सुटिङ प्रारम्भ गरिने सो चलचित्रमा बाबु बोगटीले मुख्य पात्रको भुमिका निर्वाह गर्दैछन् । निर्माता घतानीकै कथामा निर्देशक सुब्बाको लेखन रहेको सो चलचित्रमा संजय लामाको छायाँकन तथा गोबिन्द राईको नृत्य निर्देशन रहने छ । चलचित्रमा बाबु बोगटी बाहेक अन्य सबै नयाँ कलाकार राखिने निर्माता घतानीले जानकारी गराए ।

नाङ्गो ट्रफि किन ?

यति बेलाको समय अवार्डको मौसम जस्तो देखिएको छ । सांगितिक क्षेत्रका केही अवार्डहरु सम्पन्न भै सकेका छन् भने केही हुने क्रमममा छन् । यता चलचित्र क्षेत्रसंग सम्बन्धित अवार्ड कार्यक्रमहरु पनि भैरहेका छन् । प्राबिधिक संघले आयोजना गरेको अवार्ड हुदै छ भने छाँयाछबि प्रकाशनको सिजी डिजीटल फिल्म अवार्ड भाद्र २८ गते सम्पन्न हुँदैछ । बक्स अफिस फिल्म अवार्ड र राष्ट्रिय फिल्म अवार्ड कार्यक्रमहरु पनि हुँदैछन् भने फिल्मीखबर डटकमको आवार्ड कार्यक्रम १४ फेब्रुअरीमा हुँदैछ ।
नेपालमा मात्र हैन बिश्वका जुनसुकै अवार्ड कार्यक्रममा पनि नाङ्गो ट्रफि प्रदान गर्ने चलन रहेको छ । बिश्वमा पहिलो पटक चलचित्रकर्मीहरुको सम्मानमा आयोजना गरिएको ओस्कार अवार्ड देखी आज सम्म सम्पन्न भएका जुन सुकै अवार्ड कार्यक्रमहरुमा पनि उत्कृष्टलाई नाङ्गो ट्रफि दिएको हामीले देख्ने गरेका छौ । तर नाङ्गो ट्रफिनै प्रदान गरिनुको कारण बारे भने चलचित्रकर्मीहरु असपष्ट देखिएका छन् । यसबारे चलचित्रकर्मीहरुले आ-आफ्नै बिचारहरु दिने बाहेक ठोकुवा नै गरेर यहि कारण हो भन्न सकेका छैनन् ।केही चलचित्र अवार्ड कार्यक्रममा जुरीको भुमिका निभाएका बरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माले महिलालाई लक्ष्मीको रुपमा मानिने प्रचलन रहेका कारण धेरै ट्रफिहरुमा महिलालाई अंकित गरिने बताएका छन् । सृष्टीको संरचना अनुसार महिला पुरुष एक अर्काका लागी अपरिहार्य भएकोले पछिल्लो समय दुबैलाई अंकित गरिएको हुनु पर्ने उनको भनाई छ । तर नाङ्गो ट्रफिका बारेमा भने उनको बिचारमा बिश्वमा नै नाङ्गो ट्रफि दिने प्रचलन भएका कारण नेपालमा पनि यसले निरन्तरता पाएको हो ।कलाकार, लेखक तथा निर्देशक मोहन निरौला पनि केही अवार्ड कार्यक्रमहरुमा जुरीको भुमिका निभाउने चलचित्रकर्मी हुन् । उनको बुझाइमा भने मानिस जन्मदा नाङ्गै जन्मिने अनि मर्दा पनि नाङ्गै मर्ने हुँदा जीवनको अर्थ बुझाउनका लागी नाङ्गो अवार्ड प्रदान गरिएको हुनु पर्दछ । संसारमा सृष्टी पछि मानव जीवनको बिकाश क्रममा महिला र पुरुषको साथ बिना बंश नचल्ने यथार्थताका अगाडी त्यहि कुरालाई बुझाउन महिला र पुरुष अंकति ट्रफि प्रदान गरिएको हुनु पर्ने निरौलाको ठम्याई छ ।
यस्तै केही अवार्ड कार्यक्रमहरुमा जुरीको भुमिका निभाएका बरिष्ठ चलचित्र पत्रकार तथा सिजी डिजिटल अवार्डका अध्यक्ष शान्ती प्रियको बुझाइमा भने चलचित्र अवार्ड कार्यक्रमहरु निश्पक्ष हुन्छन् भन्ने कुरा बुझाउनको लागी नाङ्गो ट्रफि प्रदान गरिएको हो । मानिसको वास्तबिक स्वरुप समेत नाङ्गो शरिरमा मात्र झल्कने हुँदा अवार्ड पनि स्वतन्त्र र निस्पक्ष छ भन्ने कुरा बुझाउन नाङ्गो ट्रफि प्रदान गरिने गरिन्छ । यस्तै निर्देशक नवल नेपालको भनाई पनि ठ्याक्कै यस्तै छ ।यता पत्रकार तथा केही चलचित्र अवार्ड कार्यक्रममा जुरीको भुमिका निभाएका राजेश खनालको बुझाईमा जीवन दर्शन बुझाउन पनि नाङ्गो ट्रफिको प्रयोग गरिएको हो । उनले मानिस जन्मदा र मर्दा पनि नाङ्गो नै हुने भएकाले जीवनसंग तुलना गरेर नाङ्गो ट्रफि प्रचलनमा छ । नाङ्गो ट्रफिका बारेमा चलचित्रकर्मीहरुका आ-आफ्नै बुझाइ भए पनि यकिनका साथ भने कसैले भन्न भने सकेनन् । जे होस्, नाङ्गै ट्रफि दिने प्रचलनको आफ्नै बिशेषता भएकोले यसले निरन्तरता पाओस् र सबै अवार्डहरू निष्पक्ष हुन् । हाम्रो शुभकामना !

ह्याट्रिकबाट बच दिपेन्द्र

निर्देशक दिपेन्द्र के. खनालको चलचित्र 'चपली हाइट' को छायाँकन अन्तिम चरणमा पुगेको छ । दुई वटा गीतहरु छाँयाकन गर्न बाँकि रहे पनि अन्य सम्पूर्ण छायाँकन सकिएको छ ।२२ दिनमा चलचित्रका दुई गीत बाहेक अन्य सम्पूर्ण भागको छायाँकन सकिएको बताउने दिपेन्द्रले बुधबारबाट गीतको छायाँकन थालिने जनाएका छन् । रेनसा राईको नृत्यनिर्देशन रहने चलचित्रका २ गीतहरु काठमाण्डौ र पोखरामा छायाँकन गरिने खनालको भनाई छ ।अमिर गौतम, बिनिता बराल र राज घिमिरेले मुख्य भुमिकामा अभिनय गरेको चलचित्रको थ्रिलर रहेको छ ।चपली हाइटमै घटेको सत्य घटनालाई चलचित्रमा उतारेको दिपेन्द्रले जनाएका छन् । बैशाख १गते भित्रमा चलचित्रको सार्वजनिक प्रदर्शन गर्ने गरी कामलाई तिब्रता दिएको खनालको भनाई छ ।चपली हाइटकै कथा भएका कारण काठमाण्डौको उत्तरी डाँडो चपली हाइटमा नै चलचित्रको छायाँकन गरिएको खनालको भनाई छ। चलचित्रको कथा अनुसार छायाँकनका लागी काठमाण्डौ बाहिर जान नसके पनि गीतका लागी भने पोखराका रमाईला रोमान्टिक दृष्यहरु समाबेश गरि छाड्ने उनको भनाई छ ।यसअघि चलचित्र 'द युगदेखि युगसम्म' मा राजेश हमाललाई फरक गेट अपमा उतार्नुका साथै नायिका नन्दिता केसीसँग किस गराएर चर्चा पाएका खनालले त्यसपछि दोस्रो चलचित्रमा बलिउडमा ख्याति पाएकी नेपाली चेलि मनिषा कोइरालालाई अभिनय गराएर चर्चा बटुलेका थिए । व्यापारिक दृष्ट्रिकोणले यि दुबै चलचित्र असफल भए । अहिले प्राय नयाँ कलाकारलाई पर्दामा उतारेर बजार हल्ला पिटाउन थालेका दिपेन्द्रको तेस्रो चलचित्रले भने राम्रो व्यापार गरोस् । नत्र फेरी असफल चलचित्र निर्देशकको रुपमा दिपेन्द्रको ह्याट्रिक नहोला भन्न सकिन्न ।

पाँच अभिनेत्रीसँग सुन-संवाद


१. सुनको भाउ तोलाको साढे ४९ हजार पुगेको सुन्दा तपाईलाई कस्तो लाग्यो?
सञ्चिता लुइँटेल : यो त अत्याचार नै हो। चाडपर्व सुरु हुने बेलामा अचाक्ली महँगो भएको छ। सुनको लक्ष्मी बनाउने रहर अहिले पूरा नहुने भएको छ।
नम्रता श्रेष्ठ : कुनै पनि सामानको मूल्य बढ्नु ठिक होइन। सुन नभई नहुनेलाई यसले अप्ठेरो पार्छ।
निशा अधिकारी : आफूले बिहे गर्न लागेको भए वा आमालाई सुनको केही उपहार दिनु परेको भए निकै गाह्रो हुन्थ्यो होला। त्यस्तो केही नभएकोले मलाई खासै चासो छैन।
अरूणिमा लम्साल : पहिले नै केही जोडेर राखेको हुँदा खुसी लागेको छ। अहिलेको भाउमा बिक्री गर्दा राम्रै फाइदा हुने भएको छ।
२.तपाई सुनको के लगाउनु हुन्छ?
सञ्चिताः सिक्री र औठी लगाउँछु।
नम्रताः म सुनको पारखी होइन। तैपनि ग्रहदशाको कारण आमाको करले दुइटा आँैठी लगाएकी छु। सुनको अरु केही छैन।
निशाः आमाले दिनुभएको 'गुडलक'को औँठीमात्र लगाउँछु।
अरूणिमा : म सुन पाएसम्म लगाउँछु। औँठी, सिक्री, ब्रासलेट र बाला।
३. गहना लगाउन सुनको विकल्प के हुनसक्ला?
सञ्चिता : नक्कली सुन पनि छ। सेतो सुनको माग पनि धेरैले गर्ने हुँदा सुन नै लगाउनुपर्छ भन्ने छैन। तीज नजिँकिदै छ। सुन लगाएर हिँड्दा ज्यानमाथि आक्रमण नहोला भन्न सकिन्न। गएको तीजमा मेरो घरबाट झन्डै १९ लाखको सरसामान चोरी भएको थियो। त्यसमा सुनकै गरगहना बढी थिए।
नम्रता : प्लाटिनको सिक्री र सेतो सुन प्रयोग गर्दा राम्रो हुन्छ।
निशा : चाँदी र सेतो सुन राम्रो विकल्प हो।
अरूणिमा : म चाहिँ चाँदीलाई छनोट गर्छु।
४.'ल्हासामा सुन छ कान मेरो बुच्चै' उखान अहिले पनि सान्दर्भिक छ?
सञ्चिता : नयाँ पुस्तामा सुनप्रतिको रुचि कमै देखिन्छ। त्यसैले यो उखान सान्दर्भिक नहोला कि।
नम्रता : कहिलेकाहीँ पारिवारिक जमघटमा मात्र प्रयोग हुन्छ। यो सान्दर्भिक छैन।
निशा : पैसा छ भने सहरमा जहाँ गए पनि किन्न सकिन्छ नि। ल्हासा पुग्नु पर्दैन।
अरूणिमा : महँगो छ। त्यसैले जोकोहीलाई सुन लगाउन सजिलो छैन। उखान सान्दर्भिक नै छ।

५. सुन किन महँगो भएको होला?
सञ्चिता : चाडपर्वको कारणले माग बढ्दा अन्यको तुलनामा महँगो भएको हो कि।
नम्रता : धेरैको रोजाइ नै सुन भएर हुन सक्छ।
निशा : माग बढी तर पाउन गाह्रो भएकोले महँगो भएको हो।
अरूणिमा : यसको उत्पादन पनि कम र डलरसँग समायोजन हुने हुनाले महँगो भएको हो।

६. मान्छेको स्तर सुनको गहनाले निर्धारण गर्छ?
सञ्चिता : बिल्कुलै गर्दैन। कतिपय समुदायले सांस्कृतिक रूपमा नै सुन लगाउँलान् तर सहरमा बस्नेले सुन खासै लगाउँदैन पनि।
नम्रता : मान्छेको स्तर र सुन अलग कुरा हुन्। कसैलाई नभई हुँदैन। कसैले भए पनि लगाउँदैन।
निशा : गर्दैन। तर कुनैकुनै ठाउँ वा समारोहमा शोभनीय नै हुन्छ होला।
अरूणिमा : सबै धनी मान्छेले सुन लगाउँदैन। त्यसैले सुनलाई मान्छेको स्तर मान्न मिल्दैन।

सपनाहरूका लागी 'सपना' नि:शुल्क

म तिम्रै यादमा हराउँछु सपना
म तिमीलाई मन पराउँछु सपना…
चलचित्र सपनाको यो गीतमा भने सपना नाम गरेकी नायिकाको यादमा नायक हराएको कथा बुनिएको छ । तर वास्तविक जीवनमै यसका निर्देशक प्रदिप श्रेष्ठ भने सपनाको यादमा हराउन थालेका छन् । श्रेष्ठ अहिले सपनालाई भेट्न आतुर छन् । त्यसैले उनले सपनालाई भेट्ने एउटा काइदा रचेका छन् ।
अँ तपाईको नाम के हो ? तपाईको नाम सपना हो भने त राम्रै भयो हैन भने नाम फेरेर भए पनि सपना नामको परिचय पत्र बनाई हाल्नुस है । यसको पनि फाइदा छ । यदि तपाईले सपना नामको परिचय पत्र बोक्नु भयो भने तपाईले चलचित्र 'सपना' नि:शुल्क हेर्न पाउनु हुन्छ । भदौ पहिलो साता रिलिज हुन लागेको चलचित्र सपनाका निर्देशक प्रदिप श्रेष्ठले सपना नाम गरेका ब्यक्तिलाई नि:शुल्क चलचित्र हेर्न दिने घोषणा गरेका छन् ।निर्देशक श्रेष्ठले चलचित्र चल्दाको दिनबाट एक साता सम्म देशभरका जुनसुकै हलहरुमा सपना नाम गरेका ब्यक्तिले परिचय पत्रको फोटोकपी बुझाए नि:शुल्क चलचित्र हेर्न पाउने जनाएका छन् । चलचित्र प्रर्दशनको मिती नजिकिदै गर्दा निर्देशकले यस्तो घोषणा गरेका हुन् । उनले चलचित्रमा सपना नामको गलत प्रयोग गरीएको छैन भन्ने देखाउन पनि यस्तो निर्णय गरेको जनाए । यसका अलावा आफ्नो नाम माथि बनेको चलचित्र हेरेर सपनाहरुले गौरव गर्न सकुन् भन्ने उद्धेश्य रहेको निर्देशक श्रेष्ठले बताए ।बसन्त कुमार श्रेष्ठ र हरि बरालले मिलेर निर्माण गरेको चलचित्र 'सपना' मा राजेश हमाल, नन्दिता केसी, आर्यन सिग्देल, अर्जुन कार्की लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

साकिराकी फ्यान नाच्दै गाउने इन्दिरा

चौबन्दी चोली अनि रातो घाँगर' नामक डान्सिङ गीतबाट चर्चामा आएकी छिन् गायिका इन्दिरा जोशी।आफ्नो एकल एल्बम 'डान्स विथ मी' को गीतले उनलाई 'डान्सिङ सिंगर'को रूपमा स्थापित गरेको छ। फास्ट ट्रयाकको यो गीतमा इन्दिराले बेली डान्सलाई प्रस्तुत गरेकी छिन्।'डान्स मेरो रूचि हो। त्यसैले नाच्न मिल्ने गीत एल्बममा राखेँ,' फेरि अर्काको गीतमा सोचे जसरी प्रस्तुत हुन नपाउने भएकोले आफैंले यस्तो प्रयास गरेको उनले बताइन्।गीतको चर्चाले उनी खुशी छिन्। 'दर्शकलाई गीत ग्ल्यामर लाग्न सक्छ। तर, गीतको भाव अनुसार मिलेको छ,' यसको कोरियोग्राफीमा निकै मेहनत गरेको उनको भनाइ छ। गीत र भिडियोको धार मिलेकै कारण चर्चा पाएको उनले अनुभव गरेकी छिन्। 'बेली डान्सलाई नेपाली शैलीमा पनि प्रस्तुत गर्न सकिन्छ भन्ने कुरा यस भिडियोमा देखाइएको छ।'गीतको चर्चापछि उनी आगामी गीतमा कोरियोग्राफी समेत सम्हाल्न हौसिएकी छिन्। नृत्यबारे प्रशिक्षण नलिएकी इन्दिराले निरन्तर अभ्यासकै भरमा म्युजिक भिडियोमा काम गरेको बताइन्। म्युजिक भिडियोको सुटिङ गोठाटारमा गरिएको थियो। 'बेली डान्सबारे धेरै कुरा थाहा भएकोले आफूले नै डान्सको कोरियोग्राफी गरेँ,' एल्बम रिलिज गरेलगत्तै देशव्यापी टूरमा निस्केकी उनले भिडियोले गर्दा धेरैको नजरमा परेको महसुस गरेकी छिन्, 'कला बुझ्ने मानिसको अभाव चाहिँ छ यहाँ। तैपनि राम्रो कामलाई मानिसले मनपराउँदा रहेछन्।'म्युजिक भिडियोमा कोरियोग्राफीले ठूलो भूमिका खेल्ने उनको अनुभव छ। भन्छिन्, 'पछिल्लो समय आइरहेका नयाँ कोरियोग्राफरहरूसंग काम गर्ने इच्छा छ।''साना नानीहरूदेखि ठूला मानिसले मेरो गीत राम्रो लागेको भनेर भन्नुहुन्छ,' भदौ ११ देखि उनी कतार र कोरियामा दुई साता लामो कन्सर्ट गर्न जाँदैछिन्। विदेश यात्रापछि नेपालमा कन्सर्ट गर्ने तयारी छ।म्युजिक भिडियो आउन थालेपछि धेरैले 'नेपाली साकिरा' भन्न थाले यिनलाई। यसो भन्दा उनलाई निकै रमाइलो लाग्छ। 'वास्तवमा म साकिराकी फ्यान हुँ। उनको प्रभाव मेरो गीतमा पाइनु स्वभाविक नै हो,' उनले भनिन्।

नाइटो देखाउन नमानेपछि…!

नाइटो नदेखाइएका आइटम डान्सलाई खल्लो मान्छन् दर्शक । दर्शकको यही मुडलाई बुझेर होला निर्देशकहरु हिरोइनलाई जसरी पनि यस कुरामा कम्प्रोमाइज गरिछाड्छन् । तर, चलचित्र 'जय होस'को आइटम डान्समा हिरोइन सौजन्य सुब्बाले नाइटो देखाउन नमानेपछि निर्देशक र निर्माताले उल्टै कम्प्रोमाइज गर्नुपर्‍यो । नाइटो छोपिएको कस्ट्युम लगाएरै सौजन्यले आइटम नाचिन् ।हिरोइनले नाइटो देखाउन मिल्दैन भनेपछि सोझा निर्देशक र निर्माताले पत्ताए नै । जिद्दि गराइछाड्ने कुरा पनि भएन । तर, सौजन्यको नखरा केहीदिन पनि टिकेन जतिबेला निर्देशक घनश्याम खतिवडाले नाइटो देखाएर खिचिएका सौजन्यका तस्विर र भिडियोहरु देखे । यतिन्जेलसम्म आइटम डान्सको सुट पनि भैसकेको थियो । 'वास्तवमा हामीले सौजन्यको नखरा बुझ्न सकेनौं, उनको नाइटोमा केही समस्या होला भन्ने ठानेका थियौं तर होइन रहेछ' खतिवडाले भने ।उक्त गीतको डिमान्ड नै नाइटो देखाउनुपर्ने र बढीभन्दा बढी अंग प्रदर्शन गरेर दर्शकलाई उत्तेजक तुल्याउनुपर्ने थियो । यही कुरालाई ध्यानमा राखेर स्वयम निर्देशक खतिवडाले 'घुमायो-घुमायो मलाई/केले घुमायो/हेर न हेर/मेरो तन बौलायो…' बोलको आइटम गीत पनि लेखेका थिए । शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् । नाइटो नदेखाए फिल्म कमर्सियल बन्दैन भन्दाभन्दै पनि सौजन्यले त्यसो नगरेपछि निकट ठानिएका निर्देशक खतिवडा र सौजन्यको सम्बन्धमा दरार आएको गाइँगुइँ चल्न थालेको छ ।

लिभ इन टुगेदरमा नायिका

शहरमा मौलाउदै गएको लिभ इन टुगेदरको कथामा चलचित्र 'के यो माया हो' निर्माण भएको छ र सो चलचित्र अहिले देशभर प्रदर्शन पनि भईरहेको छ । चलचित्र 'के यो माया हो' रिलिज भए लगत्तै चलचित्रकर्मीहरुको वास्तबिक जीवनमा लिभ इन टुगेदर पाइएको छ ।सुर्दशन थापाले निर्देशन गरेको चलचित्र 'के यो माया हो' मा उनले कथालाई कत्तिको न्याय गरेका छन् त्यो त चलचित्र हेर्ने दर्शकहरु सबैले मुल्याङकन गरिरहनु भएको छ होला । यदि निर्देशक सुर्दशन थापाले चलचित्रमा यो कथालाई न्याय गर्न नसकेको भए पनि चलचित्रको एक जोडीले भने लिभ इन टुगेदरको कथालाई न्याय गरेका छन् ।यसरी वास्तविक जीवनमा लिभ इन टुगेदरको कथालाई न्याय गर्ने चलचित्रकर्मीहरुमा प्रोडक्सन म्यानेजर प्रकाश महरा र नायिका कल्पना शाही रहेका छन् । करिब एक वर्ष अगाडी निर्देशक सुमन दाहालले चलचित्र मन परेपछिमा भित्राए पछि नायिका कल्पना शाहीले डेब्यु चलचित्र मन परेपछि बाहेक अन्य चलचित्रमा महराकै सिफारिसमा काम गर्ने गरेको बुझिएको छ । क्लासिक सिने युनिभर्सका सञ्चालक एबम चलचित्रका चर्चित प्रोडक्सन म्यानेजर प्रकाश महरा र कल्पनाको भेट एक वर्ष अगाडी भएको थियो । त्यसपछिका दिनहरुमा महराले प्रेमको पहिलो कदम उठाए पनि त्यस पछिका दिनहरुमा दुबैको प्रेम झाङ्गिदै गएको एक बिशवस्त श्रोतले जनाएको छ ।रमेश बुढाथोकीले निर्देशन गरेको चलचित्र ग्याम्बलर र बिजय बिक्रम बस्नेत निर्देशित हात लाग्यो शुन्यमा समेत महराको सिफारीसमा काम गरेकी कल्पनाले अब भने महरालाई आफ्नो जीवन साथी बनाउने भएकी छन् । यस बारेमा बुझ्न खोज्दा दुबैले आफ्नो सम्बन्धलाई गोप्य राख्न चाहे पनि उनिहरु चाँडै नै लगन गाँठो कस्ने तयारीमा रहेको श्रोतले दाबि गरेको छ ।

उत्साहजनक व्यापार गर्दै 'के यो माया हो'

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'के यो माया हो' को व्यापार उत्साहजनक भएपछि निर्माताहरूलाइ केहि आश जगाएको छ । बिगतका दिनमा नेपाली चलचित्रले राम्रो व्यापार नगरेको अवस्थामा यो चलचित्रको व्यापार देखेर चलचित्रकर्मीहरू खुसी छन् ।
लामो समय देखि चलचित्रको बितरण गर्दै आएका बितरक सुनिल मानन्धर भन्छन्, 'नेपाली चलचित्र चल्दैन भन्ने मान्यतालाई यस चलचित्रको रिपोर्टले देखाएको छ ।' यता चलचित्र लेखक तथा निर्देशक बिकाश आचार्य नेपाली चलचित्रले यस्तो उत्साहजनक व्यापार गर्नु उधोगकै लागि खुसीको कुरा भएको बताए । उनी भन्छन्, 'यसरी नै दर्शकहरू नेपाली चलचित्र हेर्न थाल्ने हो भने उधोगको विकास हुन धेरै समय लाग्दैन ।' बिकास जस्तै अन्य निर्माता निर्देशकहरू पनि के यो माया होको व्यापारबाट खुसी छन् । पत्रकार शान्ति प्रिय भन्छन्, 'नेपाली चलचित्र चल्नु हाम्रो लागि खुसीको कुरा हो ।'सुदर्शन थापा निर्देशित चलचित्र 'के यो माया हो' अहिले देशभरका अधिकांश हलहरूमा प्रदर्शन भईरहेको छ । चलचित्रले राम्रो व्यापार गरेको देखेर निर्देशक थापा दंग छन् । यति मात्र हैन चलचित्रका निर्माताहरू पनि खुसी छन् ।आर्यन सिक्देल, शुष्मा कार्की, अरूणिमा लम्साल र सौगात मल्लको मुख्य अभिनय गरेको चलचित्र 'के यो माया हो' प्रेमकथामा अधारित छ । शहरमा मौलाउँदै गएको लिभ इन टुगेदरको कथालाई केन्द्रबिन्दुमा राखेर निर्माण गरिएको सो चलचित्रको गीतसंगित पनि अहिले चर्चामा नै छन् ।

आर्यनको उपहार -'के यो माया हो'

हिरो आर्यनका लागि शुक्रबार दुई अर्थले गुड फ्राइडे रह्यो । शुक्रबारै उनको आफ्नै जन्मदिन थियो भने सोही दिन उनी अभिनित 'के यो माया हो' रिलिजको दिन । ठीक एकवर्षअघि आजकै दिन आर्यन अभिनित 'फस्टलभ' प्रीमियर भएको थियो । बिहानैदेखि मोबाइल स्वीच अफ भएकाले बर्थडे म्यासेज पाउन नसकेका आर्यनले जन्मदिन भने मनाएनन् भने पनि हुन्छ ।जन्मदिन बिहान उनी अपकमिङ प्रोजेक्ट 'मेरो लभस्टोरी'को डबिङमा व्यस्त थिए भने बेलुका 'आइएम सरी'को सुटिङमा । 'के यो माया हो'को प्रमोसनमा भने ब्यस्तताले जान सकेनन् । मेरोसिनेमासँगको बर्थडे शुभकामना लिँदै आर्यनले 'के यो माया हो' दर्शक र शुभेच्छुकका लागि आफ्नो बर्थडे गिफ्ट भएको बताए । 'के यो माया हो' मेरो जन्मदिनको उपहार हो । हेर्नुस र मलाई ह्याप्पी बर्थडे भन्नुसु आर्यनले भने 'वास्तवमा मलाई बर्थडे मनाउने त्यस्तो रुचि छैन ।'फेसबुकको भित्तोभरी बर्थडे सन्देश पाएका आर्यनलाई उनको कोठामै पुगेर उनकी खास साथी एङ्लीले गुलाबसहितको बर्थ-डे गिफ्ट दिइन् । आर्यनका अनुसार उनै एङ्ली जो काठमाडौं बस्छिन् र आर्यनलाई माया गर्छिन् । आर्यन र एङ्लीबीच पछिल्लो समय गाइँगुइँ नचलेको पनि होइन । यद्यपी सबैभन्दा पहिले एङ्लीको बर्थडे म्यासेजले गाइँगुइँलाई बल पुर्‍याएको छ । ह्याप्पी बर्थडे आर्यन !
गणेशको पनि बर्थडे
चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारी पनि शुक्रबार तीसौं जन्मदिन मनाउँदै छन् । बिकास बोर्डका कर्मचारीसँग दिउँसो र परिवारसँग गेट-टुगेदर गरेर बर्थडे मनाउने गणेशले मेरोसिनेमालाई बताए । चलचित्रको 'स्वतन्त्रता संग्राम'लाई आफूले बर्थडे संकल्पका रुपमा लिएको भण्डारीले जनाए । यसको अर्थ आफूले अघि सारेका एजेन्डालाई जुनसुकै मूल्य चुकाएर पनि कार्यान्वयन गर्न जन्मदिनले ऊर्जा थपेको गणेशले बताए ।द नेपाल~रोमानियाको तर्फ बाट दुबै जना लाई हार्दिक शुभ कामना

चेतन सापकोटालाई हत्याको धम्की

सेन्सर बोर्ड र चलचित्र विकास बोर्डअन्तर्गतको अनुगमन समितिका सदस्य चेतन सापकोटालाई ज्यान मार्ने धम्की आएको छ । शुक्रबार बिहान सापकोटाको मोबाइलमा फोन गरी अज्ञात व्यक्तिले सापकोटालाई धम्काएका हुन् । काठमाडौंको नम्बरबाट आफूलाई धम्की दिने व्यक्तिबारे छानविन भैरहेको सापकोटाले जनाए । आफ्ना सदस्यमाथिको धम्कीलाई चलचित्र विकास बोर्डले गम्भीर रुपमा लिँदै शुक्रबारदेखिनै छानविन थालेको छ । 'तँलाई बाँच्न मन छैन ? दादागिरी गर्छस् भन्दै मलाई अज्ञात व्यक्तिले हत्या गर्ने धम्की दियो' घटनाबारे सापकोटाले मेरोसिनेमासँग भने 'हामी गोप्यरुपबाट छानविन गरिरहेका छौं । चाँडै धम्कीदिनेबारे थाहा पाउनुहुनेछ ।' बोर्ड अध्यक्ष गणेश भण्डारीले सापकोटामाथिको धम्की सिँगो चलचित्र उद्योगमाथिको धम्की र चलचित्र विकास नचाहनेले गरेको उल्लेख गरे । सापकोटा स्वयमले पनि आफूमाथिको धम्कीलाई चलचित्र विकास बिरोधीले चालेको चाल भनेर टिप्पणी गरे ।घटनाप्रति निर्देशक समाजले पनि रोष व्यक्त गरेको छ । समाजका प्रथम उपाध्यक्ष विमल पौडेलले धम्की दिनेलाई 'खबरदार' भनेका छन् । हालैका महिनामा सापकोटाको सक्रीयतामा थालिएको बिकास बोर्ड र सेन्सर बोर्डको अभियानप्रति असुन्तष्ट पक्षले धम्की दिएको प्रारम्भिक अनुमान गर्न सकिन्छ । बिकास बोर्डका सल्लाहकार निर्माता तथा निर्देशक युवराज लामालाई दिएको ज्यान मार्ने धम्की भुइँमा खस्न नपाउँदै संगीतकार समेत रहेका सापकोटालाई धम्की आएको हो । धम्कीप्रति आफू नडराउने सापकोटाले बताए ।

तीन सुपरस्टारको लडाईं

नेपाली चलचित्र क्षेत्रमा आ-आफ्नै तरिकाले सुपरस्टार मानिएका तीन नायक राजेश हमाल, बिराज भट्ट र आर्यन सिक्देल अभिनित चलचित्र शुक्रबार एकआपसमा भिड्दै छन् । राजेश हमाल अभिनित चलचित्र हात लाग्यो शून्य, बिराज भट्ट अभिनित चलचित्र सन्देश र आर्यन सिक्देल अभिनित चलचित्र के यो माया हो एकै दिन रिलिज हुँदैछन् ।सिमित बजारमा एकैदिन धेरै चलचित्र रिलिज हुँदा त्यसले व्यापारमा असर पक्कै गर्दछ । यसै त चलचित्रले रामो व्यापार गर्न सकिरहेको छैन त्यसैमाथी यसरी तीन सुपर स्टारका चलचित्र एकआपसमा भिड्दा यसको असर निर्माता तथा कलाकारलाई मात्र हैन सिंगो चलचित्र उधोगलाई नै पर्दछ । यसरी चलचित्र नजुध्नुको विकल्प पनि छैन । किनकी बर्षेनी दर्जनौं चलचित्र बनिरहेका हुन्छ र हप्तै पिच्छे २ भन्दा बढि चलचित्र रिलिज हुन बाध्य छन् ।
शुक्रबार सार्वजनिक हुन लागेका तीन चलचित्र 'हात लाग्यो शून्य', 'सन्देश' र 'के यो माया हो' ले आ-आफ्नै बिशेषता बोकेका छन् । युवानिर्देशक बिजय बिक्रम बस्नेत निर्देशित चलचित्र 'हात लाग्यो शून्य' राजेश हमालको नयाँ गेटअपले निकै चर्चामा छ । नेपाली चलचित्र क्षेत्रका महानायक मानिने हमालको यो चलचित्रले दर्शकलाई हलसम्म तान्न सक्नेमा चलचित्रकर्मी बिश्वस्त छन् । यो चलचित्र पूर्ण रूपमा हाँस्य प्रधान रहेको निर्देशक बस्नेतको भनाई छ । बिश्व नेपालले निर्माण गरेको यस चलचित्रमा हमालको साथमा कल्पना शाही, किरण केसी, शुशिल पोखरेल, गोपाल ढकाल छन्दे लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र हात लाग्यो शून्य' मोफसलका हलहरूमा मात्र लाग्ने छ ।यसैगरी प्रमोद भण्डारी निर्देशित चलचित्र 'सन्देश' बिराज भट्टको एक्सन प्रधान चलचित्र हो । एक्सन चलचित्र रूचाउने दर्शकलाई पनि यो चलचित्रले हलसम्म तान्ने कुरामा निर्देशक भण्डारी निकै बिश्वस्त छन् । यस चलचित्रमा चलचित्र क्षेत्रमा नम्बर वान नायिकाको छबि बनाएकी नायिका रेखा थापाको पनि प्रमुख भुमिका रहेको छ । क्यू सिस्टमबाट प्रदर्शन हुन लागेको यो चलचित्र भने काठमाण्डौ उपत्यकामा मात्र लाग्दैछ । रामबी नेपालीले निर्माण गरेको चलचित्र 'सन्देश' बाट नै नायिका सोभिता सिंखडाले डेब्यू गरेकी हुन् । दुई बर्ष अगाडी सम्पन्न केटिभी अवार्डमा यसै चलचित्रबाट सोभिताले नव अभिनेत्रीको अवार्ड पाएकी थिईन् भने रेजिना उप्रेतीले सह-अभिनेत्री र रामजी नेपालीले कथामा अवार्ड हात पारेका थिए ।यता मेरो एउटा साथी छ चलचित्र निर्देशन गरेर एकाएक चर्चामा आएका निर्देशक सुदर्शन थापा निर्देशित चलचित्र 'के यो माया हो' को छुट्टै बिशेषता छ । पछिल्लो समयमा निकै चर्चामा रहेका नायक आर्यन सिक्देलको प्रमुख अभिनय हुनु, बिग सिनेमा हलमा यो चलचित्र प्रदर्शन हुनु र लिभ इन टुगेदरको कथालाई मुख्य बिषय बनाईनुले पनि यो चलचित्रबाट उधोगले नै ठूलो आश राखेको छ । बिशेष गरि यो चलचित्र युवा वर्गमा केन्द्रित रहेको छ । आर्यन सिग्देल, सुष्मा कार्की, सौगात मल्ल र अरुणिमा लम्सालको प्रमुख अभिनय रहेको यस चलचित्रलाई सुरेश पहारी, गौरव हिराचन र शंकर गुरूङले निर्माण गरेका हुन् ।

प्रीभ्यु : फ्राइडे रिलिज सिनेमा

शुक्रबार एकैसाथ तीन नेपाली सिनेमा रिलिज हुँदैछन् -'के यो माया हो', 'हाता लाग्यो शुन्य' र 'सन्देश' । बलिउडमा सानो ब्यानरको 'आइ एम कलाम' तथा हलिउडमा 'राइज अफ द प्लानेट अफ द एप्स' र 'द चेन्ज अप' रिलिज हुँदैछन् । नेपाली सिनेमाका स्टारपावर राजेश हमाल, रेखा थापा र आर्यन सिग्देलले अभिनय गरेका तीन बेग्लाबेग्लै चलचित्र एकसाथ प्रदर्शन हुनेछन् ।
के यो माया हो
सुदर्शन थापा निर्देशित यो चलचित्र कमेडी श्रेणीमा निर्मित छ । आर्यन सिग्देल, सुष्मा कार्की, सौगात मल्ल, अरुणिमा लम्साल, नीर शाह आदिले अभिनय गरेको चलचित्रलाई गौरव हिराचन र सुरेश पहारीले निर्माण गरेका हुन् । लिभिङ टुगेदरको कथामा आधारित चलचित्रको संगीत सुगम पोखरेलले भरेका छन् । उपत्यकाका सबै मल्टिप्लेक्समा प्रदर्शन हुने सिनेमा देशभरका क्यू र डीसीएन सर्भरअन्तर्गत २० स्क्रीनमा एकसाथ प्रदर्शन हुनेछ । वितरण सुनिल मानन्धरले गरेका छन् । चलचित्रमा आर्यन र सौगात पहिलोपटक कमेडी भूमिकामा छन् भने सुष्मा लिड हिरोइनमा ।

हाता लाग्यो शुन्य
अभिनेता राजेश हमाल पहिलोपटक यही चलचित्रमार्फत कमेडी भूमिकामा देखापरेका छन् । विजयविक्रम बस्नेतले निर्देशन गरेको चलचित्रमा हमालले 'बेली डान्स' पनि नाचेका छन् भने तरकारीसँग भिडन्त पनि गरेका छन् । हमालको अपोजिटमा झरना थापा छिन् । भारतको गोवाबाट कोरियोग्राफर सिकेर नेपाल आएका निर्देशक बस्नेतको यो सिनेमालाई विश्व नेपाल, कृष्णा पराजुली र शुभ पराजुलीले मिलेर निर्माण गरेका हुन् । किरण केसी, गोपाल ढकाल आदिले पनि खेलेका छन् । क्यू च्यानलमार्फत रिलिज हुने चलचित्र मोफसलबाट प्रदर्शनमा आउनेछ ।

सन्देश
रामबी नेपालीले निर्माण गरेको चलचित्रको निर्देशन प्रमोद भण्डारीले गरेका हुन् । रेखा थापा, बिराज भट्ट, सुशिल क्षेत्री, रेजिना उप्रेती, मुरलीधर, रामबी नेपालीले अभिनय गरेको चलचित्र काठमाडौं उपत्यकाबाट प्रदर्शनमा आउँदैछ । गंगा र विश्वज्योतिसहित उपत्यकाका १४ स्क्रीनमा चलचित्र प्रदर्शन हुँदैछ । दीर्घनारायण श्रेष्ठले वितरण गरेको सिनेमामा महेश खड्काको संगीत र हिमाल केसीको फाइट छ । राष्ट्र र राष्ट्रियता, राजनीति, समाज र मायाप्रेमको सन्देश दिन खोजेको चलचित्र यसअघि मोफसलमा ब्यावसायिकरुपमा सफल भैसकेको छ । चलचित्र फर्मुला श्रेणीमा निर्मित छ ।

आइ एम कलाम
बलिउडमा यो साता रिलिज हुने एकमात्र सिनेमा आइएम कलाम एउटा आर्ट चलचित्र हो । निला माधव पान्डाले निर्देशन गरेको चलचित्रमा हर्ष मायार, हुसन साड, गुल्सन ग्रोभरलगायतले अभिनय गरेका छन् । यसको मुख्य पात्र छोटु (हर्ष मायर) हो । उसको पारिवारिक आर्थिक स्थिती दयनीय हुन्छ । तर, ऊ यति उत्साहित हुन्छ कि कुनैपनि समस्या उसलाई ठूलो लाग्दैन । ऊ आफ्नो परिवारलाई सहयोग गर्न दिनमा सडक छेउको सानो होटलमा काम गर्छ र बेलुका कतैबाट जम्मा पारेको किताब पढ्छ । उसको सोच भनेको कुनैदिन राम्रो शिक्षा हासिल गरेर आफ्नो भविष्य बनाउने हुन्छ । स्माइल फाउन्डेसनले वितरण गरेको चलचित्र ८७ मिनेट लामो छ ।

राइज अफ द प्लानेट अफ द एप्स
साइन्स फिक्सन श्रेणीको चलचित्रलाई रुपर्ट वाटले निर्देशन गरेका हुन् । चलचित्रमा जेम्स फ्र्रंयाको, फ्रीडा पिन्टो, जोन लिथगोले अभिनय गरेका छन् । बलिउड चलचित्र 'स्लमडग मिलेनियर' हिरोइन फ्रीडाको यो पहिलो हलिउड डेब्यु सिनेमा हो । 'द एस्केपिस्ट' जस्तो अत्यन्त चर्चित फिल्मका निर्देशक रुपर्ट वाटको यो नयाँ प्रयोग हो । यो फिल्ममा उनले जेनेटिकल्ली इन्जिनियर्ड चिम्पान्जीलाई प्रमुख विषय बनाएर प्रस्तुत गरेका छन् । सनफ्रान्सस्कोका महत्वाकाङ्र्क्षी बैज्ञानिक बाबुछोराले आफ्नो ल्याबमा क्यासर नामक चिम्पान्जीको विकास गर्छन् । उक्त एप अत्यन्त बुद्धिमानी हुन्छ । उसले आफ्नो एप समाजलाई मान्छेबाट जोगाउन हरेक प्रकारका कोसिस गर्दछ ।

द चेन्ज अप
कमेडी श्रेणीको यो हलिउड सिनेमालाई डेभिड डबकिनले निर्देशन गरेका हुन् । राएन रेनोल्डस, जेसोन ब्याटमेन, लेस्ली मन, ओलिभिया वाइल्ड आदि कलाकारले अभिनय गरेको यो सिनेमा १ घन्टा ४५ मिनेट लामो छ । दुई बाबुछोराको कथामा आधारित चलचित्रलाई डेभिड डबकिन र नील एच मोर्टिजले मिलेर निर्माण गरेका हुन् । जोन डेब्नीको संगीत रहेको चलचित्रलाई युनिभस्रल पिक्चस्रले वितरण गर्दैछ ।

सञ्चिताका पहिलो पतिको खुलासा

बलिउडमा चलचित्र बडिगार्ड प्रदर्शनको चर्चा चुलिदा नेपालमा भने नेपाली चलचित्र बडिगार्डका बडिगार्डको रहस्य उदघाटन भएको छ । यो रहस्योद्घाटन सँगै नेपालको फिल्म नगरीमा पनि नेपाली बडिगार्डको चर्चा चुलिनेमा दुई मत छैन । बलिउड चलचित्र 'बडिगार्ड'का बडिगार्ड सलमान खानलाई नै ओझेलमा पार्ने बडी भएका नेपाली बडिगार्डको वास्तविक परिचय खुलेको छ ।आफ्नो चलचित्र बडिगार्डका लागी फेसबुक मार्फत रित्तिक रोशन जस्तो बडिगार्ड अर्थात नायक खोजेका निर्माता शुशिल पोखरेलले भेटाएका बडिगार्डको हामीले पत्ता लगाएका छौ । शुशिलले यसअघि बडिगार्ड हुने नायकको अनुहार लुकाएर चलचित्रको पोस्टर समेत सार्वजनिक गरेका थिए । उनले ति नायकको नाम असलन शाह रहेको समेत बताएका थिए । आफुलाई इमेलबाट उनले फोटो पठाएको र त्यहि तस्विरका आधारमा नायकको छनौट गरेको शुशिलले बताउदै आएका थिए । उनले असलनको बारेमा धेरै कुरा नभन्ने भन्दै उनको घर काठमाडौको पुतलीसडकमा भएको बताएका थिए ।तर लामो समय समयदेखि बिदेशमा अभिनयको प्रशिक्षण लिइरहेका यि ब्यक्ति अर्थात शुशिलका बडिगार्ड अरु कोही नभएर नायिका सञ्चिता लुइटेलका पहिलो पति आकाश शाह भएको रहस्य खुल्नमा आएको छ । एक बिश्वस्त शुत्रले दिएका जानकारी अनुसार केही वर्ष देखि बिदेशमा रहेका आकाशले त्यहाँ रहँदा आफ्नो शरिर मेन्टन गर्नुका साथै अभिनयको प्रशिक्षण समेत लिइरहेका छन् ।नायिका सञ्चितासंग प्रेम बिबाह गरेका आकाश र सञ्चिता करिब सात बर्ष सँगै बसेका थिए । सोही समयमा आकाश मुम्बईमा सघर्ष गर्न गएका थिए । त्यति बेला नायिका लुइटेलले उनलाई मासिक खर्च समेत पठाउने गरेकी थिईन् रे !हुन त एउटा उखानै छ नि 'जता जता काफल पाक्छ उतै उतै चरी नाच्छ' । हो सञ्चिताले त्यहि गरिन् अर्थात् सर्घष गरिरहेका आकशलाई छोडेर तत्कालिन समयका चर्चित नायक निखिल उप्रेतीसँग बिबाह गरिन् । तर समय सधै एकै नाश कहाँ रहन्छ र ? अहिले नायक निखिल कुन कुनामा पसेका छन् कसैलाई पत्तो छैन । यता नायिका सञ्चिता पनि पछिल्लो १ वर्ष भन्दा बढी समय चलचित्रबाट हराएपछि अहिले आमा बन्दैछन् । यसैबेला मौसम परिवर्तन भएको छ । अर्थात आकाश शाह भने नयाँ जोश र जाँगर लिएर भित्रदै छन् नेपाली चलचित्रमा ।आकाशका ६ सय भन्दा बढी फोटोहरु हेरेका निर्माता शुशिल पोखरेलले भनेका थिए,'उ हरेक कोणबाट हिरो देखिन्छ । नेपालमा हिरोको कमी भै रहेको बेला उसले चलचित्र उद्योग खान्छ ।'आकाशको यसरी प्रसंसा गर्दै उनलाई डेब्यु गराउन लागेका छन् निर्माता पोखरेलले । तर किन उनले हिरोको नाम ढाँटे भन्ने बारे बुझ्न सकिएको छैन ।त्यसो त चलचित्रमा लागे पछि नाम फेर्ने कलाकारहरुको रोग यि नव प्रवेशी आकाशलाइ पनि लागेर उनले नाम ढाटेका हुन् कि या नायिका सञ्चिता सँग जोडीएको आफ्नो परिचय मेट्न नाम परिवर्तन गर्न लागेका हुन् त्यो त आकाशलाई भेटे पछि मात्रै थाहा होला । जे भए पनि नव प्रवेशी बडिगार्डलाई हाम्रो शुभकामना !