रमितलाई लिनुको राज खुल्यो

निर्देशक सोभित बस्नेत र नायक रमित ढुङ्गाना निकै परिचित अनुहार हुन् । जव रमित आफ्नै लगानीको चलचित्र 'माया नमार' बाट फिल्मको हिरो भए त्यस पछी उनी निकै चर्चामा पनि रहे र थुप्रै फिल्ममा हिरो भएर काम पनि गरे । अब कुरा गरौ यि दुईको सम्बन्धको ।
प्राय सोभितको फिल्ममा नछुट्ने हिरोइन् रेजिना उप्रेती हुन् भने हिरो चाहिँ रमित रहेछन् । सोभितको प्रत्येक फिल्ममा रेजिना भएका कारण यि दुईको सम्बन्धको हल्ला पनि कलिउडमा निकै तातो बहस भएर चल्यो र यि दुई समाचारका निरन्तर खुराक पनि भए । तर सोभितको चलचित्रमा निरन्तर काम गर्ने हिरोइन मात्र हैन हिरो पनि रहेछन् । ती हुन रमित ढुङ्गाना ।

प्राय एउटा निर्देशकको फिल्ममा एक पटक लिईसकेको हिरो दुई पटक वा तिनपटक सम्म दोहोरिने गरेको छ । तर प्रत्येक प्रोजेक्टमा त्यो अनुहार दोहोरिएपछी पक्कै पनि त्यहाँ प्रश्न गर्ने थुप्रै ठाउँहरू भेटिन्छन् । आगामी पौष ३० गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको सोभितको चलचित्र 'चिनो' यस अघिका 'शक्ति' ,'धुम' ,'चोर सिपाही', 'दुर्गा' लगायत केही चलचित्रमा सोभितले रमितलाई लिएका छन् । दुर्गाबाट रमितलाई प्रत्येक फिल्ममा लिएका सोभितले रमित केही महिना अमेरिका बस्दा चलचित्र 'कन्यादान' मा चाहेर पनि उनलाई लिन सकेनन् र रमितको ठाउँमा अर्जुन कार्की रिप्लेस भए । प्रत्येक फिल्ममा किन रमितलाई लिए त ? सोभितले आफूहरूको राज खोल्दै भने, 'हामी त मामा भान्जा पो हौ त ।'सोभित रमितका आफ्नै भान्जा रहेछन् र रमित सोभितका कान्छा मामा । ३३ वटा विबाह गरेका कर्णमानको ३२ औ नम्बरकी श्रीमती अर्थात आफ्नो आमाको कान्छो भाई रमित मामा पर्ने भएकाले सोभितले रमितलाई हरेक प्रोजेक्टमा दोर्‍याउने गरेका रहेछन् । सोभित र रमित एक अर्कालाई मामा भान्जा भनेर बोलाउने गर्दछन् । यति सम्मकी सोभितको सुटिङ यूनिट साथै हिरोइन रेजिनाले समेत रमितलाई मामा भनेर बोलाउने गर्छिन । मामा भएपछी भान्जासंग पैसा त लिनुहुन्न होला नि भन्ने फिल्मीखबरको जिज्ञासामा रमितले जवाफ फर्काए 'भान्जाले मलाई बुझेर दिनु हुन्छ तर जति दिनु हुन्छ म त्यतिमा खुशि छु ।'

उता सोभित पनि थोरै पैसामा हिरो रमित अर्थात आफ्नो मामालाई फिल्म खेलाउन पाएपछी दङ्ग छन् र भन्छन् 'त्यसैले म हरेक प्रोजेक्टमा मामालाई लिन्छु ।'

पहिलो पटक स्वर

जीवनमा जुन कुराको सुरुवात गरिन्छ, त्यो पहिलो पटक नै हुन्छ । पहिलो पटक गरेका हरेक क्रियाकलापवाट नै मानिसले धेरै कुरा सिक्दछ । नेपालमा चलचित्र वन्न थालेको आधा शताब्दी नै भएको छ । यहाँ धेरै कुराहरु पहिलो पटक नै गरिए होला । तर एउटै चलचित्रमा धेरै कुराहरु पहिलो पटक हुनु आफैमा अचम्म हो ।एउटै चलचित्रमा पहिलो पटक धेरै कुराहरु पाउनु भनेको दुर्लभ जस्तै वन्न सक्दछ । तर यहि माघ १४ गतेवाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र स्वरमा यस्तै दुर्लभ समाचारीय सामाग्रीहरू विशेष अध्ययनबाट फिल्मीखबरले प्राप्त गरेको छ । चलचित्र स्वरवाट धेरै कुराहरु पहिलो पटक नेपाली चलचित्र क्षेत्रका लागी प्राप्त हुदैछ । यस्तो दुर्लभ सामाग्री फेला पर्नु आफैमा एउटा संयोग नै मान्नु पर्दछ ।

चलचित्र 'स्वर' का निर्देशक प्रसन्न पौडेल हुन् । प्रसन्नले थुप्रै सफल म्युजिक भिडियो निर्देशन गरीसकेका छन् । यो चलचित्र उनले पहिलो पटक निर्देशन गरेका हुन् । अव चलचित्रका कलाकारको कुरा गरौ । चलचित्रमा राजबल्लभ कोइराला सहित केकी अधिकारी, रिमा विश्वकर्मा, वेनिशा हमाल, अमित पोख्रेल, यशराज गरच र जोयस पाण्डले मुख्य भूमिकामा अभिनय गरेका छन् । राज बाहेक यि सवै कलाकारले यो चलचित्रमा पहिलोपटक अभिनय गरेका हुन् । ६ जना नयाँ कलाकारकाले यसरी मुख्य भूमिकामा अभिनय गरेको यो चलचित्र नै पहिलो पटक हुनसक्छ । यो चलचित्र सांगीतिक धारमा निर्माण भएको छ । चलचित्रमा भुपेन्द्र खड्काले सवै गीत लेखेका हुन् । उनले सानो संसार, फस्ट लभ, कोही मेरो जस्ता चलचित्रमा गीत कोरेका छन् । तर उनको एकल शब्द रहेको यो नै पहिलो चलचित्र हो । चलचित्रमा अर्को कुरा पनि पहिलोपटक भएको छ । चलचित्रमा सत्यस्वरुप र सुगम पोख्रेलले संयुक्त रुपमा पहिलोपटक संगीत दिएका हुन् ।

यतिमात्र होईन यो चलचित्रमा यि तीन जनाको एक्सपेरिमेन्टल कम्पोजिशन पनि रहेको छ, जुन पहिलो पटक नै हो । यो चलचित्रसँग जोडएको अर्को एक रोचक पक्ष छ । नेपाली रेडियोहरुमा नम्वर १ को पहिचान वनाएर करोडौ श्रोता कमाएको रेडियो कान्तिपुरले स्थापनाको वाह्र वर्षमा 'स्वर' चलचित्रका लागी पहिलो पटक मिडिया पार्टनर वनेको छ । यो आफैमा एउटा खुशीको कुरा पनि हो ।चलचित्र स्वरमा साईलेन्स इन्टरटेन्मेन्टको पोष्ट प्रोडक्शन रहेको छ, जुन पहिलो पटक नै हो । यो चलचित्रलाई एम.आर.एस.मुभिजले निर्माण गरेको हो । यो व्यानरले पहिलो पटक फिल्म निर्माणमा हात हालेको हो । चलचित्रले नया अनुभव निर्माण कार्यमा मात्र संगालेको छैन । नेपाली चलचित्रको पार्श्व गायनमा गायीका अञ्जु पन्तको नाम निक्कै चर्चित छ । यस्तै, गायक थुप्देन भुटिया पनि पार्श्व गायनमा चर्चित गायक हुन्, । तर, यो चलचित्रले यि दुई चर्चित गायक र गायीकालाई एक साथ गाउने अवसर मिलाईदिएको छ ।चलचित्र स्वरमा अच्युत अधिकारीले कथा कोरेका छन् । उनले यो चलचित्रमा पहिलोपटक कथा कोरेका हुन् । चलचित्रमा कलाकारलाई कथा सुहाउदो व्रान्डेड ड्रेस उपलब्ध गर्राईएको छ । यो पनि नेपाली चलचित्रका लागी पहिलोपटक नै हो । चलचित्र स्वरले केहीसाता अघि काठमाण्डौमा अडियो विमोचन कार्यक्रम आयोजना गरेको थियो ।सो अडियो विमोचन कार्यक्रममा चर्चित संचारकर्मी तथा निर्देशक भुषण दाहाल पहिलोपटक नेपाली चलचित्रको कार्यक्रममा प्रमुख अतिथि भएका थिए ।यसरी थुप्रै विषयमा चलचित्र स्वर पहिलोपटकको अनुभव संगाल्दै दर्शकमाझ आउदैछ । अर्को रमाईलो कुरा के पनि भन्न सकिन्छ भने, यति धेरै कुराहरु पहिलोपटक जुरेको संभवत चलचित्रका लागी पहिलोपटक नै हो । पहिलोपटक यति धैरै कुराहरु भएको चलचित्र स्वरले चलचित्रको इतिहासमा व्यापारका दृष्टिकोणले पहिलोपटक नै रेकर्ड व्रेक गरोस्,द नेपाल रोमनियाको तर्फ बाट शुभकामना

सन्चिता लुइँटेलको खबर

चिसो खसेको हालैको एक साँझ दुई नेपाली हिरोइनले मुम्बइमा डिनर गरे र सँगै सपिङ पनि । अभिनेत्री ऋचा घिमिरे डेढमहिना युरोप घुमघामपछि पछिल्लो प्रोजेक्ट 'ब्रेकफेल'का लागि साउथ ब्लक पुगेकी थिइन जहाँ उनले प्रवास छिरेकी अर्की हिरोइन सन्चिता लुइँटेललाई भेटिन् । ऋचाका अनुसार सन्चिता यतिबेला सामान्य र ह्याप्पी दाम्पत्य जीवन जिइरहेकी छिन् रंगिन सहर मुम्बइमा । 'एउटी साधारण केटी भएर बाँचेकी छ ऊ' ऋचाले सुनाइन् 'टिपिकल हाउसवाइफ भएर बाँचेकी छे । उनीहरुको दाम्पत्य जीवन निकै सुखमय छ ।' हिरो निखिल उप्रेतीसँग विहे गरेर भारत छिरेकी सन्चिता यतिबेला साथीको बुटिकमा काम गर्छिन् र निश्चित पारिश्रमिक पाउँछिन् ।

सन्चिता घरको सबै काम गर्छिन । तरकारी किन्न बजार जान्छिन् । मीठो खाना पकाउँछिन् । यतिबेला भारतीय टेलिफिल्ममा लाग्न संघर्ष गरिरहेकी छिन् । आफ्नो टसन लुकले नेपाली सिनेमालाई आच्छु-आच्छु पारेकी सन्चिता यतिबेला निकै दुब्लाएकी छिन् । 'दुब्लाएर उनको साइज जिरो होइन कि माइनस जीरोजस्तै छ' ऋचाले भनिन् ।राम्रो प्रोजेक्ट पाए नेपाल आएर फिल्म खेल्ने मुड पनि छ सन्चिताको । बरु निखिल नेपाल आउन चाहँदैनन् । भारतको दक्षिणी सिनेमाहरुमा स्थापित हुन संघर्ष गरिरहेका छन् निखिल । नेपाल आयो भने टर्चर हुने ठान्छन् उनी । 'फरक यतिमात्र हो' ऋचा भन्छिन् 'नेपाल हुँदा सेलिव्रेटी बनेका उनीहरु मुम्बइमा पुनः जिरोबाट सेलिव्रेटी बन्ने संघर्षमा छन् ।'

मुन्नी अब लडाकु !

नेपाली मुन्नी रेजिना उप्रेती आइटम डान्समा मात्र खुम्चिन चाहन्नन् । लभरगर्ल र परम्परागत भूमिकामा मुन्नीलाई देख्दै आएका दर्शकहरुले उनलाई अब लडाकु भूमिकामा पाउनेछन् । अघिल्लो शुक्रबार रिलिज भएको 'माटो' देखि अन्तिम पुसको चिसोमा रिलिज हुने 'चिनो'मा रेजिना एक्सन स्टारका रुपमा देखापर्दैछिन् । 'मैले त्यहाँ के गरेकी छैन ? घोडचढी, मास्रल आर्टस्, ग्लाइडर सबथोक गरेँ' मेरोसिनेमासँग रेजिना भन्छिन् 'नौ वर्षको फिल्मी करियरमा पहिलोपटक यति मिहेनतले कुनै चलचित्र गरेकी छु ।'मास्रल आर्टसमा आधारित एक्सनका जोशिला दृश्यहरु रेजिनाले दिएकी छिन् । संयोग के हो भने शोभित बस्नेत निर्देशित चलचित्र 'दुर्गा'बाटै उनले आफूलाई एक्सन भूमिकामा प्रस्तुत गरेकी थिइन् । यतिबेला पनि बस्नेतले नै निर्देशन गरेको रिमेक प्रोजेक्ट 'चिनो'मा उनी एक्सन स्टारका रुपमा छिन् । कथालाई नै लिड गराउने पात्रका रुपमा रेजिनालाई अघि सारेका छन् निर्देशकले । जसका लागि रेजिनाले चार महिना मास्रल आर्ट्सको तालिम नै लिएकी थिइन् । सुटिङका क्रममा मर्किएको उनको खुट्टा रिलिज हुने बेलासम्म निको भैसकेको छैन ।

अपकमिङ अर्को प्रोजेक्ट 'बद्री'मा पनि मुन्नी लडाकु भूमिकामा त छिन् तर 'चिनो'जस्तो लाउड भने होइन । 'यो मेरो रिएल र ड्रीम क्यारेक्टर हो' टेलिचलचित्रकी जुनकिरी भन्छिन् 'यो रोलले मेरो अभिनयमा निखारता ल्याएको महसुस गरेकी छु ।' जेहोस् आइटम डान्सबाट घट्दो तापमानलाई तताएकी नेपाली मुन्नीले एक्सन रोलबाट कस्तो रिभ्यू बटुल्छिन् । पुस ३० गते नै कुर्नुपर्ला ।

नम्बर वान हिरो को ?

समकालिन नेपाली सिनेमामा नम्बर वान नायक को होलान ? एउटा बहसको विषय हुनसक्छ । यस्तै बहसको सुरुवात भएको छ जारी मेरोसिनेमा पपुलर अवार्डमा । सोमबारको संस्करणमा प्रसारित 'कर्म, आर्यन र हमालको' शीर्षक समाचारप्रति विश्वभरका मेरोसिनेमा भिजिटरहरुले थुप्रै संख्यामा कमेन्टहरु पोस्ट गरेका छन् ।मेरोसिनेमालाई प्राप्त तथा फेसबुकका भित्तोमा पोस्ट गरिएका त्यस्ता कमेन्टमा अधिकांशले अभिनेता राजेश हमालको प्रतिरक्षा गरेका छन् भने कतिपयले आर्यन र कर्मको । अनलाइन भोटिङमा हमाललाई 'फस्टलभ'स्टार कर्मले उछिनेपछि उनका फ्यानहरुले आश्चर्य, आक्रोश, विमती र टिप्पणी दर्शाएका छन् ।
जस्तै : ओमकुमारले लेखेका छन् -'नेपाली सिनेमामा राजेश हमालजस्तो स्टार कोही हुन सक्दैन । उनको तुलनामा आर्यन र कर्म बच्चा हुन् ।' कतिपयले कर्म र आर्यन दुवैलाई स्वयम भोट नगर्न सुझाएका छन् भने कतिपयले मान्छे खडा गरेर भोट नगर्न 'फस्टलभ' टीमलाई भनेका छन् । हमालको डिफेन्स गर्नेहरुले उनको बीसवर्षे करियरलाई मुख्य आधार मानेका छन् । कतिपयले भने नयाँपुस्ताका हिरोद्धय आर्यन र कर्मको पक्षमा कमेन्ट गरेका छन् । जस्तै : बसन्त भण्डारी लेख्छन् -'हमालको तुलनमा कर्म र आर्यन उत्कृष्ट छन् किनभने दुवैलाई अभिनय के हो र कसरी गर्नुपर्छ भन्ने थाहा छ । यी दुईले पुरानाले भन्दा नेपाली सिनेमा उद्योगलाई विकास गर्न सक्छन् । पहिला 'फस्टलभ' हेर्नुस र आर्यन तथा कर्म को हुन् टिप्पणी गर्नुस् ।' यो भर्चुअल युद्धमा कसको पल्ला भारी हुन्छ त्यसका लागि जनवरी दोस्रो साता कुर्नुपर्ने हुन्छ ।

मान्छे खडा गरेको छैन
मेरोसिनेमालाई प्राप्त कमेन्टबारे निर्देशक सिमोस सुनुवारले खण्डन जनाएका छन् । उनले अनलाइन भोटिङमा आफूले मान्छे खडा नगरेको दाबी गरे । 'मैले के पाउनु छ र मान्छे खडा गर्ने' सिमोसले भने 'ती सबै कमेन्ट वाहियात र झूठ हुन् ।' बरु निर्माता माधव वाग्लेले थाहा पाए मान्छे खडा गर्ने परिस्थिती बन्ने अनुमान उनले गरे ।

हिन्दी हटाएर नेपाली सिनेमा

बलिउड हेजोमोनीले राजधानीमा नेपाली सिनेमाको रिलिज प्रभावित भइरहँदा पूर्वका केही सिनेमा घरले भने चलिरहेको हिन्दी सिनेमा रिप्लेस गरेर नेपाली सिनेमा 'धर्मा' प्रदर्शन थालेका छन् । बिराटनगरको विराटचोकस्थित सुकुना चलचित्र हल, दमकको नीलकण्ठ, झुम्काको किरण चलचित्र हलले बलिउडको 'तीस मार खाँ' हटाएर 'धर्मा' प्रदर्शन थालेका हुन् । 'दर्शकले मनिषा कोइराला स्टारर धर्मा नै हेर्न चाहेपछि हिन्दी फिल्म लगाएनौं' सुकुना हलका संचालक गणेश खड्काले मेरोसिनेमासँग भने ।
बिराटनगर मनीषाको गृहनगर पनि भएकाले दर्शकले उनको फिल्म हेर्न चाहिरहेका छन् । मनीषा स्वयम पनि केही दिनमा सुकुना हलमा पुग्ने खबरले दर्शकहरु उत्साहित छन् । नीलकण्ठका कृष्ण भट्टराईले पनि दर्शकको मागबमोजिम 'धर्मा' प्रदर्शन थालिएको बताए । राजेश, मनीषा, अनु शाह, संयोग पोखरेल स्टारर यो चलचित्र शुक्रबारदेखि डीसीएन तथा यूएफओ सर्भरजडित दुवै च्यानलका हलहरुमा रिलिज भएको हो । डीसीएनका पूर्वक्षेत्र वितरक सन्जु पराजुलीका अनुसार अन्य हलहरुले पनि दिउँसो नेपाली 'धर्मा' र बेलुका 'तीस मार खाँ' प्रदर्शन गरिरहेको बताए ।'राजधानीमै तीसमार खाँ'ले राम्रो प्रभाव पार्न नसकिरहेको बेला पूर्वमा पनि यसको प्रभाव देखिएन' पराजुलीले मेरोसिनेमासँग भने । चल्दै गरेको हिन्दी सिनेमालाई रिप्लेस गरेर आफू निर्देशित फिल्म चलेपछि यतिबेला निर्देशक दीपेन्द्र के. खनाल खुशि छन् । केही दिनमा उनी हिरोइन कोइरालालाई लिएर पूर्वान्चल प्रमोसनमा निस्कँदैछन् । भारतको दार्जिलिङ र सिक्किममा पनि प्रदर्शनको तयारी भैरहेको छ । यतिबेला 'धर्मा' मध्य र पश्चिम नेपालमा पनि प्रदर्शनरत छ ।

एकैपटक चार सिनेमा

अघिल्लो शुक्रबार 'गुडफ्राइडे' हुन नसकेको नेपाली सिनेमामा आउँदो शुक्रबार अर्थात अंग्रेजी नयाँवर्षको पूर्वसन्ध्यामा एकैसाथ चार चलचित्र सार्वजनिक प्रदर्शनमा आउँदैछन् । डीसीएनले वितरण गर्ने 'एकदिन एकरात' र क्यूव च्यानलका 'घातक', 'अचानक' र 'कन्यादान' रजतपटमा उत्रने त छन् तर रिलिज प्रभावित भएर हल पाउन मुस्किल भएको बेलामा रिलिज हुने यी सिनेमालाई कलेक्सनमा मुस्किल पर्नेछ । यी चार चलचित्र रिलिज हुने एउटै शर्त छ -अहिले प्रदर्शन भैरहेका सिनेमाले होल्डओभर कायम गर्न सकेनन् भने ।

अघिल्लो साता बलिउड हेजोमोनीले तर्सिएका 'एकदिन एकरात' र 'अचानक'को धकेलिएको रिलिजले यो साता यसरी चार सिनेमा सार्वजनिक हुन लागेका हुन् । अंग्रेजी नयाँ वर्षमा फिल्म रिलिज गर्न चाहने निर्माताको मनस्थितीले पनि यस्तो अवस्था भएको हो । क्यूवका तीन सिनेमाले नयाँ कथा, नयाँ मेकिङका साथ बनेको 'एकदिन एकरात'सँग प्रतिस्पर्धा गर्नुपर्ने परिस्थिती छ । देवकुमार श्रेष्ठले निर्देशन गरेको थ्रीलर जनरको यो चलचित्रमा गतवर्षका उत्कृष्ट नायक अनुप बराल, कर्म, दिया मास्के, विनय श्रेष्ठलगायतले अभिनय गरेका छन् । 'सुपरन्याचुरल' यसको खास विशेषता हो ।निर्देशकका रुपमा रामजी लामिछाने डेब्यु चलचित्र 'घातक' थ्रीलर श्रेणीको चलचित्र हो जहाँ रमित ढुंगानाले नेगेटिभ भूमिका खेलेका छन् । रमितसहित सुमन सिँह, झरना थापा, जीवन लुइँटेल, प्रेरणा शर्मा, रवि बस्नेत रहेको मल्टिस्टारर'घातक'लाई प्रभुशमशेर राणाले निर्माण गरेका हुन् । देशभक्त खनालद्धारा निर्देशित पाँचौ चलचित्र 'अचानक'मा निखिल उप्रेती, जेसिका खड्का, दीलिप रायमाझी, गौरी मल्ल, धीरेन शाक्य, सिर्जना बस्नेत छन् । सोसल ड्रामा श्रेणीको चलचित्र तीनवर्ष अगाडि बनेको थियो ।शोभित बस्नेत निर्देशित बीसौं सिनेमा 'कन्यादान'ले मोफसलमा यसअघि औषत रिभ्यू बटुलेको थियो । प्रकाश थापाको 'कन्यादान'को रिमेक गरेका शोभितले यो चलचित्रमा विराज भट्ट, अर्जुन भट्ट, जयकिसन बस्नेत, कुशल थापा, कन्चन रेग्मी, रन्जना शर्मालाई उतारेका छन् । फर्मुला श्रेणीको यो चलचित्र विहेको कथामा आधारित छ । रिलिज हुने दिन नजिकिएपछि 'एकदिन एकरात'बाहेकले पब्लिसिटीमा जोड दिएका छैनन् । समीक्षकहरु भन्छन् 'एउटै शैलीका फर्मुला सिनेमा धमाधम फ्लप भैरहेको बेला यी सिनेमालाई पनि सफलता हात लाग्न कठिन छ ।'

राजवल्लभले बचाए हिरोइनलाई !

सुटिङ्का क्रममा हेलिकोप्टर प्रयोग गरिएको चलचित्र 'प्रीतिको फूल' का नायक अर्जुन (राजबल्लभ कोइराला) शनिबार साँझसम्म पोखराको हिमालयन गल्फ कोस्रमा असिनपसिन भेटिए । कारण -नायिका यूना उप्रेतीसँग हेलिकोप्टरमा सवार उनले मायालु गौरी (गरिमा पन्त) लाई आत्महत्या गर्नबाट बचाउनु रहेछ । उक्त दृश्य क्यामरामा कैद गर्न ३ बजे देखिनै सुटिङस्थल हिमालयन गल्फ कोस्रमा फिस्टेल एयरको हेलिकोप्टर एनवान-एआईडब्लु ल्यान्ड भयो ।दुई घण्टासम्म क्याप्टेन सिद्धार्थ गौतमले दृश्य छायाँकनका लागि सेतीनदी किनारको खोंच, नजिकै लेखनाथको रिट्ठेपानी तथा गल्फ कोस्रमा कुशलतापूर्वक हेलिकोप्टर उडाए । प्रतिघण्टा एकहजार डलर खर्चिएर सुटिङका लागि झिकाइएको सो हेलिकोप्टरबाट कैयौपटक नायक कोइराला, नायिका पन्त र उप्रेती उड्ने र हाम फाल्ने काम गरे ।तीन कलाकारले स्टन्ट गर्दा नौलो अनुभव भएको बताए । ३० फिटमाथिबाट नायिका पन्त हेलिकोप्टरमा झुण्डिएर दिएको सटले सुटिङ हेर्न पुगेका सर्वसाधारणले डराएर जिब्रो टोके ।'निकै डर लाग्यो;पहिलोपटक भएर पनि होला'-नायिका पन्तले मेरोसिनेमासँग भनिन -'जेहोस् सबैको सपोर्टले राम्रो भयो ।' नायिका यूनाले पनि नौलो अनुभव साट्दै भनिन् 'सट एक्साइटेड थियो ।' हेलिकोप्टरको प्रयोग भएको चलचित्र 'पहिलो पहिलो माया'मा पनि सामान्य खालको सुटिङ भ्याएका राजबल्लभले स्टन्टलाई रिस्क र चुनौतीपूर्ण रहेको प्रतिकि्रया दिए । यसखालको सटका लागि धेरै तयारी हुनुपर्ने उनले जनाए ।

पर्खिबसे, पहिलो पहिलो मायापछि राजबल्लभको भेट यूनासँग तेस्रो पटक हो भने गरिमासँग उनले यसअघि सम्झना, किन लाग्छ माया र फूल गरिसकेका छन् । गोपीकृष्ण मूभिजको 'खुशी' प्रदर्शन भैरहेको बेला पोखरा र आसपासमा हप्तायता धमाधम सुटिङ भैरहेको चलचित्र 'प्रीतिको फूल' त्रिकोणात्मक चलचित्र हो भन्छन् निर्देशक रेशराज आचार्य । 'प्रीतिको फूल अरु फूलजस्तो हैन; यो फूल न त झर्छ न त ओइलाउँछ' उनले भने ।चलचित्रमा गाउँकी मायालु गौरीसँग मायासँगै अर्जुन (राजबल्लभ) गायक बन्ने धुनमा सहर छिर्छन् । फ्यानको रुपमा चलचित्रकी नायिका युनासँग भेट्ने रहर उनमा लाग्छ । सो क्रममा युनाले अर्जुनलाई प्रेम गर्छिन् । युनाको वान साइडेड लभ भए पनि दुबैबीच प्रेम रहेको थाहा पाएपछि गाउँकी मायालु गौरी बिक्षिप्त हुन्छिन् । उनी आत्महत्या रोज्ने निर्णयसँगै भिरमा पुगेको बेला उनको रेस्क्यू अर्जुनबाटै हुन्छ । सोही दृश्य कैद गर्नका लागि सुटिङ् यूनिट मध्यान्ह नहुँदै पोखराबजारबाट झण्डै १० किलोमिटर दक्षिण-पूर्वी हिमालयन गल्फ कोस्र पुगेको हो ।टुहुरो, धर्मसँकट, बन्धन, माटो बोल्छ, अनमोललगायतका चलचित्रमा निर्देशकीय क्षमता देखाइसकेका आचार्यले यो चलचित्रबाट आफू आशावादी भएको प्रतिक्रीया दिए । उनका अनुसार काठमाडौ र पोखरामा गरी चलचित्रको झण्डै ७० प्रतिशत सुटिङ सम्पन्न भैसकेको छ । बाँकी छायाँकन पोखरामा सक्ने गरी यो यूनिट यही पुस १५ गतेसम्म पोखरा र आसपासमा सुटिङमा ब्यस्त रहने जनायो । निरक पौडेल कार्यकारी निर्देशक रहेको चलचित्रमा नीकिता र निरज पौडेल निर्माता हुन् भने ताराप्रकाश लिम्बुको संगीत छ ।

माटो कस्तो होला ?

शुक्रबारबाट उत्यका बाहिरबाट प्रदर्शनमा आएको किशोर सुब्बा निर्देशित चलचित्र माटोको ब्यापार कस्तो होला भन्ने बारेमा चलचित्रकर्मी र सञ्चारकर्मीले अडकलबाजी सुरू गरेका छन् ।
पछिल्लो चरणमा चलचित्रको ब्यापार सन्तोष नभएको अवस्थामा प्रदर्शनमा आएको उक्त चलचित्रमा हाल मुख्य समस्याको रूपमा देखा परेको संघीयता तथा राज्य पुनसंरचनको बिषयलाई प्रस्तुत गरिएको छ । माता पाथिभरा फिल्मसको ब्यानरमा भीम लामाले निर्माण गरेको उक्त चलचित्रमा राजेश हमाल, रेजिना उप्रेती, मित्र लिङ्देन, श्याम यादव, कृष्ण केसी, मुकुन्द श्रेष्ठ, सीमान्त उदास, पुष्प श्रेष्ठ, भूपेन्द्र लिङ्देन आदि कलाकारले अभिनय गरेका छन् ।हाल सम्म संघीयताको बिषयमा कुनै पनि नेपाली फिल्म नबनेकाले दर्शकको मन तान्न यो फिल्मले सक्छ भन्ने थुप्रैको अनुमान रहेपनि केही दिन पछी मात्र यो फिल्मको बास्तविक ब्यापार थाहा पाइने अवस्था छ । चलचित्रमा सौरभ लामाको छायाकंन, दिनेश र्राईको संगीत, गोविन्द र्राईको नृत्य निर्देशन रहेको उक्त चलचित्रमा राम जनकको द्धन्द समेटिएको छ । चलचित्रमा चार जना नायकलाई चार समावेशी पात्रका रूपमा चित्रण गरिएको छ जसमा राजेश हमालले खस समुदायको प्रतिनिधित्व गरेका छन् ।

नायिका नयाँ कथा पुरानै

खै फिल्म बनाउँ भनेको नयाँ हिरोइन नै पाईएन....खोजे जस्तो हिरोइन नभएर फिल्म सुरुवात गर्न नै पाईएको छैन....मलाई एक जना नयाँ हिरोइन आवश्यकता पर्‍यो लौ न कोही छ भने भन्नुहोला.....!
माथिका भनाईहरू चलचित्र वनाउने सुर कसेका अधिकांश निर्माता तथा निर्देशकको मुखवाट निस्कने विरक्तिपना हो । यस्ता भनाईहरु अहिले अनलाईन सामाजिक संजाल वनेको फेसवुकमा पनि छ्यापछ्याप्ती पाईन्छ । फेसवुकलाई नेपाली चलचित्रका निर्माता निर्देशकले हिरोइन खोज्ने राम्रो माध्यम पनि वनाएका छन् । आखिर नयाँ हिरोइनको खोजी यति व्याप्त रुपमा किन भएको हो भन्ने कुरा न त खोज्नेलाई नै थाहा छ न त सुन्नेलाई नै । सवै किन नयाँ अनुहारको पछाडि दौडिएका होलान् त ? एक चलचित्रमा अभिनय गरीसकेकी नायिका अर्को चलचित्रका लागी पुरानो कोटामा परीसकेकी हुन्छिन् ? के साच्चीकै निर्माताहरु नेपाली चलचित्रमा नायिका नै नभएकाले नयाँ-नयाँ अनुहार खोजीरहेका हुन् त ? यि यस्ता प्रश्नहरूको उत्तर अझै अनुत्तरित नै छ ।आफूले वनाउन लागेको एक नयाँ चलचित्रका लागी निर्माता प्रदिप उदय नयाँ अनुहार खोजीरहेका छन् । नयाँ नायिका नपाएकाले चलचित्र नै सुरु गर्न नपाएको उनको भनाई छ । आखिर उनले नयाँ नायिका किन खोजीरहेका हुन् त ? उनले भने, 'मैले वनाउन लागेको चलचित्र पूर्णतया लभस्टोरी धारको छ ।'यस्ता माया प्रेमका कथावस्तुमा चलचित्र निर्माण गर्दा पुराना कलाकार राखे दर्शकले ति कलाकारमा त्यो पात्रमा आफूलाई पाउन नसक्ने प्रदिपको भनाई छ ।

नयाँ अनुहरामा दर्शकले आफूलाई पाउने भएकाले लभस्टोरी धारका चलचित्रमा नयाँ कलाकार आवश्यक परेको हो । प्रदिपको भनाईलाई आफ्नै ठाँउमा थाति राखेर हेर्ने हो भने अधिकांशको रोजाईमा नयाँ नायिका मात्र परेका छन् । एउटा चलचत्रिमा अभिनय गरीसकेपछि कोही नायिका पुरानो भएर घरमा थन्किएर वस्नु परेको समयमा निर्माताहरु भने नयाँ-नयाँ अनुहारका लागी चिल्लाईरहेका छन् ।नयाँ नायिका लिएका चलचित्रका केही समय कुरा गरौ । चलचित्र 'नाई नभन्नु ल' मा विकास आचार्यले कथाले मागेको भन्दै ऋचा सिंह ठकुरीलाई नायिकाको रुपमा लिए । तर यो चलचित्रमा नयाँ अनुहार नभएको भए चलचित्रलाई के फरक पथ्र्यो भन्ने कुरालाई न त चलचित्रले पुष्टि गर्न सकेको छ न त निर्देशकले नै पुष्टि गर्न सके । चलचित्र सिलसिलामा नायिका सोनीया केसी नव नायिकाको रुपमा भित्रिईन् । तर पनि उनको कारणले चलचित्रमा त्यस्तो केही पृथकता भने देखिएन । नव नायिकाले अभिनय गरेका अधिकांश चलचित्र प्रदर्शनको क्रममा छन् यसकारण पनि उनिहरुको भविष्य र आवश्यकताको वारेमा यसै भनिहाल्ने अवस्था छैन । तर निर्देशक तथा निर्माताहरु चलचित्रमा नयाँ अनुहारका लागी भौतारी रहेका छन् । नेपाली चलचित्रमा नायिकालाई खासै महत्व दिएको पाईदैन । चलचित्रमा को नायिका छिन् भन्दा पनि नायक को छन् भन्ने कुरालाई महत्व दिईन्छ । यसकारण पनि निर्माताहरु नायिका को राख्ने भन्नेमा खासै भेउ राख्दैनन् ।

सायद यही कारणले पनि हुनसक्छ नव नायिकाको खोजी भएको । चलचित्र च्यालेन्ज निर्माण गर्नु अघि निर्देशक श्याम भट्टराईले नायिकाको खुवै खोजी गरे । नयाँ नायिका नपाई चलचित्र नै निर्माण नगर्ने उनको उद्घोष थियो । सय भन्दा वढि युवतीको अडिसन पनि लिए उनले । अन्त्यमा उनको चलचित्रमा नयाँ अनुहार खुश्वु न्यौपाने भित्रिईन् । आखिर किन उनलाई पनि नयाँ नायिका नभई भएन त ? श्यामले खुलेर भने, 'नेपालमा कुनै पनि नायिका हरेक कुरामा फिट छैनन् । सवैजना सम्वन्ध र निकटताको आधारमा चलचित्र खेलीरहेका छन् । कसैले पनि यो क्षेत्रलाई गम्भिरताका साथ लिएका छैनन् ।''यसरी नायिकामा आवश्यक पर्ने सवै खुवी नपाउदा नयाँलाई खोज्नु परेको हो', श्यामले थपे । श्यामले त यो क्षेत्रमा आउने अधिकांश नायिकामा धेरै कमजोरी देखेका रहेछन् । यो प्रसङ्गलाई उक्काउदै गर्दा एउटा प्रश्न पनि जन्मन्छ । किन चलचित्र वनाउनेहरु नयाँ नायकमा रिक्स मोल्न चाहदैनन् ? नयाँ नायकको अभिनय भएको चलचित्रमा एक न एक चलेका नायकको टाउको विकाईएको पाईन्छ । तर चलचित्र वनाउनेहरु नायिकामा भने किन रिक्स लिन खासै डराउदैनन् त ?

चलचित्र पलपलमा पछि किन किन निर्देशन गर्न लागेका उकेश दाहाल पनि नयाँ अनुहार खोजीरहेका छन् । उनी भन्छन्, 'मेरो कथामा नव नायिका नभै हुदैन ।पुराना नायिका राख्दा दर्शकले उनिहरुलाई अन्य चलचित्रमा देखिसकेका हुन्छन् जसले गर्दा नयाँ अनुहार खोजीरहेको छु ।'यसरी सवै जना एक चलचित्रमा देखिएकी नायिका पुरानो भई भनेर नयाँ खोजीरहेका छन् ।
कारण स्पष्ट छ । यहाँ नायकवाद हावी छ । नायिकाको टाउको विक्दैन भन्ने सोच छ । जसका कारण नायक चलेको राखे नायिका जो राखीदिए पनि हुन्छ भन्ने सोच वोकेका चलचित्र निर्माता तथा निर्देशक छन् । यसकारण पनि नायिकाहरु नयाँ नयाँ प्रयोग भईरहेका छन् । अर्कोतिर नव नायिकामा शारीरीक शोषणका कुरा वारम्वार बाहिर आएको पाईन्छ र यो कुरा असत्य पनि होईन भन्ने कुरा धेरै पटक चलचित्र क्षेत्रमा देखिएका यस्ता घटनाले पुष्टि गरीसकेको छ ।निर्माता निर्देशकले नयाँ नयाँ नायिकाको खोजी गर्नुको पछाडि कत्तै यो कारण पनि होईन भनेर शंका गर्न सकिन्छ । खैर जेहोस् नयाँ अनुहारको ह्रिवम पिट्ने अधिकांश चलचित्रका निर्माणकर्ताहरुले ति नायिकालाई सुहाउदो कथा वनाउन सकेका छैनन् । ति नायीकालाई उहि पुरानो कथामा अभिनय गराउने हो भने नयाँ नायिका मात्र खोजेर के गर्नु ?अर्कोतिर यि अधिकांश नयाँ अनुहारहरु आफूभन्दा पाका उमेरका कलाकारसग सुहाओस् नसुहाओस् अभिनय गर्न विवश छन् । आफ्ना दाजु वा वावु समान नायकको प्रेमिका वनेर अभिनय गर्न वाध्य छन् नव नायिकाहरु । सधैजसो यसरी नै र यस्तै चलचित्र वनाउने हो भने नयाँ नायिका चाहियो भनेर किन कराउनु ? यसैले नयाँ नायिकाको खोजी गरेर चलचित्रको सस्तो पब्लिसीटी गर्नु भन्दा उनीहरुको खोजीको औचित्य पुष्टि गर्न तर्फ लाग्नु जरुरी छ ।खोजी नव नायीकाको मात्र होईन कथाको पनि गरौ । अनि मात्र नयाँ नायीका खोजीको अर्थ हुन्छ । पुरानो रक्सिलाई नयाँ वोतलमा हालेर पिलाउनुको अर्थ के? वोतल पुरानो भएतापनि रक्सि नयाँ वनाउनु आजको आवश्यकता हो । किनकी खाने रक्सि हो वोतल होईन ।

दार्जिलिङ र सिक्किममा पनि 'धर्मा'

नेपाली भाषी बहुल भारतका दार्जिलिङ र सिक्किममा पनि नेपाली सिनेमा 'धर्मा' प्रदर्शन गरिने भएको छ । ती स्थानमा पब्लिसिटीका लागि निर्माता र निर्देशकसहितको 'धर्मा' टीम बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । पूर्वबाहेक मध्य र पश्चिम नेपालमा रिलिज भएर गुड रिभ्यू बटुलिरहेको मनिषा कोइराला र राजेश हमाल स्टारर यो चलचित्र त्यहाँका दर्शक र प्रदर्शकको माग बमोजिम प्रदर्शन गर्न लागिएको जानकारी निर्देशक दीपेन्द्र के. खनालले मेरोसिनेमालाई दिए ।
'धर्मा' टीमले ती दुइ स्थानमा चलचित्रको पब्लिसिटी पनि गर्नेछ । टीममा निर्देशक खनालसहित निर्मात्री डा. दुर्गा पोखरेल, अभिनेताहरु शंकर र माधव आचार्य, संयोग पोखरेल लगायत छन् । 'त्यहाँका दर्शकको माग बमोजिम सिनेमा प्रदर्शन गर्नेछौं' उनले भने 'प्रवासी दर्शकहरु धर्मा हेर्न आतुर छन् र मनिषा दिदीको क्रेजले उनीहरुको आतुरतामा घिउ थपेको छ ।'
पूर्वी नेपालमा आगामी साता पनि 'धर्मा' रिलिज हुने टुंगो छैन । रिलिज अनिश्चित भएपनि पूर्वी थिएटरमा धर्मा प्रमोसन गरिनेछ । पूर्वमा रिलिजलगत्तै अभिनेत्री मनिषा कोइराला गृहनगर विराटनगर प्रमोसनमा जाने कार्यक्रम छ । यतिबेला 'धर्मा' मध्य र पश्चिम नेपालमा दोस्रो सातामा प्रदर्शन भैरहेको छ । भारतीय सिनेमा सर्भर यूएफओमा पनि 'धर्मा' प्रदर्शनरत छ । गोर्खाल्यान्ड र राष्ट्रियताका लागि लडिरहेका दार्जिलिङ र सिक्किमबासीमा आफ्नो सिनेमाले सकारात्मक प्रभाव पार्ने आशा निर्देशक खनालको छ ।

झरनाले छाडिन् सिनेमा

नेपाली सिनेमाका लागि दुःखद खबर -अभिनेत्री झरना बज्राचार्यले आइन्दा कुनैपनि ब्यावसायिक सिनेमा नखेल्ने घोषणा गरेकी छिन् । पछिल्लो प्रोजेक्ट 'कोही…मेरो'पछि निष्क्रियप्रायः पूर्वमिस नेपालले मेरोसिनेमासँग भनिन् 'अबदेखि म कुनैपनि कमर्सियल सिनेमाहरु गर्दिन । यसलाई मेरो सन्यास नै मान्नुस ।' यद्यपी अफविट र लघुचलचित्रका विकल्पहरु भने खुला राखेकी छिन् उनले । भनिन् 'पछिल्लो सट्फिल्म पनि साथीको दवावमा गरेकी हुँ । मेरो रुचि थिएन ।'
'वास्तवमा सिनेमा खेल्ने कुराप्रति मभित्र इच्छाशक्ति र रुचि नै छैन' झरनाले भनिन् 'त्यसमा पनि कमर्सियल सिनेमाहरु त गर्दिन ।' चलचित्रप्रति आफ्नो आशक्ति र लगाव टुटेको उनको भनाई छ । 'राम्रो पाए अफविट फिल्महरु गर्छु तर अफविट फिल्म पनि गर्ने इच्छाशक्ति नै छैन' भन्छिन् 'यसलाई मैले फिल्म लाइन छाडेको मान्नुस ।' कमर्सियल चलचित्र नखेल्ने अभिव्यक्तका कारण भने उनले खुलाइनन् । आफ्नो पस्रनल वेभसाइटमा पनि उनले आफू अन्जानवश नै सिनेमामा लागेको स्वीकारोक्ती उल्लेख गरेकी छन् ।
चलचित्र 'हतियार'बाट रजतपट डेब्यु गरेकी झरनाद्धारा अभिनित 'कोही…मेरो' पछिल्लो ब्यावसायिक सिनेमा हो । जुन सिनेमा पनि उनले साथी निर्देशक आलोक नेम्वाङको दवावमा खेलेकी थिइन् । झरना पछिल्लो समय घरमै रहेर अध्यात्मिक जीवन जिइरहेकी छिन् भने समाजसेवामा पनि उत्तिकै सक्रीय छिन् । अघिल्लो महिना उनी खाँदबारी पुगेर पुस्तकालय स्थापनामा सहयोग गरिन् भने अन्य स्थानमा पनि पुस्तकालय खोल्न सक्रीय छिन् । एउटा ग्लोबल फाउन्डेसन रुम टु रीडमार्फत उनी शिक्षासेवामा सक्रीय छिन्

मुख खोलिन् नम्रताले

नायिका नम्रता श्रेष्ठको सेक्स टेप प्रकरण नेपाली चलचित्र उद्योगका निम्ति कालो पाटो थियो । खुला र उदार विदेशी चलचित्र उद्योगका सेलिब्रेटीहरूको पनि यस प्रकारको व्यक्तिगत यौनसम्बन्धको भिडियो विरलै सार्वजनिक हुने अवस्थामा नेपाली चलचित्र उद्योगकी आशलाग्दी नायिकाको उक्त प्रकरण वास्तवमै बिर्सनलायक घटना थियो । अगस्ट २००९ को उक्त घटनाले नेपाली समाजमा एक प्रकारको तरंग ल्याएको थियो । डिजे तान्त्रिकका नामले चिनिएका संगीतकर्मी किचमान चित्रकारसँगको सेक्स भिडियो सार्वजनिक भएलगत्तै नम्रताको करियर पनि धर्मराउन पुग्यो । नम्रताद्वारा अभिनीत सफल चलचित्र मेरो एउटा साथी छ प्रदर्शनमा आएलगत्तै उक्त टेप सार्वजनिक भएको थियो । उक्त टेप सार्वजनिक हुनुको कारण एवं दोषीका सम्बन्धमा भन्न सक्ने अवस्था अहिलेसम्म नभए पनि धेरैले नम्रताको जीवनमा डिजे तान्त्रिकले खेलबाड गरेको बुझे । स्वयं नम्रताले पनि आफूले विश्वास गरेको मानिसबाटै धोका पाएको कुरा आफ्ना निकटस्थहरूलाई बताइन् । टेप प्रकरणलगत्तै रेस्टुराँ व्यवसायमा सीमित भएकी नम्रतालाई साथी रेमन श्रेष्ठले बलियो साथ दिएका थिए, तर हाल नम्रता रेस्टुराँ व्यवसायमा रेमनसँग पनि अलग्गिसकेको बताइन्छ ।सेक्स टेप प्रकरण सार्वजनिक भएपछि नम्रता यो विषयमा सधैं मौन रहन चाहिन् । विभिन्न सञ्चारमाध्यमले उक्त टेप हेरेर त्यसका आधारमा समाचार बनाएको हुनाले उनले पत्रकार सम्मेलन गरेर आफ्नो पक्ष स्पष्ट गर्ने योजना बनाए पनि त्यो योजना त्यत्तिकै तुहियो । त्यसपछि पनि उनले यसका बारेमा कसैसँग कुरा गर्न चाहिनन् । केही समयअघि काठमाडौंबाट प्रकाशित हुने एक अंग्रेजी अखबारमा उनले सेक्सटेप प्रकरणका सम्बन्धमा मुख खोलिन्, जसमा उनले आफ्नो कुनै गल्ती नभएको बताउँदै उक्त घटनाप्रति ग्लानि नभएको बताएकी छिन् ।

अन्तर्वार्तामा भनिएको छ, 'सेक्स टेप प्रकरणपछि धेरै पक्षको जोखिम लिएर पनि नम्रताले आघात सहन सक्ने साहस बटुलेकी छिन् ।' उक्त प्रकरण सार्वजनिक भएको करिब एक वर्षपछि दिइएको भेटवार्तामा भनिएको छ- 'सेक्स टेप प्रकरण छताछुल्ल भएपछि भर्खरै सुरु भएको उनको करियरमा गम्भीर धक्का पुग्यो । सेक्सटेप सार्वजनिक भएलगत्तै उनका सपोर्टर र प्रशंसकहरू नराम्रोसँग झस्किए । केही वर्षअघि सञ्चार माध्यममा नांगो तस्बिर छापिएका कारण एक नायिकाले आत्महत्या गरेको घटनालाई स्मरण गर्नुपर्ने बाध्यता नम्रताको सेक्स टेप प्रकरणले ल्याएको थियो । नम्रताले पनि तिनै नायिकाको बाटो समाउन बाध्य हुनुपर्छ भन्ने अनुमान धेरैको थियो, नम्रताले आत्महत्या गरेको समाचार पनि अफवाहका रूपमा उत्तिकै फैलिरहेको थियो ।'अन्तर्वार्तामा सेक्स स्क्यान्डल बास्नादर बकबास मात्र भएको कुरा उल्लेख छ । यस अर्थमा नम्रताको भिडियो हेर्नेहरू भाग्यमानी ठहरिए, तर लेखले तत्कालै भन्छ, तर नम्रताका लागि त्यो केवल नराम्रो सपना थियो । उनी नकारात्मक खे लको सिकार भएकी थिइन् ।

कुराकानीका क्रममा नम्रताले आफू उक्त स्क्यान्डलपछि पनि जीवित रहेको, कहिल्यै आत्महत्याको बाटोमा नजाने कुरा बताउँदै जीवन सुन्दर भएकाले यसको पर्याप्त उपयोगमा लाग्ने बताएकी छिन् । घटनालगत्तैको ६ साता भूमिगत हुँदा नम्रताले आत्महत्या गरिन् भन्नेहरूलाई थप्पड दिन नै साहस बटुलेर आफू अगाडि आएको उनी बताउँछिन् । नम्रता पछिल्ला दिनमा नायक दिलिप रायमाझीले निर्माण गरिरहेको चलचित्र मिस युमा मुख्य कलाकारका रूपमा अभिनय गरिरहेकी छिन् । त्यस्तै प्रचण्डमान श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको चलचित्र पर्पल डेजका लागि निर्माता प्रभुशम्सेर राणाले उनलाई पाँच लाख रुपैयाँ पारिश्रमिक दिने शर्तमा अनुबन्ध गरिसकेका छन् । यदि त्यसो हो भने उनी ने पाली चलचित्र क्षेत्रमा अहिलेसम्मकै सर्वाधिक पारिश्रमिक लिने नायिका हुनेछिन् । वेश्यावृत्तिमा आधारित उक्त चलचित्रको कथा वास्तविक भएको बताइएको छ । 'वास्तविक सेक्सटेप प्रकरणले मलाई एक प्रकारको सक दियो,' नम्रताले अंग्रेजी अखबारलाई भनेकी छिन्- 'मेरो नितान्त व्यक्तिगत क्रियाकलापको भिडियो सार्वजनिक भैसकेपछि मेरो मस्तिष्कमा पनि लाखौं सोच मडराएका थिए ।' सेक्सटेप प्रकरण सम्भ“mदै उनले भनेकी छिन्- 'उक्त घटनालाई हल्का रूपमा लिन सकिने अवस्था थिएन । विभिन्न पत्रपत्रिकामा आएका समाचारका कारण म सडकमा हिँड्न सक्ने अवस्थामा थिइन् ।'पत्रिका लेख्छ- 'लाखौं सोच मनमा आएका कारण उनी अब के गर्ने भन्ने दुविधामा थिइन् । त्यसै बेला उनले प्रेस कन्फरेन्स गर्ने योजना बनाइन्, तर उक्त योजना स्थगित भयो । जतिबेला सेक्स टेप सार्वजनिक भयो, त्यसबेला उनी अध्ययनका लागि विदेश जाने तयारी गरिरहेकी थिइन्, तर त्यो ढोका पनि उनका लागि बन्द भैसकेको थियो । घटनाबाट आश्चर्यचकित भए पनि परिवारले नम्रतालाई बलियो ढाडस दियो । 'यदि मेरा अभिभावक साथमा नभएका भए म मेरो अस्तित्व रक्षाको लडाइँमा सफल हुन्नथेँ,' उनले भनिन् । जबकि उनका अभिभावक उच्च शिक्षाका लागि नम्रतालाई विदेशमा पठाउन चाहिरहेकै बेला उक्त घटना सार्वजनिक भएको थियो, तर अभिभावकले घटना सार्वजनिक भएलगत्तै निर्णय बदलेर नेपालमै बसेर भिडियो स्कान्डलविरुद्ध लड्न प्रेरित गरे । आफूलाई विदेश जान रोकेर परिस्थितिको सामना गर्न बाबुआमाले हौसला दिएको दाबी नम्रताको छ ।आमसञ्चार तथा पत्रकारितामा स्नातक उत्तीर्ण नम्रताले सेक्स टेप प्रकरणमा आफूलाई मुछेर बनाइएका समाचारहरूलाई पीत पत्रकारिताको संज्ञा दिएकी छिन् । 'मैले केही वर्षअघि एल्लो जर्नालिज्म पढेको थिएँ,' उनले भनिन्- 'अहिले त्यो भनेको के हो भन्ने थाहा पाएँ ।'

नेपाली समाजमा जहाँ महिलाहरू दबिएको भावना, धैर्यको जीवन बाँचिरहेका हुन्छन्, उनीहरूबाट धेरै कुराको अपेक्षा मात्र राखिन्छ, त्यहाँ टेपप्रकरणले सनसनी मच्चाएको थियो । त्यस्तो अवस्थामा एउटी नायिकाका रूपमा परिचित व्यक्तिले आत्मसम्मानका लागि लड्नुपर्ने उक्त घटना नम्रताका लागि महत्वपूर्ण पक्ष बनेको उनले बताएकी छिन् । नम्रताले भनेकी छिन्- 'मैले विश्वास गरेका मानिसहरूले समेत मलाई त्यो कठिन यात्रामा सहयोग गरेनन् ।'घटनापछि नायिका एवं मोडलको उनको स्टारडमलाई तत्काल बचाउन नसके पनि उनले उक्त घटनाका कारण आत्मग्लानि नभएको बताएकी छिन् । 'मेरो के गल्ती थियो ? उनले प्रश्न गर्दै भनेकी छिन्- 'कसैलाई माया गर्नु, कसैप्रति विश्वास गर्नु अथवा नायिका बन्नु वा नेपाल जस्तो पुरातन सोच भएको मुलुकमा जन्मिनु ?'केही समयअघि बीच नेपाली क्रिकेटको ब्रान्ड एम्बेसडर भएकी नम्रताले भनेकी छिन्- अब म पुरानै लयमा र्फकने प्रयासमा छु, त्यो घटनाले मलाई आहत गरे पनि अबको जीवनमा त्यो पीडालाई आत्मसाथ गरेर होसियारीका साथ कदम चाल्नेछु ।' कुराकानीका क्रममा उनले भनेकी छिन्- 'त्यो घटनाबाट मैले धेरै कुरा सिक्ने मौका पाएकी छु, जीवनको उतारचढावको यो श्रृंखलाले मलाई मानवीय व्यवहारका लागि सचेत गराएको छ । म अझ बढी जिम्मेवार भएकी छु । मै ले के गर्ने के नगर्ने थाहा पाएकी छु ।'मैले सही ढंगमा जीवन चलाउने शिक्षा पाएकी छु, मैले म आफैंमा कति महत्वपूर्ण छु, अरू आममानिसका निम्ति कति महत्त्वपूर्ण छु भन्ने थाहा पाएँ, त्यसकारण मैले आफूले आफूलाई अझ धेरै माया गर्न थालेकी छु ।

संख्या बढाउन मात्रै

भनिन्छ, प्रेम अन्धो हुन्छ । हुन पनि कतिपय प्रेमीहरू मन पर्ने व्यक्तिको माया पाउन जस्तोसुकै हर्कत गर्न पनि पछि पर्दैनन् । तर त्याग पनि प्रेम हो भन्ने पनि नभएका होइनन् ।राजधानीका केही हलमा चलिरहेको 'तिमी मात्र तिमी' ले पनि त्याग/बलिदानमा पनि प्रेम लुकेको हुन्छ भन्ने तर्कलाई बल दिएको छ । एक मूकपात्र रजनी -झरना थापा) को एकतर्फी प्रेमलाई केन्द्रबिन्दुमा राखेर कृष्ण थापाले फिल्म लेखेका हुन् । रजनीले आठ वर्षअघि बस दुर्घटनामा बाबुआमा गुमाएको पीडाले आवाज गुमाएकी हुन्छे ।बैंसालु उमेरमा हिँडिरहेकी रजनीको बोली गुमेपछि ऊ आफूले एकोहोरो मन पराउँदै आएको आकाश -राजबल्लभ कोइराला) लाई मनभरीको कुरा सुनाउन सक्दिन । आफ्ना भावना अभिव्यक्त गर्न पेन्टिङको सहारा लिन्छे ।

एनआर फिल्म्स ब्यानरमा निरज ढकाल निर्मित तथा योगेश घिमिरे निर्देशित 'तिमी मात्र तिमी' मा रजनीले सानैदेखिको साथी आकाशलाई जीवनसाथी मानेर एउटा पेन्टिङ बनाएकी हुन्छे । तर आफ्नो एकतर्फी प्रेमका बारेमा उसले आकाशलाई समयमै थाहा दिन सकेकी हुन्न । आकाश आफ्नै साथी वषर्ा -नन्दिता केसी) सँग बिहे गर्ने खबर पाएपछि रजनी आहत बन्छे । जीवनमा दोस्रोपटक खेपेको ठूलो पीडाले उसलाई पागलतुल्य बनाइदिन्छ । ऊ वषर्ालाई मारेर भए पनि आकाशलाई पाउने कोसिसमा लाग्छे ।
उक्त फिल्मको प्लस प्वाइन्ट भनेको कथामा केही नयाँपन हो । तर मूलकथालाई बल पुग्ने गरी पटकथा गतिलो हुन सकेको छैन । फिल्म आउट अफ ट्रयाक भएको छ । सवा दुई घन्टा लामो फिल्मको मध्यान्तरसम्म रजनीको पीडामा सहानुभूति देखाउने दर्शक त्यसपछि उसको खलनायकी रूप देखेपछि अन्योलमा पर्न बाध्य हुन्छन् ।मूल पात्रलाई क्रूर बनाइदिएपछि उसले दर्शकको सहानुभूति गुमाउनु स्वाभाविक हो । तर पटकथा कतिसम्म फितलो छ भने रजनीको सिकार बनेको आकाशले पनि त्यो सहानुभूति पाउन सक्दैन । आकाशको रजनीप्रतिको अस्वाभाविक घृणा त्यसको कारक बनेको छ । प्रेमको आलाप र नपाउँदाको पीडामा पागल बन्नुको नियतिलाई दृश्यमा ठीकसँग उतार्न नसक्दा रजनी पागलप्रेमीभन्दा हत्यारा देखिन पुगेकी छ । निर्देशकले दर्शकलाई पात्रसँगै डोर्‍याउनबाट चुक्दा फिल्मको अन्त्यमा रजनीले प्रेमका लागि गरेको बलिदान पनि दर्शकलाई सस्तो लाग्छ ।

फिल्मका कमजोरी एक-दुइटा मात्रै छैनन् । झरनाले मूकपात्रको भूमिकामा छिन्, तर उनको अभिनयले कहीँ पनि त्यस्तो छनक दिन सकेको छैन । नायिकाको अभिव्यक्तिको माध्यम बनेको पेन्टिङ पनि केही न कामको छ । द्वन्द्वका दृश्यमा समेत नयाँपन छैन । पाकेटमारलाई रजनीले खुला ठाउँमा पिट्दाको दृश्यमा सुटिङ हेर्न आएका रमितेसमेत देखिनु अर्को अस्वाभाविकता हो । अन्जानमै फिल्मको पात्र बन्न पुगेको भीडले पाकेटमारले खाएको पिटाइमा मनोरञ्जन लिइरहेको देखिन्छ ।त्यस्तै, अर्को दृश्यमा गाडी दुर्घटनामा बाह्र हातमाथि उचालिएर थेचारिएको पात्र खुट्टा खोच्याउने अवस्थामा मात्रै पुग्नु तर केही समयपछि आफैं ठीक भई उसले अरूलाई इन्तु न चिन्तु हुने गरी कुटपिट गरेको दृश्यले फिल्मलाई झन् हास्यास्पद बनाएको छ ।समन अधिकारी र गोविन्द प्रभातको नृत्यनिर्देशन सामान्य छ । संगीतमा ताराप्रकाश लिम्बूले आफूलाई चिनाउने कोसिस गरेका छन् । समग्रमा 'तिमी मात्र तिमी' ले नेपाली फिल्मको सूची लम्ब्याउनेबाहेक खासै योगदान गरेको छैन

कलेक्सन करोड नाघ्यो

लाहुरेको कथामा आधारित चलचित्र 'गोर्खापल्टन'ले डिजिटल सिनेमा नेपालको बक्सअफिसमा आइतबार कलेक्सन एक करोड नघाएको छ । दोस्रो साता पनि राम्रो पिकअप गरिरहेको नारायण रायमाझी निर्देशित चलचित्रले दोस्रो साताको तेस्रो दिनसम्म आफ्नो ग्रस रिभेन्यू १ करोड १५ लाख कायम गर्‍यो । खासगरी मोफसलका सिङ्गल थिएटरमा 'गोर्खापल्टन'को पिकअप अझै उत्साहजनक छ । सप्ताहन्तको ओपनिङमा 'गोर्खापल्टन' ७६ लाखमा अनमार्क थियो ।अहिले देशभरका डिसिएन सर्भर जडित ४४ थिएटरमा 'गोर्खापल्टन' स्क्रिनिङ भैरहेको छ । डीसीएन वितरण इन्चार्ज दीपक दंगालले पोखरा, बुटवल, धरान, नेपालगन्ज लगायतका लाहुरे र जनजाति बहुल स्थानका सिनेमा घरमा चलचित्रले कलेक्सनलाई गति दिइरहेको बताए । 'उपत्यकाभन्दा पनि मोफसलका प्रमुख सहरमा फिल्मको चर्चा र चासो दुवै छ' दंगालले भने 'मौलिक कथा र प्रशान्त तामाङको लोकप्रियताले पनि फिल्मलाई ऊर्जा दिएको छ ।'
आफ्नो अघिल्लो फ्लप चलचित्र 'कोही…मेरो'को रिभ्यूबाट निराश बनेका निर्माता वंशल दाजुभाईलाई पछिल्लो प्रोजेक्टले उत्साह दिइरहेको छ । निर्मातामात्र होइन डेब्यु निर्देशक नारायण रायमाझीलाई पनि नेपाली सिनेमामा स्थापित हुने मार्गप्रशस्त गरिदिएको छ 'गोर्खापल्टन'ले । हिरो प्रशान्त तामाङ पनि रिभ्यूबाट निकै उत्साहित छन् ।कलेक्सनको दौडमा 'फस्टलभ'लाई पछ्याइरहेको 'गोर्खापल्टन'को पिकअपले कस्तो मोड लिन्छ शुक्रवारसम्म कुर्नुपर्ने हुन्छ । यदि तेस्रो सातासम्म पनि पिकअप जारी राख्यो भने 'गोर्खापल्टन'ले 'फस्टलभ'को कलेक्सनलाई पनि उछिन्ने आधार निर्माण हुन्छ ।

'फस्टलभ' नै अगाडि

सविर श्रेष्ठ निर्देशित 'कसले चोर्‍यो मेरो मन'ले दोस्रो सातासम्म पनि 'फस्टलभ'को कलेक्सन अनुपातलाई भेट्टाउन सकिरहेको छैन । निर्माताले रेकर्ड ब्रेक गरेको दावी गरेपनि वितरक डिजिटल सिनेमा नेपाल (डीसीएन)अन्तर्गत बक्सअफिसको कलेक्सनले छवि ओझको उक्त दावीलाई उल्ट्याइदिएको छ । सिमोस सुनुवार निर्देशित 'फस्टलभ'ले पहिलो साता ८५ लाखको जबर्जस्त ओपनिङ गरेको थियो जब कि सविर निर्देशित 'कसले चोर्‍यो मेरो मन'ले ६७ लाख मात्र । यी दुईबीच १८ लाखको ओपनिङ अन्तर छ ।'फस्टलभ'ले उपत्यकाका सिङ्गल र मल्टिप्लेक्स दुवैमा चौंथो सातासम्म उत्साहजनक पिकअप गरिरहेपनि दोस्रो सातामै 'कसले चोर्‍यो मेरो मन'थिएटरबाट उत्रिएको छ । छवि ओझाको यो चलचित्रले सहरका मल्टिप्लेक्स दर्शकको मन जित्न सकेन । राजधानीको प्रमुख मल्टिप्लेक्स कुमारीबाट शुक्रवार 'कसले चोर्‍यो मेरो मन'उत्रिएको छ । यो फिल्मलाई बलिउड चलचित्र 'आक्रोश' र 'रक्तचरित्र'ले रिप्लेस गरिदिएका छन् । यद्यपी कलेक्सनको दौडमा 'कसले चोर्‍यो मेरो मन'ले 'फस्टलभ'लाई पछ्याउँदै गरेको कुरा निर्विवाद छ ।

पहिलो सातामै'कसले चोर्‍यो मेरो मन'अर्को चलचित्र 'फस्टलभ'माथि हावी भएको बताइएपनि तथ्यांकले त्यो बताउँदैन । झन्डै १ करोड ८० लाख ग्रस बटुलेको 'फस्टलभ'लाई कलेक्सनको दौडमा उछिन्ने सम्भावना टरिसकेको छ । यदि 'फस्टलभ'को रिभेन्यूलाई माथ गर्न 'कसले चोर्‍यो मेरो मन'ले जसरी भएपनि ६० प्रतिशत ओपनिङ गर्न सक्नुपथ्र्यो । तर, परिणाम; फिल्मको ओपनिङमै थिएटर सुनसान रहे । यद्यपी रेखा थापाको 'स्टारडम'माथि टेकेर यो फिल्मले मोफसलमा सन्तोषजनक कलेक्सन गर्‍यो र गरिरहेको छ । यद्यपी 'फस्टलभ'लाई दौडमा जित्ने आधार बलिया छैनन् ।चलचित्र समीक्षकहरु यी दुई सिनेमाबीच ब्यापार अन्तर हुनुमा 'दर्शक-विभाजित' प्रमुख कारण बताउँछन् । जस्तो : 'फस्टलभ'ले सबै वर्गका दर्शक मास अडिएन्सलाई समेटेको थियो भने 'कसले चोर्‍यो मेरो मन'ले 'ग्रामिण र अर्धबजारिया' दर्शकलाई मात्र । दोस्रो पक्ष; यी दुई सिनेमाबीच पब्लिसिटीको शैलीमा धेरै अन्तर थियो । नाम र पोस्टरजस्ता आवरणले पनि दर्शक फिल्म हेर्न थिएटरसम्म पुगेका थिए । तर 'फस्टलभ'पछि प्रदर्शन हुने चलचित्रमध्ये 'कसले चोर्‍यो मेरो मन'ले कलेक्सनको दौडमा आलोक नेम्वाङ निर्देशित 'कोही…मेरो'लाई भने उछिनेको छ ।

नम्रताले थालिन् डेटिङ


कलिउड 'डिभा' नम्रता श्रेष्ठलाई बल्ल डेट्मा जाने मौका मिलेछ । 'मिस यू' हिरोइनले डेटमा रोमान्स गर्ने चान्स पाएकी छिन् । डेट् जान पाएकोमा गद्गद् मात्र छैनिन् उत्साही पनि बनेकी छिन् । उनको डेटिङ व्वाइफ्रेन्डसँग भने होइन फ्यानसँग हो । डेटिङ पनि एकान्त र रमणीय लोकेसनमा होइन लाजिम्पाटस्थित आफ्नै रेष्टुराँ एटिकमा । शुक्रवार आठजना प्रशंसकसँग नम्रता डेट गइन् । दसैंअघिदेखि संचालनमा आएको एठ्-डी सिनेमाले उनलाई डेटिङको मेसो मिलाइदिएको हो ।नम्रता एठ्-डी सिनेमाकी ब्रान्ड एम्बेसडर हुन् । उक्त सिनेमाबाट हप्तैपिच्छे छानिने भाग्यमानी विजेतासँग नम्रता डेटिङ पुग्नेछिन् । प्रत्येक साता छानिने विजेताहरु नम्रतासँग भेटेर सँगै बुइँगलको कफि पिउन पाउनेछन् । 'निकै उत्साही छु' डेटमा भेटिएकी नम्रताले मेरोसिनेमासँग भनिन् 'यसले फ्यानसँग प्रत्यक्ष अन्तकि्रया गर्ने र कफिगफ गर्ने मौका मिलाइदिएको छ ।'

सुटिङ भैरहेको दिलीप रायमाझीको सिनेमा 'मिस यू'बाट समय निकालेर नम्रता एठ्-डी सिनेमाको पब्लिसिटीमा जुटिरहेकी छिन् । उक्त सिनेमाका लागि नम्रताले फोटोसुट पनि गर्दैछिन् । वास्तविक व्वाइफ्रेन्डसँग डेट जान नपाएपनि हिरोइनलाई फ्यानसँगै भएपनि डेटिङ जाने मौका मिलेको छ । कहिले व्वाइफ्रेन्डसँग डेटमा निस्किन्छिन् उनी यो त उनको गोजीको कुरा ।

अक्षयकुमारसँग उषा

नेपाली चलचित्रकी नायिका उषा पौडेल बलिउड स्टार अक्षयकुमारले होस्ट गर्न लागेको टीभी रियालिटी सोमा सहभागी हुँदैछिन् । स्टार प्लसबाट चाँडै नै प्रसारण हुन लागेको रियालिटी सो 'मास्टर सेफ'मा हिरो अक्षयसँगै नेपाली हिरोइन उषालाई पनि देख्न पाइनेछ । तीन महिनादेखि मुम्बइमा रहँदै आएकी उषाले उक्त सोमा सहभागि हुन पकाउने तालिमहरु पनि लिएकी छिन् ।
आउँदो महिना यो रियालिटी सो प्रसारण हुँदैछ । 'उक्त रियालिटीमा सोमा म पनि सहभागी हुँदैछु, जसका लागि पकाउने कलाका तालिम पनि लिएकी छु' उषाले आफ्नो सहभागिताबारे भनिन् 'मैले मौलिक नेपाली खाना बनाएर सहभागि हुनेछु ।' उक्त सोमा गुजराती, बंगाली, मराठी लगायतका खाना पनि प्रस्तुत हुँदैछन् । अक्षयकुमारले प्रस्तुत गर्ने कार्यक्रममा आफू सहभागी हुन पाउँदा उषाले खुशि व्यक्त गरिन् ।

उक्त रियालिटी सोको प्रोमो टेलिभिजनमा पनि प्रसारण हुन थालेको छ । उक्त प्रोमोमा हिरोइन उषा पनि देखिन थालेकी छिन् । राहुल रोयले डाकेर मुम्बइ पुगेकी अनुमान गरिएकी उषा उक्त रियालिटी सो समापन भएपछि स्वदेशी फर्कने तयारीमा छिन् । नेपाली दर्शकका लागि पनि लोकपि्रय स्टार प्लसको उक्त सो स्वदेशमा पनि पर्खाइको विषय बनेको छ ।

रेखाले खोलिन फेसबुक आईडी

नायिका रेखा थापाले अनलाईन सामाजिक सञ्जाल फेसबुक आईडी खोलेकी छिन् । आफ्ना फ्यानहरूलाई चलचित्रका बारे जानकारी गराउन उनले सोमबार बेलुकी सो आइडी खोलेकी हुन । शिवजी लामिछानेले निर्देशन गरिहेको चलचित्र जलजलाको सुटिङको लागि पोखरामा रहेकी नायिका थापाले स्थानिय गणेश ढकालको आग्रहमा सो आईडी खोलेको फिल्मीखरलाई बताएकी छिन् । फोनमा कुरा गर्दै उनले भनिन् 'मैले च्याट-स्याट गर्नलाई यो आईडी खोलेको हैन मात्र आफ्नो फिल्मको बारेमा जानकारी गराउन खोलेको हु ।'

पछिल्लो चरणमा चलचित्रकर्मीहरुले आफ्नो फिल्मलाई प्रोमोशन गर्नको लागि फेसबुकको सहयता लिईरहेको बेला रेखाले पनि आफ्नो पाँचौ प्रोजेक्टको चलचित्र 'कसले चोर्‍यो मेरो मन'को पब्लिसिटीका लागि फेसबुकलाई रोजेकी हुन । उनले फेसबुकको प्रोफाईलमा राजकुमारीको पहिरन सहितको एउटा मात्र फोटो प्रयोग गरेकी छिन् ।यस्तै प्रोफाईल संगै उनले कसले चोर्‍यो मेरो मन टाईटल दिदै १० वटा फोटो सहितको अर्को फोटो एल्बम पनि तयार गरेकी छिन् । सो एल्बमका सबै तस्बिरहरू कसले चोर्‍यो मेरो मनको हो । फेसबुक आईडी खोले लगत्तै उनले आफुलाई डेब्यू गराएका निर्देशक नरेश पौडेल, आफ्नै चलचित्र निर्देशन गरेका निर्देशक सबिर श्रेष्ठ साथै श्याम भट्टराई लगायत अन्य दुईलाई उनले आफ्नो फेसबुक फ्रेण्ड बनाएकी छिन् । अब फ्रेण्डको त बर्षा होला नि भन्ने फिल्मीखबरको प्रश्नमा उनले भनिन 'बर्षा भए हुन्छ म सवैलाई एसेप्ट गर्छु।' यहिँ आउदो असोज २९ गते देखि देश व्यापी रूपमा उनको चलचित्र प्रदर्शनमा आउदै छ । प्रदर्शन पूर्व निकै चर्चामा रहेको सो चलचत्रिमा नायक आर्यन सिग्देल र रेखाको जोडी निकै जमेको निर्माण पक्षले बताउदै आएको छ ।

रेजिनालाई एक पछि अर्को अफर

पछिल्लो चरणमा नायिका रेजिना उप्रेतीले धमाधम नयाँ चलचित्रमा खेल्ने अबसर पाईराखेकी छिन् । १५ दिन अघि चलचित्र 'प्रेम बिवाह'मा मा अनुबन्धीत भएकी नायिका उप्रेतीले मंगलबारबाट पुनः अर्को चलचित्र 'महानता'मा अभिनय गर्ने मौका पाएकी छिन् ।

यि चलचित्र सँगै रेजिनाले शोभित बस्नेतको चलचित्र 'युवराज' र जय किशन बस्नेतको चलचित्र 'तँ त सार्है नै सप्रिस नि बद्री' मा अभिनय गर्दैछिन् । रेजिनाले ९ बर्षको अवधिमा पाँच दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् ।श्रीकृष्ण फिल्मस् एण्ड डान्स सेन्टर प्रा.लि तेस्रो प्रस्तुती रहेको सो चलचित्रको मंगलबार बिहान शुभ मुहुर्त गरिएको छ । राजेश हमाल, सुवास मेचे , रेजिना उप्रेती, रोहित कुमार तथा स्माइल श्रेष्ठको मुख्य भूमिकामा रहने सो चलचित्रका निर्देशक राजेन्द्र कुमार थापा हुन ।श्रीकृष्ण डंगोलको प्रस्तुती रहेको सो चलचित्रमा सुर्य दयालुको संगीत, केशव अधिकारीको छायाकंन र कुमार श्रेष्ठको द्धन्द्ध रहने छ । यस्तै शुभ मुहुर्त समारोहमा महानता पछी अर्को चलचित्र 'धर्म वीर' पनि निर्माण गरिने घोषणा गरिएको छ ।

सुन्धारामा खुल्यो मल्टिप्लेक्स हल

राजधानीको मुटु भनेर चिनिने सुन्धारमा क्वेष्ट इन्टरटेन्टमेन्टले मल्टिप्लेक्स हल सञ्चालनमा ल्याएको छ । मंगलबार साँझ चलचित्रकर्मीहरूको ठूलो जमघटका बीच सो हलको औपचारिक उद्घाटन गरिएको हो ।
क्यू एफ एक्स अर्न्तगत सेन्ट्रल सिनेमाको नामकरण दिएको सो हल सुन्धारबाट त्रिपुरेश्वर जाने दाया साइडमा सिभिल मलको सातौ तल्लामा अवस्थित छ । सो मल्टिप्लेक्समा एक साथ तीन चलचित्र हेर्न सकिने छ । जसमा एउटामा थ्रीडी फर्मयाटमा बनेको चलचित्र, अर्कोमा अंग्रेजी र बाकी रहेको एउटामा हिन्दी र नेपाली चलचित्र दर्शकले हेर्न सक्ने छन् । क्यू एफ एक्स अर्न्तगत दक्षिण एसियामै पहिलो पटक उच्च स्तरको प्रविधि सेन्ट्रलमा जडान गरिएको क्वेष्टले दाबी गरेको छ ।


ती तीनवटा हलमा जम्मा ९ सय ४० सिट संख्या रहेको छ । यस अघि सिङ्गल स्त्रिmनमा राजधानीको हात्तिसारमा जय नेपाल र कमलपोखरीमा कुमारी सिनेमा घर खोलेको क्वेष्टले सेन्ट्रललाई प्रमुख सिनेमा भवनको संज्ञा दिएको छ ।

राजधानीमा स्पेनिस चलचित्र महोत्सव

आइतबारदेखि राजधानीमा दुईदिने स्पेनिस चलचित्र महोत्सव हुँदैछ । स्पेनिस राजदुतावास र नेपालस्थित अवैतानिक दुतको संयुक्त आयोजनामा कमल पोखरीस्थित रसियन कल्चरल सेन्टरमा आयोजना हुँदैछ ।

महोत्सवमा स्पेनको जीनवशैली र रहनसहनका चार स्पेनिस चलचित्र प्रदर्शन गरिने छन्। सन् १९९० देखि सन् २००१ सम्ममा बनेका यी चलचित्रले फरक फरक विषय प्रस्तुत गर्ने आयोजकले जानकारी गराएका छन्।

एस् फेमिली ऋचा

नायिका ऋचा घिमिरेलाई अचम्म लागेछ जव उनले आफ्नो सवै परिवारका सदस्यको नाम एस् बाट उठेको चाल पाईन् । त्यो चाल पाएको बिषय उनलाई नौलो लागेछ र सो कुरालाई फेसफुक वालमा लेख्न पनि भ्याईहालिन ।होम प्रोडक्सनको आफ्नो चलचित्र 'वीरताको चिनो' प्रमोशनका लागि लण्डन गएकी नायिका घिमिरेले आफ्नी आमाको नाम, स्वर्गीय पिताको नाम, त्यस्तै दुई जना दाजुको नाम, भाउजू नाम तिनिहरूको छोराछोरीको नाम साथै पतिको नाम र आफ्नो निक नेम समेत अंग्रेजी अक्षर एस बाट उठेको फेसबुक वालमा उल्लेख गरेकी छिन् ।

सबैले उनलाई ऋचा भनेर चिने पनि उनको अर्को नाम सुसी हो । उनको आमाको नाम श्रुती घिमिरे हो । स्वर्गीय पिताको नाम पवन भएपनि उनलाई घरमा शम्भु भनेर बोलाईने गरिन्थ्यो । त्यस्तै उनको जेठो दाईको नाम सन्दिप हो । युरोपमा रहेका उनको कान्छो दाईको नाम निर्मल भएपनि उनलाई घरमा निर्मलको साटो सञ्जय भनेर बोलाउने गरिन्छ । यस्तै उनको भाउजूको नाम शर्मिला, भदाको नाम सम्राट, भदैको नाम सञ्जु र गएको मंसिर महिना देखि न्यू फेमिलीमा इन्ट्री गरेकी ऋचाका पती तथा चलचित्रका निर्देशकको नाम पनि एस बाटै उठेको छ । उनको पतिको नाम शंकर घिमिरे हो ।

१६ लाखमा साइन !

महंगा नायक बिराज भट्टले आइतबार एक भोजपुरी चलचित्रमा महङ्गै साइन गरेका छन् । निर्माताले दिएको जानकारी अनुसार भारतीय रुपैंया १० लाख (नेरु १६ लाख)मा बिराजले भोजपुरी चलचित्र 'सुन् सजना सुन्'मा उक्त रेटमा साइन गरे ।नेपाली चलचित्रका 'गुल्सन गोब्बर' कहलिएका खलनायक भूमिकामा पुष्कर भट्टले पनि साइन गरेका छन् । बिराजले लिड भूमिका निर्वाह गर्ने उक्त चलचित्रमा भोजपुरी चलचित्रका अर्का हिरो रविकिसन, रिङ्क घोष, कुणाल सिँहलाई पनि देख्न पाइनेछ । नायिका भने नेपाली चलचित्रबाट लिने निश्चित छ ।

रोचक कुरा उक्त चलचित्रलाई नेपाली भाषामा पनि निर्माण गरिनेछ । 'पहिलोपटक हामीले सुटिङ स्पटमै दोहोर् याएर एउटै चलचित्रलाई भोजपुरी र नेपाली भाषामा निर्माण गर्छौं' आइतबार मात्र नेपाल आएका चलचित्रका निर्माता विके मिश्रले मेरोसिनेमासँग भने 'पहिलेजस्तो डबिङ गरेर भने होइन ।' उक्त चलचित्रलाई 'प्यारी बहिनी' नेपाली नामाकरण पनि गरिएको छ ।निर्माता मिश्रसँगै निर्देशक आनन्द राव पनि आइतबारै काठमाण्डू आएका छन् । बजार अध्ययन, स्टारर तय, लोकेसन हन्टिङका लागि निर्माता/निर्देशक दुवै नेपाल आएको जानकारी भट्टले दिए । दुवैले सोही दिन नर्लिङ रिसोर्ट, सावित्री सदन, चापागाइँ स्टुडियो घुमेका छन् । चलचित्रमा काठमाण्डू, पोखरा, पाल्पा, महेन्द्रनगर र लुम्बिनीका दृश्य हेर्न पाइने भएको छ ।

कमब्याकमा काली नम्रता !

एकमहिनाको खाडी बसाइपछि आइतबार नेपाल टेक्दा हिरोइन नम्रता श्रेष्ठको अनुहारमा पहिलेको जस्तो चमक देखिएन । मुहार फुङ्ग उडेको र थकित-थकित देखिन्थ्यो । चलचित्र 'मिस यू'को सुटिङका लागि खाडीको मलेसिया पुगेकी नम्रता त्यहाँको गर्मी र धूपले डढेकी थिइन् । यद्यपी उनलाई मलेसियाको सौन्दर्यले भने यति लठ्ठाएछ कि 'होलिडे टुर' पनि मलेसिया मै जाने मुडमा छिन् उनी । उनीसँग काठमाण्डू टेकेका हिरो बरुण राणा पनि उस्तै थिए ।

'घामले डढेर काली छु, फुड प्वाइजनिङ पनि भयो' स्वदेश फर्किएपछि मेरोसिनेमासँग उनी गफिइन् 'तरपनि आइ मिस मलेसिया । निकै राम्रो लोकेसन रहेछ । फेरि पनि घुम्न जान मन छ ।' डुङ्गा दुर्घटनालाई छाडिदिने हो भने नम्रताले मलेसियाको समुन्द्रीतटमा डेप्स्की बोर्ड चलाउन सिकिन् । पेनाङ, क्वालालाम्पुर, चोरवारु घुमिन् । 'समुन्द्री किनारमा निकै रमाइलो भयो । त्यहाँका खाना पनि कति मीठो । क्वालालाम्पुरमा मैले मेरा फ्यानहरु भेटें । मैले अभिनय गरेका फिल्महरु मनपराइदिनुभयो' नम्रताले वर्णन गरिन् 'श्रम बेच्न त्यहाँ जानुभएका दाजुभाइसँग पनि कुरा साटासाट गरें । निकै मायालु लाग्यो ।'एक महिनाको बसाइमा मलेसियामा 'मिस यू'का गीतहरुको सुटिङ गरिएको थियो । सुटिङपछि नेपाल फर्किएकी नम्रताले अब सोमबारदेखि अपकमिङ प्लानहरु बुन्ने बताइन् । प्रचण्ड श्रेष्ठको 'पर्पल डेज'मा पनि नम्रताले काम गर्दैछिन् । अहिले उनी सुरेशदर्पण पोखरेलको निर्देशन र दीलिप रायमाझीको निर्माणमा बनिरहेको फिल्म 'मिस यू'मा काम गरिरहेकी छिन् । जे होस् नम्रताले एकमहिने बसाइको मलेसिया डायरी अवश्य लेख्नेछिन् ।

खुल्यो ऋचाको रहस्य

कुरा 'फस्टलभ' हिरोइन ऋचा शर्माको हो । डेढमहिनादेखि उनले व्यस्त हुनुको रहस्य गुपचुप राख्दै आएकी थिइन् । यतिसम्मकी निर्माणपक्षले कुरा नखोल्न ऋचालाई दवाव दिइरहेका थिए । दवावका बीच ऋचाले मिडियालाई पनि रहस्यमै अल्झाइदिएकी थिइन् । अब भने उनको त्यो रहस्य उद्घाटित भएको छ । आखिर ऋचा अहिले केमा व्यस्त छिन् ? बारम्बारको प्रयासपछि उनले मेरोसिनेमामार्फत कुरा 'रिभिल' गरिन् ।

यतिबेला ऋचा मेगाप्रोजेक्टको टेलिफिल्म 'हाम्रो टीम'मा व्यस्त रहिछिन् । जसका निर्देशक कान्तिपुर टेलिभिजनका भूषण दाहाल हुन् । झन्डै ५० प्रतिशत छायांकन सकिएको यो सिरियलको अहिले हेटौंडामा सुटिङ भैरहेको छ । ऋचाले यो सिरियलमा लिड रोल निर्वाह गरिरहेकी छिन् । तर कथा र कास्ट भने खुलाउन मानिनन् उनले । दसैंअगाडि नै सुटिङ सकेर जानकारी प्रकाशमा ल्याइने भएको छ । निर्माणपक्ष अझैपनि प्रोजेक्ट सकिएपछि मात्र कुरा खोल्ने पक्षमा छन् । 'म यसैमा व्यस्त छु' ऋचा भन्छिन् 'दसैंअघि नै सक्ने टार्गेटले काम गरिरहेका छौं ।''फस्टलभ' रिलिज हुँदावित्तिकै ऋचाले 'हाम्रो टीम'मा काम थालेकी थिइन् । त्यसपछि उनी यति व्यस्त भइन् कि रातदिन सुटिङै-सुटिङ । यो टेलिफिल्ममा पन्ध्र लोकप्रिय स्टाररहरुको जमघट छ । अर्को कुरा 'दासढुंगा' का अमर लामा तथा रंगकर्मी दयाहाङ राईले पनि 'हाम्रो टीम'मा अभिनय गरिरहेका छन् । निकै गुपचुप ढंगले काम गरिराखिएको यो टेलिफिल्मको थप तथा औपचारिक जानकारी कहिले प्रकाशमा आउँछ त्यो त दसैंअघि नै कुर्नुपर्ला । यद्यपी 'कागवेनी' जस्ता अफविट फिल्म निर्देशन गरिसकेका भुषणको निर्देशकिय विशेषताबाट अपेक्षा गर्नेहरु धेरै छन् ।

'अत्तो न पत्तो'को बक्स अफिस

नेपाली चलचित्र क्षेत्रको निर्माण संख्यात्मक रूपमा बढे पनि व्यापारको तथ्यांक राख्ने संयन्त्र छैन। त्यही भएर फिल्मको 'बक्स अफिस' सम्बन्धित निर्माताबाहेक अरूले अनुमानमात्र गर्न सक्छन्। 'फस्ट लभ' का नरेन्द्रको भनाइमा अधिकांश निर्माता हचुवा भरमा फिल्म बनाउँछन्, अनि ठगिन्छन्। 'पचास लाखको फिल्म बनाउनेलाई कतिवटा हलमा चल्छ भन्नेसम्म थाहा हुँदैन,' उनको भनाइ छ, 'खाली ठूलो महत्त्वाकांक्षा र रंगीन दुनियाँको मोहले फिल्म बनाउने होडबाजी छ।'

नेपालमा मोटामोटी वर्षको ६० वटा फिल्म बन्छन् र त्यसमध्ये ६ वटाले मात्र लगानी उठाउने गरेको पाइन्छ। बजारमा 'सुपरहिट' भनिने फिल्म तिनै हुन्। निर्माणको संख्या हेर्दा बजार मागको हिसाबले पनि यो निकै बढी हो।
'एक वर्षमा १८ देखि २४ वटा फिल्म भए नेपालका हललाई पुग्छ,' फिल्म निर्माण, वितरण र प्रदर्शनमा समेत संलग्न नरेन्द्र भन्छन्, 'वर्षको ६० वटा बनेपछि कतिले लगानी उठाउनु?'माग र आपूर्तिको सिद्धान्त फिल्म निर्माणको क्षेत्रमा पनि उत्तिकै लागू हुन्छ। मागभन्दा आपूर्ति बेसी भएपछि उत्पादकले घाटा खानुपर्छ। उत्पादन धेरै भएपछि बिक्रेता (हल सञ्चालक) हरूको एकाधिकार बढ्दै जान्छ।नेपाल फिल्म उद्योगमा भएको यही हो। त्यसमाथि विदेशीको नक्कल र अस्तव्यस्त प्रदर्शन प्रणाली व्यापार घाटाका अन्य कारण हुन्।यसबीच भर्खरै सुरु भएको डिजिटल सिनेमा नेपाल (डिसिएन) ले नयाँ डिजिटल पद्दति भित्र्याएको छ। देशभरका करिब ६५ हलमा नेटवर्क विस्तार गरेको डिसिएनमार्फत् ४० हलमा एकसाथ फिल्म देखाउन सकिन्छ। यसले फिल्म प्रदर्शन प्रणालीमा सुधार आउनुका साथै व्यापार बढ्दै गएको कम्पनीका महाप्रबन्धक अशोक शर्मा दाबी गर्छन्।'यो प्रविधिबाट सबै सहरका दर्शकले एकसाथ नयाँ फिल्म हेर्न पाउँछन्,' उनी भन्छन्, 'तीन महिनामा व्यापारको छिनोफानो हुन्छ।' रिलिजका लागि दुई वर्षभन्दा बढी कुर्नपर्ने 'पालो प्रणाली' भन्दा यो चुस्त रहेको उनी बताउँछन्।
तथ्यपूर्ण 'बक्स अफिस' रिपोर्टमा जोड दिए पनि डिसिएनले कुन फिल्मले कति व्यापार गर्‍यो भन्ने तथ्यांक कहिल्यै खुलाउँदैन। अहिलेसम्म रेखा थापाको 'हिफजत'ले बढी व्यापार गरेको कम्पनीको दाबी छ। तर, कति कमायो त? जवाफ छैन।
फिल्मका कार्यकारी निर्माता छवि ओझा पनि कुल व्यापार र त्यसमा आफ्नो कमाइको हिस्साबारे खुल्न चाहँदैनन्। 'चालीस लाखजति कारोबार भयो कि!' उनी भन्छन्, 'लगानीसम्म उठ्यो।''सुपरहिट भनेको फिल्मले त लगानीमात्र उठाउँछ भने किन फिल्म बनाएर बस्नु त?'यो प्रश्नमा उनको जवाफ यस्तो छ, 'उपकरण आफ्नै कम्पनीमा छ। घरमा हिरोइन छिन्।'
अहिले छवि 'कसले चोर्‍यो मेरो मन' रिलिजको तयारीमा छन्। यसको लगानी ६५ लाख रुपैयाँ बताइएको छ।
डिसिएनकै 'रेकर्ड ब्रेक' गर्ने फिल्मबाट जम्मा ४० लाख उठेको बताउने छविले ६५ लाखको जोखिम किन मोले त?
'एउटा बनाइहालियो। अब सानो बजेटका फिल्म बनाउँछु,' उनी भन्छन्। डिसिएनले पनि आधिकारिक रूपमा हिफाजतको कमाइ खुलाएको छैन। कम्पनी स्रोतका अनुसार यसले ९५ लाख रुपैयाँ निर्माताको पोल्टामा पार्न सफल भयो।
हिरोकै दम

फिल्मलाई निर्देशकको माध्यम भनिन्छ। तर, नेपालमात्र यस्तो देश होला, जहाँ अझै निर्माता र वितरकले फिल्मको बागडोर सम्हाल्छन्। उनीहरू कथा टिप्छन्, कलाकार छान्छन्, अनि बल्ल निर्देशकको खोजी हुन्छ। मानौं, निर्देशक भनेका 'एक्सन' र 'कट' भनेर जागिर पकाउने कर्मचारी हो।
फिल्म बोक्ने सारथी 'हिरो'लाई मान्ने चलन अरू देशबाट 'श्यामश्वेत' सिनेमाजस्तो हराइसक्यो। नेपालमा भने कलाकार, त्यसमाथि पनि हिरोको मुख हेरेर फिल्मको मूल्य तोक्ने चलन गएको छैन।तर, पछिल्लो समय 'पोस्टर भ्याल्यु' नभएका कलाकारको फिल्म पनि राम्रो चल्न थालेपछि यो मान्यता तोडिँदै गएको हो कि भन्ने भान पर्छ। 'कहाँ भेटिएला', 'म तिमीविना मरिहाल्छु', 'हिफाजत' र 'फस्ट लभ' नयाँ कलाकारकै दममा चले।'फलानो हिरो लिए यति दिन्छु भनेर फिल्मको मूल्य तोक्ने अवस्था छैन,' शर्मा भन्छन्।तर, उनले जे भने पनि फिल्मको विषयवस्तुअनुसार पात्र होइन, कलाकार छानेर 'स्क्रिप्ट' लेख्ने चलन अझै छँदैछ।

विराज सबभन्दा महंगा
बजारमा विराज भट्टको प्रभाव छ। आफ्नो माग बुझेर उनले मूल्य पनि बढाइसके। एउटा फिल्म खेलेको ४ लाख लिने भट्ट सबभन्दा महंगा कलाकार मानिन्छन्। धेरै फिल्ममा उनलाई लिएर हिट भएका निर्देशक दिपक श्रेष्ठले आफ्नै लागानीको 'हिम्मत २' मा दोहोरो भूमिका दिए। काठमाडौंबाहिर चलिरहेको यो फिल्मले दिपकलाई सोचेजति सफलता भने दिन सकेको छैन।
विराज भए जस्तो फिल्म पनि चल्छ भन्ने निर्माताको मान्यता यसले एक हदसम्म तोडेको छ।राजेश हमाल 'पोस्टर भ्याल्यु' कै कारण २० वर्षदेखि छाइरहेका छन्। अहिले पनि उनको व्यस्तता उत्तिकै छ। एक्सन फिल्ममा राजेश र विराज सँगै निखिल उप्रेतीको माग पनि चर्को थियो। उनी मुम्बई लागेपछि आयुष रिजाल, सुमन सिंहजस्ता कलाकारले रिक्तस्थान भरेका छन्।नेपाली चलचित्रमा एक्सनसँगै प्रेमकथाको धार समानान्तर रूपमा बढेको छ। एक्सन फिल्ममात्र चल्छ भन्ने मान्यता बोकेको उद्योगमा श्रीकृष्ण श्रेष्ठको 'कहाँ भेटिएला'ले राम्रो व्यापार गर्‍यो। त्यसपछि त प्रेमकथाको लहरै चल्यो। यो धारमा अहिले धेरैको रोजाइमा परेका नायक हुन्, आर्यन सिग्देल। राजवल्लभ कोइराला र जीवन लुइँटेल पनि यसमा 'फिट' मानिन्छन्।

रेखाकै बोलबाला
नेपाली फिल्मले हिरोइनलाई भने खासै महत्त्वमा राख्दैन। फिल्म हेर्दा लाग्छ, नाच्नु र ग्ल्यामर दृश्य दिनु नै उनीहरूको काम हो। पारिश्रमिकको मामिलामा पनि यी हिरोभन्दा निकै पछाडि छन्। हिरोइनले लिड गरेको फिल्म पनि चल्छ भनेर साबित गरेपछि रेखा थापाको मार्केट भ्याल्यु बढेको छ। धेरै समय अरूको फिल्ममा 'आइटम डान्स' गरेकी रेखाले हिरोइनको प्रभाव देखाइन्, होम प्रोडक्सनको फिल्मबाट। उनले आफ्नो भूमिका केन्द्रमा राखेर 'हिम्मत' बनाइन्। प्रचार सामग्रीमा आफ्नै रोललाई महत्त्व दिइन्। विराज र रमित ढुंगानालाई समेत छायाँमा पार्ने भूमिका थियो, रेखाको। फिल्म चल्यो।
यसले रेखाको आत्मविश्वास चुलियो। उनी बाहिरका फिल्म छान्न थालिन्। 'किस्मत'मा विराज र आर्यन सिग्देलका साथ उनलाई सफलता मिल्यो। त्यसपछि 'हिफाजत' बनाएकी रेखाले आर्यनसँगै नयाँ हिरो आयुष रिजाललाई खेलाइन्। फिल्मले डिसिएनको बक्स अफिसमै रेकर्ड राख्यो। ५० हजार रुपैयाँ हाराहारीमा फिल्म खेल्ने हिरोइनमाझ रेखाको भाउ बढ्यो।
अहिले उनलाई डेढ लाख रुपैयाँ पारिश्रमिक दिन पनि निर्माताहरू धक मान्दैनन्। रेखा भने तीन लाख घटी फिल्म नखेल्ने बताउँछिन्। 'मैले पनि हिरोले जस्तै रिस्क मोलेर काम गर्नुपर्छ। उनीहरू ५ लाख लिने भइसके, म चाहिँ किन थोरैमा खेल्नु?' फिल्म 'जलजला'को सुटिङमा रहेकी रेखाको भनाइ छ, 'हिरोइनको पारिश्रमिक बढ्न सकेन। मैले त्यसको सुरुवात गरेँ।'रेखापछि व्यस्त र बढी पारिश्रमिक लिने हिरोइन हुन्, झरना थापा। बाँकी हिरोइनको औसत पारिश्रमिक ५० हजारभन्दा माथि पुग्न सकेको छैन। म्युजिक भिडियोबाट आएका नम्रता श्रेष्ठ, निशा अधिकारी लगायत भने सुरुवातमै उचित पारिश्रमिक पाउनेमा गनिन्छन्।
बक्स अफिसका तीन दृष्य

दृश्य : १

'२ लाख ३३ हजार ५ सय ४९ रुपैयाँ।'
फिल्म 'दिपशिखा' का निर्माता-निर्देशक नरेश पौडेलले दस दिनअघि एउटा एसएमएस पठाए - 'अष्टनारायण हलमा आज नेपाली फिल्मको अहिलेसम्मकै बढी 'कलेक्सन' भयो।'
त्यसको ठिक भोलिपल्ट राजधानीकै कुमारी हलमा 'दिपशिखा' हेर्न यति कम दर्शक आए, हलले फिल्म देखाउनै सकेन। टिकट काट्नेको पैसा फिर्ता भयो। र, फिल्म फेरियो।
तर, नरेशले यो खबर 'एसएमएस' गरेनन्।
नरेशको यो व्यवहार फिल्म निर्माताहरूको साझा शैली हो। उनीहरू यति 'जाति' छन्, फिल्मले जतिसुकै नराम्रो व्यापार गरे पनि राम्रो खबरमात्र सुनाउँदै हिँड्छन्। हलमा चलुञ्जेल कीर्तिमानको डिङ हाक्ने निर्माताहरू फिल्म उत्रेपछि सानो अनुहार पारेर घुमाइफिराइ घाटाको तथ्यांक सुनाउँछन्। भन्छन्, 'फिल्म त चलेको हो, हलवाला र वितरक मिलेर ठगे।'
...
दृश्य : २
'फस्ट लभ' पछिल्लो समय सफल मानिएको फिल्म हो। लामो समय फिल्म वितरण र प्रदर्शन गर्दै आएका नरेन्द्र महर्जनले यसमा निर्माताको समेत बागडोर सम्हाले। देशभरका मुख्य सहरमा एकसाथ रिलिज भएको यो फिल्मले डेढ करोडभन्दा बढी कमाएको दाबी गरेका थिए, अर्का निर्माता माधव वाग्लेले।
'तर, हातमा १० लाख परेको छैन,' मुख्य स्टेसनबाट फिल्म उत्रिएपछि उनको बोली फेरियो, 'दर्शक नगद तिरेर टिकट काट्छन्। हामीले उधारोमा चलाउनुपर्छ।'
नरेन्द्र भने असन्तुष्ट हुने ठाउँ दैख्दैनन्। '२५ लाखसम्म घाटा परेपनि खप्न तयार भएर बनाएको फिल्मले ३० लाख फाइदा गरायो,' उनी भन्छन्, 'लगानी मात्र उठाएकोलाई 'भयंकर चलेको' भनिन्छ। हाम्रो व्यापार त उम्दा हो।'

दृश्य : ३
'गंगाजल'का निर्देशक प्रमोद भण्डारीले राजधानीबाहिरका हलमा राम्रो व्यापार भएको दाबी गरेका थिए। अहिले उनी वितरक र हलवालाले ठगेको गुनासो गर्दै हिँड्छन्।
'वितरकहरू निर्माताको शोषण गर्छन्। उनीहरू पहिल्यै हलबाट पैसा उठाउँछन्। हामीलाई राम्रो हल छान्न दिँदैनन्,' उनको आरोप छ, 'हलवालाहरू चाहिँ पोस्टर टाँस्ने पिठोको पनि हिसाब राख्छन्।'

सुष्मा थलिएपछि रेजिना !

चलचित्र 'धर्मा'को आइटम गीत 'मान्दैन…मान्दैन' यतिबेला निकै कर्णप्रिय छ । हिरोइन रेजिनाको उत्तेजक डान्स हेरेर फिदा हुनेहरु पनि छन् । उक्त आइटम नम्बरमा रेजिनाको नृत्य त छँदैछ गीतले मात्र रिलिज अगावै फिल्मलाई चिनाएको पनि छ । तर उक्त आइटम गीतमा अर्की हिरोइन सुष्मा कार्कीले डान्स गर्ने निश्चित थियो । यसका लागि सुष्मा तयार पनि थिइन् ।

तर भैदियो अर्कै । सुटिङ सुरु हुनेबेला सुष्मा टाइफाइडले थलिएपछि उनको ठाउँमा रेजिनालाई ल्याउन निर्माणपक्ष बाध्य भयो । सुटिङलाई रोक्न नमिल्ने भएपछि निर्माणपक्षले हतार-हतार सुष्माको विकल्पमा रेजिनालाई अघि सारे । 'सुष्माजी विरामी हुनुभएपछि रेजिना बहिनीलाई ल्याएका हौं' निर्मात्री डा. दुर्गा पोखरेलले भनिन् 'नभए सुष्माजीले आइटम नाच्ने निधो थियो ।'अर्कोतर्फ फिल्मको उक्त गीतमा कोरियोग्राफर रिनशा राई पनि रिप्लेस भइन् । सुटिङ सुरु हुने बेला रिनशा अर्को प्रोजेक्ट 'ब्याच नम्बर १६'मा व्यस्त भएपछि निर्माताले हतार-हतार अर्को कोरियोग्राफर खोज्नुपर्‍यो । अन्ततः रिनशाको स्थानमा कृष्ण अछामीले आइटम डान्स नचाए । जे होस् दुईलाई दुईजनाले रिप्लेस गरेपछि मात्र गीत तयार भयो । दीपेन्द्र के. खनाल निर्देशित यो चलचित्र यो तिहारमा रिलिज हुँदैछ ।

हिरोइनलाई थक्थकी…

यतिबेला हिरोइन झरना थापा थक्थकी मानिरहेकी छिन् । सुटिङ भैरहेको चलचित्र 'संसार आफ्नै'मा उनी यति ब्यस्त भइन् कि आफैले अभिनय गरेको म्युजिक भिडियोको 'लन्चिङ सेरेमोनी' उनले छुटाइन् जसले झरनालाई थकथकी तुल्यायो । झरनाले खेलेको म्युजिक भिडियो लन्च हुने खबरले कार्यक्रममा पुगेका पत्रकार पनि लामो समय उनलाई कुरेर बसे । तर बीचमै आयोजकले झरना आउन नसक्ने बताइदिएपछि त्यसले सबैलाई निराश तुल्यायो ।

सेरेमोनी सुरु भैसक्दा झरना थानकोटमा भैरहेको सुटिङमा ब्यस्त थिइन् । थानकोट र कलंकीको जाम छिचोलेर तुरुन्तै नयाँ वानेश्वर आउन पनि सम्भव थिएन । अन्ततः झरना बिनै म्युजिक भिडियो लन्च गरियो । 'आफैले त्यस्तो मिहेनत गरेको म्युजिक भिडियो लन्चिङमा जान नपाउँदा दुःख लागिरहेको छ' झरनाले भनिन् 'आइ मिस म्युजिक भिडियो ।' झरना नआएपछि मोडल तथा पत्रकार सुव्रत आचार्य र गायिका रेणु विष्ट आकर्षणको विन्दु बने ।फिचर फिल्मसँगै म्युजिक भिडियोमा पनि अभिनय गरिरहेकी झरनाको यो पाँचौ म्युजिक भिडियो हो । पत्रकारको जीवनमा आधारित उक्त भिडियोमा झरनाले पत्रकार पत्नीको भूमिका निर्वाह गरेकी छिन् । झरनालाई मात्र थक्थकी लागेन कि उनी नआउँदा थक्थकी मान्नेहरु धेरै भए कार्यक्रममा ।

दुब्लाउन बाध्य हिरो

महंगा तर फुस्रदिला हिरो आर्यन सिग्देल यतिबेला दुब्लाउन प्रयास गरिरहेका छन् । उनको यो दुब्लाई रहर मात्र नभएर बाध्यता पनि हो ।अपकमिङ दुइवटा प्रोजेक्टका लागि जसरी भएपनि आर्यन दुब्लाउनै पर्ने हुन्छ । यी दुई प्रोजेक्टका निर्माता/निर्देशकले आर्यनलाई दुब्लाउन भनेका छन् । जसका कारण यतिबेला फुस्रदको सास फेरिरहेका 'लभरव्वाइ' बिहान/बेलुका क्लव जान थालेका छन् ।

रोमान्स र घुमघाम गर्न रुचाउने आर्यन पछिल्लो समय निकै मोटाएका थिए । भुँडी बढेपछि उनलाई असहज महसुस भैरहेको थियो । जसका कारण दुईसातादेखि उनले क्लव ज्वाइन गरेर तौल घटाउन मिहेनत गरिरहेका हुन् ।सुदर्शन थापा निर्देशित 'के यो माया हो' र दीपेन्द्र के. खनाल निर्देशित 'काठमाण्डू नाइट' आर्यनका अपकमिङ प्रोजेक्ट हुन् । यी दुवै फिल्ममा आर्यनले दुब्लो पात्रको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तौल घटाउन र आफूलाई फिटनेस राख्न आर्यनले खानामा पनि तैलिय पदार्थ हटाएका छन् ।जे होस आर्यनलाई आगामी फिल्ममा 'टसन लुक'मा देख्न पाइनेछ । आर्यनको यो दुब्लाउने प्रयास सफल होस् किनभने आर्यन यसबाट लाभान्वित त हुने नै भए साथसाथै निर्माता/निर्देशक पनि अवश्य खुशि हुनेछन् ।

अरूणिमालाई अचम्मको नशा

शुक्रबार साँझको समय थियो , बेलुकी ८ बजे कार्याक्रम स्थलमा सहभागी हुन पुगेकी नायिका अरूणिमा लम्साल सहकर्मी रेजिना उप्रेतीसंग भलाकुसारी गरिरहेकी थिइन् ।सगरमाथा टेलिभिजनमा प्रसारण भईरहेको फिल्मी कार्यक्रम 'मुभि एक्सप्रेस' को १०० दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा नायक अर्जुन कार्की पनि संगै थिए । रेजिना र अर्जुनको बीचमा बसेकी अरूणिमा निकै मज्जाले हासिरहेकी थिइन् । लाग्थ्यो उनी त्यो समय कन्ट्रोल भन्दा बहिर थिइन् । तर त्यहाँ तीन जनाबीच भएको गफ भने सामान्य थियो ।आयोजकले ककटेल विथ डिनर पाटीका लागि बोलाएको सो कार्याक्रममा धेरै पिएकी थिइनन् अरूणिमाले । थोरै पिउदै उनलाई लागिसकेको थियो । पिउदै गरेको त्यो ग्लास नायक अर्जुन कार्की तर्फदेखाउदै उनले उल्टै प्रश्न गर्दै भनिन् 'यति थोरै पिउदा किन लागेको मलाई ?' उनलाई नशा लागेको देखेर नायिका रेजिना र अर्जुन मुसुमुसु हास्दै थिए ।
त्यति थोरै खादैमा किन लाग्यो त अरूणिमालाई ? उनले जवाफ दिईन 'म कोक पचाउन सक्दिन ।' उनले पिएको त्यो ग्लासमा कुनै वाईन थिएन् मात्र थियो कोकाकोला । कोकाकोला पिउदैमा चुर्लुम्म नशामा डुबेकी अरूणिमाले यदि साच्चिकै वाईन खाईन भने कस्तो नशा लाग्ला ?

देखाउन पाईनन् रेखाले

आफनो आँखाको अगाडी आफनै दाईको हत्या भएको देखेपछि क्रान्तिकारी जलजला दुष्ट सामन्तीहरुको बिनास गर्न अझ बढी क्रान्तिकारी बन्छिन् । उनमा क्रान्तिको ज्वालाले उग्र रूप लिन्छ । २० दिन अघिदेखि पोखराको बिभिन्न स्थानमा छांयाकन भइरहेको चलचित्र 'जलजला' मा रेखा थापा केन्द्रिय पात्र (जलजला) को भुमिकामा देखिंदै छिन् । बिहानैदेखि पोखराको मौसम नखुल्ने सम्भावना देखेपछि द्वन्द निर्देशक राजेन्द्र खड्गीले रेखालाई दिनभरि खोला र पानीमै भिजाएर भएपनि एक्शनका दृष्यहरुको छांयाकन गराइरहेका थिए । त्यसो त नायिका रेखा थापा पानीले लुथ्रक्कै भिजेता पनि त्यसको कुनै महशुस आफुलाई नभएको कुरा फिल्मीखवरलाई बताईन ।चलचित्र 'जलजला' मा नायिका थापाले आजसम्म नगरेको द्वन्दको दृष्य गरेको बताएकी छिन् । त्यसो त द्वन्द निर्देशक राजेन्द्र खड्गी पनि आजसम्मकै आफ्नो फिल्मी इतिहासमा यस्तो भयानक द्वन्दको दृष्य कसैलाई पनि नगराएको बताए ।
प्राय चलचित्रमा अंग प्रदर्शन गर्ने यि नायिकाले यस चलचित्रमा भने अंग प्रदर्शन गर्न पाएकी छैनन् । उनलाई यस चलचित्रमा पूर्ण रूपमा अंग प्रदर्शन गर्न बन्देज लगाईएको छ ।

फुलपाती सम्मै पोखरामा छायांकन हुने भनिएको चलचित्रमा रेखा थापाका अतिरिक्त आयुष रिजाल, किशोर खतिवडा, कमलकृष्ण, पुष्कर भट्ट, बसुन्धरा भुसाल, रामचन्द्र अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । शिवजी लामिछानेको निर्देशनमा बनेको चलचित्रमा काशीराम भुसालको निर्माण रहेको छ । चलचित्रमा चेतन सापकोटाको संगीत, कविराज गहतराजको नृत्यनिर्देशन र विष्णु कल्पीतको छायाँकन रहेको छ ।माओवादी निकट द् रिभ्यूलेसनरी सिने वर्कस नेपालको दोस्रो प्रस्तुती चलचित्र 'जलजला' ले परिर्वतन र क्रान्तिको सन्देश बोकेको निर्माण पक्षले बताएको छ ।

दसैंलाई माटो

प्रेमकथामा धमाधम फिल्म बनिरहेको बेला संघीयताजस्तो गम्भीर विषयमा 'माटो' तयार भएको छ । किशोर सुब्बाको कथा र निर्देशन रहेको फिल्म 'माटो' मा राष्ट्रिय एकता र सद्भावको वकालत गरिएको निर्माण पक्षको दाबी छ, जुन दसैंलाई लक्षित गरी मोफसलका हलबाट प्रदर्शनमा ल्याउन लागिएको बताइएको छ ।

केहीले संघीयताको नाममा देश टुक्रिन्छ र जातीय विखण्डन तथा द्वन्द्व सिर्जना हुन्छ भन्ने बहस चलाइरहेको बेला संघीय संस्कृतिमाथि फिल्म निर्माण गरिएको र फिल्मले राष्ट्रिय एकता र सद्भावको वकालत गर्ने निर्माता भीम लामाले

बताए । 'संघीयता भनेको अनेक फूलको एउटै माला हो भन्ने देखाउन खोजेका छौं,' बुधबार उनले भने, 'फरक भाषा, वेश र संस्कृति भए पनि हामी सबैको एउटै नेपाली राष्ट्रियता हो, सबै मिलेर बस्नुपर्छ भन्ने निचोड फिल्ममा छ ।'

'माटो' को यो कथालाई राजेश हमाल, रेजिना उप्रेती, मित्र लिङ्देन, सीमान्त उदास, मुकुन्द श्रेष्ठ, पुष्कर श्रेष्ठलगायतले चरित्रमा उतारेका छन् । निर्माणमा मीना लामाले सघाएकी छन् । गीत, नृत्य र द्वन्द्वका मसला दृश्य राखेरै बनाइएको फिल्म दसैंको छेक पारी मोफसलको झन्डै १८ हलबाट प्रदर्शनमा ल्याउन लागेको भीमले दाबी गरे । राजविराज, लाहान, गोलबजार, मिर्चैयालगायतका आधा दर्जन हलमा कन्र्फम भइसक्यो,' उनले भने, 'पूर्व र पश्चिमका हलहरूमा कुरा भइरहेको छ ।' विखण्डनभन्दा पनि राष्ट्रिय एकता र मेलमिलापको संस्कृति बोकेको फिल्म नयाँ विषयमा भएकाले पनि दर्शकले माया गर्ने भीमले दाबी गरे ।

फाइट डाइरेक्टरकी छोरी…

नेपाली सिनेमा दोस्रो पुस्तामा हस्तान्तरण हुँदैछ । जस्तै फाइट डाइरेक्टर राजेन्द्र खड्गीकै कुरा गरौं न । लामो समयदेखि द्धन्द्धका कौशलताहरु पस्कँदै आएका उनले आफ्नो फिल्मी करियर अब छोरीलाई हस्तान्तरण गर्दैछन् । राजेन्द्रकी छोरी रागिनी अब नेपाली सिनेमाकी नायिका बन्दैछिन् । निर्माता/निर्देशक शोभित बस्नेतको अपकमिङ प्रोजेक्ट 'युवराज'बाट २० वर्षिया रागिनीले हिरोइनको रुपमा डेब्यु गर्दैछिन् ।

सानैदेखिमा अभिनयमा रुचि राख्ने रागिनीले इश्वर, सगुन, देवदुत, गोर्खाली चलचित्रमा बालकलाकारको भूमिका निर्वाह गरिसकेकी छिन् । 'उत्साहित भैरहेकी छु' मेरोसिनेमासँग रागिनीले भनिन् 'करियरलाई नै अभियनमा समर्पित गर्ने योजनामा छु ।' मानविकीमा स्नातक गरेकी रागिनी अब फिल्म मेकिङ पढ्ने तयारीमा छिन् । पिता राजेन्द्रले छोरीको चाहनालाई पूर्ण सघाउने बताए ।

राजेन्द्रको पद्चापलाई कसरी पछ्याउँछिन् रागिनीले त्यो त भविष्यको कुरा । यद्यपी अभिनयप्रति उनको रुझान र आत्मविश्वास हेर्दा के लाग्छ भने रागिनी सम्भावना बोकेकी नायिका हुन् ।

भूल भए माफ गर

चलचित्र : भूल भए माफ गर
निर्देशक : सुरेशदर्पण पोखरेल
निर्माता : शकुन्तला रसाइली
अभिनय : निखिल उप्रेती, मेलिना मानन्धर, सुरज आरडी, सन्जु परियार, सुनिलदत्त पाण्डे, गणेश उप्रेती
कथा/पटकथा : सुरज आरडी
वितरक : डिजिटल सिनेमा नेपाल
संगीत : ताराप्रकाश
छायांकन : हरि हुमागाईं
द्धन्द्ध : एनबी महर्जन
नृत्य : महेशकुमार
अवधि : २ घण्टा १५ मिनेट
बजेट : ५० लाख
रिलिज : असोज ८ (मोफसल) र मंसिर १७ (उपत्यका)
श्रेणी : फेमिली ड्रामा

प्रेमकथा, फेमिली ड्रामा र एक्सन मिश्रित चलचित्र 'भूल भए माफ गर'को सार्वजनिक प्रदर्शन शुक्रवारदेखि मोफसलबाट सुरु भएको छ । मोफसलका ३० हलबाट रिलिज भएको यो चलचित्रले बलिउड फिल्म रिलिज नहुने मेसोलाई आत्मसात गरेको छ । धमाधम लभस्टोरी फिल्म रिलिज भइरहेको बेलामा अर्को उस्तै श्रेणीको फिल्म थपिएको छ । बलिउड फिल्म रिलिज नहुने भएपछि यो फिल्मले राम्रै दर्शक सहभागिता पाउने अनुमान गर्न सकिन्छ ।

नायक समेत रहेको सुरज आरडीले निर्माण गरेको यो दोस्रो चलचित्र हो । पहिलो चलचित्र असफल भएपछि दोस्रो चलचित्रलाई व्यवसायिक रुपमा राम्रो बनाउने प्रयास गरेको आरडीको कथन छ । चलचित्रमा दीलिप रायमाझी र नन्दिता केसीको अतिथि भूमिका छ ।

चलचित्रमा चारवटा गीत छन् जसमा दीपक लिम्बु, अन्जु पन्त, मनोज सेवा, ताराप्रकाश, आस्था रावत, सरिता पन्थी तथा राजेशपायल राईले स्वर दिएका छन् । चलचित्रका निर्देशक पोखरेलको अर्को चलचित्रको छायांकनका लागि मलेसिया पुगेपछि पब्लिसिटी र अन्य काम आरडी एक्लैले गरिरहेका छन् । चलचित्रका तीन मुख्य कलाकारले पनि साथ नदिएपछि निर्माताको चिन्ता पनि बढेको छ ।

निखिल उप्रेती मुम्बईमा छन् । मेलिना मानन्धर गर्भवती भएकाले घरमै आराम गरिरहेकी छिन् भने नन्दिता केसी नयाँ चलचित्रको छायांकनमा व्यस्त छिन् । अधिकांश छायांकन पोखरामा गरिएको यो चलचित्रको पोस्टर प्रदर्शन अगावै चर्चामा आइसकेको छ ।

चलचित्रमा प्रेम, कमेडी, एक्सन र पारिवारिक कथालाई समेटिएको छ । डीसीएन सर्भर अन्तर्गतका हलहरुमा यो फिल्म चल्दैछ । प्रायः हिन्दी मात्र चलिरहने वीरगन्ज, जनकपुर र राजविराजका हलहरुमा पनि 'भूल भए माफ गर'ले प्रदर्शनको मौका पाएको छ

कलिउडमा हलिउड निर्देशक

सिनेमा बनाउनका लागि अन्तराष्ट्रिय स्तरको प्रविधि नेपालमा नभईरहेको अवस्थामा एक जना हलिउड निर्देशकले नेपाली फिल्म निर्देशन गर्ने तयारी गरिरहेकी छिन् । निर्माता तथा नायक अमृत लामाले निर्माण गर्न लागेको चलचित्र 'भेडिगोठ'लाई ती निर्देशकले निर्देशन गर्न लागेको नायक लामाले बताएका छन् । पछिल्लो पटक उनले निर्माण गरेको चलचित्र 'झाक्री' विश्वव्यापी चर्चामा आएपछी उनले नेपाली चलचित्रलाई अन्तराष्ट्रिय करण गर्न हलिउड निर्देशकलाई प्रस्ताव गरेको बताएका छन् ।

१९ बर्षको जर्मन बसाई र त्यस पछी ३ बर्षयता अमेरिकमा बस्दै आएका लामाले अमेरिकन महिला निर्देशक गेन ओ डोनललाई आफ्नो अपकमिङ फिल्म 'भेडिगोठ' निर्देशन गर्न दिने तयारी गरेका छन् । 'तर फिल्म निर्देशन गर्नु अघि डोनल एक पटक नेपाल आएर लेकेशन हेर्ने र त्यसपछी मात्र उसले निर्देशन गर्ने वा नगर्ने भन्ने बिषयमा टुङ्गो लाग्ने' लामाले बताए ।

लामा यो समयमा नेपालमै छन् । यदि डोनल भेडिगोठ निर्देशन गर्न तयार भए सो चलचित्रको ओपनिङ र इन्ड अमेरिकामा गरिने लामाको भनाई छ । डोनललाई लामाले २००७ मा न्यूयोर्क फिल्म फेष्टिवलमा भेटका थिए । त्यो फेष्टीवलमा डोनलको फिल्म सर्वोत्कृष्ट भएको थियो ।'यो फिल्म ओस्कारमा लैजाने खालको बनाउछु' लामाले भने । स्वयम आफुले पनि अभिनय गर्न लागेको सो चलचित्र पुनजन्मको कथामा आधारित हुने लामाले बताए । चलचित्रमा राजेश हमाललाई लिन सक्ने सम्भावना अधिकाशं रहेको उनको भनाई छ । डोनल लोकेशन हेर्नका लागि चाडैनै नेपाल आउदै छिन् ।

सेन्सर प्रक्रिया खारेजीको माग

चलचित्र प्रदर्शन पूर्व गरिने जाच पास प्रक्रिया झन्झटिलो विवाद यूक्त भएको भन्दै चलचित्रकर्मीहरूले सो प्रक्रिया पूर्ण रूपले खारेज हुनु पर्ने माग राखेका छन् ।

निर्देशकहरूको संस्था चलचित्र निर्देशक समाजले शुक्रबार राखेको अन्तक्रिया कार्याक्रममा निर्देशक यादव खरेल, नरेश पौडेल, सुरज सुब्बा, नवीन सुब्बा, निर्माता अशोक शर्मा लगायतका विभिन्न चलचित्रकर्मीहरूले चलचित्र बिकास बोर्ड समक्ष सेन्सर प्रक्रिया अन्त हुनु पर्ने माग राखेका हुन ।

पछिल्लो चरणमा चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले अन्तारष्ट्रिय नियमलाई उल्घन गर्दै हस्तक्षेप गरिरहेको प्रति उनीहरूले सवै भन्दा बढी आपत्ती जनाएका हुन । सेन्सर बोर्डले पछिल्ला चरणमा बर्ड फिल्म फियष्टा र मानावअधिकार चलचित्र महोत्सवलाई सेन्सरको विवाद निकाल्दै हस्तक्षेप गरेको थियो ।

मिस यू को छायांकन समाप्त

मलेसियामा छायांकन भैरहेको नेपाली कथानक चलचित्र मिस यू को छायांकन सकिएको छ । करिव एक महिना अगाडि मलेसिया आईपुगेको चलचित्रको टोलीले मलेसियाको मलक्का भन्ने स्थानवाट छायांकनको शुरु गरेको थियो भने शुक्रवारका दिन हिन्दुहरुको मन्दिर रहेको वातुकेभको नजीकै रोडमा अन्तिम छायांकन गरेको थियो ।दशै उत्सवको छायांकनको लागि उक्त स्थानलाई रोजेको निर्देशक सुरेश दर्पण पोख्रेलले बताए । चलचित्र निमार्ण गर्नका लागि मलेसियामा रहेका नेपालीहरुवाट निकै सहयोग पुगेको बताउदै आगामि दिनमा अन्य चलचित्र छायांकनको लागि समेत आफु मलेसिया आउने बताए ।

अन्तिम दिनको छायांकनमा मलेसियामा रहेका धेरै नेपालीहरुलाई निम्ता गरिएका कारण छायांकन स्थलमा मलेसियामा रहेका नेपालीहरु पुगेका थिए । नायक दिलीप रायमाझिको समेत लगानी रहेको उक्त चलचित्रमा दिलीप रायमाझि, नम्रता श्रेष्ठ, वरुण राना, अनिता दाहाल लगायतका कलाकारहरुले अभिनय गरेका छन । चलचित्रको ७० प्रतिशत छायांकन मलेसियामा भएको छ ।मलेसियामा आफु विभिन्न कार्यक्रमहरुमा आउदा यहाँको दृश्यहरुलाई पर्दामा उतार्न आफु निकै लालायित भएको कारण आफुले छायांकनको लागि मलेसिया राजेको नायक तथा निर्माता दिलीपले बताए ।

नारायणी नदीले बुझेन राजलाई

चलचित्र 'फूल'को सुटिङका लागि एक साता अघि चितवन पुगेका नायक राजबल्लभ कोइरालालाई नारायणी नदीले नबुझेको गुनासो ब्यक्त गरेका छन् । बिहिबार साँझ पौने ८ बजे नारायणी नदीको किनारमा एक्लै टोलाउदै उनले अनलाईन सामाजिक सञ्जाल फेसबुको वालमा सो गुनासो ब्यक्त गरेका हुन । मोबाईलबाट अपलोड गरिएको सो स्टाटसमा उनले लेखेका छन् 'पानी देख्नका लागि धेरै अध्यारो छैन् ।' चलचित्र 'पर्खिबसे' बाट डेब्यू गरेका यि नायक साहित्य प्रेमी भएकाले साहित्यक भाषामा आफ्ना शब्दहरूलाई उनले फेसबुक मार्फत पोखेका हुन । नदीको मधुर अवाजलाई सम्झदै उनले दोस्रो लाईनमा 'ध्वनीलाई माया गर्छु तर पनि किन यो मेरो मस्तिस्कमा पुग्न सकेको छैन् ' भन्दै उल्टै नदी लाई प्रश्न पनि गरेका छन् । यस्तै राजले पानीको तरंगले दुई किनारालाई छोए जस्तै ती तरंगहरूले आफूलाई पनि छोए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरेका छन् । नदीसंग अन्तिम गुनासो पोख्दै उनले लेखेका छन् 'नदीले मलाई बुझ्न सकेन र म यसलाई बुझ्ने कोशिस गरिरहेको छु ।

कलिउडमा महङ्गो लडाइ

नेपाली चलचित्र (कलिउड)मा पनि महङ्गा सिनेमा निर्माणको प्रतिस्पर्धा सुरु भएको छ । शिब श्रेष्ठ र मोहन सर्राफले झन्डै करोड लगानीको सिनेमास्कोप चलचित्र 'राँको' बनाएर सुरु गरेको यो म्याराथनमा अन्य निर्माताहरुले उनलाई उछिन्ने प्रयास गरिरहेका छन् । भलै 'राँको'ले लगानी उठाउन त सकेन तर यसले मेगाप्रोजेक्टका चलचित्रको विन्दु खडा गरिदियो ।

झन्डै २५/५० लाखको सेरोफेरोमा चलचित्र बन्ने नेपाली रजतपटमा अहिले धमाधम १ करोडभन्दा बढिका चलचित्रहरु निर्माण भैरहेका छन् । मेगाप्रोजेक्ट निर्माणको यो ट्रेन्ड जारी छ । पहिलो सर्वाधिक लगानीको चलचित्र 'राँको'लाई पछ्याउँदै झन्डै १ करोड १० लाखको प्रभुशमशेर राणाको 'मेरो एउटा साथी छ' अगाडि आयो । त्यसपछि त लहरै चल्यो । दर्शकहरु एड्भान्स हुनु र चलचित्रले व्यवसायिक आकार लिनुले निर्माताहरु चलचित्रमा करोडौं लगानी गर्न बाध्य छन् । पछिल्लो समय विशिष्ठ र एड्भान्स कथामा आधारित चलचित्र बन्नुले पनि स्वभावतः चलचित्रहरु मेगाप्रोजेक्ट बनिरहेका छन् । रेश मरहठ्ठाको निर्माणाधिन चलचित्र 'च्यालेन्ज' यस्तै एउटा महंगो सिनेमा हो जुन करोडको दौडमा छ । अहिले पोस्टप्रोडक्सनको क्रममा रहेको यो चलचित्रको खर्च झन्डै करोड पुगिसकेको छ । रेशले अर्को मेगाप्रोजेक्टको चलचित्र 'काठमाण्डू'मा अभिनय गरिसकेपछि त्यस्तै एक्सन चलचित्र होमप्रोडक्सनमा निर्माण गर्न लागेका हुन् । अमेरिकाका विभिन्न स्थानमा सुटिङ गरिएको र रेड क्यामेराले खिचिएको आकाश अधिकारी निर्मित चलचित्र 'काठमाण्डू'को बजेट पनि करोड छ ।

अर्को बहुप्रतीक्षित र मेगाप्रोजेक्टको चलचित्र 'स्वर' पनि करोडको दौडमा छ । मनिष राजभण्डारीसहितले निर्माण गरेको 'स्वर'को बजेट करोड नाघ्न थालेको छ । पहिलोपटक स्वदेशकै स्टुडियोमा रेकर्ड गरिएको 'स्वर'को संगीत पनि निकै महंगो मूल्यमा वितरक कम्पनीलाई बेचिसकिएको छ । 'हामीले गुणस्तरलाई बजेटसँग कम्प्रोमाइज गरेका छैनौं' निर्माता मनिष राजभण्डारी भन्छन् 'झन्डै बजेटले करोड नाघेको छ तरपनि हामी गुणस्तर र पब्लिसिटीका लागि बजेटलाई सीमित तुल्याउन चाहँदैनौं ।'

डा. दुर्गा पोखरेलको निर्माण र दीपेन्द्र के. खनालको निर्देशन रहको चलचित्र 'धर्मा'को बजेट पनि १ करोडभन्दा माथि छ । मनिषा कोइराला र राजेश हमालजस्ता सुपरस्टारहरुलाई लिएर बनाइएको यो फिल्म निर्देशनपछि दीपेन्द्र आफ्नै होमप्रोडक्सनमा मेगाप्रोजेक्टको फिल्म 'काठमाण्डू नाइट' निर्माणमा जुटेका छन् । उनको अपकमिङ प्रोजेक्टबाटै हिरो आर्यन सिग्देलले ६ लाख पारिश्रमिकमा साइन गरेका छन् । फिल्मको लगानी बढ्दै जाँदा स्टाररको रेट पनि बढ्छ भन्ने उदाहरण हो यो । हालै रिलिज भएको सुरज वंशल निर्मित चलचित्र 'कोही…मेरो' पनि यस्तै एक मेगाप्रोजेक्टको फिल्म हो जसमा १ करोड झन्डै लगानी भएको छ । तर, फिल्मले लगानी त उठाउन सकेन तर वंशलले महंगो चलचित्र निर्माण गरेका थिए । गोपीकृष्णले निर्माण गरेको चलचित्र 'कुसुमे रुमाल' पनि करोडको फिल्म हो । गोपीकृष्णको अर्को प्रोजेक्ट जसको नाम तय भैसकेको छैन त्यसको बजेट पनि मेगा हुने निर्माणपक्षको भनाई छ । जसलाई निर्देशन गर्दैछन् निरक पौडेलले । विक्रान्त श्रेष्ठ निर्मित फिल्म 'व्याच नम्बर १६'मा १ करोडभन्दा बढिको लगानी छ ।

नायक हुँदै चलचित्र 'च्यालेन्ज'बाट निर्माता बनेका रेश मरहठ्ठा दर्शकलाई ठग्न नहुने बताउँछन् । 'दर्शकलाई ठग्नु हुँदैन' उनी भन्छन् 'कम्पिटिसनमा जाने हो भने बजेटको लोभ गर्नुहुँदैन । फिल्म पनि बनाउन खोज्ने बजेटको लोभ पनि गर्ने हो भने कथावस्तु सस्तो र साधारण हुनुपर् यो । एड्भान्स कथावस्तुमा थोरै बजेट लगानी गर्छु भन्नु जायज हुँदैन ।' दर्शकहरु एड्भान्स भैसकेकाले अब मेगाप्रोजेक्टका मूभीहरुको लहर सुरु भएको रेशको भनाई छ ।रेशको उक्त भनाइसँग सहमत छन् निर्देशक दीपेन्द्र के. खनाल । भन्छन् 'नयाँ धारका फिल्ममा लगानी बढिरहेको छ । प्राविधिक, लोकेसन र प्रोपर्टीलाई देखाउन पनि करोडौं लगानी गरिएको छ ।' आगामी दिनमा कलिउडमा पनि मेगाप्रोजेक्टका फिल्मका ट्रेन्ड सुरु हुने उनको कथन छ । 'यो स्वभाविक हुने कुरा हो' दीपेन्द्र भन्छन् 'एड्भान्स विषयवस्तुले मेगाप्रोजेक्ट नै खोज्छ ।' थप मेगाप्रोजेक्टका फिल्महरु यसबेला कलिउडको सूचिमा छन् ।