
पहिलो सातामै'कसले चोर्यो मेरो मन'अर्को चलचित्र 'फस्टलभ'माथि हावी भएको बताइएपनि तथ्यांकले त्यो बताउँदैन । झन्डै १ करोड ८० लाख ग्रस बटुलेको 'फस्टलभ'लाई कलेक्सनको दौडमा उछिन्ने सम्भावना टरिसकेको छ । यदि 'फस्टलभ'को रिभेन्यूलाई माथ गर्न 'कसले चोर्यो मेरो मन'ले जसरी भएपनि ६० प्रतिशत ओपनिङ गर्न सक्नुपथ्र्यो । तर, परिणाम; फिल्मको ओपनिङमै थिएटर सुनसान रहे । यद्यपी रेखा थापाको 'स्टारडम'माथि टेकेर यो फिल्मले मोफसलमा सन्तोषजनक कलेक्सन गर्यो र गरिरहेको छ । यद्यपी 'फस्टलभ'लाई दौडमा जित्ने आधार बलिया छैनन् ।चलचित्र समीक्षकहरु यी दुई सिनेमाबीच ब्यापार अन्तर हुनुमा 'दर्शक-विभाजित' प्रमुख कारण बताउँछन् । जस्तो : 'फस्टलभ'ले सबै वर्गका दर्शक मास अडिएन्सलाई समेटेको थियो भने 'कसले चोर्यो मेरो मन'ले 'ग्रामिण र अर्धबजारिया' दर्शकलाई मात्र । दोस्रो पक्ष; यी दुई सिनेमाबीच पब्लिसिटीको शैलीमा धेरै अन्तर थियो । नाम र पोस्टरजस्ता आवरणले पनि दर्शक फिल्म हेर्न थिएटरसम्म पुगेका थिए । तर 'फस्टलभ'पछि प्रदर्शन हुने चलचित्रमध्ये 'कसले चोर्यो मेरो मन'ले कलेक्सनको दौडमा आलोक नेम्वाङ निर्देशित 'कोही…मेरो'लाई भने उछिनेको छ ।
0 comments:
Post a Comment