आज आफैँसँग जुध्दै आर्यन

अभिनेता आर्यन सिग्देलका दुइटा फिल्म एकअर्कासँग जुध्ने भएको छ। उनी अभिनित 'के म तिम्रो साथी बन्न सक्छु' र 'धुँवा यो नशा' दुवै फिल्म आज रिलिज हुँदैछ। सबिर श्रेष्ठद्वारा निर्देशित पहिलो फिल्म नेपालभर र लक्ष्मण रिजाल निर्देशित दोस्रो चाहिँ उपत्यका बाहिर मात्र चल्नेछ।लागुपदार्थ दुर्व्यसनी माथि बनेको 'धुँवा यो नशा'मा निशा अधिकारीले आर्यनलाई साथ दिएकी छन्। सरल प्रेमकथा रहेको 'के म तिम्रो साथी बन्न सक्छु'मा चाहिँ आर्यनको जोडी नयाँ कलाकार दीप्ति गिरी बनेकी छन्। आर्यनले खेलेको फिल्म रिलिज हुन लागेको यो धेरै समयपछि हो। निर्देशक शिव रेग्मीले निकै मिहेनत र आशा लिएर बनाएको 'सो सिम्पल' पनि उपत्यका बाहिरका हलमा शुक्रबार नै रिलिज हुने भएको छ। यसै फिल्मबाट उनले आफ्नी छोरी भावनालाई फिल्म क्षेत्रमा प्रवेश गराएका छन्। टिनेजर लभमा आधारित फिल्ममा प्रमोद भारद्वाज, राजवल्लभ कोइराला र अशोक शर्मा लगायतले अभिनय गरेका छन्। एक्सन कमेडी 'लुट कम्पनी' पनि नेपालभर रिलिज हुँदैछ। सुरज चन्दले निर्देशन
गरेको यो फिल्ममा निश्चल बस्नेतको 'लुट'कै झझल्को आउँछ। (नागरिक)-

0 comments:

Post a Comment