प्रहरीले रेखा शाहको सर्ट पनि च्यातियो....

सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा’ । कुनैबेला राष्ट्रब्यापी लोकगीत प्रतियोगितामा प्रथम भएको यस गीतकी गायिका रेखा शाहले अर्को त्यस्तै चर्चित गीत गाउन नसकेपनि यही गीतका कारण लोकसंगीतका पारखीहरु उनलाई भुल्न सक्दैनन् ।तीनै रेखा शाहको ज्यानले बेइमान गरेको चर्चा यतिखेर यतिखेर नागपोखरीतिर चल्न थालेको आज प्रकाशित ‘बुधबार’ साप्ताहिकले छापेको छ ।घटना बिबरणअनुसार नागपोखरी छेउमा रहेको साइबाबा मन्दिरअघि केही दिनदेखि एउटा गाडी लामो समयसम्म रोकिने गरेको थियो । सधैजसो उस्तै गाडी आएर रोकिने तर मान्छे नओर्लिने तर भित्र महिला र पुरुषको आकृति देखिन थालेपछि नागपोखरीको आडमा पसल गरि बस्नेहरुले त्यसको चियो गर्न थालेका थिए । गत भदौ १६ गते स्थानीय वासिन्दाले घेरा हालेर पुलिसलाई खवर नगर्दासम्म उनीहरु रेखा शाह र गीतकार भुपेन्द्र खड्का हुन भन्ने जानकारी थिएन् । प्रहरीलाई पनि उनीहरु को हुन भन्ने जानकारी थिएन् ।जव गाडीको सिसा खोलेर युवकले आफु कान्तिपुर एफएममा कार्यरत पत्रकार भएको र महिला चर्चित गायिका रेखा शाह भएको बताए । त्यति सुनेपछि प्रहरी निरिक्षक किरण कुवँर पनि हच्किए । स्थानीय वासिन्दाले उनलाई बाहिर निस्कन भन्दा नमानेपछि प्रहरीले बाहिर तान्न खोज्दा सर्ट पनि च्यातियो । त्यही निहुँमा भुपेन्द्रले प्रहरीविरुद्ध संचारमाध्यममा जाने भनेपछि प्रहरी डरायो र घटनाले अर्कै मोड लियो । सोही साँझ
प्रहरीसँग मिलापत्र गरेर घटना गोप्य राख्ने सहमति सहित उनीहरु घर फर्किए ।भुपेन्द्रले पुलिसबिरुद्ध संचारमाध्यममा जाने धम्की नदिएको प्रहरीले उनीहरुलाई सार्वजनिक स्थलमा अश्लिल क्रियाकलाप गरेको भन्दै मुद्दा चलाउने थियो । यसबारे बुझ्न खोज्दा कमलपोखरीका प्रहरी इन्चार्ज कुँवरसँग सम्पर्क गर्न पटक पटक प्रयास गरेपनि उनी सम्पर्कमा नआएको बुधबारले छापेको छ । भुपेन्द्र र रेखा दुवैले उक्त घटना भएको स्वीकारेपनि त्यो सामान्य घटना भएको बताए । रेखाले आफुले गाडीभित्र गीतको अन्तराको बिषयमा कुरा गरेको र त्यहाँ रहेको खाली जग्गा हेर्न गएको भएपनि स्थानीय वासिन्दाले गाडीबाट नओर्लिदै होहल्ला गरेर बिबाद झिकेको बताइन् । भुपेन्द्रले पनि कुनै ठूलो घटना नभएको र सादा पोशाकका प्रहरीले त्यसै होहल्ला गरेको बताए । -अनलाईन खबर

0 comments:

Post a Comment