पुरुषले बढि देख्छन् सेक्सको सपना

हालैको एक अध्ययनले निकै रोचक तथ्य प्रकाशमा ल्याएको छ । अध्ययन अनुसार पुरुषहरु महिलाको तुलनामा सेक्स सम्बन्धि सपना बढि देख्छन् । उता महिलाहरु भने ऐठन पर्ने खालका तथा डराउने खालका सपना बढि देख्ने गर्छन् । क्यानडाको मन्टि्रयल विश्वविद्यालयका सोधकर्ताहरुले ११ वर्षलगाएर गरेको अध्ययन अनुसार २० देखि ३० वर्षो उमेरमा महिला तथा पुरुष दुबैमा राम्रा सपनाको मात्रा निकै कम हुन्छ । अध्ययन अनुसार सेक्सका विषयमा महिला र पुरुष दुबैले सपना देख्छन् तर यस्तो मात्रा महिलाको तुलनामा पुरुषमा बढि हुन्छ । अधिकांस पुरुषको सपनाको विषयवस्तु सेक्स हुन्छ अर्थात् ८५ प्रतिशत पुरुष सेक्सको सपना देख्छन् । र्सर्भेमा विभिन्न ५६ प्रकारका सपना जानकारीमा आए । त्यसमा लड्ने, तैरने, र्सप, बाढी तथा दाँत खसेको लगायतका पनि थिए । अध्ययन अनुसार ७३ प्रतिशत महिलाले नियमित सेक्सका सपना देख्छन् । धेरै
महिला अर्थात् ८३ प्रतिशतले सपनामा आफुलाई कसैले पछ्याएको देख्छन् । यस्तै मरेको, अपांग भएको तथा र्सपले डसेको सपना पनि महिलाले धेरै देख्छन् । महिला र पुरुष दुबैले समान रुपमा देख्ने सपना भनेको कुनै ठाउँमा लडेका सपना हुन् । अध्ययन अनुसार उमेर बढ्दै जाँदा सपनाका प्रकारमा पनि कम हुँदै जान्छ अर्थात् मान्छेले सपना देख्ने दर कम हुन्छ ।

0 comments:

Post a Comment