महिलाको वक्षस्थल बारेका केही रोचक तथ्य

महिलाको वक्षस्थल एक महत्वपूर्ण प्रजनन अंग मात्र होइन सुन्दरताकेा प्रतिक पनि मानिन्छ । त्यहीँ भएर होला महिलाहरु आफ्नो वक्षस्थलको सुन्दरताप्रति निकै सजग हुन्छन् । वक्षस्थलको स्वरुपले महिलाको समग्र सुन्दरतामा प्रभाव पार्छ । केही समय पहिले एक विदेशी अनलाइनले गरेको सर्भेक्षणले एउटा अनौठो तथ्य सार्वजनिक गरेको थियो । त्यस अनुसार ७४ प्रतिशत पुरुषहरुले जब महिलालाई हेर्छन् तब उनीहरुको पहिलो नजर महिलाको अनुहारमा पर्छ । त्यसपछि गर्दन र त्यसपछि वक्षस्थलमा पर्छ । यहाँ महिलाको वक्षस्थल सम्बन्धि अन्य केही रोचक प्रसँग समावेश गरिएको छ । महिलाको अन्तरवस्त्र बिक्रि गर्ने कम्पनी इन्टीमेसीद्धारा गरिएको सर्भेका अनुसार ४८ प्रतिशत महिलाहरु आफ्नो खास वक्षस्थलको साइज भन्दा १ वा २ इन्च ठूलो ब्रा लगाउँछन् । ८५ प्रतिशत महिलाले गलत साइजको ब्रा लगाउँछन् ।इन्टरनेशनल जर्नल अफ सेक्सुअल हेल्थको सर्भेक्षणका अनुसार ७० प्रतिशत युवतीहहरु आफ्नो वक्षस्थलको आकारबाट असन्तुष्ट छन् । सन् २००६ मा गरिएको एक सर्भेक्षण
अनुसार ८२ प्रतिशत युवतीहरु वक्षस्थलको स्पर्शबाटै यौन सम्बन्धका लागि उत्तेजित हुने गर्छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डस्का अनुसार विश्वमा सबैभन्दा ठूलो आकारको वक्षस्थल भएकी महिलाको ब्रेष्टको साइज ५.८३ फुट अर्थात् ७० इन्च रहेको छ । सन् २०११ मा अमेरिकामा २ लाख ८६ जना जना महिलाले स्तनको शल्यक्रिया गरी आकार बढाए । क्यानडामा गरिएको शोधका अनुसार स्तन प्रत्यारोपण गराउने महिलाहरुमा आत्महत्या गर्ने जोखिम ७३ प्रतिशत बढि हुन्छ । महिलाको बायाँ स्तन दायाँ भन्दा केही ठूलो हुन्छ । अमेरिकी शोधकर्ताहरुका अनुसार महिलाहरुको स्तनको आकार हरेक घण्टा घटबढ भइरहन्छ । कहिले त मिनेट मिनेटमै पनि । तर यस्तो परिवर्तन यति न्यून हुन्छ की महिलालाई थाहै हुँदैन । साइकोलोजी टुडे पत्रिकाले गरेको सर्भेक्षणका अनुसार गरीब पुरुषहरुले ठूलो वक्षस्थल भएका महिलालाई मन पराउँछन् भने धनी पुरुषहरुले सानो वक्षस्थल भएका महिला रोज्छन् । सोही पत्रिकाको अर्को एक अध्ययन अनुसार भोको पेट भएको बेला पुरुष ठूला स्तनतर्फ आकषिर्त हुन्छ भने टन्न खाएको बेला सानो वक्षस्थल मन पराउँछ ।

0 comments:

Post a Comment