कर्कश हेरेर कस्ले के भने ?

अहिले सबैतिर चर्चा छ फिल्म 'कर्कश'को । अधिकांश दर्शकहरू मन प्रशन्न पारेर हलबाट निस्किँदै छन् । कर्कशले ४ दिनमा रू ५५ लाख ग्रस गरेको वितरक नरेन्द्र महर्जन दाबी गर्छन् । यही रफ्तारमा फिल्म चलिरहेमा आउँदो शुक्रबारसम्ममा कर्कशले आफ्नो लगानी उठाइसक्ने निर्माता असिम शाह बताउँछन् । कर्कश कस्तो छ त ? फिल्मीखबरले केही फिल्मकर्मी तथा सञ्चारकर्मीहरूले कर्कशका बारेमा लेखेका केही मन्तव्यहरू जम्मा गरेर यहाँ प्रस्तुत गरेको छ । 
विनय श्रेष्ठ (नायक) : कर्कश हेरेँ र मज्जैले रमाइलो गरेँ । आशिफ शाह तथा टिमलाई मेरो तर्फबाट हार्दिक बधाई । 
दिया मास्के (नायिका) : कर्कश चलचित्र एकदमै रमाइलो लाग्यो । पूरै सिनेमाभरि मज्जैले हाँसेँ । आशिफ शाहले भविष्यमा पनि यस्तै चलचित्र बनाउनुहुन्छ भन्ने आशा छ । 
निश्चल बस्नेत (निर्देशक) : कर्कश हेरियो । मलाई चैँ सही लाग्यो । दयाहाङ दाइले त दामी अभिनय गरेको रैछ । सेकेन्ड हाफ्मा हाँसेर गिदी हल्लियो । आशिफ दाइको काम मलाई मन पर्यो । वरिपरि कर्कश हेर्दा दर्शकहरूको प्रतिक्रियाले माहौल झन् राम्रो भयो । शैलेन्द्रध्वज कार्की (सिनेमाटोग्राफर) : कर्कश राम्रो चलचित्र हो । यो चलचित्रमा धक फुकाएर हाँस्ने ठाउँ धेरै छन् । नेपाली चलचित्रलाई समर्थन गर्नेले मात्र होइन, रमाइलो गर्नकै लागि पनि कर्कश हेर्नैपर्ने सिनेमा हो । 
प्रचण्डमान श्रेष्ठ (निर्देशक) : कर्कश चलचित्रका लागि आशिफ शाहलाई बधाई । मज्जाको हँसाउने चलचित्र बनाउनु भएको छ । 
प्रदीप निरौला (उपाध्यक्ष, चलचित्र पत्रकार सङ्घ) : आशिफ शाहले बनाउनुभएको यो चलचित्र साँच्चै नै नेपाली सिनेमाका लागि नयाँ र उत्कृष्ट प्रयोग ठहरिएको छ । कर्कशले हाल तल झरेको नेपाली चलचित्रको बजारलाई माथि उकासेको छ र साथै मनोरन्जनात्मक पनि छ । 
सुब्रत आचार्य (कान्तिपुर साप्ताहिक) : कर्कश हेर्नै पर्ने सिनेमा हो । मलाई त बबालै मज्जा आयो, सबैलाई हेर्ने