वधाई छ

गायक सत्यराज आचार्य बुधबार अनिता थापासँग विवाह बन्धनमा बाँधिएका छन् । तस्वीर सौजन्यः सत्यराज

ब्लु फिल्म हेर्दा काउकुती लाग्छ

जिया के.सी, नायिका
चलचित्र ‘हो यही माया हो’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका जिया के.सीको हालसम्म कुनै पनि सिनेमा रिलिज भएका छैनन् । तर, पनि उनको हातमा सिनेमाको भने कुनै कमी नै छैन । झापामा जन्मिएकी जिया अहिले चर्चामा पनि छिन् । जियाले अहिलेसम्म आधादर्जन सिनेमा खेलिसकेकी छिन् । कलाकार भएपछि जस्तो पनि भुमिका गर्नुपर्छ भन्ने जिया आफु यही क्षेत्रका लागि नै जन्मिएको बताउँछिन । प्रस्तुत छ, उनै नायिका जियासँग अनलाइनखवरका लागि विजय आवाजले गरेको कुराकानी : · सिनेमा क्षेत्रमा आउन कत्तिको गाह्रो भयो त ?
आउन त त्यति धेरै गाह्रो भएन । तर काम गर्दै जाँदा यहाँ कसरी टिकीरहने भन्ने कुरामा भने धेरै नै सोचाई आउँदो रहेछ । मलाई सबैले माया गर्नु भएको छ, यसैले पनि म यो क्षेत्रमा नै अगाडि बढ्छु भन्ने लागेको छ । ·
  आधादर्जन भन्दा बढी सिनेमा खेल्नु भयो, तर कुनै पनि रिलीज नहुँदा दिक्क लागेको छैन ? दिक्क त लाग्छन् नि । सबै सिनेमा क्युमा बसेका छन् । यसैले पनि अब सबै सिनेमा लगालग रिलीज हुन्छन् । ·
भोलि गएर सिनेमा चलेपछि काम नै नपाईने कुरामा डर त लाग्दैन नि ?

माल्भिका सुब्बाको विवाह आज

१३ बैशाख। नायिका एवं पूर्व मिसनेपाल माल्भिका सुब्बाको आज विवाह हुँदैछ । उनले आफ्नो लामो समय देखिको प्रेमी रियाज श्रेष्ठसँग विवाह गर्न लागेकी हुन् । पछिल्लो समय प्राय सबै कार्यक्रमहरुमा माल्भिका र रियाज सँगै देखिँदै आएका छन् । उनीहरुबीच पहिलो पटक अमेरिकामा भेट भएको बताइएको छ । यी दुईजनाको अफेयरबारे मिडियामा लामो समयदेखि हल्ला चलेको थियो । र विगत महिना दिन देखिनै छिट्टै बिहे हुने भनेर हल्ला समेत थियो।काठमाडौंमै भव्य जमघट र पार्टीका बीच यी दुईको विहे हुन लागेको बताइएको छ।लिम्बु समुदायकी माल्भिका र नेवार समुदायका रियाजवीचको अन्तरजातीय बिबाहमा दुवै बिधि अपनाइने बताइएको छ।बिहेको शुभ साइत राती साढे ९ बजेका लागि निस्किएको छ । बिबाहकर्मपछि उनी आजै बाँसबारीबाट पुल्चोकस्थित रियाजको घर जानेछिन् ।

झरनाको फेसबुकमा पनि अश्लिल ‘डाइलग’

बैशाख, काठमाडौ । अभिनेत्री झरना थापा र उनका श्रीमान सुनिलकुमार थापाले निर्माण गरेको चलचित्र फेसबुकले पनि लुट र चपली हाइटकै जस्तै अश्लिलतालाई पछ्याएको छ । चलचित्र सार्वजनिक त भएको छैन ।तर सोसियल साइट यूट्युबमा राखेको एउटा प्रोमोमा लुटकै जस्ता अश्लिल शब्द प्रयोग गरिएका छन् । जुन तलको भिडियोमा हेर्न सक्नुहुन्छ । प्रोमोमा अश्लिल दृष्य नभए पनि केही डाइलगले भने लुटकै झझल्को दिन्छन् । सुरज सुब्बा नाल्बोले निर्देशन गरेको यो चलचित्रमा झरनाका साथै सुनिल थापा, स्वतन्त्र प्रताप शाह, राजकुमार विष्ट, अनुराग कुँवर, मतिन खान, सुमन गैरे, धिरेन्द्र चन्द, सुवास थापा, विल्सन बिक्रम राइ लगायतले अभिनय गरेका छन् । चलचित्रका केही दृष्य सिंगापुरमा सुटिङ्ग गरिएको छ । सुरुमा यो चलचित्रको नाम केटी हराएको सूचना राखिए पनि पछि परिवर्तन गरेर फेसबुक

गरिमाको गन्ध आउदैन

रियल लाईफमा गरिमा पन्त सोझी युवती हुन् जसलाई एक्लै हिड्न पनि डर लाग्छ र जो पायो त्यहीसंग बोल्ने आट पनि उनीमा छैन । हाल सम्म करिब एक दर्जन फिल्म खेलिसकेकी उनी एकै प्रकृतिको क्यारेक्टरमा देखिरहेकाले होला सायद उनले पर्याप्त परिचित हुने मौका अझै पाएकी छैनन् । तर आउदो शुक्रबार देखि प्रदर्शनमा आउने फिल्म 'भैहाल्छ नी' मा आफ्नो रियल लाईफका हाऊ भाऊ कही कतै नपाउने उनले दावी गरेकी छिन् । रिलिजको सम्पूर्ण तयारी सकिएको विषयमा आईतबार आयोजित प्रेस मिटमा उनले भनिन्, 'यस अघिका मेरा फिल्ममा मेरो ब्यक्तिगत हाऊ भाऊ पनि हुने गर्थे तर यो फिल्ममा कही कतै गरिमाको गन्ध आउदैन । यो फिल्ममा मैले रचनाको क्यारेक्टर गरेको छु जो हिम्मतिली क्यारेक्टरमा छे तसर्थ मैले यो फिल्ममा कलाकारितालाई पूर्ण न्याय गरेको छु ।' सस्पेन्स रोमान्टिक थ्रील शैली भनिएको भैहाल्छ नीलाई एमएस अग्रजले निर्देशन गरेका हुन् । रिलिज तयारी पूराका सम्बन्धमा उनले भने, 'नयाँ धारका सिनेमाको बहस चलिरहेका बेला यो फिल्म नयाँ र पूरानो धारको फ्यूजन

ए.टी.एम. भित्र टङ किसको रोमान्स

नेपाली चलचित्रमा अहिले सेक्स को मात्रा बढ्दै गएको छ । टङ किस र वेड सिन राखे चलचित्र चल्छ भन्ने सोचाई निर्माताहरुमा बढ्दै गएको छ ।चपली हाईटले व्यापारिक रुपमा सफलता हासील गरेपछि यस्तै खालका सिनेमा बनाउने होड नै चलेको छ । निर्माणाधिन चलचित्र ‘ए.टी.एम.’मा टङ किस र वेड सिन प्रशस्त समावेश गरिएको छ ।आइतबार मात्र छायांकन गरिएको एक दृश्यमा नायिका सविना कार्की र चलचित्रका कलाकार दिनेश थापाबीच २ मिनेट लामो टङ किसको दृश्य समावेश गरिएको छ । बानेश्वरमा छायांकन गरिएको यो दृश्यमा नायिका कार्कीले खुलेरै टङ किसको दृश्य दिएकी छिन् । टङ

१८ वर्ष भन्दा कम उमेरकाले हेर्न नपाइने नेपाली चलचित्र 'रातकी रानी' प्रदर्शनको तयारीमा

यथार्थ घटनामा आधारित भनेर डान्स बारमा काम गर्ने युवतीहरुको कथामा निर्माण गरिएको फिल्म ‘रातकी रानी’ (नाईट क्विन) यही जेष्ठ २६ गतेबाट प्रदर्शन आऊने भएको छ।डान्स बारमा काम गर्ने नेपाली युवतीहरूको पीडा र बाध्यतालाई यस फिल्ममा चित्रण गरिएको बताइएको छ । राजेश हमाल यस फिल्ममा डान्स बारमा काम गर्ने युवतीहरुको बारेमा अनुसन्धान गरेर किताब लेख्दै छन् भने कल्पना शाही, ज्योत्सना भट्ट, उषा खरेल यस फिल्ममा डान्सरको रुपमा देखिन्छन ।यस फिल्ममा हसन खान र शान्ति गिरी पनि मुख्य भूमिकामा देखिन्छन।तर यो चलचित्रलाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ, यो चलचित्रलाई नेपाली कानुन अनुसार १८ वर्षभन्दा मुनका दर्शकले हेर्न पाउने छैनन्। यसअघि पनि चलचित्र 'चपली हाइट'ले पनि एडल्ट सर्टिफिकेट पाएको थियो। चलचित्र रातकी रानीको ट्रेलर यस्तो छ..

यही वर्ष बिहे गर्छु: नायक हमाल



नेपाली चलचित्र जगतमा महानायकका रूपमा आफ्नो छवी स्थापित गरेका नायक राजेश हमालले यही २०६९ सालमा बिहे गर्ने बताएका छन् । एक अन्तरवार्तामा उनले हतारमा बिहे गरेर पछी पछुताउनुभन्दा फुर्सदमा गर्ने विचार गरेको बताएका थिए ।
आफूले जीवनसाथी चुनिसकेको बताउने उनले जीवनभर साथ बिताउने भएपछी दुवैले एक-अर्कालाई चिन्न र बिहेको लागी माइन्ड मेकअप गर्नका लागी आफूले ढिलाई गरेको बताए । आफ्नो हुनेवाला जीवनसाथी फिल्म क्षेत्रकी नभएको बताउने राजेशले बिहे सामान्य रूपमा गर्ने सोचमा रहेको बताए । उनलाई तामझाम गरेर बिहे गर्ने मन नै छैन् । 
अन्तरवार्ताका क्रममा उनले आफू घूम्नको शौखिन रहेको र युरोपका प्राय सबै देशमा घुमिसकेको बताएका छन् । देशको अवस्था राम्रो नभएकोले विदेशमा पनि आफूहरुले नराम्रो व्यवहार भोग्नुपर्ने भन्दै दुखेसो पोखेका थिए । 

०६८ सालका टप थ्री

हामीलाई प्राप्त विवरण अनुसार ०६८ मा जम्मा ६९ वटा फिल्म प्रदर्शनमा आए । ति मध्ये ब्लकबस्टर फिल्म 'लूट' ले अधिकांश बिधामा आफ्नो पकड जमाउन सफल भएको छ । ०६८ को उत्कृष्ट फिल्म लूट भयो भने आचार्य र मूलधारमा निर्माण भएको फिल्म श्रीमान् क्रमश: दोस्रो त तेस्रो स्थानमा पर्न सफल भयो । तर यि फिल्म व्यवसायिक रूपमा सफल हुन सकेनन् ।अभिनयका हिसाबले चलेका भनिएका टाउकाहरूलाई पाखा लगाउँदै नयाँ अनुहारहरू उत्कृष्टको श्रेणीमा परे भने निर्देशकहरू पनि नयाँ अनुहार नै उत्कृष्ट निर्देशक बने । साँगितीक रूपमा यो बर्ष सफल नै देखियो । निर्देशन होस् या अभिनय या अन्य बिधा अधिकांश नयाँ अनुहार नै ०६८ मा बढि चर्चामा रहे । प्रस्तुत छ ०६८ सालमा बिभिन्न बिधामा टप थ्रीमा परेकाहरूको सुची र साथमा प्रदर्शनमा आएका फिल्महरूको सुची -


उत्कृष्ट फिल्म
लूट
आचार्य
श्रीमान्

उत्कृष्ट निर्देशक

रेखाको रेट ३ बाट ५ लाख

सविनको ४ लाख
नायिका रेखा थापा वाहेक अन्य कलाकार लिनुपरे सिनेमा नै नवन्ने भनेर केही व्यक्तिलाई भनेका निर्देशक शोभित वस्नेतका लागि अन्त्यमा यही कुरा घाँटा लगाउने राम्रो माध्यम वन्यो । उनले निर्देशन तथा निर्माण गर्न लागेको चलचित्र ‘जाउँ हिड पोखरा’मा एक स्टार कलाकारको कथा वुनिएको छ । यसमा नायिका रेखा थापा वाहेक अन्य कोही पनि कलाकार नसुहाउने उनको तर्क थियो ।यसैले, उनले रेखा वाहेक अन्य लिएर काम नै नहुने वताए । यो कुरा पहिले नै थाहा पाएपछि रेखाले पनि शोभीतसँग राम्रै वार्गेनिङ गरेकी छिन् । यो सिनेमाका लागि रेखासँग शोभितले ५ लाखमा सम्झौता गरेका छन् । यो सिनेमामा सम्झौता गरेलगतै रेखाको पारिश्रमीक ५ लाख पुगेको छ ।‘जाउँ हिड पोखरा’को छायाकन यही वैशाख १५ गतेवाट सुरु हुनेछ । यो सिनेमाको छायांकन अवधिभर अर्थात ४५ दिनसम्म रेखाले अन्य सिनेमामा काम गर्न नपाउने शर्त समेत रहेको छ । यो भन्दा अघि उनी ३ लाख हारहारीको पारीश्रमीक लिंदै आएकी थिईन् । यो वर्ष उनले अभिनय गरेको कुनै पनि सिनेमाले खासै व्यापार नगरे पनि रेखा अव महङ िनायिका समेत भएकी छिन् ।

विनिताको रेट दुईलाख

नायिका विनिता बरालको रेट २ लाख पुगेको छ। उनलाई वर्ष ०६९ मा डेटस् मिलाउने समस्या हुने कुरा पनि निश्चित जस्तै छ। उनकै शब्दमा 'पानी पिउने पनि फुर्सद नहोला जस्तो पो लाग्दैछ।' चपली हाइटपछि विनिताको माग निकै बढेको हो, तर जति पनि चलचित्रबाट प्रस्ताव आएका छन्, सबैमा उनले 'चपली हाइट' मा जस्तै वा त्योभन्दा बढी उन्मुक्तता देखाउनुपर्ने बताइएकाले उनी 'कन्फ्युज' छिन्। विनिताले 'चपली हाइट'मा निकै कम पारिश्रमिक (अनुमानतः चालीस हजार रुपैयाँ) लिएर काम गरेकी थिइन्। अब भने जसरी 'लुट'का निमार् ताले निर्देशकलाई कार उपहार दिएका थिए, त्यसैगरी चलचित्र 'चपली हाइट'ले व्यावसायिक सफलता पाएपछि निर्माता अर्जुनकुमारले उनलाई 'बोनस' दिने जस्तो

छोरी भन्दा तरुनी करिश्मा

‘छोरी भन्दा आमा तरुनी लिपिष्टक पाउडरले, लान्छ क्यारे घुमाउन झिल्के डाइभरले ।’ लोक गायक कुमार वस्नेतले धेरै बर्ष पहिले गाएको यो लोकगीतको मर्म नायिका करिश्मा मानन्धको जीवनमा पनि प्रतिबिम्बित भएको छ ।एक कार्यक्रममा सँगै देखिएका करिश्मा र उनकी छोरी कवितालाई देख्दा लाग्थ्यो, छोरी भन्दा आमा तरुनी भनेको यही नै हो । हुन त कविताको सुन्दरतामा पनि खोट लगाउने ठाउँ छैन । तर पनि करिश्माको सुन्दरता अझै पनि उस्तै छ । लामो समयसम्म नेपाली सिनेमा खेलेर अमेरिका पुगेकी करिश्मा पुनः नेपाली रजतपटमा आफ्नो पकड जमाउन लागी परेकी छिन् । तर पनि उनको सुन्दरताको बयान हरेकले गर्छन् । बिभिन्न ठाउँमा पुग्दा नायक राजेश हमालले समेत करिश्माको सुन्दरताको बयान गर्न भुल्दैनन् ।

नेपाली चलचित्र ‘लुट’को पाइरेसी


ब्लकबस्टर नेपाली चलचित्र ‘लुट’को पाइरेसी भएको छ। अहिले युटुब र अनलाइनमा छ्याप छ्यापी ‘लुट’को भिडियो बाहिर आएको छ। पहिले पनि केहि सिनहरु २,३ मिनेटको भिडियो र १४ मिनेटको भिडियो बाहिर आएको उक्त फिल्मको अहिले भने फिल्म नै युटुब र अनलाइनमा छ्याप छ्यापी भएको छ। यसमा चाडो भन्दा चाडो निर्माता निर्देशकको ध्यान गएन भने “बाटो मुनिको फूल”को जस्तो अवस्था नहोला भन्न सकिन्न। लुट फिल्मले अहिले ओभरसिजमा तहल्का मचाई रहेको बेला यसरी फिल्मको पाइरेसी हुनुमा पक्कै पनि फिल्मको ब्यापारमा केहि असर हुने हामीले देखेका छौ। धेरैले त ‘लुट’ हेरिसक्नु भयो अब उध्रेको चोली हेर्नुस्

आखिर के हो ? ‘The Last Kiss’

अहिले चलचित्र बजारमा चाहेर होस् या नचाहेर होस् नेपाली चलचित्र ‘द लास्ट किस’को चर्चा चलिरहेको छ। कसैले पोर्न चलचित्र भनेर ब्याख्या गरेका छन् कसैले अश्लिल चलचित्र भनेका छन्, भने कसैले ‘ग्रेड बि’ भनेर भनेका छन् अझ कसैले नेपाली चलचित्र ‘लुट’ र ‘चपली हाईट’ बाट प्रभाबित भनेका छन्। छाडा शब्द प्रयोग गरिएको ‘लुट’ र यौन मनोविज्ञान भनिएको ‘चपली हाइट’ पछि सेक्स थ्रिलरको रूपमा हेरिएको चलचित्र ‘द लास्ट किस’ हो। बजारमा चर्चा चलेको कुरालाई लिएर हामीले यस फिल्ममा निर्माता राज शिरिष सँग गरिएको कुराको केहि अंश:
Q – राज जी तपाइको चलचित्र ‘द लास्ट किस’लाई चलचित्र बजारमा पोर्न चलचित्र या अश्लिल चलचित्र भनेर हल्ला चलेको छ, के साच्चै यो चलचित्र यस्तै छ त ?
A – ‘द लास्ट किस’ एउटा वोमन बेस चलचित्र हो जसमा नारी समबेदना र नारीले पनि केहि गर्न सक्छ भन्ने कुरा उठाएका छौ। यो चलचित्रको ट्रेलरलाई जसरी मूल्यांकन गरिएको छ त्यो गलत हो।

महानायक सुत्छन् दश लाखको पलङमा

बैंशमा समेत विलासिताको बस्तुबाट टाढा रहेका महानायक राजेश हमाललाई आधा उमेर वितेपछी ती बस्तुले आकर्षित गर्न थालेको छ । धरानकी मधु भट्टराईसंग विहेको तयारीमा रहेका हमालले डेढ बर्षको हुँदा देखि सुत्दै आएको पलङलाई परिवर्तन गरी दश लाख मूल्यको सुविधा सम्पन्न पलङ भित्राएका छन् ।यहाँ प्रसङ्ग सस्तो र महंगो सामानको हैन महानायकको बिहेको प्रसङ्ग जोड्न लागेका हौ । हमाल त्यस्ता स्वभावका ब्यक्ति हुन जसलाई विलासिता प्रति कुनै ईन्टेष्ट छैन तर जव उनी मधुको प्रेम रसमा डुबे त्यसको केही समय पश्चात उनले आईफोन (मोबाईल) पनि बोक्न थाले जुन बोकाई दश बर्ष पश्चातको थियो उनको जीवनमा ।
महंगो पलङ भित्राएको खबर सम्बन्धमा फिल्मीखबरले थाहा पाएपछी महानायकका सहयोगी चिरञ्जीवी

आर्यनको अघि रेखा लुत्रुक्क पर्दा

नायक आर्यन सिग्देलको नाम मुखवाट निस्केला कि जस्तो गर्ने नायिका रेखा थापाको व्यवहार केही दिन यता परिवर्तन भएको छ । नायक आर्यन सिग्देसँग अंकमाल समेत गर्न नमान्ने रेखा अहिले आर्यनको नाम फर्की फर्की, सम्झी सम्झी लिन थालेकी छिन् । केही दिन अघि काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा हात मिलाएपछि रेखाले आर्यनसँग दोस्तीको हात अघि वढाएकी थिइन् । उनले, उक्त समयमा आर्यनको अभिनयको प्रशंसा खुवै गरेकी पनि थिईन् । त्यसको केही दिन वित्न नपाउँदै रेखाले काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा आर्यनलाई यसरी सम्भिmन कि के भन्ने ? चलचित्र कसले चोर्यो मेरो मनवाट उत्कृष्ट नायिकाको