विनिताको रेट दुईलाख

नायिका विनिता बरालको रेट २ लाख पुगेको छ। उनलाई वर्ष ०६९ मा डेटस् मिलाउने समस्या हुने कुरा पनि निश्चित जस्तै छ। उनकै शब्दमा 'पानी पिउने पनि फुर्सद नहोला जस्तो पो लाग्दैछ।' चपली हाइटपछि विनिताको माग निकै बढेको हो, तर जति पनि चलचित्रबाट प्रस्ताव आएका छन्, सबैमा उनले 'चपली हाइट' मा जस्तै वा त्योभन्दा बढी उन्मुक्तता देखाउनुपर्ने बताइएकाले उनी 'कन्फ्युज' छिन्। विनिताले 'चपली हाइट'मा निकै कम पारिश्रमिक (अनुमानतः चालीस हजार रुपैयाँ) लिएर काम गरेकी थिइन्। अब भने जसरी 'लुट'का निमार् ताले निर्देशकलाई कार उपहार दिएका थिए, त्यसैगरी चलचित्र 'चपली हाइट'ले व्यावसायिक सफलता पाएपछि निर्माता अर्जुनकुमारले उनलाई 'बोनस' दिने जस्तो
चर्चा पनि चलिरहेको छ। केही दिनभित्रै विनिताले दुईवटा चलचित्र 'साइन' गर्दैछिन् , त्यो पनि प्रतिचलचित्र २ लाखभन्दा बढी पारिश्रमिक लिएर। '१५ वटा चलचित्रबाट अफर आएका छन्। तीमध्ये दुईवटामा काम गर्ने निधो गरिसकेकी छु। यी दुवै चलचित्रमा मेरो भुमिका 'बबाल' हुनेछ। अरुको पनि स्क्रिप्ट पढ्दैछु- विनिताले भनिन्।

0 comments:

Post a Comment