रेखाको रेट ३ बाट ५ लाख

सविनको ४ लाख
नायिका रेखा थापा वाहेक अन्य कलाकार लिनुपरे सिनेमा नै नवन्ने भनेर केही व्यक्तिलाई भनेका निर्देशक शोभित वस्नेतका लागि अन्त्यमा यही कुरा घाँटा लगाउने राम्रो माध्यम वन्यो । उनले निर्देशन तथा निर्माण गर्न लागेको चलचित्र ‘जाउँ हिड पोखरा’मा एक स्टार कलाकारको कथा वुनिएको छ । यसमा नायिका रेखा थापा वाहेक अन्य कोही पनि कलाकार नसुहाउने उनको तर्क थियो ।यसैले, उनले रेखा वाहेक अन्य लिएर काम नै नहुने वताए । यो कुरा पहिले नै थाहा पाएपछि रेखाले पनि शोभीतसँग राम्रै वार्गेनिङ गरेकी छिन् । यो सिनेमाका लागि रेखासँग शोभितले ५ लाखमा सम्झौता गरेका छन् । यो सिनेमामा सम्झौता गरेलगतै रेखाको पारिश्रमीक ५ लाख पुगेको छ ।‘जाउँ हिड पोखरा’को छायाकन यही वैशाख १५ गतेवाट सुरु हुनेछ । यो सिनेमाको छायांकन अवधिभर अर्थात ४५ दिनसम्म रेखाले अन्य सिनेमामा काम गर्न नपाउने शर्त समेत रहेको छ । यो भन्दा अघि उनी ३ लाख हारहारीको पारीश्रमीक लिंदै आएकी थिईन् । यो वर्ष उनले अभिनय गरेको कुनै पनि सिनेमाले खासै व्यापार नगरे पनि रेखा अव महङ िनायिका समेत भएकी छिन् ।


यो सिनेमामा ड्रेस भने रेखाको नै खर्च लाग्ने छ । नायिका थापाले ५ लाख आफ्नो पारीश्रमीक वढाएलगतै नायक सविन श्रेष्ठको पनि रेट वढेको छ । उनले, यही सिनेमाका लागि शोभीतसँग ४ लाख डिमान्ड गरेको थाहा भएको छ । सविनले ४ लाख डिमान्ड गरेपछि शोभितले यसवारेमा केही पनि वोलेका छैनन् । तर, अनलाईन खवरसँग कुरा गर्दै वस्नेतले भने, सविनले ४ लाख भन्दा त मलाई एकछिन रिंगटा नै लाग्यो । नायक आर्यन सिग्देलले धुवा सिनेमामा ८ लाख पारीश्रमीक पुर्याएका छन् । यता, लुट वाट चर्चित वनेका कलाकार सौगात मल्ल अर्थात ‘हाकु काले’ले भने आफ्नो रेट ४ लाख पुर्‍याएका छन् । आर्यनको रेटकै पछि पछि लागेका नायक जिवन लुईटेलले भने आफ्नो रेट ६ लाख माथी भन्ने गरेका छन् । यसरी, कलाकारहरु अहिले रेट वढाउनमा व्यस्त रहेका छन् । तर, रेट वढाएका कलाकारमा सौगातको भन्दा अन्य कलाकार सवैको सिनेमा वर्ष ६८ मा असफल भएका छन् । नेपाली सिनेमाको व्यापार नभएपनि कलाकारको रेट वढाउने अभियान भने निरन्तर रहेको छ । हेरौ, यो प्रतिस्पर्धा कहिलेसम्म जारी रहने हो ।

0 comments:

Post a Comment