ए.टी.एम. भित्र टङ किसको रोमान्स

नेपाली चलचित्रमा अहिले सेक्स को मात्रा बढ्दै गएको छ । टङ किस र वेड सिन राखे चलचित्र चल्छ भन्ने सोचाई निर्माताहरुमा बढ्दै गएको छ ।चपली हाईटले व्यापारिक रुपमा सफलता हासील गरेपछि यस्तै खालका सिनेमा बनाउने होड नै चलेको छ । निर्माणाधिन चलचित्र ‘ए.टी.एम.’मा टङ किस र वेड सिन प्रशस्त समावेश गरिएको छ ।आइतबार मात्र छायांकन गरिएको एक दृश्यमा नायिका सविना कार्की र चलचित्रका कलाकार दिनेश थापाबीच २ मिनेट लामो टङ किसको दृश्य समावेश गरिएको छ । बानेश्वरमा छायांकन गरिएको यो दृश्यमा नायिका कार्कीले खुलेरै टङ किसको दृश्य दिएकी छिन् । टङ
किस रियल नै गरेको हो भन्ने हाम्रो प्रश्नमा उनले भनिन्-’सिनेमा भित्रको कलाकार हूँ म भन्ने सम्झेर वास्तविक रुपमा नै गरेँ ।’
२ मिनेटसम्म लगातार एक पुरुषसँग यस्तो दृश्य दिँदा कस्तो भयो भन्ने प्रश्नमा उनले भनिन्-’अगाडि पछाडि धेरै नै मानिस थिए यसैले पनि लाज लाग्यो तर पनि म कलाकार हूँ भन्ने सम्झिएर गरे ।’ उनले यो दृश्य २ टेकमा नै ओके भएको समेत बताइन् । चलचित्रमा सविनाको भूमिका एउटा वोल्ड केटीको रहेको छ ।उनले यो चलचित्रमा ३ देखि ४ बटा दृश्यमा टङ किस को दृश्य दिएकी छिन् । उनका साथमा चलचित्रभित्र नायिका जिया के.सी र सोनिया शर्माको पनि अभिनय रहेको छ । चलचित्र ए.टी.एम.मा तिनै नायिकाले टङ किस र वेड सिन प्रशस्त दिएका छन् । चलचित्रमा कस्ता दृश्य समावेश गरीएको छ भन्ने प्रस्तुत पोस्टरले पनि स्पष्ट पार्दछ ।

0 comments:

Post a Comment