यही वर्ष बिहे गर्छु: नायक हमाल



नेपाली चलचित्र जगतमा महानायकका रूपमा आफ्नो छवी स्थापित गरेका नायक राजेश हमालले यही २०६९ सालमा बिहे गर्ने बताएका छन् । एक अन्तरवार्तामा उनले हतारमा बिहे गरेर पछी पछुताउनुभन्दा फुर्सदमा गर्ने विचार गरेको बताएका थिए ।
आफूले जीवनसाथी चुनिसकेको बताउने उनले जीवनभर साथ बिताउने भएपछी दुवैले एक-अर्कालाई चिन्न र बिहेको लागी माइन्ड मेकअप गर्नका लागी आफूले ढिलाई गरेको बताए । आफ्नो हुनेवाला जीवनसाथी फिल्म क्षेत्रकी नभएको बताउने राजेशले बिहे सामान्य रूपमा गर्ने सोचमा रहेको बताए । उनलाई तामझाम गरेर बिहे गर्ने मन नै छैन् । 
अन्तरवार्ताका क्रममा उनले आफू घूम्नको शौखिन रहेको र युरोपका प्राय सबै देशमा घुमिसकेको बताएका छन् । देशको अवस्था राम्रो नभएकोले विदेशमा पनि आफूहरुले नराम्रो व्यवहार भोग्नुपर्ने भन्दै दुखेसो पोखेका थिए । 

0 comments:

Post a Comment