सेन्सर बोर्ड औपचारिकतामा सीमित

आखिर पटक-पटक किन सेन्सर बोर्ड कामप्रति लापरवाही गर्छ ? निर्देशक तथा समीक्षक मनोज पण्डित भन्छन् 'किनकी सेन्सर बोर्ड राजनीतिक उद्देश्यले निर्माण भएका सिनेमाहरु बाहेक अन्य सिनेमाको सेन्सरप्रति गम्भिर छैन । राजनीतिक फिल्मबाहेक अन्यको सेन्सर केवल औपचारिकतामा सीमित बनेको छ ।' सेन्सर बोर्डको यस्ता लापरवाहीका घटनाहरुलाई 'चाँदनी चोक टु चाइना'सँग मात्र दाँज्नु पर्याप्त हुँदैन पछिल्लो समय रिलिज भएका स्वदेशी सिनेमाको सेन्सर हेर्दा उक्त आरोपको पुष्टि हुन्छ ।शुक्रबारदेखि उपत्यकामा प्रदर्शन सुरु गरेको चलचित्र 'म बिस्रुँ कसरी'को प्रीमियरमा यस्तै एउटा असंवेदनशिलता र लापरवाहीको उदाहरण भेटियो । सेन्सर बोर्डले चलचित्रलाई उपलब्ध गराएको सर्टिफिकेटमा काटिएका दृश्य तोकेरै उल्लेख भएपनि चलचित्रमा भने हुबहु नकाटिएका दृश्यहरु राखिएका छन् । 'रगत चाटेको र घाँटी अँचेटेको दृश्य काटिएको' कुरा प्रमाणपत्रमा उल्लेख छ तर दृश्य जस्ताकै तस्तै छ । सेन्सर बोर्डले या त चलचित्र सेन्सर नै नगरी सर्टिफिकेट दिएको छ या त निर्माण पक्षले दृश्य राखेर सेन्सर बोर्डलाई चुनौति दिएको छ ।यतिसम्मकी िहंसात्मक दृश्य समेटिएका र सेन्सर बोर्डबाट 'एडल्ट' सर्टिफिकेट पाएको उक्त सिनेमालाई नाबालकहरुले पनि हेरेका थिए । स्वयम अभिभावकहरुले बच्चाहरुलाई 'एडल्ट' फिल्म हेराउन ल्याएका थिए तर आयोजकले उनीहरुलाई नदेखाउनतर्फ वास्ता गरेनन् । सेन्सर बोर्डको यस्तो लापरवाही यसअघिका दुई सिनेमा 'शासन' र 'बाटो मुनिको फूल'मा पनि देखिएको थियो । 'बोर्डमा व्यावसायिक मानिस नहुँदा र राजनीतिक चलचित्रलाई मात्र सेन्सर गर्नुपर्छ भन्ने मनोविज्ञानले यस्तो भएको हो' स्वयम चलचित्र 'दासढुंगा'का निर्देशक समेत रहेका पण्डितले टिप्पणी गरे ।

तस्विर : विहिबार बेलुका राजधानीको कुमारी सिनेमा घरमा आयोजना गरिएको चलचित्र 'म बिस्रुं कसरी' प्रीमियरको एक दृश्य । सो अवसरमा माओबादी नेता सागर थापा, कलाकार र चलचित्रकर्मी उपस्थित थिए ।

को होलिन् राजेशकी गर्लफ्रेन्ड ?

सात महिनाअघि मेरोसिनेमासँग कुरा गर्दै महानायक राजेश हमालले आफूलाई विवाहको आवश्यकता महसुस भैरहेको बताएका थिए ।त्यसको केही महिना नबित्दै राजेशकी गर्लफ्रेन्डको खुलासा मात्र भएको छैन लामो समयदेखि दुईबीच अफेयर र डेटिङ चलिरहेको पुष्टि भएको छ । बिराटनगर घर भएकी २७ वर्षिया क्षेत्री थरकी एक युवती राजेशकी गर्लफ्रेन्ड भएको खुलासा भएको छ । तर ती युवती चलचित्र क्षेत्रबाहिरकी हुन् ।स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालयको आमसंचार संकायमा डिग्री अध्ययनरत ती युवतीलाई राजेशले आफ्नी भावी जीवनसंगिनी भएको बताइसकेका छन् । विवाहका लागि उपयुक्त बधु पाइसकेको बताउँदै हमालले केही समयभित्रै विवाहको औपचारिक घोषणा गर्ने जानकारी दिए । सात वर्षपहिले लाजिम्पाटको होटल र्‍याडिसनमा एक औपचारिक कार्यक्रममा भेट भएका राजेश र नाम नखुलेकी ती युवतीले इमेल ठेगाना आदानप्रदान गरेका थिए । त्यसपछि सँधैजसो दुवैबीच इमेलमा च्याट भैरहन्छ जुन अहिले पनि जारी छ ।'दूध बल्ल दहीको स्वरुप लिएर जम्न थालेको छ । यसलाई हल्लाइदियो भने नजम्न सक्छ' आफ्नो विवाहलाई दही जम्ने विम्वसँग तुलना गरेका हमालले अघि भने 'तर दही बन्ने प्रकि्रया बल्ल सुरु भएको छ ।' राजेशका अनुसार दुवैबीच अहिले सन्तुलनकारी प्रेम अफेयर चलिरहेको छ । आफूभन्दा लगभग आधा उमेरकी कान्छी ठिटीसँग राजेशले लगनगाँठो कस्न लागेका हुन् । स्रोतका अनुसार राजेश र ती युवती हालैको महिना जापान र थाइल्यान्डमा पनि बिदा मनाउन गएका थिए । उक्त लामो अफेयरलाई स्वयम राजेशले पुष्टि गरेका हुन् ।

म उसको ‘कान्छु'

नेपाली फिल्म क्षेत्रमा विभिन्न विवादमा कलाकारहरू परिरहेका हुन्छन्। यस्तै हल्लामा परेकी छिन्, अभिनेत्री सुष्मा कार्की। फिल्म क्षेत्रमा स्थापित हुने क्रममा रहेकी सुष्मा पछिल्लो समय आफ्नो निजी सम्बन्धका कारण चर्चामा छिन्। फिल्म क्षेत्रकै चर्चित व्यक्तिसँगको अफेयरले उनलाई चर्चामा तानेको हो।यही क्षेत्रको युवापुस्ताका एक व्यक्तिसँग आफ्नो सम्बन्ध रहेको सुष्मा स्विकार्छिन्। ‘हाम्रो सम्बन्ध फिल्ममा लाग्नुभन्दा अगाडिकै हो,' यसो भन्न उनी हिच्किचाइनन्। ती व्यक्तिसँग चार वर्षदेखि सम्बन्ध रहेको बताउँदै उनले भनिन्, ‘हाम्रो सम्बन्धबारे फिल्म क्षेत्रका धेरै जानकार छन्। यो सझौता र समझदारीमा अघि बढेको छ।'कामको सिलसिलामा कसैसँग नजिकिँदा गरिने नानाथरीको टिप्पणीले भने उनलाई हैरान बनाएको छ। ‘के यो माया हो'को सुटिङ चल्दै गर्दा सोही फिल्ममा काम गर्ने एक कलाकारसँगको हिमचिमलाई लिएर गरिएको नाकारात्मक टिप्पणीले दुःखी तुल्याएको उनले बताइन्।उनलाई चकित बनाएको छ आफ्नो बिहे भइसकेको भन्ने चर्चाले। ‘मेरो पुर्खौली घर बर्दिया हो। घरमा बिहेको लागि धेरै प्रस्ताव आए पनि मैले रुचि देखाएको छैन,' उनले प्रश्न गरिन्, ‘यो हल्ला चलाउनेलाई केटा खोजिदिन अनुरोध गर्छु।'पाँच वर्ष बिहे नगर्ने सोच उनको छ। आफ्नो प्रेमीबारे नजिकका मित्र र परिवारलाई थाहा भएको उनले जनाइन्। तर, उनी नाम सार्वजनिक गर्न भने मान्दिनन्। प्रेमीको नाम गुपचुपमा राख्न खोजे पनि सम्बन्ध बारे खुलिन् उनी। ‘मलाई पनि ऊ राम्रो लाग्ने। उसले पनि मलाई मन पराएको रहेछ। तर, प्रस्ताव राख्न आठ महिना लगायो। मैले फस्ट टेकमै स्वीकार गरेँ।'प्रेमीले आफूलाई राखिदिएको नाम भने लुकाउँदिनन्,‘मलाई उसले कान्छु भनेर बोलाउँछ। त्यसो भन्दा मलाई एकदमै रमाइलो लाग्छ।'कामकै प्रकृतिले पनि प्रेमीसँग बारम्बार भेट भइरहने उनले खुलाइन्। ‘भेट नहुँदा फोनमा धेरै बेर कुरा हुन्छ। तीन घन्टासम्म लगातार गफ गरेका छौं,' आफ्नो बारेमा चल्ने हल्लाले सम्बन्धमा उतारचढाव आए पनि तुरुन्तै समाधान हुने गरेको उनको अनुभव छ।‘दुवैजना फिल्म क्षेत्रमै लागेर केही गर्ने सोच छ,' उनले भविष्यको योजना खुलाइन्, ‘मलाई अभिनयसँगै संगीतमा पनि रुचि छ। उसलाई निर्देशन विधामा सफल भएको हेर्ने मन छ।'सुष्माको फिल्म ‘तिमी मेरो म तिम्रो','नेपाल एक्सप्रेम', ‘के यो माया हो' र ‘भीष्मराज' रिलिज हुँदैछ।

सञ्चिताको गर्भमा ६ महिनाको बच्चा

नायिका सञ्चिता लुईटेल आमा बन्ने तयारीमा रहेको खबर प्राप्त भएको छ । नायक निखिल उप्रेतीसँग बैबाहिक जीवनमा गाँसिएकी नायिका सञ्चिताको गर्भमा अहिले ६ महिनाको बच्चा रहेको बुझिएको छ । केहि महिना अघि मुम्बईबाट नेपाल आएकी यि नायिका अहिले निखिलको पुर्ख्यौली घर सर्लाहीमा छिन्।पहिलो श्रीमान् आकाश शाहसँग सम्बन्ध बिच्छेद गरेर नायक निखिलको प्रेममा लठ्ठिएकी यि नायिका करिब दुई बर्ष अघि निखिल उप्रेतीसँग बिबाह गरेर निखिलसँगै मुम्बईमा बस्दै आएकी थिईन् । मुम्बईमा काम गर्न पुगेकी सञ्चिता त्यहाँ बसेर प्रगती गर्न नसकेपनि गर्भवती भएर भने प्रगती गरेकी छिन् । मुम्बईबाट फर्केपछि केहि समय आफ्नै माईतिघरमा बसेकी सञ्चिता अहिले भने निखिलकै घरमा बस्दै आएकी छिन् । हाल चलचित्र परिचयको काममा व्यस्त नायक निखिल काठमाण्डौ फर्केपछि सञ्चिता पनि काठमाण्डौ आउने भएकी छिन् ।सञ्चिता अहिले सर्लाही स्थित निखिलको पुर्ख्यौली घरमा परिवारलाई खाना पकाएर खुवाउनमा व्यस्त छिन् । काठमाण्डौको कोलाहलबाट टाढा रहेर गाउँघरको स्वच्छ हावापानीमा रमाउन आफू सर्लाही पुगेको सञ्चिताको भनाई छ । उनी भन्छिन्, 'काठमाण्डौ भन्दा यहिं नै रमाईलो छ ।' सञ्चिता अहिले निखिलको घरमा त बस्दै आएकी छिन् तर निखिलले भने उनलाई र उनको बच्चालाई स्विकार्ने हुन् या होईनन् त्यो भने समयले बताउने छ । किनकी निखिलले अझै पनि आफ्नी जेठी श्रीमती कोपिला र करिब दुई बर्षको छोरालाई उत्तिकै माया गर्ने गरेको बुझिएको छ ।यता निखिलकी जेठी श्रीमती कोपिलाले भने निखिल आफ्नो बाहेक अरू कसैको हुन नसक्ने र हुन पनि नदिने बताउँदै आएकी छिन् । निखिल भने अहिले यो सम्बन्धको बारेमा केहि बोलेका छैनन् । केहि समय अघि मुम्बईबाट काठमाण्डौ आएको बेला निखिलले दुबै श्रीमतीसँग आफ्नो सम्बन्ध चिसिएको बताएका थिए । अब उनीहरूको सम्बन्ध चिसिई नै रहने हो या तातिने हो त्यो भने हेर्न बाँकी नै छ । तर निखिललाई छोटो समयमा नै दुई बच्चाको बुवा बन्न लागेकोमा भने बधाई दिनै पर्छ ।

पलको च्यारिटी देशभर गरिने

मुलुकको वर्तमान राजनीतिक माहोललाई चित्रण गरेर निर्माण गरिएको चलचित्र 'पल' लाई नेपाल जेसिसले देशभर च्यारिटी गर्ने भएको छ । देशका केहि बिकट जिल्ला बाहेक अन्य सबै जिल्लामा सो चलचित्रको च्यारिटी गरिने प्रोडक्सन म्यानेजर सुवास काफ्ले 'दु:खी' ले फिल्मीखबरलाई जानकारी दिए ।बरिष्ठ लेखक कर्ण शाक्यको परिकल्पना, कथा पटकथा, सम्बाद र लेखन रहेको चलचित्र 'पल' यहि जेठ महिनाको १ गते देखि साउन महिनाको मसान्त सम्म देशभर च्यारिटी गरिने भएको छ । च्यारिटी गरेको केहि समयमा नै सो चलचित्रलाई सार्वजनिक प्रदर्शन गरिने बताईएको छ । चलचित्रलाई अमेरिकामा पनि प्रदर्शन गर्ने तयारी गरिएको निर्मान युनिटले जनाएको छ । जसका लागी अहिले अंग्रेजीमा सबटाईटलिङ गरिंदै छ । नेपाली राजनितिक, सामाजिक, आर्थिक र पारिवारिक परिवेशमा बनेको सो चलचित्रलाई रमेश बुढाथोकीले निर्देशन गरेका हुन् ।गोपीकृष्ण मुभिज र बुद्धमाया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र 'पल' मा राजबल्लभ कोइराला, निशा अधिकारी, तृप्ती नाडकर, रमेश बुढाथोकी, धिरेन शाक्य, अनुप बराल, नीर शाह, बसुन्धरा भुषाल, महादेव त्रिपाठी, दिनेश डिसी, लय संगौला, रवि खड्का, बिद्या कार्की, शैलजा पाण्डे, सानु ताम्राकार, बालकलाकार सारांशको साथमा अभिनेत्री करिष्मा मानन्धरको पनि बिशेष भुमिका रहेको छ । न्ह्यू बज्राचार्यको संगीत, किरण खरेलको गीत, राजु थापाको छायाँकन तथा रजनी पन्तको सम्पादन रहेको सो चलचित्रलाई राजु केसी, सुशिला शाक्य,चन्द्रमा राजकर्णिकार र उज्ज्वल पौडेलले निर्माण गरेका हुन् ।चलचित्रको माध्यमबाट मानिसको सोचमा थुप्रै परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर चलचित्र 'पल' को कथा लेखिएको लेखक शाक्य बताउँछन् । जीवनको यथार्थ घटनालाई समेटिएको भनिएको चलचित्र पलमा कुनैपनि अप्राकृतिक, अस्वाभाविक र असान्दर्भिक दृश्यहरूलाई नसमेटिएको लेखक शाक्यको भनाई छ । समय र सत्यका पलहरूलाई बुझ्न नसकेमा जीवनमा थुप्रै भूलहरू हुनसक्ने सन्देश यस चलचित्रले दिने शाक्यले बताए ।

जयकिशनले छोडे रेजिनाको चलचित्र

नायिका रेजिना उप्रेतीले पहिलो पटक निर्माण गर्दै गरेको चलचित्र 'वरदान' कलाकार जयकिशन बस्नेतले हात झिकेका छन् । बिशेष शुत्रका अनुसार चलचित्रको कथाबस्तु मन नपरेर जयकिशनले हात झिकेको बुझिएको छ ।चलचित्रको मुहुर्त समारोहमा कलाकारको रूपमा जयकिशनको नाम लिईएको थियो तर जय भने मुहुर्त सटमा सहभागी भएका थिएनन् । मुहुर्त सटमा जयकिशनका लागी डाईलग पनि तयार पारिएको थियो तर उनी समयका नआएपछि मुहुर्त सटको डाईलग द्वन्दनिर्देशक राजेन्द्र खड्गीले बोलेका थिए । सोहि बेलाबाट नै जयकिशनले चलचित्रमा अभिनय गर्न मन नगरेको बुझिएको थियो ।अधिकांशलाई थाहा नै होला कि रेजिना उप्रेती र जयकिशनले एकसाथ थुप्रै चलचित्रमा अभिनय गरेका छन् । अझ जयकिशनले निर्माण गरेका हरेक चलचित्रमा रेजिनाले अभिनय गरेकै हुन्छिन् । यसैगरी जयकिशनका दाजु निर्देशक शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेका प्राय चलचित्रमा पनि यि दुईको अभिनय देख्न सकिन्छ । जयकिशनले भर्खरै निर्माण गरेको चलचित्र 'तँ त सार्है सप्रिस नि बद्री' मा जय र रेजिना प्रमुख भुमिकामा छन् । जुन चलचित्रलाई शोभित बस्नेतले निर्देशन गरेका हुन् ।प्राप्त जानकारी अनुसार अहिले सो चलचित्रमा जयको स्थानमा नायक अर्जुन कार्कीले अभिनय गरेका छन् । यसरी हरेक चलचित्रमा रेजिनासँग अभिनय गरेका जयले आज रेजिनाले नै निर्माण गरेको चलचित्रमा किन अभिनय गर्न मानेनन् त ? कतै रेजिना र जय बिच ठाकठुक त परेन ? यो बिषयलाई फिल्मीखबरले निकै अर्थपूर्ण तरिकाले हेरेको छ । र अर्को कुरा, यो घटनाले गर्दा कतै जयकिशन र उनका दाजु तथा वरदानका निर्देशक शोभित बस्नेत बिच फाटो आउने त हैन ? प्रश्न गर्ने ठाउँहरू प्रशस्त छन् ।स्मरण रहोस् जयकिशनले केहि समय नायिका ऋचा घिमिरेको अगाडी निर्माणाधिन चलचित्र 'ब्रेक फेल' बाट पनि हात झिकेका थिए । उनको ठाउँमा कोही मेरोका नायक सुवास थापाले अभिनय गरेका छन् ।

हिरोहरुको पारिश्रमिक, कस्को कति ?

नेपाली चलचित्रको ब्यापारले बिभिन्न निर्माता, निर्देशकहरुलाई तोरीको फुल देखाईरहेको तत्कालिन अवस्थामा कलाकारहरुको पारिश्रमिक दिनानुदिन आकर्षक बन्दै गईरहेको तथ्यलाई भने नकार्न सकिन्न । झनै बिज्ञापन र बिभिन्न बिदेशी कार्यक्रमहरुबाट पनि पैसाको ओईरो लाग्न थालेपछि त कलाकारहरुको भुइँमा खुट्टा भेटिन गाह्रो पर्छ । तर यो अवस्था केहि कलाकारहरुको हकमा मात्र लागु हुन्छ, हैन भने अरुको हालत बिजोग छ ।कुनै बेला एक पैसो बेगरनै नेपाली सिनेमा 'खुकुरी'मा अभिनय गरेका नायक बिराज भट्टलाई पछिल्लो समयमा भोजपुरी सिनेमा दुश्मनीमा अभिनय गरे वापत् १० लाख नेपाली रुपैंया हात लागेको थियो ।हिजोआज नेपाली सिनेमामा फाट्टफुट्ट देखिने गरेका बिराजलाई भोजपुरी सिनेमाको पारिश्रमिकले बल्छी लगाएको छ । नेपाली सिनेमाबाटै पनि पाँच लाख हाराहारीको पारिश्रमिक थापिरहेका उनी हालसम्म कुनैपनि बिज्ञापनमा देखिएका छैनन् ।त्यसैले उनको कमाई खाने भाँडो भनेकै सिनेमा मात्रै हो ।बिराजको भोजपुरीलाई पर सारेर कुरा गर्ने हो भने अहिलेको महँगा नायक आर्यन सिग्देल हुन् । दिपेन्द्र खनालको 'काठमान्डु नाईट'मा अभिनय गर्न ६ लाख नेपाली रुपैंयामा हस्ताक्षर गरेका आर्यनले पछिल्लो समयमा कृषा चौलागाईको 'के म तिम्रो साथी बन्न सक्छु'का लागि साढे पाँच लाख रुपैंया लिएका थिए । यति पारिश्रमिक लिँदा लिँदै पनि उनको पछाडि निर्माता, निर्देशकहरुको लामै लर्को लागिरहेकै छ । बिज्ञापनमा धेरै नदेखिने आर्यनको मुल आयस्रोत पनि सिनेमा नै हो ।यता महानायक राजेश हमाल पनि सिनेमामा आफ्नो भुमिका हरेर प्रतिसिनेमा दुई लाखदेखि चार लाखसम्मको रकम थापिरहेका छन् ।टन्नै बिज्ञापनहरुमा छाईरहने हमाल एउटा बिज्ञापनबाट १० देखि १२ लाखसम्मको पारिश्रमिक लिन्छन् । त्यस्तै बिदेशमा हुने कार्यक्रमहरुमा पनि उनको राम्रै सहभागिता रहेको पाईन्छ । उनी यस्ता कार्यक्रमहरुबाट प्रति कार्यक्रम एक लाख भन्दा बढि रकम लिने गर्दछन् ।यता नायक जीवन लुइँटेल दुई लाख भन्दा बढि पारिश्रमिक लिने अर्का नेपाली हिरो बनेका छन् भने मुकेश ढकालले रेजिना उप्रेतीको सिनेमा 'बरदान'का लागि २ लाख २१ हजारमा हस्ताक्षर गरेका छन् ।

हरिवंशकी धर्मपत्नी मीरा आचार्यको निधन

बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यकी धर्मपत्नी मीरा आचार्यको निधन भएको छ । मष्तिस्क पक्षघातका कारण ४१ बर्षीया आचार्यको मंगलबार राजधानीको मोडल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।एक्कासी मष्तिस्कमा समस्या देखिएपछि उहाँलाई तीन दिन अघि उपचारकालागी मोडल अस्पताल लगिएको थियो । सोमबार अचानक स्वास्थ्यमा ठूलो समस्या आएपछि सोमबारदेखि उहाँलाई आईसियूमा भर्ना गरिएको थियो । उहाँको निधन मंगलबार नै भएपनि डक्टरले भने कृत्रिम सास दिएर बुधबार मात्र निधन भएको घोषणा गर्ने बताईएको छ । आफ्नी आमाको अवस्था चिन्ताजनक भएको थाहा पाएपछि अमेरिका रहेका जेठा छोरा त्रिलोक आचार्य बुधबार नेपाल आएका छन् । उनी नेपाल नआईञ्जेल परिवारको आग्रहमा डक्टरले मिरालाई कृत्रिम सास दिएर राखेको बुझिएको छ ।रेडियो नेपालकी निकै चर्चित कार्यक्रम प्रस्तोता समेत रहनुभएकी मिराका दुई छोरा छन् । कान्छा छोरा मोहित आचार्य भने यसै बर्ष देखि चलचित्रका नायक हुँदैछन् । मीराको स्वास्थ्य अवस्था चिन्ता जनक भएपछि मंगलबारबाटै अस्पतालमा उनका परिवार, आफन्त तथा शुभचिन्तकहरूको भिड लागेको थियो । यस दुःखद घडीमा दिबंगत हुनुभएकी मीराको आत्माको चिर शान्तिको कामना गर्दै द नेपाल~रोमानिया परिवार शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समबेदना प्रकट गर्दछ ।

०६७ सालमा युवा पुस्ताका चलचित्र साफ

चलचित्र उधोगको लागि ०६७ साल सधैका बर्ष जस्तै नै भयो । संख्यात्मक रुपमा चलचित्र धेरै निर्माण भयो भने व्यापारका दृष्टिले केहि चलचित्रले मात्र ठिकैको व्यापारमा चित्त बुझाउनु पर्‍यो । यो बर्ष बिगतका बर्ष सार्वजनिक भएका चलचित्र भन्दा फरक धारका चलचित्र निकै बने तर बिडम्वना ति चलचित्रले खासै चमत्कार देखाउन सकेन ।०६७ सालमा बिषेश गरि युवापुस्तालाई लक्षित गरि चलचित्र बनाउनेको लहर नै चल्यो । ०६७ मा नयाँ निर्माता, नयाँ कलाकार, नयाँ निर्देशक आदि धेरै जन्मिए । उनीहरूले सम्भावना देखाए पनि व्यापारका हिसाबले लगभग सबै चलचित्र साफ नै भए । चलचित्र निर्माण गरि पैसा कमाउने सपना देखेका धेरै नव निर्माताहरुको सपना चलचित्र प्रर्दशन पछि चकनाचुर पनि भए । युवापुस्तालाई लक्षित गरि निर्माण गरिएका चलचित्र भन्दा पनि सामाजिक परिबेशका चलचित्र नै सबै भन्दा अगाडि आए । प्राय पुराना निर्माताहरु यो बर्ष चुप लागेर नै बसे भने नयाँ निर्माताको बाढि नै आयो । तर धेरै आशा बोकेका चलचित्रले भन्दा आशा नगरिएका चलचित्रले कमाइ राम्रै गरे ।०६७ सालमा नयाँ निर्माताले बनाएको चलचित्र मध्ये प्रर्दशनमा आएको चलचित्र 'फस्ट लभ' र गोर्खा पल्टन मात्र होला सफल चलचित्र । ति बाहेकका थुप्रै चलचित्रले सोचे भन्दा ठिक विपरित व्यापार गरे । तर हल्ला भने निकै ठूलो गरे । चलचित्र 'फस्ट लभ' को सफलतासँगै नवनायिका ऋचा शर्माले केहि सम्भावना देखाएकी छिन् भने 'गोर्खा पल्टन' सफल भएपनि सम्भावना बोकेका कोही पनि देखिएनन् । सबैभन्दा बढि नयाँ कलाकार लिएर निर्माण गरिएको चलचित्र हो 'स्वर' । सो चलचित्रमा निर्माता, निर्देशक देखि लिएर अधिकांश कलाकार नयाँ नै थिए । चलचित्रले कुनै जादु देखाउन नसकेपनि म्यूजिक भिडियोमा अभिनय गर्ने केकी अधिकारी, रीमा बिश्वकर्मा र बेनिसा हमाल र म्यूजिक भिडियो निर्देशक प्रशन्न पौडेललाई परिचित गरायो यस्तै अर्को चलचित्र आयो 'कोहि मेरो ' । मुस्ताङका दृष्य समेटेको सुरज बंशलको चलचित्र 'कोहि मेरो' त व्याबसायिक नजरमा साफ नै भयो । युवापुस्तालाई मध्येनजर गर्दै निर्माण गरिएको भनिएको सो चलचित्रको हल्लाखल्ला नै चर्को भयो । तर सो चलचित्रका नवनायक सुवास थापाले भने केहि सम्भावना बोकेको बताईयो । यस्तै युवा पुस्ताको अर्को चलचित्र 'बाटो मुनिको फूल' राम्रो हुँदाहुँदै पनि पाईरेसीको सिकार बन्न पुग्यो । यस कुमारको प्रस्तुति रहेको सो चलचित्रले धेरैको प्रसंसा बटुल्न सक्यो तर कमाउन सकेन । यसमा पनि नवनायक बाबु बोगटी र यश कुमारले सम्भावना बोकेर आए । यसैगरी नयाँ कथाबस्तुका साथ प्रदर्शनमा आएको चलचित्र 'पलपलमा' ले पनि कुनै छलाङ मार्न सकेन । नवनिर्देशक उकेश दाहालले सो चलचित्रबाट कुनै पनि कलाकारलाई स्थापित बनाउन सकेनन् तर आफूले भने स्थापित हुन सक्ने सम्भावना देखाएका छन् । उनी पुन: नयाँ कथाबस्तुमा चलचित्र निर्देशन गर्दैछन् । नयाँ प्रयोगका साथ आएको चलचित्र 'एक दिन एक रात' सबैभन्दा नराम्रोसँग डुब्न पुग्यो । यति गहिराईमा गएर डुब्यो कि उत्रने सम्भावना एकदम न्यून नै रह्यो । यस्तै यो बर्षको अन्त्यमा नयाँ प्रबिधि प्रयोग गरिएको भन्दै निकै तामझामका साथ आएको चलचित्र 'व्याच नं १६' पनि युवा बर्ग कै लागि भनी थियो तर तिनै युवावर्गले सो चलचित्रलाई सोचे अनुरूप रूचाउन सकेनन् । समग्रमा भन्नु पर्दा हिन्दि चलचित्र हेर्न पल्किएका युवा बर्गलाई तान्न सक्ने कुनै चलचित्र ०६७ मा बन्न सकेनन् । तर प्रयास भने नगरिएको हैन । जुन प्रयास गरियो त्यसलाई भने सलुट हान्नै पर्छ ।०६७ सालमा जस्तो युवापुस्तालाई भन्दै बनेका चलचित्र हिन्दि चलचित्र हेरिरहेका दर्शकले मन पराइ दिएनन् तर आउदो बर्ष भने गुणस्तरियताको साथमा युवाबर्गलाई मन पर्ने चलचित्र बनुन् । ०६८ सालको अन्त्यमा यस्तो असफलताको समाचार लेख्न नपरोस् । जय सिनेमा !

राजधानी भित्रदैं 'म बिर्सुं कसरी'

यतिबेला मोफसलमा सफलताका साथ प्रदर्शन भईरहेको चलचित्र 'म बिर्सुं कसरी' अब भने राजधानी भित्रने भएको छ । रिमेश अधिकारीले निर्माण गरेको सो चलचित्र बैशाख १६ गतेबाट राजधानीका करिब एक दर्जन सिनेमा घरमा लाग्ने बताईएको छ ।बासुदेव पोखरेल निर्देशित चलचित्र 'म बिर्सुं कसरी' अहिले मोफसलमा मुख्य शहरमा प्रदर्शन भईरहेको छ । चलचित्रमा सुमन सिंह, आयुष रिजाल, मुकेश आचार्य, नीता ढुंगाना, सोनिया केसीलगायतको अभिनय हेर्न सकिनेछ ।चलचित्रमा विनोद खम्बू तथा प्रल्हाद भक्तको संगीत, राम जनकको द्वन्द्व तथा बब्बु थापाको नृत्य रहेको छ ।युवा पुस्तामाझ मौलाइरहेको प्रेम प्रसंगलाई चलचित्रले मुख्य कथाबस्तु बनाएको छ । यसको साथमा चलचित्रमा एक्सनलाई पनि फरक ढंगले प्रस्तुत गरिएको द्वन्दनिर्देशक राम जनकको भनाई छ ।छोटो समयमा रिलिज गरिएको प्रचारप्रसारको अभावले गर्दा शुरूमा चलचित्रको व्यापार सन्तोषजनक नरहेपनि अहिले भने दर्शकहरूले आफ्नो चलचित्रलाई मन पराएको दाबी गर्छन् निर्माता अधिकारी । स्मरण रहोस् निर्माता अधिकारीले केहि समय अघि फिल्मीखबर समक्ष आफू चलचित्र उद्योगलाई सफल वनाउनको लागी युद्धमा निस्केको एउटा योद्धा भएको बताएका थिए । साथमा उनले भनेका थिए, 'कि त विरगती प्राप्त गर्छु कि त युद्धमा विजयी हुन्छु ।' अब नेपाली चलचित्रको बिकाशका लागि युद्वमा निस्केका यि निर्मातालाई बिजयी गराउने या विरगतीको बाटो तर्फ डोर्‍याउने काम दर्शकको ।

वर्ष समीक्षा २०६७ चलचित्रको

वर्ष २०६७ सालभरिमा सेन्सर पास भएको आधारमा चलचित्रको संख्या गणना गर्ने हो भने ७३ हुन आउछ । तर, यो वर्ष भिडियो फिल्मलाई छाडेर र डिजिटल फिल्मलाई जोडेर भन्नुपर्दा गत वैशाख २८ गते लागेको चलचित्र ‘भागि–भागि नजाऊ’देखि चैत २५ गते लागेको चलचित्र ‘प्रहार’सम्म आइपुग्दा जम्माजम्मी ३९ चलचित्र प्रदर्शनमा आए । तर, दुःखपूर्वक भन्नुपर्छ –ती चलचित्रमध्ये नौ चलचित्र पनि राम्रोसग चल्न सकेनन् । वर्ष २०६७ मा प्रदर्शन भएका चलचित्रको लेखाजोखा गर्ने हो भने एउटा चलचित्र सुपरहिट, दुईटा चलचित्र हिट र पाचवटा चलचित्र औषत रहे । अन्य चलचित्र लगानी पनि नउठाउने गरि डब्बा भएका छन् । समग्रमा भन्नुपर्दा २०६७ नेपाली चलचित्रको लागि कालो वर्षको रुपमा स्थापित बन्यो । कालो यस अर्थमा कि, यसबर्ष नेपाली सिनेमाको इतिहासमा कहिल्यै नदेखेको र कहिले नसुनेको कुरा देख्नुपर्यो र सुन्नुपर्यो । एक एक हप्तामा सिनेमाहरु साफ भए, जसरी जापानमा हालै आएको सुनामीले मानविय ज्यु र धन साफ पारेको थियो । भनिन्छ नि, मेड इन चाईना, आज छ भोलि छैन, हो यस्तै स्थिति भोग्नु पर्यो नेपाली सिनेमाहरुले यसबर्ष, आज हलमा छ, भोलि छैन ।
लोदर सिनेमा
नेपाली सिनेमा क्षेत्रलाई यसरी लोदर लाग्न थालेको कृषा चौलागाईको सिनेमा ‘कसम हजुर’को प्रदर्शन शुरु भएदेखि हो । कसम हजुरको प्रदर्शनमा आए पश्यात् सिनेमाहरु एकएक हप्तामा लाग्दै गए र उत्रदै गए । बर्ष ०६७ का जम्मा ५२ हप्तामा ४९ सिनेमाहरु रिलिज भए । अझै उपत्यका बाहिरको प्रदर्शन पश्यात् उपत्यका छिरेका सिनेमाहरु यसबिचमा कति प्रदर्शमा आए भन्ने तथ्य निकाल्न खोज्ने हो भने जो कसैलाई पनि ज्वरो फुट्छ । हिसाबका पानाहरुलाई नपल्ट्याई भन्ने हो भने यसबर्ष बन्नुसम्म फिल्म बने, लाग्नुसम्म लागे र उत्रनुसम्म उत्रिए । यो लगाई र उत्र्याईको बिचमा ‘गोर्खा पल्टन’ यो बर्षकै सुपरहिट सिनेमा बन्न पुग्यो ।यस्तै, बर्ष २०६७ मा ‘कसले चोर्यो मेरो मन’ र ‘फष्टलभ’ यि दुई सिनेमाहरु पनि हिट सिनेमाहरुको लिस्टमा पर्न सफल भए । चैत मसान्ततिर आएर प्रदर्शन प्रारम्म्भ गरेका ‘निगरानी’ र ‘प्रहार’ले भने यतिबेला सिनेमा बजार तताई रहेकै छन् । तर सिनेमा प्रदर्शनमा आएको एक हप्ता भित्रै त्यस सिनेमालाई हिट वा फ्लप भन्न भने मिल्दैन ।
सुपरहिट र हिट सिनेमाहरु
यसबर्षको सुपरहिट सिनेमाको रुपमा ‘गोर्खा पल्टन’ दरियो । यो सिनेमा धेरै चल्यो तर यो गोर्खा पल्टन नभै इन्डियन आइडियल प्रशान्त तामाङ्ग चलेका हुन् । प्रशान्तलाई इन्डियन आईडियल बनाउन अघि सरेका हातहरुले खरिद गरेको टिकटकै कारण यो फिल्म सुपरहिट भयो । गोर्खा पल्टन त चल्यो तर सिनेमाका क्याप्टेन अर्थात् निर्देशक नारायण रायमाझीको नाम कतै चलेन । गोर्खा पल्टन चलेकै कारणले अघिल्लो सिनेमा ‘कोही मेरो’बाट डुब्नुसम्म डुबेका निर्माताद्धय सुरज बंशल र राजेश वंशलले पनि केहि राहतको महशुस गरे । तर पनि यतिबेला उनीहरु नेपाली सिनेमा निर्माण गर्न भनेपछि सय कदम पछि हटिरेहेका छन् । उनीहरुको हातबाट अब हत्तपत्त नेपाली सिनेमा निर्माण हुदैन । वंशल दाजुभाई मात्रै सिनेमा निमाणबाट भागिरहेका छैनन् यता यसबर्षको अर्को सफल सिनेमा फस्टलभका निर्माता माधव वाग्ले पनि सिनेमा निर्माणबाट टाढा सरिरहेका छन् । फिल्म सफल भएपनि पैसाजति हलले नै कुम्ल्याएको उनले आरोप लगाएका छन् ।यस्तै, नायिका रेखा थापाले बनाएको भनिएको कसले चोर्यो मेरो मनको ब्यापारले पनि सुस्ताएको नेपाली सिनेमा बजारमा केहि चहलपहल ल्यायो । यस सिनेमाको सफलताले नायिका रेखा थापालाई त फाईदा पुग्यो नै यसै सिनेमाबाट डेब्यु भएका निर्देशक सबिर श्रेष्ठको कामको प्रशंशा पनि धेरैले गरे ।

सुपर फ्लप सिनेमा

बर्ष ०६७ मा एक सिनेमा पनि रिलिज भयो, ‘हासिदेऊ एकफेर’ । यस सिनेमा प्रदर्शन अघि निकै चर्चामा रह्यो तर जब सिनेमा रिलिज भयो दर्शकहरु एकफेर त टाढाको कुरा आधी फेर पनि हासेनन् । मह जोडीलाई लिने बित्तिकै सिनेमा सफल हुन्छ भन्ने सोचलाई यस सिनेमाको ब्यापारले उल्टो बनाईदियो । यस सिनेमाको कारणले निर्माता त डुबे नै महको फिल्मी करिअर पनि चौपटै भयो । यस्तै सिनेमा ‘कहा भेटिएला’बाट थुप्रै तारिफ बटुलेकी नायिका श्वेता खड्कालाई पनि यस सिनेमाको ब्यापारले डुब्न बाध्य बनाईदियो । त्यसो त यसबर्ष फ्लप भएका सिनेमाहरुको चर्चा गर्ने हो भने धेरै दिनहरु ढल्न सक्छन् । तर हासिदेऊ एकफेर यसरी फ्लप भयो कि बर्ष २०६७ का अरु सबै फ्लप सिनेमाहरु यसका अघि फिक्का देखिए ।
नजमेकी मनिषा
यस्तै फेरी भेटौंला भनेर बलिउड छिरेकी नायिका मनिषा कोइरालाको ‘धर्मा’ नामक सिनेमा मार्फत् भएको पुनरागानलाई पनि नेपाली दर्शकहरुले रुचाएनन् । उमेर छउन्जेल बलिउडमा रमाएकी मनिषाको ढल्कदो उमेरलाई उनीहरुले रुचाईएन् । मनिषाको सिनेमाले चर्चा नपाएपनि बिवाहको प्रसङ्गले भने निकै चर्चा बटुल्यो । सम्राट दाहालसंग बिवाह बँधनमा बाधिएपछि उनी बिवाहित त भइन तर उनको बिवाहको सुखद समाचार धेरै दिन टिक्न भने सकेन । बिवाह गरेको दुई महिनामै सम्राट र मनिषा छुट्टिने कुराले पनि निकै चर्चा पायो तर त्यो चर्चा चर्चामै सिमित रह्यो ।
आशलाग्दा सिनेमा
बर्ष ०६७ मा रिलिज भएका सिनेमाहरु ‘बाटो मुनिको फुल’ र ‘ब्याच नं १६’ ले आश लाग्दो ब्यापार नगरेता पनि यि सिनेमाहरुको चर्चा निकै भयो । यि दुबै सिनेमाहरुले लगानीका आधारमा पनि पैसा उठाउन नसकेका हुन् । यदि आम नेपाली सिनेमा बन्ने बजेटमै यि सिनेमाहरु बनेका भए, यि सिनेमाहरु सफल सिनेमाको रुपमा दरिने थिए होला तर धेरै लगानकिा कारण मार खानु पर्यो यि दुबै सिनेमाहरुले । यद्यपी यि दुबै सिनेमाको सम्बन्धमा सबैभन्दा बढि चर्चा छायाङ्कन पक्षले पायो । बाटो मुनिको फुल संजय लामाले खिचेका हुन् भने ब्याच नं १६का पुरुषोतम प्रधानले ।
चलेका गीत संगीत
चैत मास खडेरीमा डडेलोले बनै खायो, यो गीतले भने जस्तै भयो बर्ष ०६७ मा नेपली सिनेमाका गीत संगीतको चर्चा र बजार । यस बर्ष जति फिल्महरु रिलिज भए, एउटा सिनेमाको लगभग चारवटा गीतका हिसाबले गणना गर्ने हो भने दुई सय भन्दा बढि गीतहरु फिल्मी बजारमा आए । तर दुभाग्र्यको कुरो, ती दुई सय गीतहरु मध्ये पाचवटा गीतर पनि राम्रोसंग चलेनन् । बरु ‘मुन्नी बदनाम हुई’ र ‘शिलाकी जवानी’ले नै नेपाली बजार तताईदियो । यसरी हेर्दा बर्ष २०६७ नेपाली फिल्मी गीत संगीतका खागि खडेरी बर्षकै रुपमा रह्यो । । यद्यपी तानतुन पारेर हेर्ने हो भने महेश खड्काद्धारा संगीतबद्ध ‘नाई नभन्नु ल’ बोलको गीतले बजार भन्दा बढि सिआरविटी ततायो । यस्तै कुनै बेलाका नम्बर १ संगीतकार सुरेश अधिकारी यस बर्ष एउटै गीतबाट आफ्नो अस्तित्व जीवित राख्न सफ भए । त्यो गीत हो, कसले चोर्यो मेरो मनको शिर्ष गीत । यता बर्षकै सफ सिनेमा गार्खा पल्टनको शिष गीत पनि सफ मानियो, जसका संगीतकार बी.बी अनुरागी थिए । यस्तै अर्का संगीतकार बसन्त सापकोटाले पनि यो बर्ष काम त थुप्रै पाए तर उनका गीत भने खासै चलेनन् भन्दा फरक नपर्ने स्थिति देखिन्छ । यद्यपी बसन्त अहिले पनि आफ्नो उहि तिन चार बर्षे पुरानो तर सफल गीत ‘सागर सरी चोखो माया’को बासुरी बजाई नै रहेका छन् । यता कुनै बेलाका गोल्डेन टच संगीतकार शम्भुजित बास्कोटाका गीतहरु पनि पुरानै ढर्राकै भएका कारण चर्चामा आउन सफल भएनन् तर गायक तथा संगीतकार सुगम पोखरेलको संगस्त रहेको गीत संगीले राम्रै चर्चा बटुल्यो यो बर्ष । जुन गीत सिनेमा ब्याच नं १६ को थियो ।
चर्चामा रहेका गायक गायिका
ब्याच नं १६को संगी बोलको गीत गायकै कारण गायक शिव परियार यो बर्ष चर्चामा रहे । शिवका अलावा दिपक लिम्बु, यश कुमार, बाबु बागटी, प्रशान्त तामाङ्ग आदि गायकहरु आफ्नो एकदुई गीतका कारण चर्चामा रहे ।गायिकाको कुरा गर्दा अन्जु पन्तको ठाउ लिने यो बर्ष पनि कोही नन्मिएनन् । अन्जुका अलावा अर्की गायिका रजिना रिमाल पनि चर्चा मै रहिन् । यि दुईलाई छाडेर दाजिलिङ्गकी सानी गायिका प्रकृति गिरीको चर्चा ब्यापक भयो । यिनले यश कुमारसंग मिलेर गाएको गीत ‘तिमीलाई कुनै पल’ले निकै चर्चा पायो ।
हिरो अफ दि इयर
बर्ष २०६७ मा नया पुराना गरी थुप्रै हिरोहरु नेपाली रजतपटमा देखा परे । सिनेमा खेलेको संख्याका आधारमा हेर्ने हो भने बिराज भट्ट नै यो बर्षको ‘हिरो अफ दि इयर’ हुनुपर्ने हो । तर संख्या मात्र बढाएर हिरो अफ दि इयर भईन्न, त्यसका लागि तर सिनेमाहरु सफल पनि हुनुपर्यो । ब्यापारको आधारमा हिरोको मुल्याङ्कन गर्नुपर्दा प्रशान्त तामाङ्ग नै यो बर्षको हिरो अफ दि इयर हुनुपर्ने हो तर उनी कहिं कतैबाट हिरो जस्तो देखिंदैनन् र उनको छाप ईन्डियन आइडियलको छ, वास्तवमा उनी गायक नै हुन् । त्यसो भए बर्ष २०६७ को हिरो अफ दि इयर को हुन् त ?बर्ष २०६७ का तिन सफल सिनेमा मध्ये ‘फस्टलभ’ र ‘कसले चोर्यो मेरो मन’का नायक आर्यन सिग्देल नै यस बर्षका ‘हिरो अफ दि इयर’ हुन् । आर्यन पछि नाम लिंदा बिराजको नाम आउछ, बिराजको यस बर्ष दशवटा जति सिनेमाहरु रिलिज भएका छन् । उनका केहि सिनेमाहरुले इनिसियल समेत हानेका छन् । यस अर्थमा उनलाई बर्ष २०६७ को इनिसियल हिरो भन्दा फरक नपर्ला । बिराज पछि राजेश हमालको नाम आउछ, उनको यसबर्ष आठ वटा जति सिनेमाहरु प्रदर्शनमा आएका थिए । तर उनका चर्चायोग्य र सफल सिनेमा भने कुनै पनि भएनन् । यस अर्थमा उनी यसबर्ष अभिनेतामा मात्र सिमित रहे । त्यस्तै, निखिल उप्रेतीका पनि आठवटै सिनेमाहरु रिलिज भए । उनका पनि एकदुई सिनेमा बाहेक अरुले राम्रो ब्यापार गर्न सकेनन् ।
अनलक्की हिरो अफ दि इयर
यता, सातवटा सिनेमामा हिरोको रुपमा देखिएका राजबल्लभ कोइरालाको यसबर्ष लकले साथ दिएन् । राजका फिल्महरुले पानी माग्नु त टाढाको कुरा साससम्म पनि फेर्न सकेन ।अर्का नायक सुमन सिंह पनि बर्षभरी नै छाईरहे तर उनका फिल्महरुले पनि खासै उपलब्धि हासिल गर्न सकेनन् । तैपनि अभिनय क्षमताको आधारमा कुरा गर्दा सिनेमा ब्याच नं १६ मा भने उनले न्वारन देखिकै बल लगाएर काम गरेका छन् । सम्भवत सुमनको हालसम्म कै फिल्मी करिअरमा यो नै उनको सबेभन्दा उत्कृष्ट अभिनय रहेको फिल्म होला ।
आशलाग्दा नवनायक यस्तै थुप्रै नवनायकहरु यस बर्ष रजतपटमा उदाए तर यिनीहरुको आगमन दुई रेक्टर सकेलको भुकम्प जस्तै भयो, कहिले आए कहिलेृ गए थाहै भएन । यद्यपी बाटो मुनिको फुलबाट उदाएका दुई नवनायकहरु यश कुमार र बाबु बोगटीको अभिनय क्षमताको चर्चा यसबर्ष निकै भयो । यस अर्थमा यि दुबै नायकहरु सम्भावना बोकेका नायकहरुका रुपमा देखिएका छन् । यस्तै सिनेमा ब्याच नं १६ मा खलपात्रका रुपमा देखिएका अर्पण थापाले पनि सिनेमा प्रदर्शनमा रहुन्जेल राम्रै प्रशंशा बटुले । नेगेटिभ हिरोको रुपमा अर्पण थापाको खोजी अब भैरहनेछ भन्ने हामीलाई लाग्या छ ।
हिरोइन अफ दि इयर

बर्ष २०६७ मा नायिकाहरुको संख्या पनि उल्लेखनिय नै रह्यो । तर ब्यवसायिकताको कसीमा दाज्दा रेखा बाहेक अरु सबै नायिकाहरुको स्थिति उस्तै भयो । रेखाको सिनेमा कसले चोर्यो मेरो मन ब्यवसायिक रुपमा सफल भएकै कारण उनी नै यस बर्षको हिरोइन नं वनको रुपमा रहिन् । यि बाहेक सिनेमाहरु बाटो मुनिको फुल, गंगाजल, शासन, प्रहारमा पनि रेखाको उपस्थिति राम्रै देखियो । यस अर्थमा पनि उनलाई बर्ष २०६७ की हिरोइन अफ दि इयरका रुपमा मान्यता दिदा फरक नपर्ला ।
सिफारिसकी हिरोइन
संख्याका आधारमा हेर्ने हो भने रेखापछि जेनिषा केसीको नाम आउछ । तर जेनिषा आफैमा दम भएकी हिरोइन भने होइनन् । किनकी कसैको बुई चढ्दैमा हिरोइन होइदैन । कुरा नलुकाई गर्दा जेनिषा कसैकी सिफारिसकी हिरोइन हुन् ।रेखापछि कुनै नायिकाको नाम आउछ र लिनुपर्छ भने त्यो नाम हो निशा अधिकारी । उनी अभिनित सिनेमा फस्टलभ यस बर्षको सफल सिनेमा मध्ये एक हो । यस सिनेमापछि निशालाई थुप्रै सिनेमाहरुबाट अफर आएतापनि त्यस पश्यात् फिल्म सम्बन्धि अध्ययन गर्न उनी अमेरिका छिरेकीले अन्य फिल्महरुमा काम गर्न भने पाईनन् । यद्यपी निशा यतिबेला नेपालमै छिन् र थुप्रै सिनेमाहरुमा अभिनय गर्ने तरखरमा पनि छिन् । अर्की नायिका झरना थापाको पनि यस बर्ष थुप्रै सिनेमाहरु प्रदर्शनमा आए तर ब्यवसायिक हिसाबले कुनै पनि सफल भएनन् । गत बर्ष नं वन नायिकाको ताज पहिरिन सफल यि नायिका यस बर्ष निकै तल परिन् । अन्य नायिकाहरुमा अरुणिमा, संचिता, युनाको स्थिति पनि उस्तै रह्यो । अर्की अभिनेत्री रेजिना पनि एउटै ड्याङ्गको मुलाकै रुपमा रहिन् किनकी उनको महत्वकाङक्षी सिनेमा ‘चिनो’ पनि असफ नै ठहरियो ।
अनलक्की हिरोइन अफ दि इयर
सदा झैं यसबर्ष पनि नायिका गरिमा पन्त अनलक्की हिरोइनकै रुपमा रहिन् अर्थात् उनका कुनै पनि सिनेमाले बजार तताउन सकेन् । जबकि गरिमाले सोलो हिरोइनको रुपमा थुप्रै सिन्माहरुमा काम गरिन् । तर नुन नहालेको अचार जस्तै भयो उनको उपस्थिति । उषा पौडेलका् त यसबर्ष पलायनको बर्षनै सावित भयो । उनी यतिबेला मुम्बईमा छिन् । के गर्दैछिन् त्यो त उनैलाई थाहा होला ।
आशलाग्दा नवनायिका

बर्ष २०६७ मा थुप्रै नवनायिकाहरुको चुरीफुरी देखियो नेपाली रजतपटमा । त्यस मध्ये कत्तिको चुरीफुरी चुरीफुरी मै सिमित रह्यो भने केहि नवनायिकाहरु राम्रै सम्भावना बोकेका नवनायिकाहरुका रुपमा गनिन पुगे ।
त्यसमध्ये सबैभन्दा बढि चर्चा केकी अधिकारीको भयो । थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरेकी केकीलाई रेखा थापाको कुर्सी खोस्न सक्ने नायिकाको रुपमा लिईएको थियो तर केकीको डेब्यु सिनेमा स्वरको असफलताको कारणले गर्दा उनलाई ठुलो धक्का लागेको छ । तथापि केकी मैदान छोडेर भाग्ने पक्षमा भने रहेकी छैनन् ।केकी संगै स्वरमा देखिएकी अर्की नायिका रिमा बिश्वकर्मालाई बोलेरै पिठो बेच्ने नायिकाको रुपमा लिईदै छ । यता नाई नभन्नु लबाट रजतपटमा पाईला टेकेकी अर्की नायिका ऋचा सिंह ठकुरी पनि हेर्दाकी राम्री देखिईन् तर अभिनयमा उस्तै हो ।यस्तै, द युग देखि युगसम्मबाट रजतपटमा छिरेकी नायिका अनु शाह नव नायिकाको रुपमा भने सिनेमा धर्माबाट उदाईन् । धर्मामा मनिषा कोइराला हाईलाईट भईन् तर एउटी नायिकामा हुनुपर्ने सम्पुर्ण गुण अनुमा भेटियो । तरपनि अनुलाई आफ्नो सिनेमामा लिईहाल्ने निर्माताहरुको लाइन भने खासै देखिएन् ।
सम्भावना बोकेका दुई नायिकाहरु
यसैबर्ष दुई नवनायिकाहरुको सिनेमा रिलिजमा नआए पनि चर्चा भने कम भएन । ती नायिकाहरु हुन्, निता ढुङ्गाना र सुमिना घिमिरे । निताको तुलनामा सुमिना पत्र पत्रिकाहरुमा निकै छँईन तैपनि निताको चर्चा पनि कम छैन । अब यि दुईमध्ये बाजी कस्ले मार्ने हो त्यो हेर्न भने अर्को सालसम्म कुर्नै पर्ने हुन्छ ।

अवार्ड कहाँ भेटिएला!

काठमाडौं, चैत ३० (नागरिक) - फिल्म ‘कहाँ भेटिएला'ले उत्कृष्ट फिल्मसहित १० विधामा ‘बक्स अफिस फिल्म अवार्ड' हात पारेको छ। दशरथ रंगशालामा मंगलबार भएको अवार्ड समारोहमा श्रीकृष्ण श्रेष्ठले यही फिल्मबाट अभिनेताको अवार्ड जिते।
गायिका अञ्जु पन्त, गीतकार सुन्दर श्रेष्ठ, नवअभिनेत्री श्वेता खड्का, नृत्य निर्देशक वसन्त श्रेष्ठ, संवाद लेखक शिव रेग्मी र विकास आचार्य, ध्वनि रेकर्डिस्ट राजकृष्ण श्रेष्ठ, कला निर्देशक निर्जल श्रेष्ठ र मेकअप म्यान विक्रम थापाले यसैबाट अवार्ड पाए।यो फिल्मपछि धेरै अवार्ड पायो ‘आफ्नो मान्छे आफ्नै हुन्छ'ले। निर्देशक ऋषि लामिछानेका साथै फाइट डाइरेक्टर रोशन श्रेष्ठ, सहअभिनेत्री अरुणिमा लम्साल, सहअभिनेता मुकेश ढकाल, सम्पादक रजनीनाथ पन्त र लेखक विकास आचार्यले यो फिल्मबाट अवार्ड पाए।रेखा थापाले ‘बाटुली'बाट अभिनेत्रीको अवार्ड पाइन्। ‘मेरो एउटा साथी छ'बाट सुदर्शन थापाले नवनिर्देशकको अवार्ड पाए भने छायाँकार राजेश सिंहलाई यही फिल्मबाट अवार्ड मिल्यो।संगीतकार वसन्त सापकोटा र गायक दीपक लिम्बुले ‘नैना रेशम'बाट अवार्ड पाए। गोविन्द शाहीलाई ‘कहाँ छौ कहाँ'ले नवअभिनेताको अवार्ड दिलायो। मिथिला शर्माले ‘दाग'बाट चरित्र अभिनेत्रीको अवार्ड पाइन् भने नीर शाहले ‘हिफाजत'बाट चरित्र अभिनेताको अवार्ड पाए।सानु भारतीले भेषभुषा (हिफाजत), दिनेश सुनामले पार्श्व संगीत (सम्झना), जयकिशन बस्नेतले हास्य कलाकार (धुम) र सानिया श्रेष्ठले बाल कलाकारको अवार्ड पाए। सुनील थापा, करिश्मा मानन्धर, लक्ष्मीनाथ शर्मा र राजकुमार राई अवार्डका निर्णायक थिए। दर्शकले दिएको भोटको आधारमा भने कहाँ भेटिएला (फिल्म), शिव रेग्मी (निर्देशक), राजेश हमाल (अभिनेता), रेखा थापा (अभिनेत्री), अञ्जु पन्त (गायिका), सुनील थापा (खलनायक), जयकिशन बस्नेत (हास्य कलाकार), राजेशपायल राई (गायक) र शम्भुजित बासकोटा (संगीतकार) उत्कृष्ट ठहरिए।

अवार्ड वितरणपछि भएको ‘बक्स अफिस फिल्म फुटबल लिग'को फाइनल खेलमा फिल्म कलाकारले हास्य कलाकारलाई ३-२ ले हरायो।

छि के लेखिन् सुमिनाले ?

अभिनेत्री सुमिना घिमिरेको फेसबुक स्टाटसलाई लिएर मंगलबार दिनभरजसो चर्चा भैरह्यो । उक्त स्टाटसलाई लिएर कतिपयले नाक खुम्चाए भने कतिपयले जवाफ दिन सकेनन् । स्टाटस पढेर उनका प्रशंसकहरू पनि निराश बने । नाम कमाएकी सेलिव्रेटीले यस्तो लेख्लिन् भनेर धेरैले चासो पनि व्यक्त गरे । गाउ“खाने कथा शैलीमा उनको स्टाटसमा एउटा प्रश्न पोष्ट गरिएको थियो –‘खादा मजा आउने, सुङ्दा गनौने, छालाको लठ्हीले मान्छे बनाउने ।’धेरैले यो प्रश्नलाई यौनांगस“ग तुलना गरे र सोहीअनुसारको कमेन्ट पनि लेखेका छन् । पछि बुझ्दा थाहा लाग्यो –सुमिनाको फेसबुक ह्याक गरिएको रहेछ । ह्याकपछि ह्याकरले उनको फेसबुक भित्तोमा अश्लिलजन्य कुरा लेखेको रहेछ । यसबारे बुझ्न खोज्दा सुमिनाको मोबाइल पनि बेलुकासम्म स्वीच अफ थियो ।नेपाली सिनेमा अभिनेत्रीको फेसबुक ह्याक भएको यो पहिलोपटक भने होइन । यसअघि गरिमा पन्त, करिश्मा मानन्धरलगायतको फेसबुक ह्याक गरिएको थियो । अझैपनि दर्जनौं सेलिव्रेटीको नाममा फेक एकाउन्ट संचालन भैरहेको छ । जे भएपनि यो साइबर अपराध हो । त्यो भन्दा पनि विकृत मानसिकताको उपज हो । मेरोसिनेमाको तर्फबाट सुमिनाको आग्रह छ –प्लिज नो ह्याक ।

किन चलेनन् राजवल्लभ ?

आफू निर्देशित चलचित्रबारे टिप्पणी गर्दै प्रसन्न पौडेलले भनेका थिए, 'स्वर' फ्लप भएपनि हिरो राजवल्लभ चाहिँ बिक्छ है ।' अन्ततः प्रसन्नको भनाइ सहि ठहरियो । लिड स्टार राजवल्लभ कोइरालाले उक्त चलचित्रको व्यापारलाई त उकास्न सकेनन् यद्यपी फिल्मी बजारमा उनको विक्री चाहिँ खुबै भयो । त्यसयता राजवल्लभले थुप्रै सिनेमा खेले । नयाँवर्षमा आधादर्जन सिनेमा उनको पाइपलाइनमा छन् ।भन्नेहरु भन्छन् -राजवल्लभ बलिउडका अक्षयकुमारजस्तै हुन् । अक्षयकुमारको जस्तै राजवल्लभको पनि फिल्मको गुणस्तर होइन संख्यामात्र बढिरहेको छ । कतिपय चाहिँ आजका राजवल्लभ 'पर्खिबसें' ताकाका राजवल्लभजस्तो नभएको बताउँछन् । 'सुरुमा संख्यात्मक र पछाडि गुणात्मक हुनुपर्ने तर राजवल्लभको विषयमा ठीक उल्टो भएको छ' जानकारहरु बताउँछन् 'डेब्यु सिनेमा पर्खि बसेँमा जस्तो गुणस्तर लोकप्रियता र ब्यापारलाई कायम राख्न राजवल्लभ खस्कँदै आइरहेका छन् ।' चारवर्ष लामो सिने करियरमा राजवल्लभले बीस प्रोजेक्ट गरे तर सबै संख्यात्मक मात्र ।'पर्खिबसें' देखि 'प्रीतिको फूल'सम्म आइपुग्दा उनी अभिनित सबै चलचित्र औषत वा असफल छन् । जसको सीधा प्रभाव उनको करियरमा परेको छ ।स्वयम राजवल्लभलाई आफू अभिनित चलचित्र धमाधम फ्लप वा औषतमा खुम्चिनुको अनुभूति भैरहेको छ । घुमाउरो ढंगले उनले यथार्थता स्वीकारे । 'यसो हुनुमा कलाकारले मात्र भन्दा पनि सिनेमा रिलिज, पब्लिसिटी, ब्यानर लगायतका पक्षले पनि उक्त चलचित्रको सफलता निर्भर गर्छ' उनले विश्लेषण गरे 'काउन्टर दिने चलचित्रले पनि यसमा धेरै असर गरेको छ ।'कलाकारको अभिनयजस्तोसुकै अब्बल होस् वा सिनेमाको रिलिज वा ब्यानर जतिसुकै खराब होस् हाम्रोजस्तो फिल्मीबजारको गणितमा त्यसको असर सीधै कलाकारको करियरमा पर्छ जस्तो पछिल्लो समयका राजेश हमाललाई लिन सकिन्छ । राजवल्लभले पनि अघिल्ला राजेश हमाल रोज्ने कि पछिल्ला ? अर्थात अनुप बरालको विश्लेषणमा 'डार्लिङ एक्टर' मात्रै बन्ने ?

मोहित-केकीको रोमान्स

हरिवंश पुत्र मोहितवंश यतिबेला गसिप-ब्वाइ बनिरहेका छन् । गोपीकृष्ण मूभिजको अपकमिङ प्रोजेक्ट 'मायाको बारीमा'बाट हिरोका रुपमा डेब्यु गर्न लागेका २२ वर्षे मोहितवंश अर्को कारणले पनि चर्चामा छन् । वैशाख पहिलो साताबाट सुटिङ सुरु हुने उक्त चलचित्रमा मोहितले निर्देशक बद्री अधिकारी पुत्री हिरोइन केकीसँग अनस्क्रिन रोमान्स गर्दैछन् । धेरै समानताका बीच मोहित-केकीको अनस्क्रिन केमेष्ट्री पर्खाइको विषय बनेको छ । निर्देशक दयाराम दाहाल मोहितको अपोजिटमा स्थापित नायिकाहरुलाई लिन चाहन्थे तर मोहितको तुलनामा उनीहरु 'बूढी' देखिने भएपछि दाहालले निर्णय परिवर्तन गर्नुपर्‍यो । सबै हिसाबले मोहितका लागि केकी 'पर्फेक्ट' ठहरिइन् । 'किनभने मेरो अपोजिटमा ल्याउन लागिएका हिरोइनहरु बूढी भएपछि केकीलाई लिइएको हो' मोहितले भने 'किनभने केकी मेरा लागि सबै रुपबाट पूर्ण छिन् ।' चलचित्रमा मोहित-केकी कलेज विद्यार्थीको भूमिकामा छन् । केकीका लागि भने यो प्रोजेक्ट डबल खुसीको विषय बनेको छ । मोहितको अपोजिटमा हुने केमेष्ट्री त भैहाल्यो महानायक राजेश हमालसँग एउटै सिनेमामा काम गर्न पाएपछि केकीको खुसी अग्लिएको छ ।कमेडी लभस्टोरी श्रेणीको चलचित्रको कथा शिवम अधिकारीले लेखेका हुन् । पहिलोपटक फिचर फिल्ममा अभिनय गर्न लागेका मोहित यतिबेला स्क्रिप्टमा व्यस्त छन् र केकी पनि । 'मोहित-केकीको अनस्क्रिन केमेष्ट्री खोज्न लागेका हौं' निर्देशक दाहालले भने । यो जोडी चलचित्र क्षेत्रमा स्थापित हुने आशा पनि उनले लिएका छन् ।

गाउनभन्दा नाच्न गाह्रो

सन्तोष पोखरेल, पोखरा, चैत २९- ‘अभिनयमा नयाँ भए पनि नचाउन धेरै समस्या परेको छैन', फिल्म ‘वीर'मा गायक यशकुमारलाई नचाउने जिम्मा पाएका गोविन्द राईले भने, ‘अलिकति निहुरिनु पर्‍यो के।'अरु हिरोलाई भन्दा उनलाई नाच्न बढी सिकाउनु परेको भने राईले यशको अगाडि नै बताए। ‘अरुलाई एक पटक बताए पुग्ने कुरा यशलाई तीन पटकसम्म भन्नुपर्छ। तर, फाइनल टेक भने राम्रो भएको छ,' राईले भने।फेवाताल किनारको भिरालो पाखामा बल्लतल्ल खुट्टा अड्याउँदै हिरोइन रेखा थापा र यशकुमार चर्को घाममा नाच्दै थिए। दीपक श्रेष्ठको निर्देशनमा छायांकन भइरहेको ‘वीर'को गीत खिच्न पोखरा आएको टोली सुन्दर कम्पोजिसनको प्रयासमा थिए।सुरेश अधिकारीको संगीतमा ‘तिमीलाई म फूलजस्तो' गीतमा यश र रेखाको जोडी जमाउने प्रयत्नमा थिए राई।‘यशकुमारले दृष्टिविहीन रेखालाई मन पराएका छन्। रेखा आफूसँगै नाचेको कल्पनामा डुबेका छन् उनी,' फेवा किनारमा बसेर सुटिङ नियालिरहेका निर्देशक श्रेष्ठले खुलाए,‘त्यही अवस्थालाई गीतमार्फत प्रस्तुत गर्दैछौ।'रेखाले पहिलोपटक दृष्टिविहीनको भूमिकामा अभिनय गरेको श्रेष्ठले जानकारी दिए।‘आतंकवादीको आक्रमणमा परी सानैमा दृष्टि गुमाएकी रेखाको चाहना देशमा हत्या, हिंसा बन्द होस् भन्नेछ। उनले प्रेमी यशकुमारलाई हत्याहिंसा अन्त्य गरेर वीर बन्ने प्रेरणा दिएकी छिन्,' कुराकानीको दौरानमा श्रेष्ठले कथा सुनाउन समेत भ्याए पहिलोपटक निर्वाह गरेको दृष्टिविहीनको भूमिका चुनौतीपूर्ण लागेको रेखाले बताइन्। रेखासँग ‘बाटो मुनिको फूल'मा काम गरेकोले यसमा सजिलो भएको यशले बताए। ‘पढेलेखेको भए पनि उत्तरदायी नभएको युवायुवतीसँग्ाको भेटपछि मान्छे परिवर्तन हुने रहेछ,' यशकुमारले भने, ‘म त्यही परिवर्तन भएको युवा हुँ, जसले वीर भएर देशको लागि केही गर्न खोज्दैछ।' गीत गाउनभन्दा अभिनय गर्न गाह्रो भएको उनले उल्लेख गरे।यो फिल्ममा आयुष रिजाल र कल्पना शाहीको समेत अभिनय रहेको छ। फिल्मको दाङ, सल्यान, टीकापुर लगायतका स्थानमा सुटिङ भएको थियो। पोखरा हुँदै काठमाडौं पुगेपछि सुटिङ पूरा हुने निर्देशकले जानकारी दिए। योगेश लामिछाने र रम्भा ओली फिल्मका निर्माता हुन्।

प्रीतिको फूलको सुगन्ध ठीकठीकै

लक्का जवान भएर पनि अर्जुन सकेसम्म ठगेर खान पल्केको छ, बाबुलाई टेरपुच्छर लगाउँदैन । फिल्म अभिनेत्री युना उप्रेतीको डाई हार्ट फ्यान अर्जुन ९राजबल्लभ कोइराला) आफ्नै गाउँकी गौरी (गरिमा पन्त) को मायालाई भने 'नजिकको तीर्थ हेला' जस्तो ठान्छ । युनाबाट आफ्नो धरातलको बोध भएपछि अन्ततः अर्जुन बदलिन्छ ।रेशराज आचार्य निर्देशित 'प्रीतिको फूल' गाउँले र सहरिया युवतीहरूसहितको त्रिकोणात्मक प्रेमकथा हो । आफ्नो मन खाएको अर्जुनले अभिनेत्री युनालाई नभेटी नछाड्ने अड्डी कसेपछि एकतर्फी मन पराइरहेकी गौरी हार मान्छे र पेवा गाई बेचेर बाटाखर्च दिई युना भेट्न अर्जुनलाई सहर पठाउँछे । संयोगले युनासँग अर्जुनको भेट सुटिङ भइरहेकै अवस्थामा हुन्छ । उसले आफू 'डाइहार्ट फ्यान' भएको बताउँदै अभिनेत्रीलाई अन्तर्वार्ता र फोटाहरूको कटिङ देखाउँछ ।तर व्यवहार क्रममा उसले नायिकालाई आफूले फिल्म, अन्तर्वार्ता र फोटोमा देखेजस्तो पाउँदैन । 'तिनीहरू भनेका एक छिनका आँखाका रमाइला मात्र हुन् । नाटक गर्ने नौटंकीको कुनै भर हुँदैन, जस्तो परिस्थिति आयो त्यस्तै नाटक गर्छन्,' अर्जुनले सहर पस्ने बेला गौरीले भनेको सम्झन्छ र गाउँ नै फर्किन्छ । नायिकाको व्यवहार मन नपरेर फर्किए पनि सहरले भने उसलाई पुनः फिर्ता बोलाउँछ । एउटा घटनामा स्टन्ट शैलीमा एक फिल्म निर्मातालाई बचाएबापत उसले फिल्म खेल्ने अवसर पाउँछ ।अर्जुन खोज्दै निर्माता र नायिका युना गाउँ पुग्छन्, अर्जुन भने गौरीको प्रेममा परिसकेको हुन्छ । पहिले खर्च हालेरै अर्जुनलाई सहर पठाएकी गौरी यसपटक भने राजी हुन्न । उता सहरकी अभिनेत्रीले पनि अर्जुनलाई आफ्नो बनाउन खोज्छे । 'अरू फूल र्झछ, ओइलाउँछ तर प्रीतिको फूल न र्झछ न ओइलाउँछ' भन्ने मूल भाव बोकेको फिल्मले कसको मायालाई प्रीतिको फूल बनाउँछ, यो थाहा पाउन चाहिँ सिनेमा हल नै जानुपर्ने हुन्छ ।ओमप्रकाश लिम्बूको कथालाई पटकथामा ढालेका राजकुमार शर्माले फिल्मको प्रस्तुतिलाई असहज बनाएका छैनन् । सामान्य कथामा फिल्मको कथा एकोहोरो नै भए पनि सरल शैलीमा बगेकाले हेरुन्जेल दर्शकलाई हजम नहुने दृश्य र विषयवस्तु कम छन् । नायक राजबल्लभ र उनका बाबुका रूपमा देखिएका राजाराम पौडेलबीचका संवादहरू स्वाभाविक र जीवन्त लाग्छन् । अभिनयको हिसाबले पनि दुई प्रशंसनीय छन् ।

फिल्मको अर्को सकारात्मक पक्ष हो संगीत । ताराप्रकाश लिम्बूले संगीतमा विविधता दिने प्रयास गरेका छन् । 'बधाई छ तिमीलाई ए हाम्रो अर्जुने...' गीत फिल्मकै ग्रामीण परिस्थितिमा बुनिएकाले पनि रमाइलो लाग्छ । बरु फिल्मका द्वन्द्वमा दिनेश सुनामको पाश्र्व संगीतले अपेक्षित उपस्थिति जनाउन सकेको छैन । नृत्यमा कविराज गहतराजले कुनै उल्लेखनीय काम गरेका छैनन् ।फिल्मको फितलो पक्ष यसको सम्पादन हो । छायांकन पनि खोटविहीन छैन । फिल्मको सम्पादन अनील गौतमले गरेका हुन् भने छायांकन रामप्रकाश प्रधानले । कतिपय फ्रेमहरू फोकस आउट नै छ् । भीरबाट फाल हानेकी युवतीलाई हेलिकप्टरमा बसेको युवकले च्याप्पै समात्नु, केबलबाट आउने टीभी च्यानलको प्रसारण एन्टेना चलाएर मिलाउनु, पहिले सहर आउन बजारसम्म हिँडेर आएको नायकलाई अर्को पटक गाडीमा गुडिसकेपछि उसका बाबु र बहिनीले घरबाटै हात हल्लाएर बिदा दिएको देखाइनु केही अपाच्य प्रसंग हुन् ।

यति हुँदाहुँदै 'प्रीतिको फूल' असुगन्धित भने छैन ।

प्रीतिको फूल

निर्देशकः रेशराज आचार्य

कलाकारः राजबल्लभ कोइराला, युना उप्रेती, गरिमा पन्त, राजाराम पौडेल

नेपाली चलचित्र प्रति प्रशान्तको मोह

नेपाली चलचित्र उधोगका कलाकारहरु मौका पाए भने बलिउडमा प्रबेश गर्न पछि पर्दैनन् । उनिहरू कहाँबाट कसरी ठूलो चलचित्रको उधोगमा प्रबेश गर्ने दाउ हेरेर बसिरहेका हुन्छन् । यसको प्रत्यक्ष उदाहरण भर्खरै मुम्बई छिरेका नायक द्वय बिराज भट्ट र निखिल उप्रेतीलाई लिन सकिन्छ ।हुनत यस अघि थुप्रै कलाकारहरूले पनि बलिउडमा छिर्ने जमर्को नगरेका हैनन् । केहीले त फाट्टफुट्ट चलचित्रमा पनि अभिनय गरे । अहिले बिराज भट्ट भोजपुरी चलचित्रमा जमिरहेका छन् भने निखिल पनि बलिउडमा जम्ने कोशिस गर्दैछन् । तर भारतमा राम्रो प्लेटफर्म पाएका इन्डियन आइडल प्रशान्त तामाङ भने नेपालमा संघर्ष गर्दैछन् । त्यो पनि गायनमा नभएर अभिनयमा ।चलचित्र गोर्खा पल्टनबाट अभिनय आरम्भ गरेका नायक तथा गायक प्रशान्त एक पछि अर्को गर्दै नेपाली चलचित्रमा अभिनय गरिरहेका छन् । आखिर किन प्रशान्तले किन गायन पेशा भन्दा बढि अभिनय तर्फ झुकाव बढाएका छन् ? के प्रशान्तलाई भारतबाट कुनै अफर नआएका हुन् त ? या प्रशान्तलाई नेपाली चलचित्र प्रति साँच्चिकै मोह जागेको हो ? यो प्रश्न अहिले हरेक नेपाली दर्शकको मनमा पैदा भएको हुनसक्छ ।केहि समय अगाडि चलचित्र गोर्खापल्टनको प्रचार प्रसारको क्रममा धरानमा पुग्दा एक पत्रकारले भारतमा कुनै अफर नआएर नेपालमा नायक हुन आउनु भएको हो भनि प्रश्न गर्दा प्रशान्तले उल्टो प्रश्न गर्दै भनेका थिए, 'के तपाईंलाई मैले नेपाली फिल्ममा अभिनय गरेको मन परेन ?' यसबाट के प्रष्ट हुन्छ भने उनलाई नेपाली चलचित्रको मोहले तानेको छ जसले गर्दा उनी बलिउड छाडेर नेपालमा आएका छन् ।प्रशान्तले अभिनय गरेको दोस्रो चलचित्र हो 'अंगालो यो मायाको' । सिक्किममा छायाँकन गरिएको चलचित्र 'अंगालो यो मायाको' यतिबेला सिक्किमको बज्र सिनेमामा प्रर्दशन भइरहेको छ । बिनोद सेरेङद्धारा निर्देशित तथा किशोर दुङमाली राईद्धारा निर्मित सो चलचित्रमा प्रशान्त तामाङ प्रमुख भुमिकामा छन् । चलचित्रमा प्रशान्तका अलावा हर्शिका श्रेष्ठ, प्रेम सुब्बा, पन्नु गजमेर, विजयता बराइली आदिले अभिनय गरेका छन् ।प्रशान्तको पहिलो चलचित्र गोर्खापल्टनले त राम्रै व्यापार गरेको थियो भने यो चलचित्रले पनि सफलता प्राप्त गर्ने कुरामा निर्माण युनिट बिश्वस्त छ । चलचित्र चाँडै नै नेपाल, इजरायल, हङकङ, अमेरिका, कतार, दुबई, अष्ट्रेलिया लगायतक देशमा प्रदर्शन गर्ने योजना रहेको निर्माण पक्षको भनाई छ ।

०६७ मा फिल्म फ्लप, प्रविधि हिट

सम्पुर्ण नेपालीहरु बि.सं २०६७ साललाई बिदाइका हात हल्लाउने तरखरमा रहेका यो बेलामा धरै सिनेकर्मीहरुले ०६७ साललाई आ-आफ्नै ढंगले ब्याख्या बिश्लेषण गर्न थालेका छन् । कतिपयले यो साललाई सिनेमा ब्यापारको खराब बर्षका रुपमा लिएका छन् भने कतिले सिनेमाको प्रविधिले फड्को मारेको बर्षको दर्जा दिईरहेका छन् ।०६७ सालमा रिलिज भएका ७० भन्दा बढि सिनेमाहरु मध्ये हातमा गन्न सकिने संख्याका सिनेमाहरुले मात्र आफ्नो लगानी उठाउन सकेको तितो पक्षलाई सम्झेर नाक खुम्च्याउनु पर्ने स्थिति एकातर्फ छ भने प्रविधिको बिकासका कारणले आँखा तिरमिर्याउने धमिलो पर्दामा नेपाली सिनेमा हेर्ने दिनहरु अब नरहेको सुखद पक्षलाई सम्झँदै चित्त बुझाउने बाटो अर्कोतर्फ जीवित छ । यो बर्ष 'बाटो मुनिको फुल', 'स्वर', 'ब्याच नं १६', 'दासढुँगा' जस्ता प्रविधिले सुसज्जित सिनेमाहरु हेर्न पाउँदा नेपाली सिनेमाका दर्शकले आफ्नो पैसा खेर नगएको महसुस गरे ।यसैबिच कान्तिपुर एफ.एमको 'बाईस्कोप' नामक फिल्मी कार्यक्रमसँग कुरा गर्दै निर्माता संघका अध्यक्ष राजकुमार राईले दर्शकको स्वाद अनुसारको सिनेमाको निर्माण यो बर्ष नभएको तर सिनेमाहरुले प्रविधिमा ठुलो फड्को मारेको बताए । त्यस्तै, महानायक राजेश हमालले आफ्नो यो बर्ष मध्यम रहेको बताउँदै नेपाली सिनेमाहरु हलमा धेरै दिन टिक्न नसकेको तथ्यलाई मनन गरे ।यसरी, सबै सिनेमाकर्मीहरुलाई ०६७ सालका हरेक पानाहरु पल्टाउन आग्रह गर्ने हो भने सबैको एउटै निष्कर्ष निस्कन्छ, '०६७ मा फिल्महरु फ्लप, प्रविधि हिट..'

अरु बिलाए, म जम्नेछु

म यस्तो थिइँन्, कस्तो भएछु ।
सायद तिम्रो रुपमा म मोहित भएछु ।।

माथिका हरफहरु चर्चित हास्य अभिनेता हरिवंश आचार्यका छोरा मोहितवंश आचार्यद्धारा गाईएको एक गीतको हो । गीतमा कसैको रुपमा मोहित भएका मोहित अचेल नेपाली सिनेमा क्षेत्रतिर मोहित भएका छन् । त्यसैले त उनी गोपीकृष्ण मुभिजको ब्यानरमा बन्न लागेको सिनेमा 'मायाको बारीमा' नायकको रुपमा पदार्पण हुने सुरमा छन् । अघिल्ला समयहरुमा धेरै गायकहरु नायक नबनेका होईनन् तर ति सबैले नेपाली सिनेमा क्षेत्रमा आफ्नो स्थान लामो समयसम्म सुरक्षित राख्न सकेनन् ।अब मोहित भने त्यो इतिहास दोहोर्याउने पक्षमा छैनन् । उनी भन्छन्, 'अरु बिलाए, म जम्नेछु' ।नायिका केकी अधिकारीसँग रिल रोमान्स गर्न लागेका मोहितले थुप्रै टेलिश्रंखलाहरुमा पनि अभिनय गरिसकेका छन् । केहि समयअघि प्रदर्शनमा आएको शिव रेग्मी निर्देशित सिनेमा 'हाँसिदेऊ एकफेर'मा 'साउन भदौ'मा बोलको गीत गाएका मोहित गोपीकृष्णको ब्यानरबाट नेपाली सिनेमा क्षेत्रमा डेब्यु हुन पाउँदा खुशी छन् । 'म बर्षमै १२, १३ वटा फिल्म खेल्दिँन, छानेर खेल्छु', उनले भने, 'अरु गायकहरु कोही रहरले यो क्षेत्रमा लागेका थिए होलान् तर म रहरले लागेको होईन्' ।स्मरण रहोस्, केहि समयअघि गायक यश कुमार 'बाटो मुनिको फुल'बाट नायकको रुपमा नेपाली सिनेमा क्षेत्रमा पदार्पण भएका थिए भने केहि समय पश्यात् अर्का नायक सत्यराज आचार्य सिनेमा 'आचार्य'मा नायकको भुमिकामा देखिदै छन् ।

भन्न पनि लाजै मर्दो !

'सिनेमाको छायाँकनको लागि सबै तयारी भैसक्यो, सुटिँग स्पटहरु पनि हेरिसकियो तर'....... यि कुराहरु 'द युगदेखि युगसम्म' र 'धर्मा' जस्ता सिनेमाहरु निर्देशन गरिसकेका निर्देशक दिपेन्द्र के. खनालले हामीलाई बताएका हुन् । यि सबै भनिरहदा दिपेन्द्र तर..मा गएर अड्किए, केहि हिच्किचाए र भने- 'खै भनौं कि नभनौं भन्न पनि लाजै मर्दो...!' 'के कुरा रैछ त त्यस्तो, भन्न नि लाजै मर्दो,' हाम्रो कौतुहलतालाई बुझेर दिपेन्द्रले थपे, 'के हुनु नि..हिरोईन नै पाईएन..'प्रायजसो निर्माता, निर्देशकहरुले आजकाल सुनाउने गीत नै यहि हो..'हिरोईन नै पाईएन' । तर दिपेन्द्र भने हिरोईन कै खोजीमा दिन बिताउने सुरमा छैनन् । नयाँ नपाएपछि पुरानैले काम चलाउँछु भनेर उनले आफ्ना अघिल्ला दुई सिनेमाकी नायिका अनु शाहलाई नै यस सिनेमाको हिरोईन बनाउने निधो गरेका छन् । उनको यो सिनेमाको नाम भने 'काठमान्डु नाईट' हो । त्यसो त यिनले यो सिनेमाको न्वारनको शिलशिलामा पनि ५२ भुस्सा ५३ ठक्कर नखाएका भने होईनन् । नायक आर्यन सिग्देललाई हिरोको रुपमा मनोनित गरिसकेका दिपेन्द्र नयाँ हिरोईन फेला नपारेको मर्कामा परी यसो भन्छन्- 'के गर्नु आजकाल ठुला घरका कन्याहरु हिराईन हुनै मान्दैनन्, सबैमा सिनेमा क्षेत्र नराम्रो हो भन्ने मानसिकता पसेको छ.. अनि त !'
ठिकै छ दिपेन्द्र जी, पुरानै हिरोईन लिएर भएपनि राम्रो र स्तरीय सिनेमा बनाउनुहोला, हाम्रो भन्नु यति नै हो ।

मोबाईल छ तर सिम छैन

मानिसको पनि इच्छा अचम्म अचम्मको हुन्छ । नायिका ऋचा सिंह ठकुरीको पनि एउटा अचम्मको इच्छा रहेछ । उनी मोबाईल त बोक्छिन् तर सिमकार्ड बोक्दिनन् ।चलचित्र 'नाइ नभन्नु ल' बाट डेब्यू नायिका ठकुरीले व्ल्याक बेरी र माईक्रो म्याक्स कम्पनीका दुईवटा मोबाईल बोक्ने गरेकी छिन् । तर अचम्मको कुरा यो छ कि उनले दुबै मोबाईलमा सिमकार्ड राखेकी छैनन् । हाल बिकास आचार्य निर्देशित चलचित्र 'म तिम्रो भईसकें' मा अभिनय गरिरहेकी नायिका ऋचाले सिमकार्ड बोक्न मन नलागेको बताउँछिन् । उनी भन्छिन्, 'मलाई अहिले सिमकार्डको आवश्यकता नै छैन ।'सञ्चारमाध्यममा खासै आउन नरूचाउने ऋचाले मोबाईल गीत सुन्नको लागि प्रयोग गरेको बताउँछिन् । केहि महिना अघि दुबई पुगेर भर्खरै मात्र नेपाल फर्केकी ऋचाले आवश्यक परेको खण्डमा नेपाल टेलिकमको पोस्टपेड नम्बर लिने बताईन् । उनले दुबई जानु अघि नेपाल टेलिकमको प्रिपेडको नम्बर प्रयोग गर्ने गरेकी थिईन् ।कतै ऋचा सञ्चार माध्यमबाट टाढा रहन सिमकार्ड बोके पनि बोकेकी छैन भनेकी त हैनन् ? ऋचाले सिमकार्ड बोकुन् या नबोकुन उनको अधिकारको कुरा न पर्यो ।

फिल्मको प्रचारमा पोष्टर बन्द

कर्ण शाक्यको परिकल्पना, कथा पटकथा, सम्बाद र लेखनमा निर्माण भएको सिनेमा 'पल'ले आफ्नो प्रचारप्रसारमा पोष्टरहरुलाई प्रयोगमा नल्याउने भएको छ । रमेश बुढाथोकी निर्देशित यस सिनेमा नेपाल जेसिसको सहभागितामा नेपाली राजनितिक, सामाजिक, आर्थिक र पारिवारिक परिवेशमा बनेको छ ।सार्वजनिक स्थलहरुमा पोष्टरहरु टाँस्दा शहर प्रदुषित हुने भएकाले 'पल' युनिटले सिनेमा प्रचार-प्रसारका निमित्त पोष्टरहरु नटाँस्ने नीति अपनाएको नायिका निशा अधिकारीले बताईन् । यद्यपी सिनेमाको प्रचार-प्रसार बिभिन्न पुस्तिकाहरुद्धारा गरिने बताईएको छ ।निशाका अतिरिक्त सिनेमामा राज बल्लभ कोइराला, तृप्ती नाडकर, रमेश बुढाथोकी, धिरेन शाक्य, अनुप बराल, महादेव त्रिपाठी,दिनेश डि.सी आदि कलाकारहरुको अभिनय रहेको छ । 'पल'लाई चलचित्र बिकास बोर्डले 'स्पेशल फिल्म एवार्ड' पनि प्रदान गरेको थियो । सिनेमाका गीतहरु किरण खरेलले लेखेका छन् भने सँगीत न्ह्यु बज्राचार्यले दिएका छन् ।

राजधानीमा कलाकारको महत्व घट्दै

कलाकारको महत्व त्यो बेला हुन्छ जब फ्यानहरू उनीहरूसँग भेट्न, कुरा गर्न, अटोग्राफ लिन, नजिकबाट हेर्न मरि मेट्छन् । त्यसैले त कलाकारहरूको निकै महत्व छ र फ्यान पनि सबैभन्दा बढि कलाकारहरूकै हुन्छन् । सानो पर्दा या ठूलो पर्दामा देखिने कलाकारहरू दर्शकका नजरमा बसिरहेका हुन्छन् ।कलाकारहरूको महत्व त्यो बेला घट्छ जुन बेला उनीहरू सार्वजनिक ठाँउमा दिन रात भेटिन्छन् ।यस्तै भएको छ अहिले राजधानीमा । एकातिर राजधानीका चोक चोक गल्ली गल्लीमा कलाकारहरू कि त चिया खाइरहेका भेटिन्छन् कि त गफ लडाइरहेका भेटिन्छन् भने अर्कातिर खाउँ जलि मरौं भने झैं २ महिनामा चलचित्रको छायांकन सकेर रिलिज गर्न पल्केका निर्माताहरु जतिसक्दो चाँडो चलचित्र बनाउन काठमाण्डौका चोक चोकमा छायांकन गरीरहेका भेटिन्छन् । जसले गर्दा राजधानीमा कलाकारहरूको महत्व घट्दै गएको बुझ्न सकिन्छ ।सार्वजनिक स्थानबाट टाढा रहेर छायाँकन गर्दा, चलचित्रको प्रिमियरमा मात्र कलाकारहरू सार्वजनिक हुँदा उनीहरूको महत्व निकै थियो ।फ्यानहरू पनि उनीहरूसँग नजिकिन रूचाउँथे । तर आजभोली नेपालको राजनिति जस्तै चलचित्र क्षेत्र पनि राजधानी केन्द्रित हुँदा कलाकारहरूको महत्व घटेको पाईएको छ । तर बर्ष दिनमा फाट्ट फुट्ट एक दुइ जना कलाकार देख्न पाउने मोफसलमा भने कलाकारहरूको महत्व घटेको छैन । त्यसैगरी सामाजिक सञ्जाल फेसबुक मार्फत पनि कलाकारहरू अप्रत्यक्ष रूपमा आफ्ना फ्यानहरूसँग लामो समय बिताउँदा उनीहरूको महत्व कम हुन गएको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।मोफसलका दर्शकले चलचित्रको पर्दामा मात्र कलाकार देख्न पाउछन् भने उपत्यका भित्रका आम मानिसले दिनमा कुनै न कुनै कलाकारलाई भेट्ने गर्दछन् त्यो पनि बिच बजारमै । यसको प्रत्यक्ष असर चलचित्रमा पर्ने पक्का छ । भनिन्छ 'चिनि धेरै खायो भने तितो हुन्छ' । सायद अहिलेको समयमा सस्तो लोकप्रियताका लागी कलाकारहरु फ्यानहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चाहे भन्दा बढि दर्शक माझ प्रस्तुत भइरहेकाले उनीहरूको महत्व घट्नुको साथसाथै चलचित्रको व्यापारमा पनि ह्रास आएको त हैन ? यो बिषयलाई एक पटक ध्यान दिने हो की ?

६ लाखबाट तल झरेको छैन !

निर्देशक दिपेन्द्र के. खनालको सिनेमा 'काठमान्डु नाईट'मा अभिनय गर्न ६ लाख रुपैंयामा साईन गरेका नायक आर्यन सिग्देल त्यसपछिको सिनेमाहरुमा पनि आफुले त्यहि बराबरको रकम लिएको बताउँछन् । हालै नायिका केकी अधिकारीसँग 'आई एम सरी' नामक सिनेमाको केहि अंश छायाँकन गरेर फुर्सदमा रहेका यि चक्लेटी नायकले पछिल्लो समयमा आफुले लिएको बजेटको बारेमा भने बताउन चाहेनन् ।'मैले यति लिएँ भनेर अहिले भन्दिँन् तर ६ लाखबाट घटेको छैन', आर्यनले भने । आफु आफ्नो भाउ घटाउने पक्षमा नरहेको पनि उनले स्पष्ट पारे । 'आई एम सरी'पछि आर्यन कृषा चौलागाइको 'के म तिम्रो साथी बन्न सक्छु'मा ब्यस्त रहनेछन् । दिपेन्द्र के. खनालको ड्रिम प्रोजेक्ट काठमान्डु नाईटको छायाँकन शुरु हुन अझै केहि समय लाग्ने पनि उनले बताए ।रेखा थापाको 'किस्मत' डेब्यु आर्यनले हालसम्म 'मौसम', 'मेरो एउटा साथी छ', 'फस्टलभ', 'कोही मेरो','फर्केर हेर्दा' लगायत थुप्रै सिनेमाहरुमा अभिनय गरिसकेका छन् । अब..यी नायकले भनेका कुरा कति सम्म सत्य हुन्, त्यो त उनलाई नै थाहा होला..

नयाँबर्षमा 'भनिदेऊ न माया गर्छु'

स्थानीय टेलिभिजन, टेलिचलचित्र र भिडियो चलचित्रहरूमा अनुभव बटुलेका निर्देशक रमेश पोखरेलले निर्देशन गरेको चलचित्र 'भनिदेउ न माया गर्छु' नयाँबर्षको अवसर पारेर बैशाखको अन्तिम साता सार्वजनिक हुने बताईएको छ ।क्यापिटल फिल्म प्रोडक्सनको ब्यानरमा जेबी घिसिङले निर्माण गरेको सो चलचित्रमा रमेश पोखरेलद्वारा निर्देशित यो पहिलो चलचित्रमा राजेश हमाल, दिलीप रायमाझी, सुरज आरडी, नन्दिता केसी, प्रभाकर श्रेष्ठ, लता योञ्जन आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । आधा दर्जनजति तामाङ चलचित्रमा अभिनय गरेकी लता योञ्जनको साथमा प्रभाकर श्रेष्ठले यसै चलचित्र मार्फत ठूलो पर्दाको चलचित्रमा डेब्यू गर्दैछन् ।अच्युत अधिकारीको कथा, पटकथा र संवाद रहेको सो चलचित्रमा संगीत अर्जुन पोखरेल, नृत्य शिव र अजय स्याङ्तान, द्वन्द्व शंकर महर्जन र छायांकन रामेश्वर कार्कीको रहेको छ । काठमाडौं, पोखरा, नारायणगढ लगायतका स्थानमा छायाँकन गरिएको चलचित्र पूर्णतया प्रेमकथामा आधारित छ । स्मरण रहोस् चलचित्रकी नायिका लतासँग निर्माता घिसिङले गत मंसिर महिनामा बिबाह गरेका थिए ।

जीवनले गरे ऋचाको बर्बादी

जीवन लुईटेलले ऋचा सिंह ठकुरीको जीवन बर्बाद पारिदिएको खुलासा भएको छ त्यो पनि अस्पतालमा । जीवनले ऋचाको जीवन नै बर्बाद पारेको कुरा आईतवार खुल्नमा आएको हो ।आईतवार साँझ भक्तपुर स्थित कोरियन अस्पतालमा नायक जीवन लुईटेलको सामु नायिका ऋचा सिंह ठकुरीले निकै क्रोधित मुद्रामा भनिन्, 'तैंले मेरो जीवन नै बर्बाद बनाई दिईस् । तँ पापी होस् । तँ राक्षस होस् ।' यति भन्दा पनि नायक जीवन भने चुप लागेर ऋचाको कुरा सुनिरहे । उनी केहि बोल्न चाहेनन् । सायद जीवनले गल्ती गरेर नै होला उनी ऋचाको सामु निरिह बनेर नै बसे । आखिरमा के गरे त जीवनले ? यो कुरा गोप्य नै छ । किनकी यो कुरालाई न ऋचाले खोल्न चाहिन् नत जीवनले नै ।प्रसङ हो चलचित्र 'म तिम्रो भ्ईसकें' को । बिकाश आचार्य निर्देशित सो चलचित्रमा यस्तै एउटा दृश्यको छायाँकन भक्तपुर स्थित कोरियन अस्पतालमा आईतबार गरियो । पूर्णतया प्रेमकथामा आधारित सो चलचित्रमा जीवनले ऋचाको जीवन के काराणले बर्बाद गर्छन् त्यो त चलचित्र हेरेपछि नै थाहा हुन्छ । गत फाल्गुन २७ गतेबाट छायाँकन शुरू गरिएको सो चलचित्रमा अयुब केसी र बालकलाकार बिज्ञान सापकोटाको पनि मुख्य भुमिका रहेको छ ।वान टाईम सिनेमाको प्रस्तुती रहेको सो चलचित्रमा निर्देशक आचार्यकै कथा र निर्माण, बसन्त सापकोटाको संगीत, शम्भु सापकोटाको छायाँकन, हिमाल केसीको द्वन्द तथा कविराजको नृत्य रहेको छ । रेड क्यामेराले छायाँकन गरिएको सो चलचित्रको छायाँकन धरान, दोलखा, सिन्धुपाल्चोक लगायतका स्थानमा गरिंदै छ ।

कहाँ छिन् पुनम पान्डे ?

मुम्बई, चैत २० (एजेन्सी)- विश्वकप क्रिकेटको फाइनल भारतले जितेलगत्तै मोडल पुनम पान्डेको व्यापक खोजी भइरहेको छ। विश्वकप जिते सबै लुगा खोल्ने सार्वजनिक वाचा गरेकी हुनाले उनको खोजी भएको हो। तर शनिबारदेखि नै उनी बेपत्ता भएको र मोबाइल फोनसमेत स्विच अफ भएको भारतीय मिडियाले जनाएका छन्। मोबाइलमा आउने कलले २० वर्षीया मोडल दिक्क पारिसकेको थियो। उनलाई कि आफ्नो अगाडि लुगा खोल्न आग्रह गर्ने फोन आउँथे, कि त भारतीय संस्कृतिको बेइज्जत गर्न खोजेको भन्दै धम्क्याउने।बिहीबार टाइम्स अफ इन्डियासँग कुरा गर्दै पुनमले त्यस्ता धम्कीहरुबाट आफू नडराउने बताएकी थिइन्।अश्लीलताको आरोपमा उनीविरुद्ध भोपालको अदालतमा मुद्दासमेत दायर भएको छ। तर उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई शुक्रबार पत्र लेख्दै यस्तो भनेकी थिइन्- टिम इन्डियालाई समर्थन गर्ने यो मेरो शैलिको अभिव्यक्ति हो। म एक्स्ट्रा माइलेजमा जान चाहन्छु।उनले थेराप्युटिक उद्देश्यका लागि निजी रुपमा वयस्कहरुका सामु नाङ्गिनु अपराधन भएको जिकिर गर्दै भारतमा विवाद हुने भए पेरिस वा अरु कुनै देशमा नाङ्गिन तयार रहेको त्यसमा लेखेकी थिइन्।मोबाइल सम्पर्कविहीन भए पनि भारतले कप उचालेपछि पुनमले आफ्ना साढे पाँच हजार पछ्याउनेहरुलाई ट्विट गर्दै भनेकी छिन्- ....र जादूले काम गर्‍यो !!!! :) मायालु जवाफहरुका लागि धन्यवाद है केटा हो !

गीतको पछाडि दौडिनेहरु

'नाई नभन्नु ल' का निर्देशक बिकास आचार्यले यस सिनेमाको नाम बेग्लै ढंगले पत्ता लगाए । आफु निर्देशित पहिलो सिनेमा 'न शिव आफ्नो'को एक गीतबाट उनले यो नाम समातेका हुन् । त्यसो त आगामी प्रोजेक्ट 'म तिम्रै भैसकें'को न्वारनको कथा पनि उस्तै छ । 'नाई नभन्नु ल'कै शिर्ष गीतमा यी शब्दहरु छरपस्टै छन् ।यता, निर्माता रिमेश अधिकारी पनि गीतको पछाडि दौडने मध्येमै पर्छन् । उनले आफ्नो अघिल्लो सिनेमा 'वशमा छैन यो मन'को न्वारन राजन इशानको 'वशमा छैन मेरो मन' बोलको गीतलाई अलिकति बँग्याएर गरिएको पाईन्थ्यो । हाल आएर अर्को सिनेमा 'म बिर्सुं' कसरीको नाम पनि त्यहि शिद्धान्तमा निर्भर भई जन्माएका छन् । यी शब्दहरु हामी स्वर सम्राट नारायण गोपालको 'यो सम्झिने मन छ' बोलको लोकप्रिय गितमा भेट्न सक्छौं ।त्यस्तै, गोपीकृष्ण मुभिजको निर्माणमा बनेको सिनेमा 'प्रितिको फुल'को नाम कसरी रह्यो भनेर त भन्नै नपर्ला । एक दशकअघिको सफल सिनेमा 'कुसुमे रुमाल'को शिर्षगीत 'मायाको बारीमा प्रितिको फुलबाट' यो नाम जन्माईएको हो । यो गीतका शब्दहरुलाई निर्माता उद्धव पौडेल अझै छोड्ने पक्षमा छैनन्, त्यसैले त उनले आफ्नो आगामी प्रोजेक्टको नाम 'मायाको बारीमा' राखेका छन् नि । फरक यति मात्र हो कि, गीतमा 'मायाको बारीमा' पछि 'प्रितिको फुल' आउँथ्यो भने सिनेमा बन्दा 'प्रितिको फुल'ले जित्यो । अब यसपछिको शब्द 'सँगाली राखेको' नामबाट पनि अर्को सिनेमा नबन्ला भन्न सकिन्न, त्यसपछिको शब्द 'कुसुमे रुमाल'बाट त दुई वटै सिनेमा बनिसक्यो ।यसरी गीतको पछाडि दौडिनेहरुको नाम खोज्दै जाने हो भने त एउटा 'महाभारत' नै तयार हुनसक्छ । त्यसैले यो खोजीलाई यहिँ रोकौं ।

०६७ साल बिशेष 'रजतपट'

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय फिल्मी कार्यक्रम 'रजतपट'ले यहि चैत्र ३० गते बुधबार आफ्नो '२०६७ साल बिशेष अंक' प्रस्तुत गर्दैछ । यस अंकमा २०६७ सालमा नेपाली सिनेमा क्षेत्रभित्र घटेका राम्रा, नराम्रा घटनाहरु सँगसँगै कुन सिनेमा सफल र कुन असफल भए, भन्ने कुराको चिरफार गरिने कार्यक्रमका निर्माता तथा प्रस्तोता प्रकाश सुवेदीले मेरोसिनेमालाई बताए ।त्यस्तै, कार्यक्रममा बर्षकै सफल नायक, नायिका, निर्देशक तथा गीतहरुको काउन डाउन, यस बर्ष नेपाली सिनेमा क्षेत्रमा भित्रिएका नायक, नायिका र बर्षमै सबैभन्दा बढि अर्थ आर्जन गर्ने नायक नायिकाहरुको जानकारी पनि दिईने सुवेदीले खुलासा गरे । नेपाली सिनेमा क्षेत्रका सुक्ष्म कुराहरु पनि दर्शकहरुले थाहा पाऊन् भन्ने उद्देश्यका साथ 'रजतपट'को यो बिशेष अंक प्रसारणमा ल्याउन आँटिएको उनको धारणा छ ।एक घन्टाको हुने यस कार्यक्रम चैत्र ३० गते बुधबार रातको साढे आठदेखि प्रसारणमा आउँनेछ । जसलाई तपाईले मेरोसिनेमा डट कम मार्फत् पनि हेर्नसक्नु हुनेछ ।

अन्जु पन्त छोड पत्रको तयारीमा

अहिलेकी सुपरहिट गायिका अञ्जु पन्त र उनका संगीतकार श्रीमान मनोजराजवीच खटपटका खबर निकै पहिलेदेखि सुनिदै आएका हुन् । कहिले मनोजले अञ्जुलाई कुटेको त कहिले अञ्जुले दारु खाएर मनोजसँग वारपारको झगडा गरेका खबरले संचारमाध्यम तातिरहे पनि यससलाई बजार हल्ला ठान्दै नपत्याउनेहरु धेरै थिए ।तर, उनीहरुबिच लामोसमयदेखि चल्दै आएको असझदारी अब सम्बन्धबिच्छेदमै पुग्ने भएको छ । करिव एक महिनाअघि झगडा भएपछि मनोजले अञ्जुलाई मरणासन्न हुने गरि पिटे । त्यसपछि माइत गएकी अञ्जु अहिलेसम्म मनोजको घर फर्किएकी छैनन् ।उनका पति मनोजराजका अनुसार अञ्जुले मनोजको फोनकल उठाउँदिनन् भने एसएमएसको पनि रेस्पोन्स गरेकी छैनन् । स्रोतका अनुसार अञ्जुले मनोजसँग सम्बन्धबिच्छेदका लागि एक कानुन ब्यबसायीसँग परामर्श गरिरहेकी छन् ।मनोजले आफ्नो चरित्रका बारेमा अनाबश्यक शंका गर्ने गरेको र त्यसले सधै घरझगडा भई सँगै बस्न नसक्ने अबस्था सिर्जना भएकाले सम्बन्ध बिच्छेद गर्नुपरेको अञ्जुले आफ्ना निकटवर्तीहरुलाई बताउने गरेकी छन् । जसले गर्दा मनोज र अञ्जुकी ९ बर्षिया छोरीको भबिष्यसमेत अन्यौलमा परेको छ ।मनोजले भने आफुले अञ्जुलाई अति नै माया गर्ने कारण हरपल सँगै रहोस भन्ने चाहाना राखेको तर त्यसले अञ्जुको ब्यक्तिगत जीवनमा डिष्टर्व भएकाले झगडा हुने गरेको बताउँछन् । कान्तिपुर साप्ताहिकलाई हालै दिएको अन्र्तवार्तामा उनले रिसाएपछि हातै छोड्नु आफ्नो गल्ती भएको बताएपनि आफ्नो सम्बन्ध अञ्जुसित पुनः जोडिने बिषयमा भने यकिनसाथ भन्न नसक्ने बताएका छन् ।कुनैबेला करिअर बनाउन संर्घष गरिरहेका दुवै संगीतकर्मीले मन मिलेर बिबाह गरेका थिए । तर, पछिल्लो सयममा अञ्जुको लोकपि्रयता ह्वात्तै बढ्यो, मनोजको सांगीतिक करिअर सपि्रन सकेन् । ब्यस्ततामात्रै हैन अञ्जुको बिदेश घुमफिर र आम्दानी पनि राम्रै हुन थाल्यो । जसले गर्दा मनोज अञ्जुको खर्चमा हिड्न बाध्य भए । यही कारणले पनि मनोज पछिल्लो दिनमा डिप्रेस्ड देखिने गरेको उनका साथीहरु बताउँछन् ।भूमिका श्रीमान श्रीमति भएपनि मन दुई किनारा पुगेपछि अन्ततः दुवैले सम्बन्धबिच्छेदको बाटोलाई रोजेको खुलसा भएको छ । अन्जुका श्रीमान मनोजका अनुसार अन्जु पन्तको खुसीका लागि आफुले जे पनि गर्न तयार रहेको भन्दै डिभोर्स गरी भिन्नै ढंगबाट जीउने बिचारमा रहेको बुझिएको छ ।

मिस यू हिट

बिहानीले दिनको संकेत गर्छ भने जस्तै पोस्टप्रोडक्सनमा रहेको चलचित्र 'मिस यू' रिलिज पूर्व नै हिट भएको संकेत सामाजिक संजाल फेसबुकमा देख्न सकिन्छ । सुरेश दर्पण पोखरेलले निर्देशन गरेको चलचित्र 'मिस यू'को प्रतिक्षमा दर्शकहरू बसेको सो फेसबुकले देखाएको छ ।निर्देशक पोखरेलले गत मार्च २८ तारिखका दिन चलचित्रका नायक दिलिप रायमाझी,बरूण राणा र नायिका नम्रता श्रेष्ठको साथमा आफू सहितको एक तस्विर राखेका थिए ।मिस यू टिम भनेर राखिएको सो तस्विरमा यो समाचार तयार पारूञ्जेल सम्म ५२ जनाले लाईक गरेका छन् भने ३८ जनाले कमेन्ट गरेका छन् । जसमा केहिले 'मिस यू' को पर्खाइमा रहेको बताएका छन् भने केहिले 'मिस यू' भनि कमेन्ट गरेका छन् ।यसैगरी केहीले निर्देशक त कलाकार लाई बधाई दिएका छन् ।नायक दिलिप रायमाझीले निर्माण गरेको सो चलचित्र प्रदर्शन पूर्व नै हिट हुँदा चलचित्र युनिट निकै खुसी छ । नायक तथा निर्माता रायमाझी भन्छन्,'हामीले दर्शकलाई राम्रो चलचित्र दिने कोसिस गरेका छौं । आशा छ दर्शकहरूले हाम्रो सानो उपहार ग्रहण गर्न मिस गर्नुहुने छैन ।'यसैगरी निर्देशक पोखरेलले पनि राम्रो चलचित्र बनाउने प्रयत्न गरेको बताउँछन् । 'मिस यू' लाई आफ्नो ड्रिम प्रोजेक्ट चलचित्र मान्दै आएका निर्देशक पोखरेलले नायक बरूण राणा मात्र नभएर नायक दिलिप र नायिका नम्रताका लागि पनि यो चलचित्र ब्रेक जस्तै रहने प्रतिक्रिया दिए ।मलेसियाका रमणिय स्थानमा छायाँकन गरिएको सो चलचित्र छिट्टै नै दर्शक माझ आउने निर्देशकको भनाई छ । करिब एक करोडको लागतमा निर्माण गरिएको सो चलचित्रको डबिङ केहि दिनमा शुरू गरिने भएको छ । जे होस् चलचित्र 'मिस यू' रिलिज अगाडी नै हिट भएकोमा सम्पूर्ण टिमलाई बधाई र साथमा 'मिस यू' लाई आश गरेर बसेका दर्शकलाई निराश नपार्नु होला भन्ने शुभकामना पनि !

लगानी ६५ लाख, नाफा कति?

काठमाडौं, चैत १८ (नागरिक)- व्यापारमा खडेरी लागेको बेला निर्माता सुशील पोखरेल ६५ लाख लगानीमा बनेको फिल्म 'निगरानी' रिलिज गर्दैछन्। उनलाई लागेको छ, 'असल र खराब व्यापारको निर्धारण समय होइन फिल्मले गर्छ।' आफ्नो फिल्मप्रति ढुक्क भएर शुक्रबार काठमाडौंमा फिल्म रिलिज गर्न लागेको उनले जानकारी दिए।'आफ्नो फिल्म त सबैलाई राम्रो लागिहाल्छ। अब यसको मूल्यांकन दर्शकले गर्छन्,' यसअघि ६ वटा फिल्म बनाएका पोखरेल यो अनुभवका कारण घाटा नखानेमा आशावादी छन्। 'उद्योगमा धेरै लगानीकर्ता मात्र छन्। म निर्माता पनि हुँ। बुझेर लगानी गरेको हुनाले घाटा खान्न भन्नेमा ढुक्क छु,'उनले नागरिकसँग भने।करिब ६५लाखको फिल्मबाट ८५लाखसम्म उठाई २०लाख नाफा कमाउने उनको लक्ष्य छ। 'काठमाडौंबाट ३५ लाख र बाहिरबाट ५० लाख आशा गरेको छु। बीचमा चाडबाड परेकाले व्यापार राम्रै हुन्छ होला,' उनले भने। फिल्म रिलिज गर्नु अघि वितरकसँग पैसा नलिएकाले अरू निर्माताजस्तो दबिनु नपर्ने सुविधा आफूले उपभोग गरिरहेको उनले बताए।'पहिला पैसा लियो भने रिलिज डेट लगायत धेरै कुरामा निर्माता बोल्न पाउँदैन। मैले त्यसो हुन दिएको छैन,' उनले भने। फिल्ममा बाल अपहरणको कथा समेटिएको छ। विषयको माग अनुसार पत्रकार, पुलिस र भिलेनको सेरोफेरोमा फिल्म घुम्ने छ। फिल्ममा एक्सन बलियो रहेको उनको दाबी छ। हिमाल केसीको फाइट रहेको 'निगरानी'मा बिराज भट्ट, मुकेश ढकाल, अरुणिमा लम्साल र जेनिशा केसीले अभिनय गरेका छन्। राजेन्द्र उप्रेतीद्वारा निर्देशित फिल्म चैत २५ देखि काठमाडौं बाहिर समेत रिलिज गरिने निर्माता पोखरेलले बताए।