विश्वका उत्कृष्ट १० गगनचुम्बी महलहरु (फोटो फिचरसहित)

सन् २०११ मा विश्वमा बनेका भवनहरुमध्ये उत्कृष्ट १० वटा भवनको सूचि सार्वजनिक भएको छ । उक्त वर्ष विश्वमा बनेका लाखौँ भवनलाई पछि पार्दै अमेरिकाको म्यानहटनमा बनेको एट स्प्रुस स्ट्रिट भवनले वर्षको उत्कृष्ट गगनचुम्बी भवनको उपाधि जितेको छ । ७६ तले यो आवासीय भवन २६५ मिटर अग्लो छ जसलाई फ्रान्क गेरीले डिजाइन गरेका हुन् । उत्कृष्ट गगनचुम्बी भवनको दोश्रो स्थानमा कुवेतको राजधानीमा बनेको ४१२ मिटर अग्लो अल हामरा टावरा परेको छ, तेश्रो स्थान अबु धावीको इतिहाद टावरले ओगटेको छ । चीनको के के सेन्झेन टावर चौथो उत्कृष्ट भवन बनेको छ जुन ४४१ मिटर अग्लो छ । स्विडेनको स्टकहोमस्थित भिक्टोरिया टावर पाँचौँ, अमेरिकाकेा ओहियोस्थित ग्रेट अमेरिकन टावर छैटौँ तथा पनामा सहरस्थित एफ एण्ड एफ टावर सातौँ स्थानमा परेका छन् । दक्षिण कोरियाको इन्चेनस्थित उत्तरपूर्वी एसियाली व्यापार टावर आठौँ, सिंगापुरमा बनेको रिफ्लेक्सन एट केप्पेल बे टावर नवौँ तथा चिनको तियान्जिन वल्र्ड फाइनान्सियल टावर दशौँ उत्कृष्ट भवन बन्न सफल भएको छ । हेरौँ यी उत्कृष्ट भवनहरु











चिनको तियान्जिन वल्र्ड फाइनान्सियल टावर दशौँ उत्कृष्ट भवन




































अमेरिकाको म्यानहटनमा बनेको एट स्प्रुस स्ट्रिट भवन






















कुवेतको राजधानीमा बनेको ४१२ मिटर अग्लो अल हामरा टावर (दायाँ) अबुधावीको इतिहाद टावर (बाँयाँ)


















दक्षिण कोरियाको इन्चेनस्थित उत्तरपूर्वी एसियाली व्यापार टावर (दायाँ) सिंगापुरमा बनेको रिफ्लेक्सन एट केप्पेल बे टावर (बायाँ)



































तथा पनामा सहरस्थित एफ एण्ड एफ टावर (बायाँ )तथा अमेरिकाको ओहियोस्थित ग्रेट अमेरिकन टावर (दायाँ)



































चीनको के के सेन्झेन टावर (दायाँ) स्विडेनको स्टकहोमस्थित भिक्टोरिया टावर (बायाँ)

0 comments:

Post a Comment