अब कम्प्‍यूटर, मोबाइल मेमोरी अनलिमिटेड हुने !

यदि तपाइँको मोबाइल वा कम्‍प्‍यूटरको मेमोरी अनलिमिटेड भयो भने तपाइँलाइ कस्तो लाग्दछ ? पक्कै पनि सबैलाइ निकै राम्रो लाग्छ । कम्प्युटरमा थप हार्डडिस्क तथा मोबाइलमा थप मेमोरी कार्ड राख्ने आवश्यकतानै परेन भने त ठुलै उपहार दिए बराबरनै हुनेछ ।हजुर, यो कुरा छिट्टैनै साँचो हुन लागेको छ । भारतको आगरामा रहेको दयालबाग शिक्षण संस्थान (डीईआइ) का वैज्ञानिकहरू यस कामलाइ बास्तबिकता बनाउनका लागी अहिले निकै जोड तोडका साथ लागेका छन् । यी वैज्ञानिकहरूले अहिले क्वान्टम डिभाइस तयार गरिरहेका छन् । यस डिभाइसले मोबाइलका साथै कम्‍प्यूटर तथा अन्य उपकरणहरूको क्षमता बढ्नेछ । बैज्ञानिकहरूका अनुसार अब त्यो डिभाइस छिट्टै बनेर बजारमा आउने तयारीमा रहेको छ ।

0 comments:

Post a Comment