रेखाबारे आर्यन भन्छन् ‘जसले जति जानेको छ त्यति नै बोल्छ’

पछिल्लो समय नायिका रेखा थापाले नायक आर्यन सिग्देलप्रति बढी नै आक्रोश पोखिरहेका बेला एकाएक उनीसित फिल्म खेल्न सक्ने बताए पनि अहिलेसम्म रेखा र आर्यनको सम्बन्ध सुध्रिसकेको छैन । यसअघि रेखाले आर्यनद्वारा खेलिएका सबै सिनेमा असफल भएको भन्दै सिग्देललाई फ्लब हिरोको संज्ञा दिइएकी थिइन् । आर्यनले आफूसँग खेलेका सिनेमामात्र हिट भएको भन्दै उनले सिग्देलको उछितो काडिरहेकी थिइन् । आर्यनजस्तो फ्लब हिरोसँग सिनेमा नखेल्ने भन्दै रेखाले आफ्ना लागि अन्य नायकहरु नै सिफारिश गरेका खबरले सञ्चारमाध्यममा राम्रै स्थान पाइरहेका छन् । पछिल्लो समय उनले ‘मिसकल’मा आर्यनसँग समान पारिश्रमिक पाए सँगै खेल्न सक्ने बताएकी छन् । रेखाले आफ्नो बारेमा जथाभावी बोल्दै हिँडेपनि चुप लागेका आर्यनले अनलाइनखबरसँग रेखाबारे मुख खोलेका छन् । आर्यन भन्छन्, मलाई कसले मेरा बारे के बोल्छ भन्ने मतलब छैन । मानिसले आफ्नो बौद्धिकताले जति जानेको छ त्यति नै बोल्ने हो, आर्यनको तर्क छ । म काम गर्ने मानिस हुँ , मलाई कसैको बारेमा बोल्दै हिँड्नु छैन, आर्यनले रेखाको भनाइप्रति इङ्गित गर्दै भने । उनले
अनलाइनखबरसँग भने, म काम गर्ने मानिस हुँ, काम गर्ने मानिसले कहिले पनि अरुको बारेमा बोल्दै हिँड्दैन । जसले काम गर्दैन, ऊ चर्चामा आउनका लागि अरुको टिप्पणी गरेर बस्छ । आर्यन भन्छन्, मेरो काम गर्ने तरिका आफ्नै खालको छ । आजसम्म मैले अभिनय गरेका सबै सिनेमाबाट म सन्तुष्ट छु । फस्ट लभ, के यो माया हो, आई एम सरी सिनेमालाई पनि असफल भन्ने हो भने मेरो भन्नु केही छैन, आर्यन भन्छन् । चलचित्र ‘मेरो एउटा
साथी छ’ ले नेपाली सिनेमालाई अन्तरराष्ट्रिय बजारमा चिनाएको आर्यनको दाबी छ । आफुले आफ्ना बारेमा भन्दा पनि सिनेमा क्षेत्रका बारेमा सोचेको आर्यनको तर्क छ । ‘म हिजो जुन शैलीले काम गर्थे आज पनि त्यसैलाई निरन्तरता दिइरहेको छु र भोलि पनि दिनेछु, उनले भने । रेखासँग सिनेमा खेल्नु हुन्छ कि हुँदैन भन्ने बिषयमा आर्यनले भने, रेखासँग सिनेमा खेल्नै नहुने भन्ने होइन । तर, स्त्रिmप्टले रेखालाई नै माग्ने रहेछ भने मात्र खेल्छु, नत्र खेल्दिँन ।

0 comments:

Post a Comment