जानकारी


सेक्स बारेका १२ रोचक अन्धविश्वास


समाजमा सेक्स र अपराध सबैभन्दा धेरै चासो राखिने विषयहरु हुन् । समाजको जो कोही मानिस अरु विषयमा भन्दा सेक्स र क्राइमको बारेमा बढि बुझ्न र सुन्न चाहन्छ । सेक्स भन्ने विषय सर्वव्यापी मात्र होइन वयस्क व्यक्तिको लागि अनिवार्य कुरो पनि हो ।
अझ पछिल्लो समयमा समाजमा खुल्लापन बढ्दै गएकाले समाज सेक्सको विषय पनि तुलनात्मक रुपमा उदार बन्दै गएको छ । हुनत जतिसुकै अनुदार समाजमा पनि सेक्स भन्ने कुरामा बन्देज लगाउन सकिने कुरै हुँदैन । त्यसैले होला परापूर्वकालदेखिनै सेक्सका बारेमा विभिन्न साहित्य रचिँदै आए, विभिन्न किम्वदन्ती बनाइए तथा विभिन्न प्रयोगहरु गरिए ।
समाजका विगतदेखि नै चलिआएका सेक्स बारेका केही त्यस्ता कथनहरु तथा व्यवहारहरु छन् जो अहिले पनि पूरै डेट एक्सपाएर भैसकेका छैनन् । अशिक्षित समाजमा मात्र होइन बुज्रुकहरुले समेत यस्ता परम्परागत सेक्सका मान्यताहरु अवलम्वन गर्दै आएका छन् ।
यहाँ हामीले सेक्सका विषयमा समाजमा रहेका केही त्यस्ता रोचक तथा अनौठा लाग्ने परम्परा तथा प्रयोग र भनाइहरु प्रस्तुत गरेका छौँ जसमा कुनै वैज्ञानिक आधार छैन तरपनि समाजमा यसबारेमा पर्याप्त जनविश्वास छ ।

१. धेरै हस्तमैथुन गर्ने पुरुषको हत्केलामा भुत्ला पलाउँछन् ।
२. सेक्स गरेपछि साबुनपानीले योनी पखालेमा गर्भ रहँदैन ।
३. सेक्स गरेपछि पिसाब फेरेमा गर्भ रहँदैन ।
४. सेक्स गरेलगत्तै महिला दौडिने र उपि|mने गरेमा गर्भ रहँदैन ।
५. अश्लील चलचित्र हेर्न पुरुष हिंश्रक हुन्छ ।
६. महिलाले सम्भोगका बेला कुनैपनि हालतमा चरम आनन्द प्राप्त गर्न सक्दैनन्, मात्र आनन्द प्राप्त गरेको नाटक गर्छन् ।
७. एस्पिरिन जस्तो दुखाइ कम गर्ने औषधिले गर्भाधारण रोक्छ, एस्पिरिन खाने महिलाले परिवार नियोजन गर्नै पर्दैन ।
८. एउटा भन्दा दुइवटा कण्डम लगाएर सेक्स गर्दा बढि यौन आनन्द तथा सुरक्षा प्राप्त हुन्छ ।
८. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन, दोश्रो तेश्रो पटकबाट मात्र गर्भ रहन्छ ।
९.महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरेपनि गर्भ रहँदैन ।
१०. विवाहअघि सेक्स गरेको महिलामा बिहेपछि सेक्सको रुची कम हुन्छ र बिहे अघि सेक्स गरेको कुरा लोग्नेले पत्तो पाउँछ ।
११. केटा मान्छे १८ वर्षको उमेरमा यौनक्षमताको चरमचुलीमा पुगेका हुन्छन् ।
१२. जति लामो समयसम्म सेक्स गर्नसक्यो उति राम्रो ।


दिमागबारेका केही रोचक तथ्य


मस्तिष्क मानव सरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । मस्तिष्कबाटै सबै क्रियाकलाप निर्देशित हुन्छन् र मस्तिष्कले नै सरीरका सबै प्रणालीहरु संचालन गरेको हुन्छ । मस्तिष्क निकै नै संवेदनशील अंग हो र यसमा हुने गडबडीले शारीरिक तथा मानसिक समस्या पैदा गर्छ । मस्तिष्क निकै महत्वपूर्ण अंग हो भन्नेबारेमा त हामी सबैलाई थाहा छ । तर मस्तिष्कको बनाबट तथा कार्यका विषयमा केही रोचक तथा पत्याउनै नसकिने खालका तथ्यहरु भने जानकारी नहुन सक्छ । त्यसैले सोही जानकारीका लागि हामीले यहाँ केही तथ्यहरु प्रस्तुत गरेका छौँ ।
 १. कहिलेकाहीँ टाउको दुख्यो वा तनाव भयो भने मस्तिष्क वा दिमाग नै दुख्यो कि भन्ने भान पर्छ । तर खास कुरो के हो भने मस्तिष्क कहिल्यैपनि दुख्दैन । सरीरका अरु भागमा चोटपटक लाग्दा दुखाइ महसुस हुन्छ यसको कारण ती अंगहरुमा दुखाइको चेतना ग्रहण गर्ने रिसेप्टर हुन्छन् । तर मस्तिष्क कोषमा त्यस्ता रिसेप्टर हुँदैनन् । अर्थात् अरु अंगको दुखाइको चेतना दिने मस्तिष्कले आफ्नै दुखाइ भने थाहा पाउँदैन ।
 २. मस्तिष्कमा यतिधेरै रक्तनली हुन्छन् की सबै रक्तनलीको लम्बाइ जोड्ने हो भने १ लाख माइल हुन्छ । यो सँगै मस्तिष्कमा खरबौँ न्युरोन हुन्छन् । मस्तिष्कले हाम्रो सरीरको १७ प्रतिशत उर्जा खपत गरेको हुन्छ भने २० प्रतिशत अक्सिजन खपत गरेको हुन्छ ।
 ३.मानिस ननिदाएको बेला मस्तिष्कबाट १० देखि २३ वाट उर्जा निस्किरहेको हुन्छ । यो उर्जा यतिधेरै हो की त्यो बिजुलीको बल्ब बाल्न समेत पर्याप्त हुन्छ ।
 ४. महिलाको मस्तिष्क भन्दा पुरुषको मस्तिष्क १० प्रतिशत ठूलो हुन्छ । तर सानो भएपनि महिलाको मस्तिष्कमा पुरुषको भन्दा बढि न्युरोन हुन्छन् र महिलाको मस्तिष्क पुरुषको भन्दा बढि कामकाजी वा सक्रिय हुन्छ । महिलाको मस्तिष्कको बायाँ भाग बढि सक्रिय हुन्छ भने पुरुषको दाहिने भाग । सोही कारण महिला बढि संवेदनशील हुन्छन् भने पुरुष तर्कशील ।
 ५. निदाएको बेला मानिसको दिमाग झनै सक्रिय हुन्छ । सपनामा मानिसको मस्तिष्क उति नै सक्रिय हुन्छ जति विपनामा सो काम गर्दा मस्तिष्क सक्रिय हुन्थ्यो । सामान्य ज्ञान तथा आइक्यूमा राम्रो ज्ञान हुने तथा रुची राख्ने मानिसले बढि सपना देख्छ ।
 ६. मानिस किन हाँस्छ भन्ने कुरा उसलाई पनि थाहा हुँदैन । मान्छे चाहेर मात्रै हाँस्न सक्दैन । हाँस्ने भने कुरा मस्तिष्कले आफै नियन्त्रित गर्ने काम हो । मान्छे केबल रमाइला कुरा सुनेर मात्र हाँसेको हुँदैन । ४ महिनाको बच्चाले हामीले भनेका कुरा तथा गरेको इशारा बुझ्दैन तरपनि एक्लैएक्लै मुस्कुराउँछ ।
 ७. मस्तिष्क ठूलो हुँदैमा मान्छे बढि अब्बल हुन्छ भन्ने कुरा गलत हो । अल्बर्ट आइन्सटाइनको मस्तिष्कको तौल केबल १२३० ग्राम थियो जब की पुरुषहरुको मस्तिष्कको औषत तौल १४ सय ग्राम हुन्छ । कतिपयले भने मानिसकेा टाउको जतिठूलो भयो मान्छे उति नै अब्बल हुने बताउँछन् ।

0 comments:

Post a Comment