Bouncer Short Film HD

Actor: Prashant Giri/ Prajwal Giri/ Shushma Karki Director/Story: Madan Ghimire Prosucer: Ram Giri YD/Yuddha Lama

नेपाली राजदूत डा.सापकोटा ओहदाको प्रमाण पत्र पेश गर्न रोमानियामा

बुखारेस्ट, रोमानिया, पुस २९ गते : रूस महासंघका लागि नेपाली राजदूत डा. रबि मोहन सापकोटा आज बिहान रोमानियाको राजधानी बुखारेस्ट आईपुग्नु भएको छ। उहाँले पर्सि माघ १ गतेका दिन रोमानियाका राष्ट्रपति त्रैयाँन बसेस्कू समक्ष आफ्नो ओहदाको प्रमाण पत्र पेश गर्नु हुने कार्यक्रम रहेको कुरा नेपाली राजदूताबास मस्कोले जनाएको छ। रूस महासंघको मस्को स्थित नेपाली राजदूताबासले सह प्रमाणीकरण भएका मुलुकहरू तथा आबश्यक परेको समयमा हेर्ने भनिएका छिमेकी मुलुकहरू मध्ये रोमानिया पनि एक हो। महामहिम राजदूत डा. रबि मोहन सापकोटाज्यूको बुखारेस्ट स्थित अन्तर्राष्ट्रिय बिमानस्थल हेनरी क्वान्दमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाका अध्यक्ष नवराज पोखरेलले हार्दिक स्वागत गर्नु भएको थियो । नेपाल र रोमानिया बिचको मैत्री सम्बन्ध सन १९६८ को अप्रिल २० तारेखदेखि शुरू भएको हो। हाल सम्म दुबै राष्ट्रहरू बीच मैत्री सम्बन्ध कायम भएता पनि कुटनैतिक संस्थाको स्थापना नभएको कारणले मस्को स्थित नेपाली राजदूताबास मार्फत नेपाल रोमानिया बीचको मैत्री सम्बन्ध कायम हुदै आएको छ भने नयाँ दिल्ली स्थित रोमानियाली राजदूताबास मार्फत