बन्ने भो ‘फेसबुक’

फेसबुकको कथा बोकेको हलिउड सिनेमा ‘द सोसियल नेटवर्क’को व्यापक सफलतापछि अब नेपालमा पनि त्यही सामाजिक संजाल फेसबुकमा आधारित एउटा सिनेमा बन्ने भएको छ ।लगालग हिट सिनेमा दिएका सुरज सुब्बा नाल्बोले निर्देशन गर्ने भनिएको यो सिनेमामा फेसबुकका युजरहरुले गरेको सानातिना गल्तीले मानिसको जीवनमा कस्तो खालको दुर्घटना निम्त्याउँछ त्यो देखाउन खोजिएको छ । निर्माता निरज क्षेत्रीले ‘फेसबुक’लाई लभ, थ्रिलर र सस्पेन्स स्टोरी भएको बताउँछन् । सिनेमामा सेलेक्ट भैसकेका कलाकारहरुमा बाबुबोगटी र झरना थापा छन् भने बाँकि कलाकारहरु छानिने प्रकृयामा रहेका छन् ।४५ लाख खर्चने भनिएको यो सिनेमा भदौबाट सुटिङको काम थालिने छ।सिक्किम, दार्जिलिङ र नेपालमा सुटिङ गर्ने भनिएको यो सिनेमामा २० प्रतिशत कलाकारहरु भारतीय हुने बताउँछन् निर्माता क्षेत्री ।

0 comments:

Post a Comment