डेब्यु भएर पनि अगाडी-पछाडी

स्वरबाट डेब्यु भएका तीन हिरोइन केकी अधिकारी बेनिसा हमाल र रीमा विश्वकर्मामा सबैभन्दा चर्चा कसको छ ?जगजाहेर छ यसको उत्तर, केकी अधिकारीको चर्चा सबैभन्दा धेरै छ । केकी बेनिसा र रीमा निकै नजिकका सखी पनि हुन् । त्यसैले सकेसम्म एकअर्काको कुरा काट्दैनन् । बेनिसा र रीमा टेलिभिजन ब्याकग्राउण्डबाट आएका हुन् । केकीको पृष्ठभूमी उनीहरुसंग मिल्दैन । उनी नाटक तथा चलचित्र निर्देशनबाट कहलिएका बद्रि अधिकारीकी छोरी हुन् । बेनिसा उनको त्यो ब्याकग्राउण्डले पनि केकीलाई लाइमलाइटमा आउन सहयोग मिलेको बताउँछिन् । बेनिसाले भनिन्- उ पर्फेक्ट एक्टर हो । एक्सप्रेसन राम्रो दिन्छिन् । उसको बाबाबाट उसले धेरै सिकेकी छिन् । हामी उनी जत्तिको पोख्त छैनौ । रीमाको भनाई उनीभन्दा फरक छ उनले भनिन् - स्वरपछि केकीले पनि एउटा मात्र चलचित्र आइ एम सरी गरिन् । हामीले पनि एक-एकवटा चलचित्र गर्यौ । मैले त्यो दशघण्टा र बेनिसाले ज्यान हाजिर छमा काम गरिसकेका छौ । फरक यत्ति हो कि उनले बेटर प्रोजेक्ट हात पारिन् । म्युजिक भिडियोमा पनि उनी हामीभन्दा अगाडीदेखि भएकीले उनले खेलेका भिडियो हाम्रोभन्दा धेरै भएका हुन् । नत्र हामी पनि अपकमिङ् हौं र उनी पनि । आफुले ल्याएका तीन हिरोइनमा निर्देशक प्रसन्न पौडेलले केकीलाई म्युजिक भिडियोमा धेरैपटक रिपिट गरिसकेका छन् । यसबारे प्रसन्नको उत्तर सामान्य छ - म्युजिक भिडियो बनाउन मकहाँ आउनेहरु मध्ये अधिकांस केकीकै चाहना गर्छन । नत्र मैले तीनै जनालाई समान अवसर दिन नखोजेको कहाँ हो र ? मेरो मुल्याङ्कनमा तीनै जनामा आ-आफ्नै बिशेषता छ र तीनैजनामा स्टारमा हुने गुण छन् ।नयाँ जेनरेशनलाई प्रतिनिधित्व गर्ने यी तीन हिरोइनले निकै सम्भावना बोकेका छन्।

0 comments:

Post a Comment