प्रशान्त तामाङ काठमाण्डौंमा

गायक भैकन नायक बन्ने खुड्कीलो चढ्दै गरेका प्रशान्त तामाङ उनको सिनेमा ‘अंगालो यो मायाको’को प्रोमोसनको लागि भर्खरै काठमाण्डौं आएका छन् । चार बजे एयरपोर्ट झरेका प्रशान्त अबको दुई दिन सो सिनेमा प्रोमोसनको लागि काठमाण्डौं रहने कुरा मेरोसिनेमालाई बताए । ‘सिनेमाको प्रोमोसनको लागि डटेर लाग्न यहाँ आएको हुँ ।’ उनले भने ।निर्देशक विनोद सेरेङले बताएअनुसार ‘अंगालो यो मायाको’ मा प्रशान्तको डबल रोल छ । ‘सोसियल मुभी’को जन्रमा रहेको यो सिनेमालाई किशोर राइले निर्माण गरेका हुन् । सिनेमाको लगानी १ करोड दस लाख छ । स्व. देवी माया राईको कथा, आइज्याक क्षेत्रीको संगीत, रत्न देवलाको द्वन्द्व र इनुश गुरुङको संवाद रहेको यो सिनेमामा प्रशान्तबाहेक प्रेम सुब्बा, सीता क्षेत्री, देविका बराइलीलगायतका अफबिट कलाकारहरु रहेका छन् । असार दस गतेबाट देशव्यापी रिलिज हुन लागेको यो सिनेमामा प्रशान्त आफैंले पनि केही गीतहरु गाएका छन् । सिनेमा प्रोमोसनको लागि बिहिबार प्रशान्त एउटा प्रेस मिटमा हुनेछन् ।भर्खरै बिहे गरेर सिङ्गापुरमा हनिमुन मनाएर फर्केका प्रशान्तको यसपछि आउन लागेको सिनेमा ‘किन मायामा’ हो ।

0 comments:

Post a Comment