राजेशले ‘गर्लफ्रेन्ड’बाट विस लिंदै

सुपरस्टार अभिनेता राजेश हमाल भोलि ४९ वर्ष पुग्दै छन् । यो ४९औं बसन्त पार गर्ने समयमा आएर मात्र उनले आफ्नो ‘गर्लप्रेन्ड’बाट बर्थडे विस पाउने भएका छन् । तर उनको गर्लफ्रेन्डको पहिचान भने अहिलेसम्म पनि खुलाइएको छैन । राजेशको बर्थडेको दिन यो रोमान्टिक जोडीको डेटिङ कहाँ होला त्यो पनि कौतुहुलकै विषय बनेको छ । सायद आफ्ना दर्शकलाई ‘सरप्राइज’ दिन चाहन्छन् राजेश ।जुन आठमा जन्मिएका राजेशले आफ्नो बर्थडे अलि फरक तालले मनाउने भएका छन् । भोलिको दिन राजेश कुनै पनि सुटिङमा जाने छैनन्, कुनै कार्यक्रमहरुमा पनि भाग लिने छैनन् । अपाङ्ग आश्रम, अनाथ आश्रम र वृद्दाश्रममा राजेश पुगेर केक काटेर बर्थडे मनाउने कार्यक्रम रहेको छ । राजेशले सामाजिक कामको लागि आफ्नो जन्मदिनको समय खर्चन थालेको केही वर्ष भैसकेको छ ।हमालको घरमा कुनै पनि किसिमको भब्य कार्यक्रमहरुको आयोजना हुनेछैन । विभिन्न सामाजिक कार्यक्रहरुमा गएर फर्केपछि साँझ राजेशले आफ्ना दुई सहकर्मी चिरन्जिवी र रोशनलगायत दिदी र भाइ, बुहारीसँग बसेर खानपीन गर्नेछन् । राजेशको बर्थडे सँगसँगै बसेर मनाउन र उनलाई विस गर्न नपाएकोमा थुप्रै चलचित्रकर्मीहरु निराश पनि छन् ।

0 comments:

Post a Comment