बन्ने भो ‘फेसबुक’

फेसबुकको कथा बोकेको हलिउड सिनेमा ‘द सोसियल नेटवर्क’को व्यापक सफलतापछि अब नेपालमा पनि त्यही सामाजिक संजाल फेसबुकमा आधारित एउटा सिनेमा बन्ने भएको छ ।लगालग हिट सिनेमा दिएका सुरज सुब्बा नाल्बोले निर्देशन गर्ने भनिएको यो सिनेमामा फेसबुकका युजरहरुले गरेको सानातिना गल्तीले मानिसको जीवनमा कस्तो खालको दुर्घटना निम्त्याउँछ त्यो देखाउन खोजिएको छ । निर्माता निरज क्षेत्रीले ‘फेसबुक’लाई लभ, थ्रिलर र सस्पेन्स स्टोरी भएको बताउँछन् । सिनेमामा सेलेक्ट भैसकेका कलाकारहरुमा बाबुबोगटी र झरना थापा छन् भने बाँकि कलाकारहरु छानिने प्रकृयामा रहेका छन् ।४५ लाख खर्चने भनिएको यो सिनेमा भदौबाट सुटिङको काम थालिने छ।सिक्किम, दार्जिलिङ र नेपालमा सुटिङ गर्ने भनिएको यो सिनेमामा २० प्रतिशत कलाकारहरु भारतीय हुने बताउँछन् निर्माता क्षेत्री ।

'दुलही'सँगै सुमिनाको घुम्टो उघ्रियो

अभिनेत्री सुमिना घिमिरे 'दुलही' बनेर नेपाली फिल्ममा हिरोइनका रूपमा दर्ता भइन्। शुक्रबारदेखि देशभरका हलमा रिलिज भएको यो फिल्म खेल्नुभन्दा करिब दुई वर्षअघि नै उनलाई 'ब्रेक' दिएको थियो, फिल्म 'छबिलाल कन्जुस छैन'ले।रिलिजको हिसाबले पहिलो फिल्म 'दुलही' औसतभन्दा माथिल्लो स्तरको बन्न सकेन। यसमा सुमिनाको अभिनय पनि सामान्य छ। यो फिल्म हेरेर प्रभावित भई सम्झौतापत्र बोकेर उनको ढोका ढकढक्याउन जानुपर्ने कारण देखिँदैन। तर, सुमिनासँग आफूलाई प्रमाणित गराउने अरू विकल्प पनि लाइनमा छन्।कामै नहेरी आठवटा फिल्ममा मुख्य भूमिका पाउने 'भाग्यशाली' हुन् उनी। शुक्रबार पहिलो फिल्मको देशव्यापी रिलिज भइरहँदा उनी 'तिम्रो लागि'मा नाच्न कुलेखानी पुगेकी छन्। 'म कस्तो अभिनय गर्छु भन्ने थाहा नपाए पनि राम्रो व्यवहार र अनुशासनका कारण काम पाएकी हुँ भनेर नजिकका मान्छे सुनाउँछन्। म त कलकार बन्न हिँडेको मान्छे, अफर गर्नेलाई किन गर्नुभएको भनेर किन सोध्नु?' कामको संख्या थपिँदै जाँदा खुसी पनि बढ्दै गएको छ उनको।'स्टार' भन्दा कलाकार बन्नु उनको उद्देश्य हो। 'टाइपकास्ट'मा थन्किन उनी चाहन्नन्। तर, यतिका फिल्ममा काम गर्दा पनि दर्शकले कस्तो भूमिका रुचाउँछन् भन्ने थाहा पाउन नसक्दा सबै फिल्मलाई परीक्षणका रुपमा लिनुपरेको उनी बताउँछिन्। 'कामको मूल्यांकन गर्ने दर्शक हुन्। एउटै फिल्म रिलिज नहुँदै काम गर्नुपर्दा आफ्नो कमजोरी जान्न पाइँदैन,' यसलाई फिल्म रिलिज नहुँदै धेरैमा काम गर्नुको बेफाइदा ठान्छिन् उनी।अब उनी एकपछि अर्को फिल्मको नतिजा थाहा पाउने चरणमा छिन्। 'दुलही'सँगै अरू फिल्मको पनि घुम्टो उघि्रँदैछ। 'गोर्खा पल्टन' पछि हिरोसमेत बनेका इन्डियन आइडल प्रशान्त तामाङसँग सुमिनाको जोडी देखिन्छ 'किन मायामा'मा। असारको दोस्रो साता रिलिज हुने यो फिल्मले 'दुलही'ले बनाएको सोझी युवतीको छवि तोड्ने उनी बताउँछिन्। 'म यो फिल्ममा गायक प्रशान्तको फ्यान हुन्छु। परिवारकी एक्ली छोरी। अलिक चुलबुले चरित्र छ,' उनले भनिन्। प्रदीप श्रेष्ठको निर्देशनमा बनेको फिल्म 'सडक'मा आयुष रिजाल र अयुब केसीजस्ता नयाँ हिरोको साथ उनी देखिन्छिन्। 'सुरुमा नकारात्मक, पछि सच्चिने युवतीकी रूपमा देखिन्छु,' उनले एकै लाइनमा सडकको भूमिका बताइन्।सस्पेन्स थि्रलर फिल्म 'पापी रात'मा विवाहिता युवतीको भूमिका मिलेको छ उनलाई। विराज भट्ट र उनका भाइ कृष्णको प्रेमिका बनेकी छन् उनी फिल्म 'जय होस'मा। कमेडी फिल्म 'छविलाल कञ्जुस छैन'मा चुलबुले चरित्र छ उनको। 'फिल्मजस्तै म पनि हँसिली, खुसिली र रमाइली देखिन्छु,' अडिसनमा आफ्नै सुरले गरेको अभिनयलाई निर्देशक ज्ञानेन्द्र देउजाले रुचाएपछि त्यस्तै भूमिका पाएको उनको भनाइ छ। निर्देशक देउजाले फिल्ममा नयाँ पात्रको आवश्यकता टार्न सुमिनालाई लिएको बताए। 'फिल्मी कार्यक्रम चलाउने एकजनाले सिफारिस गरेका हुन्। लुक्स ठिकै लाग्यो। मेरो फिल्ममा हिराइनको पावरफुल भूमिका नभएकाले सजिलै निर्णय गरेको हुँ,' ज्ञानेन्द्रले भने। काममा 'सिरियस' र पारिश्रमिको हिसाबले समेत सहज लागेर धेरैको रोजाइ बनेको हुनसक्ने उनको अनुमान छ।सुमिनाको जस्तै अनुभव साँचेका हिरो हुन् अर्जुन कार्की। एक्सन फिल्मको लहर चलिरहेका बेला उनले लगातार १५ वटा फिल्म खेलेका थिए। फिल्मको प्रोमो हेरेको भरमा धेरैले उनलाई हिरो बनाए। तर, जब उनका फिल्म रिलिज भए र आशा गरेअनुसार व्यापारिक सफलता हात परेन उनको बजार घट्यो। बाहिरको फिल्म घटेपछि उनी आफ्नै लगानीको फिल्म 'बजार' बनाइरहेका छन्।

प्रेमिकासँग कफी पिए राजेशले

आफ्नो जन्मदिनको दिन सुपरस्टार राजेश हमालले प्रेमिकासँग बसेर कफी पिए । भाटभटेनीमा भेटेका यी जोडी केवल दस मिनेटसम्म मात्रै सँगै रहेको खुलेको छ । राजेशलाई उनकी प्रेमिकाले ‘ह्यापी बर्थडे टु यु’ भनेर सुन्दर फूल उपहार दिइन् ।बिहानै राजेशले धर्म बहिनी मैनासँग बसेर जन्मदिन मनाएपछि उनी आफ्ना सहयोगी चिरन्जीवी र रोशनसँगै भाटभटेनी पुगेका थिए । त्यसपछि नयाँ नेपाल अपाङ्ग समाज केन्द्रमा पुगी अपाङ्गहरुसँग बसी केक काटेर गफिए । अहिले उनी स्वयंभुस्थित एक अपाङ्ग केन्द्रमा छन् जहाँ हिमाली भेगका बालबालिकहरु बस्ने गर्छन् ।गोधुली साँझमा राजेश उनकी अर्की धर्म दिदी शोभाको साथमा हुनेछन् । शोभाले उनलाई नेवारी परम्पराअनुसार पुजेर टिका लगाइदिने छिन् । त्यसपछि रातीको समयमा राजेश कपुरधारास्थित आफ्नो घरमा हुनेछन् जहाँ उनी पूर्णपारिवारिक वातावरणमा रम्नेछन् । आज कुनै पनि सुटिङ लगायतका काम नगरेका राजेशको दिनचर्या भोलिबाटै फेरि सुरु हुनेछ ।
एक्ला महानायकलाई जोडीको रुपमा देख्न पाइने आकांक्षासहित द नेपाल~रोमानिया को तर्फबाट मुरी मुरी शुभकामना उनलाई !

प्रशान्त तामाङ काठमाण्डौंमा

गायक भैकन नायक बन्ने खुड्कीलो चढ्दै गरेका प्रशान्त तामाङ उनको सिनेमा ‘अंगालो यो मायाको’को प्रोमोसनको लागि भर्खरै काठमाण्डौं आएका छन् । चार बजे एयरपोर्ट झरेका प्रशान्त अबको दुई दिन सो सिनेमा प्रोमोसनको लागि काठमाण्डौं रहने कुरा मेरोसिनेमालाई बताए । ‘सिनेमाको प्रोमोसनको लागि डटेर लाग्न यहाँ आएको हुँ ।’ उनले भने ।निर्देशक विनोद सेरेङले बताएअनुसार ‘अंगालो यो मायाको’ मा प्रशान्तको डबल रोल छ । ‘सोसियल मुभी’को जन्रमा रहेको यो सिनेमालाई किशोर राइले निर्माण गरेका हुन् । सिनेमाको लगानी १ करोड दस लाख छ । स्व. देवी माया राईको कथा, आइज्याक क्षेत्रीको संगीत, रत्न देवलाको द्वन्द्व र इनुश गुरुङको संवाद रहेको यो सिनेमामा प्रशान्तबाहेक प्रेम सुब्बा, सीता क्षेत्री, देविका बराइलीलगायतका अफबिट कलाकारहरु रहेका छन् । असार दस गतेबाट देशव्यापी रिलिज हुन लागेको यो सिनेमामा प्रशान्त आफैंले पनि केही गीतहरु गाएका छन् । सिनेमा प्रोमोसनको लागि बिहिबार प्रशान्त एउटा प्रेस मिटमा हुनेछन् ।भर्खरै बिहे गरेर सिङ्गापुरमा हनिमुन मनाएर फर्केका प्रशान्तको यसपछि आउन लागेको सिनेमा ‘किन मायामा’ हो ।

राजेशले ‘गर्लफ्रेन्ड’बाट विस लिंदै

सुपरस्टार अभिनेता राजेश हमाल भोलि ४९ वर्ष पुग्दै छन् । यो ४९औं बसन्त पार गर्ने समयमा आएर मात्र उनले आफ्नो ‘गर्लप्रेन्ड’बाट बर्थडे विस पाउने भएका छन् । तर उनको गर्लफ्रेन्डको पहिचान भने अहिलेसम्म पनि खुलाइएको छैन । राजेशको बर्थडेको दिन यो रोमान्टिक जोडीको डेटिङ कहाँ होला त्यो पनि कौतुहुलकै विषय बनेको छ । सायद आफ्ना दर्शकलाई ‘सरप्राइज’ दिन चाहन्छन् राजेश ।जुन आठमा जन्मिएका राजेशले आफ्नो बर्थडे अलि फरक तालले मनाउने भएका छन् । भोलिको दिन राजेश कुनै पनि सुटिङमा जाने छैनन्, कुनै कार्यक्रमहरुमा पनि भाग लिने छैनन् । अपाङ्ग आश्रम, अनाथ आश्रम र वृद्दाश्रममा राजेश पुगेर केक काटेर बर्थडे मनाउने कार्यक्रम रहेको छ । राजेशले सामाजिक कामको लागि आफ्नो जन्मदिनको समय खर्चन थालेको केही वर्ष भैसकेको छ ।हमालको घरमा कुनै पनि किसिमको भब्य कार्यक्रमहरुको आयोजना हुनेछैन । विभिन्न सामाजिक कार्यक्रहरुमा गएर फर्केपछि साँझ राजेशले आफ्ना दुई सहकर्मी चिरन्जिवी र रोशनलगायत दिदी र भाइ, बुहारीसँग बसेर खानपीन गर्नेछन् । राजेशको बर्थडे सँगसँगै बसेर मनाउन र उनलाई विस गर्न नपाएकोमा थुप्रै चलचित्रकर्मीहरु निराश पनि छन् ।

बन्यो महंगो सिरियल

‘कागबेनी’बाट चलचित्र निर्देशनमा दह्रो पकड जमाएका भुषण दाहालको निर्देशकीय क्षमता फेरि देख्न पाइने भएको छ । सरदरमा तीन वटा जति नेपाली सिनेमा बन्ने बजेटमा भुषण दाहालको निर्देशनमा टेलिसिरियल ‘हाम्रो टिम’ बनाइएको हो । सिरियल डेढ करोडको लगानीमा बनेको हो ।मंगलबार याक एन्ड यतिमा एक भब्य समारोहबीच सिरियलको लंच गरियो । सर्च फर कमन ग्राउन्ड र एबी पिक्चर्सले निर्माण गरेको यो सिरियलमा फुटबल खेललाई केन्द्रविन्दुमा राखेर राष्ट्र, नेतृत्व, सामुहिकताको भावनालाई पस्किएको छ । सिरियलमा ऋचा शर्मा, दयाहाङ राइ, इलम दिक्षित, निरज चौधरी, घनश्याम कुमार मिश्र, अब्दुल खान, सौरम राज तुलाधरलगायतका कलाकारहरुले अभिनय गरेका छन् । सरिना रिक्स त्रिपाठी र युवाकर राज राजकर्णीकार निर्माता रहेको यो नाटकको कथा केदार शर्मा, दीपक रौनियार, भुषण दाहाल, अभिमन्यू निरवी, अविनाश शाह र सर्च फर कमन ग्राउन्डले संयुक्त रुपमा लेखेका हुन् । यसैगरी पटकथा लेख्नेमा अविनाश शाह, दीपक रौनियार र अभिमन्यु निरवी छन् भने सिरियलको लागि विशेष अनुसन्धानकर्ता र संवाद लेखन गर्नेमा केदार शर्मा छन् । सिरियललाई विदुर पाण्डेले छायांकन गरेका हुन् ।फुटबल खेललाई नै सिरियलको प्रमुख विषयवस्तु बनाइनुको कारणबारे यस खेलको लोकप्रियताको भएको बताए भुषण दाहालले । १३ एपिसोडको यो सिरियल जेठ २६ गतेदेखि प्रत्येक विहिबार राती नौ बजे कान्तिपुर टेलिभिजमा प्रसारण हुनेछ । सिरियलको प्रशारण सकिएपछि यसको डिभिडि भर्सन आउने र अन्य टेलिभिजन च्यानलहरुमा पनि यसको रिपिटिटिभ टेलिकास्ट गरिने बताइएको छ ।

प्रिमियरमै ५१ दिन मनाउने र सर्वोत्कृस्टको दावि

दुईओटा उस्तै-उस्तै नाम तर फरक चलचित्र एउटाको नाम 'श्रीमान्' अर्को 'श्रीमान्-श्रीमती' । ऋषि लामिछानेको निर्देशनमा 'श्रीमान्-श्रीमती' र अर्कोतिर नवल नेपालको निर्देशनमा 'श्रीमान्' नामक फिल्म निर्माण भएको छ । सुन्दा उस्तै लाग्ने नामले गर्दा यी दुई फिल्मका निर्माता आफ्नो फिल्म पहिले रिलिज गर्ने दाउमा थिए यसै क्रममा नवल नेपालद्धारा निर्देशित चलचित्र श्रीमान् ले पहिले प्रदर्शनको पालो पाएको छ । 'श्रीमान्-श्रीमती' का निर्देशक ऋषि लामिछाने भन्छन् जसको चलचित्रमा दम छ त्यहि चल्छ । यहि जेठ १३ देखि उपत्यकाका हलहरुमा प्रदर्शनमा आउने चलचित्र 'श्रीमान्' को हिजो बिहिबार गोपिकृष्ण मुभिजमा प्रिमियर गरियो ।
श्रीमान्/श्रीमतीले आपसी समस्या तथा एक अर्कालाई बुझ्न नसक्दा परिवारमा आउने फाटोको बिषयलाई लिएर निर्माण गरिएको चलचित्र 'श्रीमान्' लाई नायक कल्याण घिमिरेले निर्माण गरेका हुन् । नयाँ पुस्ताको वैवाहिक सम्बन्ध देखाउन खोजिएको फिल्मले विवाहपछिको जीवनमा आउने असमझदारी र घटना-परिघटनाहरूलाई चिन्न र उत्तरदायी बनाउन सिकाउछ ।चलचित्रमा कल्याण घिमिरे, पूजना प्रधान, पुष्पराज पुरुष, नीर शाह, सुनिल थापा लगायतको अभिनय रहेको छ । चलचित्रमा महेश खड्काको संगीत, दिव्य सुवेदीको छायांकन, राजु शाहको नृत्य-निर्देशन र शिव पुरी एवं अरुण शर्माको सम्पादन रहेको छ । चलचित्रमा पटकथा र संवाद निर्देशक स्वयंको रहेको छ ।बिहिबार श्रीमानको प्रिमियरमा भेटिएकि यसै चलचित्रकि नायिका पुजना स्त्रिलाई चलचित्र श्रीमानमा तपाईको भुमिकाको बारमा के भन्नुहुन्छ ? भनि प्रस्न गर्दा उनले जवाफमा भनिन "आजसम्म नेपालि दर्शकहरुको नजरमा पुजना प्रधान (स्त्रि) एउटा ग्यामरस नायिका थिई तर अब श्रीमानबाट दर्शकमाझ पुजना ग्यामरस मात्र नभएर भर्सटाइल नायिकाको भुमिकामा पनि त्यत्तिकै सक्षम छे भन्ने सन्देश पुग्नेछ र यो चलचित्रमा मेरो भुमिका एउटि किशोरि देखि एउटि श्रीमतीसम्मसको प्रतिनिधित्व गरेकि छु । र चलचित्र एकदम राम्रो बनेको छ चलचित्र श्रीमान वर्षकै उत्कृष्ट चलचित्र हुनेछ ।" भने अर्का नायक कल्याण घिमिरेले भने यस चलचित्रबाट नेपालि युवा युबतिले समयमा होस नपुर्याए चलेको लबको फेसनबाट आउने परिणामको राम्रो पाठ सिक्ने मौका यो चलचित्रबाट पाउने भएकाले एक पटक सबैले यो चलचित्र हेर्नैपर्ने चलचित्र हो भने । भने अर्का कलाकार पुस्तराज पुरुषले भने सम्पुर्ण आमा बाबुहरुले आफ्ना सन्तानहरुमा सानो ठुलो भनि फरक व्यबहार गर्दा बच्चाहरुमा असर पर्छ र आफ्ना सन्तानलाई कस्तो ब्यबहार र वातावरणको आवश्यक हुन्छ भन्ने यस चलचित्रमा मेरो भुमिकाबाट स्पस्ट हुन्छ । र चलचित्रले ५१ दिन मनाउने पनि दावि गरे । चलचित्रले ५१ दिन मानउछ या मनाउदेन र सर्वोत्कृष्ट हुन्छ हुँदैन हेर्न बाँकि नै छ ।"आजसम्म नेपालि दर्शकहरुको नजरमा पुजना प्रधान (स्त्रि) एउटा ग्यामरस नायिका थिई तर अब श्रीमानबाट दर्शकमाझ पुजना ग्यामरस मात्र नभएर भर्सटाइल नायिकाको भुमिकामा पनि त्यत्तिकै सक्षम छे भन्ने सन्देश पुग्नेछ र यो चलचित्रमा मेरो भुमिका एउटि किशोरि देखि एउटि श्रीमतीसम्मसको प्रतिनिधित्व गरेकि छु । र चलचित्र एकदम राम्रो बनेको छ चलचित्र श्रीमान वर्षकै उत्कृष्ट चलचित्र हुनेछ ।"

डेब्यु भएर पनि अगाडी-पछाडी

स्वरबाट डेब्यु भएका तीन हिरोइन केकी अधिकारी बेनिसा हमाल र रीमा विश्वकर्मामा सबैभन्दा चर्चा कसको छ ?जगजाहेर छ यसको उत्तर, केकी अधिकारीको चर्चा सबैभन्दा धेरै छ । केकी बेनिसा र रीमा निकै नजिकका सखी पनि हुन् । त्यसैले सकेसम्म एकअर्काको कुरा काट्दैनन् । बेनिसा र रीमा टेलिभिजन ब्याकग्राउण्डबाट आएका हुन् । केकीको पृष्ठभूमी उनीहरुसंग मिल्दैन । उनी नाटक तथा चलचित्र निर्देशनबाट कहलिएका बद्रि अधिकारीकी छोरी हुन् । बेनिसा उनको त्यो ब्याकग्राउण्डले पनि केकीलाई लाइमलाइटमा आउन सहयोग मिलेको बताउँछिन् । बेनिसाले भनिन्- उ पर्फेक्ट एक्टर हो । एक्सप्रेसन राम्रो दिन्छिन् । उसको बाबाबाट उसले धेरै सिकेकी छिन् । हामी उनी जत्तिको पोख्त छैनौ । रीमाको भनाई उनीभन्दा फरक छ उनले भनिन् - स्वरपछि केकीले पनि एउटा मात्र चलचित्र आइ एम सरी गरिन् । हामीले पनि एक-एकवटा चलचित्र गर्यौ । मैले त्यो दशघण्टा र बेनिसाले ज्यान हाजिर छमा काम गरिसकेका छौ । फरक यत्ति हो कि उनले बेटर प्रोजेक्ट हात पारिन् । म्युजिक भिडियोमा पनि उनी हामीभन्दा अगाडीदेखि भएकीले उनले खेलेका भिडियो हाम्रोभन्दा धेरै भएका हुन् । नत्र हामी पनि अपकमिङ् हौं र उनी पनि । आफुले ल्याएका तीन हिरोइनमा निर्देशक प्रसन्न पौडेलले केकीलाई म्युजिक भिडियोमा धेरैपटक रिपिट गरिसकेका छन् । यसबारे प्रसन्नको उत्तर सामान्य छ - म्युजिक भिडियो बनाउन मकहाँ आउनेहरु मध्ये अधिकांस केकीकै चाहना गर्छन । नत्र मैले तीनै जनालाई समान अवसर दिन नखोजेको कहाँ हो र ? मेरो मुल्याङ्कनमा तीनै जनामा आ-आफ्नै बिशेषता छ र तीनैजनामा स्टारमा हुने गुण छन् ।नयाँ जेनरेशनलाई प्रतिनिधित्व गर्ने यी तीन हिरोइनले निकै सम्भावना बोकेका छन्।