९९ प्रतिशत केटाहरु धोकेवाज हुन्छन

नेपाली चलचित्र क्षेत्रमा सोझी र सुन्दर नायिकाको रुपमा चिनिन्छिन्, अनु साह । चलचित्र द युगदेखी युगसम्मवाट नेपाली रजपटमा आएकी यि नायीकाले आजसम्मद र्जन सिनेमामा अभिनय गरीसकेकी छिन् । रोजेर थोरै सिनेमा खेल्ने नायिक अनु मोडलिङ तथा म्युजिक भिडियोमा पनि मझैले जमेकी छिन् । उनै, नायिका अनु साहसँग अनलाइनखवरका सम्वाददाता विजय आवाजले गरेको कुराकानी ।
 सिनेमा क्षेत्रमा किन आउनुभयो ?
 मलाई एकदमै रहर लागेर आएको हो । यहाँ आएर नाम कमाउँछु भन्ने भित्रैदेखि लगाव थियो मलाई त्यसैले यता आएको ।
आउनु अघि सोचेको जस्तो रहेछ की फरक फिल्मी क्षेत्र ? 
 यहाँ आउनु अघि धेरै नराम्रा कुराहरु पनि सुनेको थिए मैले । तर, यहाँ आएपछि सुनेको जस्तो केही पनि भोग्नु परेन ।

तपाइलाई त सबैले सोझी नायिका भन्छन नी ?
मलाई लाग्दैन, अरुले त भन्छन् तर म वाठी छु ।
त्यसो भए किन पछि पर्नु भयो त ?
 म पछि परेका छैन । वेला वेलामा छाईरहन्छु म । आज जहाँ छु यतिबाटै खुशी छु ।
 तपाइलाई आफ्नो नाम सिनेमा क्षेत्रमा विक्छ जस्तो लाग्छ ?
 अहिले पनि विकिरहेको नै छ । मलाई दर्शकहरुले चिन्नुहुन्छ, आफ्नो नाम त पहिचान हो ।
 विहे कहिले गर्ने उमेर भएन ?
 भर्खर त म २२ वर्षको भए , यसैले विहेको वारेमा सोचेको छैन । 
प्रेममा पर्नेहरुले यस्तै भन्छन् नी ?
आजसम्म मैले कोहीसँग पनि प्रेमसम्वन्ध राखेको छैन । प्रेममा मलाई विश्वास लाग्दैन । ९९ प्रतिशत केटाहरु धोकेवाज हुन्छन् ।
कस्तो युवकको खोजीमा हुनुहुन्छ ? 
मेरो कामलाई वुझ्ने र माया गरोस् ।
जेठ १४ मा संविधान बन्छ जस्तो लाग्छ ? 
खोई यस्तो अवस्थामा त भन्न सक्दिन । वनोस् भन्ने चाहना सवैको छ मेरो पनि छ तर वन्छ जस्तो भने लाग्दैन ।
यो संघियता भन्छन् नी, के हो थाहा छ ? 
किन थाहा नहुनु । एकता हुनु, सवैजना मिलेर वस्नु, एकत्रित भएर वस्नु हो ।
आफ्नो अंगमा सवैभन्दा सेक्सी कुन लाग्छ ?
मलाई ओठ राम्रो छ जस्तो लाग्छ । लिविष्टिक लगाउँदा मलाई राम्रो लाग्छ ओठ ।
कहिलेकाही आफ्नो नाङ्गो शरीर ऐनामा हेर्दा कस्तो लाग्छ ?
मैले त्यसरी आफ्नो अंग हेरेको छैन । म ड्रेस लगाएर हेर्छु, अनि मेकअप गरीसकेपछि मात्र हेर्छु ।
सिनेमा खेलाइदिन्छु भन्दै सेक्स प्रस्ताव कत्तिको आयो ? 
 मलाई यस्तो प्रस्ताव आएन, यो आफैमा भरपर्ने कुरा हो ।
 पहिलो चुम्वन याद छ ? 
 मैले आजसम्म चुम्वन नै गरेको छैन ।
 गफै त होला नी ? 
 सत्ते गरेको छैन ।
पहिलो पटक व्लु फिल्म हेर्दा कस्तो अनुभव भएको थियो ? 
मैले सुनेको त छु, तर आजसम्म हेरेको नै छैन । नहेरेपछि अनुभवको त कुरा नै भएन ।
तपाईलाइ नेपाली सिनेमाको आकर्षक लाग्ने नायक को हो ? 
आर्यन सिग्देल मनपर्छ । उहा मलाई ह्यान्डसम र हरेक कुरामा प्रफेक्ट लाग्छ ।
कुन सेलीव्रेटीसग डेट जान मन लागेको छ ? 
आर्यन सिग्देलसग, तर डेट मात्र हो । अन्य कुरा होईन नी । डेट जाँदा म उसको फ्यान भएर जान्छु ।
सवैले प्राकृतिक रुपमा लिएको सेक्सको वारेमा ज्ञान र अनुभव छ ? अनुभव भने मैले गरेको छैन । तर, सेक्स श्रृष्टि चलाउने माध्यम हो । अभिनयमा आफ्नो खुवी के छ जस्तो लाग्छ ? 
मलाई साधारण केटी, गाउँकी चञ्चले युवती को भूमिका गर्न एकदमै मनपर्छ ।
तपाई भन्दा पछि आएकाले तपाईको भन्दा वढि चर्चा पाए जस्तो लागेको छैन ? 
 उनीहरुको जस्तो मेरो चर्चा नभएको होला तर म जहा पुग्नु पर्ने थियो म त्यहा पुगेको छु ।
अव कस्तो सिनेमा गर्न मन लागेको छ त ?
मलाई नायिकामा पावर भएको सिनेमा गर्न मन छ । आइमानईमा पुरुषभन्दा कम छैनन्, भन्ने खालको भुमिका गर्न मन लागेको छ ।
तपाई आफ्नो पेशावाट सन्तुष्ट हुनुहुन्छ ?
दाम भनेको यस्तै हो, म नाम कमाउन यहा आएको हुँ ।
 तपाई म्युजिक भिडियो धेरै खेल्ने भएकाले पनि सिनेमामा जम्नु भएन भन्ने आरोप छ नि ? 
 मलाई त्यस्तो लाग्दैन । तर, अहिले मैले भिडियो खेल्न कम गरिसकेकी छु ।
 सिनेमामा कति सम्मको दृश्य दिनुहुन्छ ?
 त्यो त कथा हेरेर दिने कुरा हो । तर, म टु पिस भने लाउँदिन ।
 तर, तपाईलाई यस्तै सिनेमाको मात्र प्रस्ताव आईरहेका छन् ?
 प्रस्ताव आउनु त खासै ठुलो कुरा होईन । तर, गर्ने र नगर्ने भन्ने निर्णय मेरो हो ।
 भुतमा विश्वास लाग्छ ? 
मलाई भुत संझदा नै डर लाग्छ । भुतको डरले मेरो कोठाको पुजा पनि गरेको छु ।
 तपाईलाई दिपेन्द्र के खनालको प्रेमिका पनि भनिन्छ नि ? 
 उहाँले मलाई सिनेमामा व्रेक दिनुभयो, निरन्तर २ सिनेमामा लिनुभयो यसैले यस्तो हल्ला मात्र भएको हो । तर, हाम्रो कुनै पनि सम्वन्ध छैन ।

0 comments:

Post a Comment