एटीएम फिल्म होईन, विकृतिको पराकाष्ठ ?(भिडियोसहित)

नेपाली सिनेमा जव यो हदसम्म वन्न थाल्छन्, त्यसपछि हामी यो भन्न वाध्य हुन्छौ कि, सिनेमा सिनेमा नभएर विकृतिको पराकाष्ठ हो । भर्खर मात्र छायांकन सकेर प्रदर्शनका लागि तयार भएको चलचित्र ए.टि.एमको वारेमा हामी यो भन्न वाध्य भएका छौ कि यो सिनेमा होईन विकृति निम्त्याउने एउटा भिडियो मात्र हो । जहाँ, सिनेमाको सिद्धान्त भन्दा पनि नायक र नायिकाको रोमान्स मात्र समावेश गरिएको छ । हुनत, हरेक सिनेमामा नायक र नायिकाको रोमान्स सामान्य हो, तर रोमान्सको अर्थ नायकले नायिकाको वक्षस्थलमा मज्जैले समात्न पुग्छ, नायिकाको भित्र कपडा खोल्छ र चुम्वन गर्दछ । यसलाई आम दर्शकले प्राय कि त सी ग्रेडका हिन्दी फिल्ममा देखेका छन् या त ‘टु एक्स’ भनिने पोर्न फिल्ममा देखेका छन् । तर, यदि सेन्सर वोर्डले आँखा चिम्लीयो भने, नेपाली सिनेमामा पनि यो कुरा देख्न पाईने भएको छ । ए.टि.एम सिनेमा चलचित्र क्षेत्रमा सेक्स विक्न थाल्यो भनेर वनाईएको एउटा विकृतिको पराकाष्ठ हो । जहाँ, नायक तथा नायिकाले अभिनय भन्दा पनि आफ्ना अंग देखाउन र जर्वजस्ती सेक्स विकाउने कोशिश गरेका छन् । चलचित्रमा तीन नायिका रहेका छन्, जिया के.सी, सविना कार्की र सोनिया शर्मा । यि तीन नायिका नेपाली सिनेमालाई अगाडि वढाउनलाई यो क्षेत्रमा आएका नै होईनन्, ए.टि.एम को प्रोमो मात्र पनि हेरिसकेपछि
तपाई पनि यही भन्नु हुनेछ । यि तिनको अभिनयमा न कुनै वास्तविबता छ, न त यिनीहरुलाई अभिनयको कुनै ज्ञान नै रहेको देखिन्छ । मात्र यि तीन नायिका सिनेमामा आफ्नो सस्तो जवानी वेचेर केही दिन टिक्ने कोशिश गरिरहेका छन् । निर्माता समेत रहेका दिनेश थापाले ए.टि.एम सिनेमा क्षेत्रमा केही योगदान पुर्‍याउ भनेर वनाएका भन्दा पनि तीन नायिकासंग पर्दामै भएपनि मोज गरौ भनेर वनाएको स्पष्ट झल्कन्छ । चलचित्रको कुन कथाले माग्छ, कि नायकले नायिकको स्तनमा मज्जैले समात्नु पर्छ जुन वन्द कोठाभित्र एक श्रीमान र श्रीमतिवीचमा हुने गर्दछ या कुनै व्लु फिल्ममा मात्र देख्न पाईन्छ । सिनेमाको निर्माण पैसा कमाउनका लागि त अवश्य पनि गरिन्छ, तर पैसा कमाउने नाममा समाजमा विकृति निम्त्याउनु अपराध हो । यो सिनेमालाई चलचित्र सेन्सर वोर्डले कडा कदम चाल्नु आवश्यक छ । किनकी, चलचित्र वनाउनेले त जे पनि वनाईदिन सक्छन् तर यसलाई नियन्त्रण गर्ने सेन्सर वोर्डले पनि आँखा चिम्लीयो भने यस्ता सिनेमा वनाउनेका लागि त्यो प्रशय दिने माध्यम वन्दछ । सिनेमा भन्दा पनि विकृतिको पराकाष्ठको रुपमा रहेको ए.टि.एमको यो प्रोमो हेर्नुहोस् र तपाई आफै भन्नुहुनेछ, साच्चै यो सिनेमा नै होईन ।   भिडियो हेर्नुहोस्

1 comments:

  1. लुकी लुकी घरमा DVD मा ब्लु फ्लिम हेर्दा कसैको केहि गएन, मोबाइल मा porn clip राखेर साथिहरुलाई सेयर गर्दा केहि भएन, Internet मा तेत्रो Porn साइट छन्, नेपाल google को Ranking मा 4th रे sex related कुरा खोज्न । अनि हिन्दी Murder, Jism, Dirty picture अरु के के “C” grade को फिल्म एउटा टिकेटमा दुइटा फिल्म भनेर चल्दा कोही नेपाली बिग्रेन अब यो सिनेमाले बिगार्छ भन्या पनि राम्रै हो । साथी हो यो चलचित्र त हलमा चल्छ चल्दैन थाह छैन तर english word Fuck अनि bitch लाई सेन्सर नलाग्ने तर चिक्ने र रन्डी शब्द प्रयोग हुँदा सेन्सर लाग्ने नेपालको सेन्सर बोर्ड पनि बुझिनसक्नुको छ । Promo हेरेर मन नपर्ने ले आफु नहेर्नु, आफ्नो परिवारलाई हेर्न नदिनु भैहाल्यो नि, खुलेआम ठमेलमा बेस्याबृती भाको चै कस्ले बिरोध गर्ने ? यो फिल्ममा भन्दा नेपाली दर्शकलाई नपच्ने धेरै Scene भएको अनि शब्द हरु प्रयोग भएको अन्य भाषाको फिल्मले नि Award जितेकै छन । कि भाषा नेपाली अनि कलाकार नेपाली भएर नपचेको हो ? ब्लु फ्लिम नहेर्ने अनि पोर्न साइट बारे थाहा नभाको को चै छ अहिले Internet चलाउने ? उहिलेका बुढापाकाहरुको जस्तो कुरा नगरुमना यार्, जमाना परिवर्तनसिल छ, पायोउ भने दुख नगरि केटी सँग Sex नगर्ने अपबाद कोही छन होला छुट्टै कुरा तर यो निर्देशकले मान्छे बिग्राछु भनेर चै पैसो फालेन होला ।

    ReplyDelete