रेखाका लागि वार्ताको ढोका खुल्ला गरे छविले !

आफ्नै श्रीमान्ले श्रीमतीका लागि वार्ताको ढोका खुल्ला गरेको उद्घोष गर्नु कतिसम्म अचम्मको उदेकलाग्दो कुरा होला । यस्तै उदेगलाग्दो काम गरेका छन्, निर्माता छविराज ओझाले । दुईजनाबीच सम्वन्ध बिच्छेदको खबर बारम्बार आईरहेको समयमा छविले गरेको यो उद्घोषले पनि अब यि दुई सँगै रहँदैनन् भन्ने पक्का छ । किनकी रेखा फिल्मस्को नाममा ६ वटा सिनेमा बनाइसकेका छविले अब आफ्नो अर्को चलचित्र भने यो व्यानरबाट नबनाउने भएका छन् । उनले अब छविराज प्रोडक्शनबाट नयाँ सिनेमा बनाउने भएका छन् ।बैशाख ३१ गते दर्ताको सम्पूर्ण काम सकेपछि छविले यसअघि कार्यकारी निर्माता भएर बनाउदै आएको व्यानर रेखा फिल्मस् औपचारिक रुपमा समाप्त भएको मान्न सकिन्छ । किनकी यो व्यानर निर्माता छविकै नाममा दर्ता भएको छ, जसका कारणले पनि रेखाले यो व्यानरबाट सिनेमा
बनाउँदा कानुनी झन्झट आउन सक्छ । यसरी रेखा फिल्मस् सफल हुँदा हुँदाहुँदै पनि निर्माता छविले अर्को व्यानर दर्ता गर्नुलाई सामान्य रुपमा हेर्न सकिँदैन । निर्माता छविले नयाँ व्यानर दर्ता गर्नुको कारणबारे खुलाउँदै भने -’यो व्यानरले सबै कलाकारलाई समेट्न खोजेको छ । रेखा फिल्मस्मा काम गर्दागर्दै केटाकेटीहरु झगडा गरे, एक अर्कातर्फ मुन्टो बटारे यसैले पनि छविराज व्यानर दर्ता गर्नु आवश्य देखें ।’रेखा फिल्मस्बाट नायक राजेश हमाल, बिराज भट्ट, निखील उप्रेती, आर्यन सिग्देल टाढा भैसकेको अवस्था छ । यसैले पनि छवि भन्छन् -’अब म सबैलाई समेट्न चाहन्छु । सबै कलाकारलाई अब मैले ढोका खोलीदिएको छु, अब आएर मलाई लुछेर खाऊ ।’उनले पुरानालाई सम्मान र नयाँका लागि प्रोत्साहनका लागि आफूले यो व्यानर दर्ता गरेको बताए । यता नायिका रेखा थापाले सिनेमा अकर्ैै निर्मातासँग मिलेर बनाउन लागेको खवरप्रति जिज्ञासा राख्दा छविले रेखाका लागि पनि आफूले वार्ताका ढोका खोलेको बताए । उनले रेखालाई आफ्नो सेवा, शर्त चित्त नबुझेकाले उनी अर्कैलाई लिएर सिनेमा बनाउन लागेको अनुमान लगाए । तर यता नायिका थापा भने आफुले यो वर्ष कुनै सिनेमा निर्देशन गर्ने योजना नराखेको बताउँछिन् । रेखा भन्छिन् -’मसँग समय कहाँ छ र म निर्देशन तर्फ लाग्छु ।’ धनलक्ष्मी ईन्टरटेन्मेन्टबाट चलचित्र युगदेखि युगसम्म बनाएका निर्माता छविराजले नरेश पौड्यालसँग मिलेर नमस्ते नेपाल नामक व्यानरवाट हिरो सिनेमा बनाएका थिए । जुन सिनेमाबाट नै नायिका रेखा थापा नेपाली सिनेमा क्षेत्रमा भित्रीएकी थिईन् ।२०५७ सालमा वैवाहिक जीवनमा बाँधिएका थिए रेखा र छवि । रेखासँग विवाह गरेपछि छविले २०६० सालमा रेखा फिल्मस्को नामबाट चलचित्र अजम्बरी नाता बनाएका थिए । छवि भन्छन् -’अब मैले छविराज प्रोडक्शनबाट सिनेमा बनाएपनि यो मेरो पहिलो सिनेमा भने हुनेछैन । छविराज प्रोडक्शनको १५ औं फिल्मको रुपमा नयाँ सिनेमा बन्नेछ ।’ सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्रमा रेखा पौडेल संगीतकारको रुपमा पक्का भएपनि अरु कलाकारको भने तय भएको छैन । डिभोर्सका बारेमा भने छविले केही पनि बोलेनन् । तर नायिका रेखा थापा भने आफूले डिभोर्स गर्न लागे सबैलाई भनेर नै गर्ने बताउँछिन् । उनी भन्छिन् -’नेपालमा डिभोर्सको कानुन नै नभएको त होईन नि ? डिभोर्स गर्न यदि कसैले चाहन्छ भने त्यो गर्न पाईन्छ । मलाई मन लाग्यो, म मिलेर बस्न सकिन जस्तो लाग्यो भने म डिभोर्स गर्छु, यो कुनै नौलो कुरा होईन ।’ यसरी नायिका रेखा थापा र छविराज ओझाबीचको डिभोर्सको खबरले बारम्बार बजार तताईरहेको छ । रेखा फिल्मस्लाई छोडेर छविराज प्रोडक्शन मार्फत सिनेमा निर्माण गर्न लाग्नुले पनि यि दुईको सम्वन्धका बारेमा धेरै नै अड्कल काट्न सकिन्छ । तर दर्शकदेखि विश्लेषक भन्छन् -’रेखा र छवि भने छुट्टनि हँुदैन ।’

0 comments:

Post a Comment