रेखा र छविको पहिले पानी वारावार, अहिले रक्सी सारासार

भनिन्छ, सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु । तर, नायिका रेखा थापा र निर्माता छवि ओझाका लागि भने यो कुरा लागू भएन । डिभोर्सको कुरा गरेर केही दिन यता मिडियामा चर्चामा आएका यि दुई जोडिवीच वोलचाल नै नभएको १० महिना भएको थियो । तर मंगलवार पहिलो पटक यि दुईवीच पहिलो पटक वोलचाल भएको थियो । वोलचाल भएपछि रेखा र छवि दुवै दङ्ग र मख्ख पनि थिए । उनीहरुले सहमति भएपछि डिभोर्स र सँगै वस्ने भन्ने कुरा आधा आधा रहेको वताएका थिए । तर, रमाईलो कुरा के छ भने, १० महिना पछि वल्ल वल्ल वोलेका रेखा र छविलाई यो खुशि साट्ने हतार निक्कै भएको
देखिन्छ । उनीहरु, निक्कै खुशि भए र यो खुशि आफु आफुमा मात्र साट्न चाहेनन् । यसैले पनि होला, वोलेको दिनमै अरु कुरा गर्न छोडेर वियर फोड्न निस्किए । त्यो पनि दुई जना मात्र होईन, आफ्ना नजिकका भनिएका साथीहरु समेत लिएर । काठमाण्डौको वानेश्वरमा रहेको एक क्याफेमा यि दुईले वियर को पार्टी दिएका थिए । निर्माता छविराज ओझा निक्कै खुशि देखिए भने नायिका थापाको खुशिको पनि सिमा थिएन । यि दुईको जोडि छुट्छ या सँगै हुन्छ भन्ने अझै टुङ्गो छैन, तर १० महिना नवोलेका यिनका लागि वोलचाल हुनु नै निक्कै ठुलो कुरा भएको थियो । यि दुईको पार्टीमा रेखा निकट मानिएकी निशा सुनुवार, निर्देशक सविर श्रेष्ठ, शोभित वस्नेत, नृत्य निर्देशक शंकर विसी, रेखा निकट मानिएका ध्रुव न्यौपाने सहभागी भएका थिए । रेखा र छविले आफुहरुवीच वोलचाल भएको भन्दै खुशि मनाउन वियर फोरेका थिए । पार्टीमा छवि निक्कै खुशि देखिएका थिए । रेखा पनि छविसँग फेरी वोल्न पाउदा हषिर्त देखिएकी थिईन् । छवि र रेखा निकट श्रोत भन्छ, यि दुईवीच डिभोर्स हुँदैन । सामान्य मनमुटाव भएपनि यि दुईले अरुको कुरा धेरै सुन्दा समस्या आएको श्रोतको भनाई छ । यसरी, कुनै वेला पानी वारावार गरेका रेखा छवि अहिले वियर सारासार गरीरहेका छन् । रेखा र छविको यो खुशि सधैभरी नै रहोस्, हाम्रो भनाई त यति नै हो ।

0 comments:

Post a Comment