काठमाडौंको ठमेलमा भीषण आगलागी, करोडौंको क्षति

पर्यटकको खचाखच भीड र रमझमले सधैं व्यस्त हुने काठमाडौंको ठमेलमा बिहीबार रातिदेखि एकाएक कोलाहल मच्चियो । काठमाडौं गेष्ट हाउससँगै जोडिएको पुरानो घरमा बिहीबार बेलुकी साढे ८ बजे एक्कासी आगलागी भएपछि ठमेल पुरै आतंकित भएको हो । आगलागीको सूचना पाए लगत्तै प्रहरी र दमकल घटनास्थल पुगे । रातभर आगो निभाउने प्रयास भयो । तर शुक्रबार मध्यान्न मात्र आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको छ । ‘गुड फ्राइडे’ मनाउन भन्दै हरेक शुक्रबार ठमेलमा जम्मा हुने राजधानीबासी र पर्यटक आज भने आगोले तातिएको बजार हेर्न जम्मा भएका छन् । एउटा घरमा आगो लागेपनि त्यसको रापले पुरै ठमेललाई तताएको छ । रातभरी आगो लागेको देख्नेहरु आतंकित छन् । झिमिक्क आँखा नपारीकन आगो निभाउन खटिएका सुरक्षाकर्मी र अग्नी नियन्त्रक भीषण आगलागीको दृश्य सम्झेर थकित छन् । ‘रातभरी सुत्न पाइएन, काठमाडौंमा अहिलेसम्म लागेका आगलागीका घटनामध्ये यो पनि भीषण आगलागी हो’ आगलागी नियन्त्रणमा खटिएका जुद्ध बारुण यन्त्रका प्रमुख लिलाराज गाछाले अनलाइनखबरसित भन्नुभयो । पुरानो घर र किताबको गोदाम पुरानो घर भएकाले आगो छिटो सल्किएको र क्षति पनि बढी भएको अनुमान छ । ‘अरु घरसँग जोडिएको निकै पुरानो र जीर्ण घर रहेछ’ गाछाले भन्नुभयो-’हामीले झ्याल फोरेर आगो नियन्त्रणमा लिन प्रयास गरेका थियौं, हामी पुग्दा घरको दलिन नै खसिसकेको थियो ।’खाना पकाउने ग्याँस विष्फोट भएर एक्कासी फैलिँदा आगोले भीषण रुप लिएको उहाँले बताउनुभयो । ‘रेष्टुरेन्टबाट आगो शुरु भएको देखिन्छ’ गाछाले भन्नुभयो । पुरानो किताब राख्ने गोदाममा

‘चौध घरे दादा, जसको नाम सुन्दा ज्यान हुन्छ आधा’


सितारामको विभिन्न खालको गेटअपको कारण चर्चामा रहेको ‘मेरी बाँस्सै’मा अब केदार घिमिरे पनि नयाँ लुक्समा देखिन थालेका छन् । उनी अहिले ‘चौध घरे दादा’ नामले चिनिन थालेका छन् । सधै माग्ने बुढाको गेटअप गरे पछि उनलाई धुर्मुसले उछिनेको चर्चा बजारमा चलेको थियो । यसैले पनि केदारले आफ्नो भूमिका र अभिनयलाई फरक बनाउन खोजेको विश्लेषण गरिएको छ । केदारले बोल्ने ’चौध घरे दाद, जसको नाम सुन्दा ज्यान हुन्छ आधा’ भन्ने थेगो अहिले चर्चामा छ । कानमा कुन्डली, कपाल बिनाको टाउकोका

प्रसंग ‘साँघुरो’ : ‘बिहे गर्नु अघि खाट नकराउने बनाउनु पर्दैन’

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचि ‘साँघुरो’को बिहिबार बेलुकी काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ । चलचित्र हेरिसकेपछि अधिकांश चलचित्रकर्मी तथा पत्रकारले ‘साँघुरो’ उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए ।जोयस पाण्डेको निर्देशनमा तयार भएको यो सिनेमामा दयाहाङ राई, सुशांक मैनाली, दिया मास्के लगायतका कलाकारको मुख्य भूमिका छ । सुकुम्बासी बस्तीमा बस्ने एक युवक, उसको आमा र बिहे गरिसकेपछि साँघुरिएको उसको अवस्थालाई सिनेमाले चित्रित गर्न खोजेको छ । चलचित्रका नव नायक सुशांक मैनाली र नायिका दिया मास्केको अभिनयलाई सबैले खुलेर तारिफ

Chot Dine Maya - Manoj Raj