कथा कबिता

हाम्रो माया

जब देखि देखें तिमीलाई, मन मनै माया गरेँ ।
सयौं कोश पर थिंए, तिम्रो मनमा बसाइ सरेँ । ।

प्रेम प्रस्ताब राखें मैले, अनि तिम्रो माया पाँए ।
अमृत सरी चोखो माया, तिमी सँग मैले लाँए । ।

उजाड उजाड जिन्दगीमा, बहार बनी तिमी आयौ ।
जलेको यो मन भित्र, सितल बनी तिमी छायौ । ।

तिमी मेरो जिन्दगीको, बाँच्ने एउटै आधार भयौ ।
मैले भोग्ने जीवनको, तिमी साथ र सार भयौ । ।

इश्वर लाइ साछि राखि, हामी कसम् खाएका छौं ।
एक्-अर्को लाइ छोड्ने छैनौं, सांचो माया लाएका छौं।।

हामि खुशि छौं आज, एक-अर्कालाइ पाएर।
जुनि जुनि बाँचि दिने, चोखो माया लाएर ।।
जुनि जुनि बाँचि दिने, चोखो माया लाएर ।।।
प्रेम सागर, हाल - यु. के.

- "नाम फेरी रहने साथीहरु प्रति"

नेट चलएसी झ्याउ कुमारी,झिना भएछे,
तल्लो गाउँ कि हरका माया पनि,हिना भएछे !
आफ्नै नौरण आफै गरि,नाम फेरी फेरी
पल्लो गाउँ कि लुरी पनि,लिना भएछे !!


भेटिन्छ कि साथि भनि,खोजें फेसबुक खोलि,
सोजी जस्ती लाग्थ्यो तिउली,टिना भएछे !!
अरुलाई खोज्दा वाक्क लग्यो,खोजे आफ्नैलाई,
मेरी आमा हौ ! आफ्नै बुडी शान्ता पनि,सिना भएछे
-राजेश रुम्बा लामा "अतृप्त''


गजल
प्रतिक्षामा सेतै कपाल फूल्न तयार छु,
तिमी पाउन आफूलाई भूल्न तयार छु।।

भन्नेहरुले जति नै भनून् 'पागल'भनेर,
तिम्रो फोटो दिलमा बोकि डुल्न तयार छु।।

जीन्दगीलाई कताकता उडाइ लगोस् बरु,
मुटुभित्र आँधि-हुरी हुल्न तयार छु।।

जानेर मेरो व्यथा उपहास नै गरे पनि,
सबै सामु मनको गाँठो खुल्न तयार छु।।

नशाको प्यालामा मलाई जति पिए पनि,
म आँशुको आइस बनि घुल्न तयार छु।।

गजल
जस्को निम्ती पत्र लेखें पठाउन खाम छैन।
ठेगानाको के कुरा पाउनेको पनी नाम छैन॥

सम्बन्ध छुटेपछी मर्दै गएछ माया प्रेम।
जुध्न खोज्ने आँखाको अहिले कतै याम छैन॥

हासो खुसी बाड्ने गर्थें आँशु एक्लै पिएको छु।
चौतारी भत्केपछी दु:ख बिसाउने ठाम छैन॥

रात पछी दिन आउने आशा थियो अलिकती।
अन्धकारले ढाकेको छ कही यहाँ घाम छैन॥

असम्भव भो भेट हुन यो जुनिमा उनिसँग ।
प्रतिक्षामा बसेको यो कृष्णको अब काम छैन

गजल
कालो बजार यहाँ धन उस्तै छ ।
निर्दयिको कठोर मन उस्तै छ ॥

बन्द हड्ताल चक्काजाम सधै ।
लुटेराको हतियार गन उस्तै छ ॥

एक्काईसौं सताब्दी आउदा सम्म ।
परिश्रमीको हातमा घन उस्तै छ ॥

परिवर्तन भयो _____ कसरी भनौ ।
पहाडको वास स्थान बन उस्तै छ ॥

आशा कस्को गर्नु दल भाँडिएपछी ।
सरकारको समस्या झन उस्तै छ ॥


गजल
----
बर्षौ पछी आफ्नै माटो,,टेक्न पाए आज
मुटु भन्दा प्यारा सन्तान्,भेट्न पाए आज||

काका कुल् झै तड्पिएर,,,मरु भुमी बाट
स्वदेश् फीरी पानी प्यास्,मेट्न पाए आज||

उजाड्,लाग्थ्यो जता सुकै,मुग्लान को भुमि
घना जंगल् झर्ना खोला,,देख्न पाए आज|्

आँसु झार्दै भोगेका ति,,,सारा दु;ख लाई
बिनाश गर्न खुशी मन् ले,रेट्न पाए आज||

सबै संग खुशी बाड्दै,,,झुपडी मै बसि
उमंग मै एउटा गजल्,लेख्न पाए आज||


गजल
---
हिन्दा हिन्दै दोबाटोमा अनयासै रोकिएँ म 
अंधेरीमा टोलाउदा आफै सँग ठोकिएँ म!!

मुटु भित्र चोट लाग्दा रसाएछन आँखा मेरा 
परेलिले छोप्दा छोप्दै आँशु बनी पोखिएँ म!!

फटाहा र जाली बस्ने तिम्रो पापी शहरमा
बेची आत्मा सम्पतीको तराजुमा जोखिएँ म!!

ओभानो त्यो चुल्हो बाल्न झोला बोकी प्रदेशीदा
श्रम बेच्ने बजारमा कौडी मुल्य तोकिएँ म!!

गरीबीको कथा चर्को आज फेरी बन्द अर्को
कसो कसो महङीको बैसाकिमा बोकिएँ म!!

गजल
---
बस्ती देखि टाढा पर, जुनेली को रात थियो
एकान्तमा हामी दुइ, हातमा उन्को हात थियो ।

चुपचाप हामी दुबै, सन्नाटा थियो चारैतिर
शून्यता लाई चिर्दै झर्ने, खाली रुखको पात थियो ।

अन्माएकी दुलही झैं टोलाएर बसेकी थिन
झुकेका ती परेलीमा, लठ्याउने मात थियो ।

बोल्न खोज्दा सर्माएर फर्की अन्तै हेरिरहिन
लुकी हेर्दा नयन उन्को, चाहना को खात थियो ।

पत्तै नपाई सिंगो रात ढल्की गयो उनको साथमा
लाली बोकी क्षितिजमा, उदाउदै प्रभात थियो ।

गजल
--- 
इन्द्रेणीको रंग चोरी उनि माथि छर्न पाए
संसारको खुशी दिंदै ओठ्मा हाँसो भर्न पाए !!

मेरी मुटु मेरी प्राण ढुक्ढुकिको जिन्दगीमा
बसन्ताको बहार भै दुख पिडा हर्न पाए !!

फुल जस्ती प्रियसीको अंगअंग चुम्ने पानी
साउनको झरी बनि बर्सिएर झर्न पाए !!

कल्पनाको दुनियामा रम्न छोडी आजै बाट
मायाँ बोक्ने बस्ति संगै उतै डेरा सर्न पाए !!

बाँचे संगै बाँच्ने अनि मर्नु परे संगै मर्दै
जुनी जुनी नछुटिने चोखो बाचा गर्न पाए !!

बन्दकीमा राखेको यो जिन्दागानी सुम्पिएर
भाग्यमानि हुन्थें होला उन्कै लागि मर्न पाए !!

गजल
---
बिदेश भाको लोग्नेलाई ढाट्यौ तिमीले
मिठा मिठा फोनमा गफ छाट्यौ तिमीले

लोग्ने बस्ने बिदेशमा दीन गनी गनी
अर्कैसँग मस्त जोबन साट्यौ तिमीले

लोग्नेको आखाँ छल्ने अर्कै को काख मोल्ने
कसरी पो ऐस्तो मनमा आट्यौ तिमीले

लोग्ने बिदेश पठाइ तिमी गर्छौ फटाई
कती सँग पो कालो रात काट्यौ तिमीले

मिठो मिठो बोल्ने भेटेजती लाई मोल्ने
धेरै को नै मुख र गाला चाट्यौ तिमीले


पर्खिएर बस्नु सानु सुन लिएर आऊँछु 
धेरै वर्ष खान पुग्ने नुन लिएर आऊँछु !!

फ़ाटेका ति भित्ताहरू टाली राख्नु तिमी 
रंग्याऊँन भित्ताहरू चुन लिएर आऊँछु !!

बियोगका गीत बजाई रुन्छौ भन्ने सुन्छु 
मिलनमा नाच्न मिल्ने धुन लिएर आऊँछु !!


फ़ाटी सक्यो होला तिम्रो मखमली चोली 
जाडो गर्मी दुबै धान्ने ऊन लिएर आऊँछु !!

सपनाको संसारमा भुल्यौ हामी धेरै 
यथार्थ मै खुसिको त्यो जून लिएर आऊँछु !!

रिसाउँदा फकाउने - तिमि नै त हौमिठो-मिठो पकाउने - तिमि नै त हौ दु:ख सुख जीवनमा जे -जे -भय पनिउकालीमा संगै धाउने- तिमि नै त हौ आँशु खस्दा आँखाबाट कहिलेकाँही मेरोविरहका गीत गाउने - तिमि नै त हौदोबाटोमा ठेस लागि लंडे भन्ने महात समाई उठाउने - तिमि नै त हौजीवनका हरेक खुसीका पलमासंगसंगै रमाउने - तिमि नै त हौभित्र, बाहिर, जँहा, जहिले, जे जे भय पनिजीवनभर सघाउने - तिमि नै त हौ

तिम्ले छोडे पछी मुटू, दुख्यो र पो! रोएँ।मायाँको त्यो विरूवा , सुक्यो र पो! रोएँ।रमाएकी हौली हगी! म रोएको देख्दा,निद आई वित्ने रात, लुक्यो र पो! रोएँ।
आफ्नो भन्ने मान्छेले नै, छोडी गए पछी,
जिन्दगीले आफैंलाई , थुक्यो र पो! रोएँ।
अग्नी सामु खाको कसम, तोडी जादा आज,
मायाको त्यो लगन् गाँठो, फुक्यो र पो! रोएँ।

गजलः सपना

मैले देखेको अनौठो, खाली एउटा सपना थियो, 
निद्रा भंगहुँदा त त्यो, जाली एउटा सपना थियो !!

प्रशन्नता भरिपूर्ण, सुन्दर एक बगैंचाविच त्यो,
फूल झै थिइन् राम्री, माली एउटा सपना थियो !!

छेउमा गएँ उनको, मुस्कुराउँदै हेरिन् एकोहोरो,
इशारा गरिन् बजाएर, ताली एउटा सपना थियो !!

झिम्काउँदै परेली ती, भनिन् हेर्नुस त लौ मेरो,
जवानी र यो ओठको, लाली एउटा सपना थियो !!

मुस्कुराउँदै थिए ती, फक्रिएका कोपिला जाँतहीं,
हातमा फूल संगैको, डाली एउटा सपना थियो !!

कालो बादल झै केश, लोलाएका आँखा मृगसरी,
मीठो मुश्कान सुन्दरी, काली एउटा सपना थियो !!

बर्णन गरुँ म कति, सुन्दरताले भरिएको उनको,
जवानीको त्यहाँ, हालीमुहाली एउटा सपना थियो !!

सौन्दर्य संसार कता, एक्कासी हरायो खिन्नतामा,
त्यो त राखेको निद्रामा, पाली एउटा सपना थियो !! 



1 comments:

  1. मेरो मनको मान्छे ले मेरो कुरा सुन्छ कि त!
    मैले रुदा मेरो आशुँ हत्केलाले थुन्छ कि त!!

    माया गर्छु मन मुटु देखी तर भन्न डराउछु
    सम्झिएर मेरो चाह मायाजाल बुन्छ कि त!

    जती हेर्छु झनझन माया बढदै गाछ आजभोली
    सपना बुन्छु कतै मेरो मन को मान्छे हुन्छ कि त!


    हराउदै उसकै याद मा गजल गित गुनगुनाउछु
    मेरो मन को भाका ले उसको मन छुन्छ कि त!

    दिनहु भाक्छु देवी-देवता मन्दिर मा धाई-धाई
    हजारौ माँझ हाथ समाई कतै मलाई चुन्छ कि त!

    ReplyDelete