अक्षयकुमारसँग उषा

नेपाली चलचित्रकी नायिका उषा पौडेल बलिउड स्टार अक्षयकुमारले होस्ट गर्न लागेको टीभी रियालिटी सोमा सहभागी हुँदैछिन् । स्टार प्लसबाट चाँडै नै प्रसारण हुन लागेको रियालिटी सो 'मास्टर सेफ'मा हिरो अक्षयसँगै नेपाली हिरोइन उषालाई पनि देख्न पाइनेछ । तीन महिनादेखि मुम्बइमा रहँदै आएकी उषाले उक्त सोमा सहभागि हुन पकाउने तालिमहरु पनि लिएकी छिन् ।
आउँदो महिना यो रियालिटी सो प्रसारण हुँदैछ । 'उक्त रियालिटीमा सोमा म पनि सहभागी हुँदैछु, जसका लागि पकाउने कलाका तालिम पनि लिएकी छु' उषाले आफ्नो सहभागिताबारे भनिन् 'मैले मौलिक नेपाली खाना बनाएर सहभागि हुनेछु ।' उक्त सोमा गुजराती, बंगाली, मराठी लगायतका खाना पनि प्रस्तुत हुँदैछन् । अक्षयकुमारले प्रस्तुत गर्ने कार्यक्रममा आफू सहभागी हुन पाउँदा उषाले खुशि व्यक्त गरिन् ।

उक्त रियालिटी सोको प्रोमो टेलिभिजनमा पनि प्रसारण हुन थालेको छ । उक्त प्रोमोमा हिरोइन उषा पनि देखिन थालेकी छिन् । राहुल रोयले डाकेर मुम्बइ पुगेकी अनुमान गरिएकी उषा उक्त रियालिटी सो समापन भएपछि स्वदेशी फर्कने तयारीमा छिन् । नेपाली दर्शकका लागि पनि लोकपि्रय स्टार प्लसको उक्त सो स्वदेशमा पनि पर्खाइको विषय बनेको छ ।

रेखाले खोलिन फेसबुक आईडी

नायिका रेखा थापाले अनलाईन सामाजिक सञ्जाल फेसबुक आईडी खोलेकी छिन् । आफ्ना फ्यानहरूलाई चलचित्रका बारे जानकारी गराउन उनले सोमबार बेलुकी सो आइडी खोलेकी हुन । शिवजी लामिछानेले निर्देशन गरिहेको चलचित्र जलजलाको सुटिङको लागि पोखरामा रहेकी नायिका थापाले स्थानिय गणेश ढकालको आग्रहमा सो आईडी खोलेको फिल्मीखरलाई बताएकी छिन् । फोनमा कुरा गर्दै उनले भनिन् 'मैले च्याट-स्याट गर्नलाई यो आईडी खोलेको हैन मात्र आफ्नो फिल्मको बारेमा जानकारी गराउन खोलेको हु ।'

पछिल्लो चरणमा चलचित्रकर्मीहरुले आफ्नो फिल्मलाई प्रोमोशन गर्नको लागि फेसबुकको सहयता लिईरहेको बेला रेखाले पनि आफ्नो पाँचौ प्रोजेक्टको चलचित्र 'कसले चोर्‍यो मेरो मन'को पब्लिसिटीका लागि फेसबुकलाई रोजेकी हुन । उनले फेसबुकको प्रोफाईलमा राजकुमारीको पहिरन सहितको एउटा मात्र फोटो प्रयोग गरेकी छिन् ।यस्तै प्रोफाईल संगै उनले कसले चोर्‍यो मेरो मन टाईटल दिदै १० वटा फोटो सहितको अर्को फोटो एल्बम पनि तयार गरेकी छिन् । सो एल्बमका सबै तस्बिरहरू कसले चोर्‍यो मेरो मनको हो । फेसबुक आईडी खोले लगत्तै उनले आफुलाई डेब्यू गराएका निर्देशक नरेश पौडेल, आफ्नै चलचित्र निर्देशन गरेका निर्देशक सबिर श्रेष्ठ साथै श्याम भट्टराई लगायत अन्य दुईलाई उनले आफ्नो फेसबुक फ्रेण्ड बनाएकी छिन् । अब फ्रेण्डको त बर्षा होला नि भन्ने फिल्मीखबरको प्रश्नमा उनले भनिन 'बर्षा भए हुन्छ म सवैलाई एसेप्ट गर्छु।' यहिँ आउदो असोज २९ गते देखि देश व्यापी रूपमा उनको चलचित्र प्रदर्शनमा आउदै छ । प्रदर्शन पूर्व निकै चर्चामा रहेको सो चलचत्रिमा नायक आर्यन सिग्देल र रेखाको जोडी निकै जमेको निर्माण पक्षले बताउदै आएको छ ।

रेजिनालाई एक पछि अर्को अफर

पछिल्लो चरणमा नायिका रेजिना उप्रेतीले धमाधम नयाँ चलचित्रमा खेल्ने अबसर पाईराखेकी छिन् । १५ दिन अघि चलचित्र 'प्रेम बिवाह'मा मा अनुबन्धीत भएकी नायिका उप्रेतीले मंगलबारबाट पुनः अर्को चलचित्र 'महानता'मा अभिनय गर्ने मौका पाएकी छिन् ।

यि चलचित्र सँगै रेजिनाले शोभित बस्नेतको चलचित्र 'युवराज' र जय किशन बस्नेतको चलचित्र 'तँ त सार्है नै सप्रिस नि बद्री' मा अभिनय गर्दैछिन् । रेजिनाले ९ बर्षको अवधिमा पाँच दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् ।श्रीकृष्ण फिल्मस् एण्ड डान्स सेन्टर प्रा.लि तेस्रो प्रस्तुती रहेको सो चलचित्रको मंगलबार बिहान शुभ मुहुर्त गरिएको छ । राजेश हमाल, सुवास मेचे , रेजिना उप्रेती, रोहित कुमार तथा स्माइल श्रेष्ठको मुख्य भूमिकामा रहने सो चलचित्रका निर्देशक राजेन्द्र कुमार थापा हुन ।श्रीकृष्ण डंगोलको प्रस्तुती रहेको सो चलचित्रमा सुर्य दयालुको संगीत, केशव अधिकारीको छायाकंन र कुमार श्रेष्ठको द्धन्द्ध रहने छ । यस्तै शुभ मुहुर्त समारोहमा महानता पछी अर्को चलचित्र 'धर्म वीर' पनि निर्माण गरिने घोषणा गरिएको छ ।

सुन्धारामा खुल्यो मल्टिप्लेक्स हल

राजधानीको मुटु भनेर चिनिने सुन्धारमा क्वेष्ट इन्टरटेन्टमेन्टले मल्टिप्लेक्स हल सञ्चालनमा ल्याएको छ । मंगलबार साँझ चलचित्रकर्मीहरूको ठूलो जमघटका बीच सो हलको औपचारिक उद्घाटन गरिएको हो ।
क्यू एफ एक्स अर्न्तगत सेन्ट्रल सिनेमाको नामकरण दिएको सो हल सुन्धारबाट त्रिपुरेश्वर जाने दाया साइडमा सिभिल मलको सातौ तल्लामा अवस्थित छ । सो मल्टिप्लेक्समा एक साथ तीन चलचित्र हेर्न सकिने छ । जसमा एउटामा थ्रीडी फर्मयाटमा बनेको चलचित्र, अर्कोमा अंग्रेजी र बाकी रहेको एउटामा हिन्दी र नेपाली चलचित्र दर्शकले हेर्न सक्ने छन् । क्यू एफ एक्स अर्न्तगत दक्षिण एसियामै पहिलो पटक उच्च स्तरको प्रविधि सेन्ट्रलमा जडान गरिएको क्वेष्टले दाबी गरेको छ ।


ती तीनवटा हलमा जम्मा ९ सय ४० सिट संख्या रहेको छ । यस अघि सिङ्गल स्त्रिmनमा राजधानीको हात्तिसारमा जय नेपाल र कमलपोखरीमा कुमारी सिनेमा घर खोलेको क्वेष्टले सेन्ट्रललाई प्रमुख सिनेमा भवनको संज्ञा दिएको छ ।

राजधानीमा स्पेनिस चलचित्र महोत्सव

आइतबारदेखि राजधानीमा दुईदिने स्पेनिस चलचित्र महोत्सव हुँदैछ । स्पेनिस राजदुतावास र नेपालस्थित अवैतानिक दुतको संयुक्त आयोजनामा कमल पोखरीस्थित रसियन कल्चरल सेन्टरमा आयोजना हुँदैछ ।

महोत्सवमा स्पेनको जीनवशैली र रहनसहनका चार स्पेनिस चलचित्र प्रदर्शन गरिने छन्। सन् १९९० देखि सन् २००१ सम्ममा बनेका यी चलचित्रले फरक फरक विषय प्रस्तुत गर्ने आयोजकले जानकारी गराएका छन्।

एस् फेमिली ऋचा

नायिका ऋचा घिमिरेलाई अचम्म लागेछ जव उनले आफ्नो सवै परिवारका सदस्यको नाम एस् बाट उठेको चाल पाईन् । त्यो चाल पाएको बिषय उनलाई नौलो लागेछ र सो कुरालाई फेसफुक वालमा लेख्न पनि भ्याईहालिन ।होम प्रोडक्सनको आफ्नो चलचित्र 'वीरताको चिनो' प्रमोशनका लागि लण्डन गएकी नायिका घिमिरेले आफ्नी आमाको नाम, स्वर्गीय पिताको नाम, त्यस्तै दुई जना दाजुको नाम, भाउजू नाम तिनिहरूको छोराछोरीको नाम साथै पतिको नाम र आफ्नो निक नेम समेत अंग्रेजी अक्षर एस बाट उठेको फेसबुक वालमा उल्लेख गरेकी छिन् ।

सबैले उनलाई ऋचा भनेर चिने पनि उनको अर्को नाम सुसी हो । उनको आमाको नाम श्रुती घिमिरे हो । स्वर्गीय पिताको नाम पवन भएपनि उनलाई घरमा शम्भु भनेर बोलाईने गरिन्थ्यो । त्यस्तै उनको जेठो दाईको नाम सन्दिप हो । युरोपमा रहेका उनको कान्छो दाईको नाम निर्मल भएपनि उनलाई घरमा निर्मलको साटो सञ्जय भनेर बोलाउने गरिन्छ । यस्तै उनको भाउजूको नाम शर्मिला, भदाको नाम सम्राट, भदैको नाम सञ्जु र गएको मंसिर महिना देखि न्यू फेमिलीमा इन्ट्री गरेकी ऋचाका पती तथा चलचित्रका निर्देशकको नाम पनि एस बाटै उठेको छ । उनको पतिको नाम शंकर घिमिरे हो ।

१६ लाखमा साइन !

महंगा नायक बिराज भट्टले आइतबार एक भोजपुरी चलचित्रमा महङ्गै साइन गरेका छन् । निर्माताले दिएको जानकारी अनुसार भारतीय रुपैंया १० लाख (नेरु १६ लाख)मा बिराजले भोजपुरी चलचित्र 'सुन् सजना सुन्'मा उक्त रेटमा साइन गरे ।नेपाली चलचित्रका 'गुल्सन गोब्बर' कहलिएका खलनायक भूमिकामा पुष्कर भट्टले पनि साइन गरेका छन् । बिराजले लिड भूमिका निर्वाह गर्ने उक्त चलचित्रमा भोजपुरी चलचित्रका अर्का हिरो रविकिसन, रिङ्क घोष, कुणाल सिँहलाई पनि देख्न पाइनेछ । नायिका भने नेपाली चलचित्रबाट लिने निश्चित छ ।

रोचक कुरा उक्त चलचित्रलाई नेपाली भाषामा पनि निर्माण गरिनेछ । 'पहिलोपटक हामीले सुटिङ स्पटमै दोहोर् याएर एउटै चलचित्रलाई भोजपुरी र नेपाली भाषामा निर्माण गर्छौं' आइतबार मात्र नेपाल आएका चलचित्रका निर्माता विके मिश्रले मेरोसिनेमासँग भने 'पहिलेजस्तो डबिङ गरेर भने होइन ।' उक्त चलचित्रलाई 'प्यारी बहिनी' नेपाली नामाकरण पनि गरिएको छ ।निर्माता मिश्रसँगै निर्देशक आनन्द राव पनि आइतबारै काठमाण्डू आएका छन् । बजार अध्ययन, स्टारर तय, लोकेसन हन्टिङका लागि निर्माता/निर्देशक दुवै नेपाल आएको जानकारी भट्टले दिए । दुवैले सोही दिन नर्लिङ रिसोर्ट, सावित्री सदन, चापागाइँ स्टुडियो घुमेका छन् । चलचित्रमा काठमाण्डू, पोखरा, पाल्पा, महेन्द्रनगर र लुम्बिनीका दृश्य हेर्न पाइने भएको छ ।

कमब्याकमा काली नम्रता !

एकमहिनाको खाडी बसाइपछि आइतबार नेपाल टेक्दा हिरोइन नम्रता श्रेष्ठको अनुहारमा पहिलेको जस्तो चमक देखिएन । मुहार फुङ्ग उडेको र थकित-थकित देखिन्थ्यो । चलचित्र 'मिस यू'को सुटिङका लागि खाडीको मलेसिया पुगेकी नम्रता त्यहाँको गर्मी र धूपले डढेकी थिइन् । यद्यपी उनलाई मलेसियाको सौन्दर्यले भने यति लठ्ठाएछ कि 'होलिडे टुर' पनि मलेसिया मै जाने मुडमा छिन् उनी । उनीसँग काठमाण्डू टेकेका हिरो बरुण राणा पनि उस्तै थिए ।

'घामले डढेर काली छु, फुड प्वाइजनिङ पनि भयो' स्वदेश फर्किएपछि मेरोसिनेमासँग उनी गफिइन् 'तरपनि आइ मिस मलेसिया । निकै राम्रो लोकेसन रहेछ । फेरि पनि घुम्न जान मन छ ।' डुङ्गा दुर्घटनालाई छाडिदिने हो भने नम्रताले मलेसियाको समुन्द्रीतटमा डेप्स्की बोर्ड चलाउन सिकिन् । पेनाङ, क्वालालाम्पुर, चोरवारु घुमिन् । 'समुन्द्री किनारमा निकै रमाइलो भयो । त्यहाँका खाना पनि कति मीठो । क्वालालाम्पुरमा मैले मेरा फ्यानहरु भेटें । मैले अभिनय गरेका फिल्महरु मनपराइदिनुभयो' नम्रताले वर्णन गरिन् 'श्रम बेच्न त्यहाँ जानुभएका दाजुभाइसँग पनि कुरा साटासाट गरें । निकै मायालु लाग्यो ।'एक महिनाको बसाइमा मलेसियामा 'मिस यू'का गीतहरुको सुटिङ गरिएको थियो । सुटिङपछि नेपाल फर्किएकी नम्रताले अब सोमबारदेखि अपकमिङ प्लानहरु बुन्ने बताइन् । प्रचण्ड श्रेष्ठको 'पर्पल डेज'मा पनि नम्रताले काम गर्दैछिन् । अहिले उनी सुरेशदर्पण पोखरेलको निर्देशन र दीलिप रायमाझीको निर्माणमा बनिरहेको फिल्म 'मिस यू'मा काम गरिरहेकी छिन् । जे होस् नम्रताले एकमहिने बसाइको मलेसिया डायरी अवश्य लेख्नेछिन् ।

खुल्यो ऋचाको रहस्य

कुरा 'फस्टलभ' हिरोइन ऋचा शर्माको हो । डेढमहिनादेखि उनले व्यस्त हुनुको रहस्य गुपचुप राख्दै आएकी थिइन् । यतिसम्मकी निर्माणपक्षले कुरा नखोल्न ऋचालाई दवाव दिइरहेका थिए । दवावका बीच ऋचाले मिडियालाई पनि रहस्यमै अल्झाइदिएकी थिइन् । अब भने उनको त्यो रहस्य उद्घाटित भएको छ । आखिर ऋचा अहिले केमा व्यस्त छिन् ? बारम्बारको प्रयासपछि उनले मेरोसिनेमामार्फत कुरा 'रिभिल' गरिन् ।

यतिबेला ऋचा मेगाप्रोजेक्टको टेलिफिल्म 'हाम्रो टीम'मा व्यस्त रहिछिन् । जसका निर्देशक कान्तिपुर टेलिभिजनका भूषण दाहाल हुन् । झन्डै ५० प्रतिशत छायांकन सकिएको यो सिरियलको अहिले हेटौंडामा सुटिङ भैरहेको छ । ऋचाले यो सिरियलमा लिड रोल निर्वाह गरिरहेकी छिन् । तर कथा र कास्ट भने खुलाउन मानिनन् उनले । दसैंअगाडि नै सुटिङ सकेर जानकारी प्रकाशमा ल्याइने भएको छ । निर्माणपक्ष अझैपनि प्रोजेक्ट सकिएपछि मात्र कुरा खोल्ने पक्षमा छन् । 'म यसैमा व्यस्त छु' ऋचा भन्छिन् 'दसैंअघि नै सक्ने टार्गेटले काम गरिरहेका छौं ।''फस्टलभ' रिलिज हुँदावित्तिकै ऋचाले 'हाम्रो टीम'मा काम थालेकी थिइन् । त्यसपछि उनी यति व्यस्त भइन् कि रातदिन सुटिङै-सुटिङ । यो टेलिफिल्ममा पन्ध्र लोकप्रिय स्टाररहरुको जमघट छ । अर्को कुरा 'दासढुंगा' का अमर लामा तथा रंगकर्मी दयाहाङ राईले पनि 'हाम्रो टीम'मा अभिनय गरिरहेका छन् । निकै गुपचुप ढंगले काम गरिराखिएको यो टेलिफिल्मको थप तथा औपचारिक जानकारी कहिले प्रकाशमा आउँछ त्यो त दसैंअघि नै कुर्नुपर्ला । यद्यपी 'कागवेनी' जस्ता अफविट फिल्म निर्देशन गरिसकेका भुषणको निर्देशकिय विशेषताबाट अपेक्षा गर्नेहरु धेरै छन् ।

'अत्तो न पत्तो'को बक्स अफिस

नेपाली चलचित्र क्षेत्रको निर्माण संख्यात्मक रूपमा बढे पनि व्यापारको तथ्यांक राख्ने संयन्त्र छैन। त्यही भएर फिल्मको 'बक्स अफिस' सम्बन्धित निर्माताबाहेक अरूले अनुमानमात्र गर्न सक्छन्। 'फस्ट लभ' का नरेन्द्रको भनाइमा अधिकांश निर्माता हचुवा भरमा फिल्म बनाउँछन्, अनि ठगिन्छन्। 'पचास लाखको फिल्म बनाउनेलाई कतिवटा हलमा चल्छ भन्नेसम्म थाहा हुँदैन,' उनको भनाइ छ, 'खाली ठूलो महत्त्वाकांक्षा र रंगीन दुनियाँको मोहले फिल्म बनाउने होडबाजी छ।'

नेपालमा मोटामोटी वर्षको ६० वटा फिल्म बन्छन् र त्यसमध्ये ६ वटाले मात्र लगानी उठाउने गरेको पाइन्छ। बजारमा 'सुपरहिट' भनिने फिल्म तिनै हुन्। निर्माणको संख्या हेर्दा बजार मागको हिसाबले पनि यो निकै बढी हो।
'एक वर्षमा १८ देखि २४ वटा फिल्म भए नेपालका हललाई पुग्छ,' फिल्म निर्माण, वितरण र प्रदर्शनमा समेत संलग्न नरेन्द्र भन्छन्, 'वर्षको ६० वटा बनेपछि कतिले लगानी उठाउनु?'माग र आपूर्तिको सिद्धान्त फिल्म निर्माणको क्षेत्रमा पनि उत्तिकै लागू हुन्छ। मागभन्दा आपूर्ति बेसी भएपछि उत्पादकले घाटा खानुपर्छ। उत्पादन धेरै भएपछि बिक्रेता (हल सञ्चालक) हरूको एकाधिकार बढ्दै जान्छ।नेपाल फिल्म उद्योगमा भएको यही हो। त्यसमाथि विदेशीको नक्कल र अस्तव्यस्त प्रदर्शन प्रणाली व्यापार घाटाका अन्य कारण हुन्।यसबीच भर्खरै सुरु भएको डिजिटल सिनेमा नेपाल (डिसिएन) ले नयाँ डिजिटल पद्दति भित्र्याएको छ। देशभरका करिब ६५ हलमा नेटवर्क विस्तार गरेको डिसिएनमार्फत् ४० हलमा एकसाथ फिल्म देखाउन सकिन्छ। यसले फिल्म प्रदर्शन प्रणालीमा सुधार आउनुका साथै व्यापार बढ्दै गएको कम्पनीका महाप्रबन्धक अशोक शर्मा दाबी गर्छन्।'यो प्रविधिबाट सबै सहरका दर्शकले एकसाथ नयाँ फिल्म हेर्न पाउँछन्,' उनी भन्छन्, 'तीन महिनामा व्यापारको छिनोफानो हुन्छ।' रिलिजका लागि दुई वर्षभन्दा बढी कुर्नपर्ने 'पालो प्रणाली' भन्दा यो चुस्त रहेको उनी बताउँछन्।
तथ्यपूर्ण 'बक्स अफिस' रिपोर्टमा जोड दिए पनि डिसिएनले कुन फिल्मले कति व्यापार गर्‍यो भन्ने तथ्यांक कहिल्यै खुलाउँदैन। अहिलेसम्म रेखा थापाको 'हिफजत'ले बढी व्यापार गरेको कम्पनीको दाबी छ। तर, कति कमायो त? जवाफ छैन।
फिल्मका कार्यकारी निर्माता छवि ओझा पनि कुल व्यापार र त्यसमा आफ्नो कमाइको हिस्साबारे खुल्न चाहँदैनन्। 'चालीस लाखजति कारोबार भयो कि!' उनी भन्छन्, 'लगानीसम्म उठ्यो।''सुपरहिट भनेको फिल्मले त लगानीमात्र उठाउँछ भने किन फिल्म बनाएर बस्नु त?'यो प्रश्नमा उनको जवाफ यस्तो छ, 'उपकरण आफ्नै कम्पनीमा छ। घरमा हिरोइन छिन्।'
अहिले छवि 'कसले चोर्‍यो मेरो मन' रिलिजको तयारीमा छन्। यसको लगानी ६५ लाख रुपैयाँ बताइएको छ।
डिसिएनकै 'रेकर्ड ब्रेक' गर्ने फिल्मबाट जम्मा ४० लाख उठेको बताउने छविले ६५ लाखको जोखिम किन मोले त?
'एउटा बनाइहालियो। अब सानो बजेटका फिल्म बनाउँछु,' उनी भन्छन्। डिसिएनले पनि आधिकारिक रूपमा हिफाजतको कमाइ खुलाएको छैन। कम्पनी स्रोतका अनुसार यसले ९५ लाख रुपैयाँ निर्माताको पोल्टामा पार्न सफल भयो।
हिरोकै दम

फिल्मलाई निर्देशकको माध्यम भनिन्छ। तर, नेपालमात्र यस्तो देश होला, जहाँ अझै निर्माता र वितरकले फिल्मको बागडोर सम्हाल्छन्। उनीहरू कथा टिप्छन्, कलाकार छान्छन्, अनि बल्ल निर्देशकको खोजी हुन्छ। मानौं, निर्देशक भनेका 'एक्सन' र 'कट' भनेर जागिर पकाउने कर्मचारी हो।
फिल्म बोक्ने सारथी 'हिरो'लाई मान्ने चलन अरू देशबाट 'श्यामश्वेत' सिनेमाजस्तो हराइसक्यो। नेपालमा भने कलाकार, त्यसमाथि पनि हिरोको मुख हेरेर फिल्मको मूल्य तोक्ने चलन गएको छैन।तर, पछिल्लो समय 'पोस्टर भ्याल्यु' नभएका कलाकारको फिल्म पनि राम्रो चल्न थालेपछि यो मान्यता तोडिँदै गएको हो कि भन्ने भान पर्छ। 'कहाँ भेटिएला', 'म तिमीविना मरिहाल्छु', 'हिफाजत' र 'फस्ट लभ' नयाँ कलाकारकै दममा चले।'फलानो हिरो लिए यति दिन्छु भनेर फिल्मको मूल्य तोक्ने अवस्था छैन,' शर्मा भन्छन्।तर, उनले जे भने पनि फिल्मको विषयवस्तुअनुसार पात्र होइन, कलाकार छानेर 'स्क्रिप्ट' लेख्ने चलन अझै छँदैछ।

विराज सबभन्दा महंगा
बजारमा विराज भट्टको प्रभाव छ। आफ्नो माग बुझेर उनले मूल्य पनि बढाइसके। एउटा फिल्म खेलेको ४ लाख लिने भट्ट सबभन्दा महंगा कलाकार मानिन्छन्। धेरै फिल्ममा उनलाई लिएर हिट भएका निर्देशक दिपक श्रेष्ठले आफ्नै लागानीको 'हिम्मत २' मा दोहोरो भूमिका दिए। काठमाडौंबाहिर चलिरहेको यो फिल्मले दिपकलाई सोचेजति सफलता भने दिन सकेको छैन।
विराज भए जस्तो फिल्म पनि चल्छ भन्ने निर्माताको मान्यता यसले एक हदसम्म तोडेको छ।राजेश हमाल 'पोस्टर भ्याल्यु' कै कारण २० वर्षदेखि छाइरहेका छन्। अहिले पनि उनको व्यस्तता उत्तिकै छ। एक्सन फिल्ममा राजेश र विराज सँगै निखिल उप्रेतीको माग पनि चर्को थियो। उनी मुम्बई लागेपछि आयुष रिजाल, सुमन सिंहजस्ता कलाकारले रिक्तस्थान भरेका छन्।नेपाली चलचित्रमा एक्सनसँगै प्रेमकथाको धार समानान्तर रूपमा बढेको छ। एक्सन फिल्ममात्र चल्छ भन्ने मान्यता बोकेको उद्योगमा श्रीकृष्ण श्रेष्ठको 'कहाँ भेटिएला'ले राम्रो व्यापार गर्‍यो। त्यसपछि त प्रेमकथाको लहरै चल्यो। यो धारमा अहिले धेरैको रोजाइमा परेका नायक हुन्, आर्यन सिग्देल। राजवल्लभ कोइराला र जीवन लुइँटेल पनि यसमा 'फिट' मानिन्छन्।

रेखाकै बोलबाला
नेपाली फिल्मले हिरोइनलाई भने खासै महत्त्वमा राख्दैन। फिल्म हेर्दा लाग्छ, नाच्नु र ग्ल्यामर दृश्य दिनु नै उनीहरूको काम हो। पारिश्रमिकको मामिलामा पनि यी हिरोभन्दा निकै पछाडि छन्। हिरोइनले लिड गरेको फिल्म पनि चल्छ भनेर साबित गरेपछि रेखा थापाको मार्केट भ्याल्यु बढेको छ। धेरै समय अरूको फिल्ममा 'आइटम डान्स' गरेकी रेखाले हिरोइनको प्रभाव देखाइन्, होम प्रोडक्सनको फिल्मबाट। उनले आफ्नो भूमिका केन्द्रमा राखेर 'हिम्मत' बनाइन्। प्रचार सामग्रीमा आफ्नै रोललाई महत्त्व दिइन्। विराज र रमित ढुंगानालाई समेत छायाँमा पार्ने भूमिका थियो, रेखाको। फिल्म चल्यो।
यसले रेखाको आत्मविश्वास चुलियो। उनी बाहिरका फिल्म छान्न थालिन्। 'किस्मत'मा विराज र आर्यन सिग्देलका साथ उनलाई सफलता मिल्यो। त्यसपछि 'हिफाजत' बनाएकी रेखाले आर्यनसँगै नयाँ हिरो आयुष रिजाललाई खेलाइन्। फिल्मले डिसिएनको बक्स अफिसमै रेकर्ड राख्यो। ५० हजार रुपैयाँ हाराहारीमा फिल्म खेल्ने हिरोइनमाझ रेखाको भाउ बढ्यो।
अहिले उनलाई डेढ लाख रुपैयाँ पारिश्रमिक दिन पनि निर्माताहरू धक मान्दैनन्। रेखा भने तीन लाख घटी फिल्म नखेल्ने बताउँछिन्। 'मैले पनि हिरोले जस्तै रिस्क मोलेर काम गर्नुपर्छ। उनीहरू ५ लाख लिने भइसके, म चाहिँ किन थोरैमा खेल्नु?' फिल्म 'जलजला'को सुटिङमा रहेकी रेखाको भनाइ छ, 'हिरोइनको पारिश्रमिक बढ्न सकेन। मैले त्यसको सुरुवात गरेँ।'रेखापछि व्यस्त र बढी पारिश्रमिक लिने हिरोइन हुन्, झरना थापा। बाँकी हिरोइनको औसत पारिश्रमिक ५० हजारभन्दा माथि पुग्न सकेको छैन। म्युजिक भिडियोबाट आएका नम्रता श्रेष्ठ, निशा अधिकारी लगायत भने सुरुवातमै उचित पारिश्रमिक पाउनेमा गनिन्छन्।
बक्स अफिसका तीन दृष्य

दृश्य : १

'२ लाख ३३ हजार ५ सय ४९ रुपैयाँ।'
फिल्म 'दिपशिखा' का निर्माता-निर्देशक नरेश पौडेलले दस दिनअघि एउटा एसएमएस पठाए - 'अष्टनारायण हलमा आज नेपाली फिल्मको अहिलेसम्मकै बढी 'कलेक्सन' भयो।'
त्यसको ठिक भोलिपल्ट राजधानीकै कुमारी हलमा 'दिपशिखा' हेर्न यति कम दर्शक आए, हलले फिल्म देखाउनै सकेन। टिकट काट्नेको पैसा फिर्ता भयो। र, फिल्म फेरियो।
तर, नरेशले यो खबर 'एसएमएस' गरेनन्।
नरेशको यो व्यवहार फिल्म निर्माताहरूको साझा शैली हो। उनीहरू यति 'जाति' छन्, फिल्मले जतिसुकै नराम्रो व्यापार गरे पनि राम्रो खबरमात्र सुनाउँदै हिँड्छन्। हलमा चलुञ्जेल कीर्तिमानको डिङ हाक्ने निर्माताहरू फिल्म उत्रेपछि सानो अनुहार पारेर घुमाइफिराइ घाटाको तथ्यांक सुनाउँछन्। भन्छन्, 'फिल्म त चलेको हो, हलवाला र वितरक मिलेर ठगे।'
...
दृश्य : २
'फस्ट लभ' पछिल्लो समय सफल मानिएको फिल्म हो। लामो समय फिल्म वितरण र प्रदर्शन गर्दै आएका नरेन्द्र महर्जनले यसमा निर्माताको समेत बागडोर सम्हाले। देशभरका मुख्य सहरमा एकसाथ रिलिज भएको यो फिल्मले डेढ करोडभन्दा बढी कमाएको दाबी गरेका थिए, अर्का निर्माता माधव वाग्लेले।
'तर, हातमा १० लाख परेको छैन,' मुख्य स्टेसनबाट फिल्म उत्रिएपछि उनको बोली फेरियो, 'दर्शक नगद तिरेर टिकट काट्छन्। हामीले उधारोमा चलाउनुपर्छ।'
नरेन्द्र भने असन्तुष्ट हुने ठाउँ दैख्दैनन्। '२५ लाखसम्म घाटा परेपनि खप्न तयार भएर बनाएको फिल्मले ३० लाख फाइदा गरायो,' उनी भन्छन्, 'लगानी मात्र उठाएकोलाई 'भयंकर चलेको' भनिन्छ। हाम्रो व्यापार त उम्दा हो।'

दृश्य : ३
'गंगाजल'का निर्देशक प्रमोद भण्डारीले राजधानीबाहिरका हलमा राम्रो व्यापार भएको दाबी गरेका थिए। अहिले उनी वितरक र हलवालाले ठगेको गुनासो गर्दै हिँड्छन्।
'वितरकहरू निर्माताको शोषण गर्छन्। उनीहरू पहिल्यै हलबाट पैसा उठाउँछन्। हामीलाई राम्रो हल छान्न दिँदैनन्,' उनको आरोप छ, 'हलवालाहरू चाहिँ पोस्टर टाँस्ने पिठोको पनि हिसाब राख्छन्।'

सुष्मा थलिएपछि रेजिना !

चलचित्र 'धर्मा'को आइटम गीत 'मान्दैन…मान्दैन' यतिबेला निकै कर्णप्रिय छ । हिरोइन रेजिनाको उत्तेजक डान्स हेरेर फिदा हुनेहरु पनि छन् । उक्त आइटम नम्बरमा रेजिनाको नृत्य त छँदैछ गीतले मात्र रिलिज अगावै फिल्मलाई चिनाएको पनि छ । तर उक्त आइटम गीतमा अर्की हिरोइन सुष्मा कार्कीले डान्स गर्ने निश्चित थियो । यसका लागि सुष्मा तयार पनि थिइन् ।

तर भैदियो अर्कै । सुटिङ सुरु हुनेबेला सुष्मा टाइफाइडले थलिएपछि उनको ठाउँमा रेजिनालाई ल्याउन निर्माणपक्ष बाध्य भयो । सुटिङलाई रोक्न नमिल्ने भएपछि निर्माणपक्षले हतार-हतार सुष्माको विकल्पमा रेजिनालाई अघि सारे । 'सुष्माजी विरामी हुनुभएपछि रेजिना बहिनीलाई ल्याएका हौं' निर्मात्री डा. दुर्गा पोखरेलले भनिन् 'नभए सुष्माजीले आइटम नाच्ने निधो थियो ।'अर्कोतर्फ फिल्मको उक्त गीतमा कोरियोग्राफर रिनशा राई पनि रिप्लेस भइन् । सुटिङ सुरु हुने बेला रिनशा अर्को प्रोजेक्ट 'ब्याच नम्बर १६'मा व्यस्त भएपछि निर्माताले हतार-हतार अर्को कोरियोग्राफर खोज्नुपर्‍यो । अन्ततः रिनशाको स्थानमा कृष्ण अछामीले आइटम डान्स नचाए । जे होस् दुईलाई दुईजनाले रिप्लेस गरेपछि मात्र गीत तयार भयो । दीपेन्द्र के. खनाल निर्देशित यो चलचित्र यो तिहारमा रिलिज हुँदैछ ।

हिरोइनलाई थक्थकी…

यतिबेला हिरोइन झरना थापा थक्थकी मानिरहेकी छिन् । सुटिङ भैरहेको चलचित्र 'संसार आफ्नै'मा उनी यति ब्यस्त भइन् कि आफैले अभिनय गरेको म्युजिक भिडियोको 'लन्चिङ सेरेमोनी' उनले छुटाइन् जसले झरनालाई थकथकी तुल्यायो । झरनाले खेलेको म्युजिक भिडियो लन्च हुने खबरले कार्यक्रममा पुगेका पत्रकार पनि लामो समय उनलाई कुरेर बसे । तर बीचमै आयोजकले झरना आउन नसक्ने बताइदिएपछि त्यसले सबैलाई निराश तुल्यायो ।

सेरेमोनी सुरु भैसक्दा झरना थानकोटमा भैरहेको सुटिङमा ब्यस्त थिइन् । थानकोट र कलंकीको जाम छिचोलेर तुरुन्तै नयाँ वानेश्वर आउन पनि सम्भव थिएन । अन्ततः झरना बिनै म्युजिक भिडियो लन्च गरियो । 'आफैले त्यस्तो मिहेनत गरेको म्युजिक भिडियो लन्चिङमा जान नपाउँदा दुःख लागिरहेको छ' झरनाले भनिन् 'आइ मिस म्युजिक भिडियो ।' झरना नआएपछि मोडल तथा पत्रकार सुव्रत आचार्य र गायिका रेणु विष्ट आकर्षणको विन्दु बने ।फिचर फिल्मसँगै म्युजिक भिडियोमा पनि अभिनय गरिरहेकी झरनाको यो पाँचौ म्युजिक भिडियो हो । पत्रकारको जीवनमा आधारित उक्त भिडियोमा झरनाले पत्रकार पत्नीको भूमिका निर्वाह गरेकी छिन् । झरनालाई मात्र थक्थकी लागेन कि उनी नआउँदा थक्थकी मान्नेहरु धेरै भए कार्यक्रममा ।

दुब्लाउन बाध्य हिरो

महंगा तर फुस्रदिला हिरो आर्यन सिग्देल यतिबेला दुब्लाउन प्रयास गरिरहेका छन् । उनको यो दुब्लाई रहर मात्र नभएर बाध्यता पनि हो ।अपकमिङ दुइवटा प्रोजेक्टका लागि जसरी भएपनि आर्यन दुब्लाउनै पर्ने हुन्छ । यी दुई प्रोजेक्टका निर्माता/निर्देशकले आर्यनलाई दुब्लाउन भनेका छन् । जसका कारण यतिबेला फुस्रदको सास फेरिरहेका 'लभरव्वाइ' बिहान/बेलुका क्लव जान थालेका छन् ।

रोमान्स र घुमघाम गर्न रुचाउने आर्यन पछिल्लो समय निकै मोटाएका थिए । भुँडी बढेपछि उनलाई असहज महसुस भैरहेको थियो । जसका कारण दुईसातादेखि उनले क्लव ज्वाइन गरेर तौल घटाउन मिहेनत गरिरहेका हुन् ।सुदर्शन थापा निर्देशित 'के यो माया हो' र दीपेन्द्र के. खनाल निर्देशित 'काठमाण्डू नाइट' आर्यनका अपकमिङ प्रोजेक्ट हुन् । यी दुवै फिल्ममा आर्यनले दुब्लो पात्रको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तौल घटाउन र आफूलाई फिटनेस राख्न आर्यनले खानामा पनि तैलिय पदार्थ हटाएका छन् ।जे होस आर्यनलाई आगामी फिल्ममा 'टसन लुक'मा देख्न पाइनेछ । आर्यनको यो दुब्लाउने प्रयास सफल होस् किनभने आर्यन यसबाट लाभान्वित त हुने नै भए साथसाथै निर्माता/निर्देशक पनि अवश्य खुशि हुनेछन् ।

अरूणिमालाई अचम्मको नशा

शुक्रबार साँझको समय थियो , बेलुकी ८ बजे कार्याक्रम स्थलमा सहभागी हुन पुगेकी नायिका अरूणिमा लम्साल सहकर्मी रेजिना उप्रेतीसंग भलाकुसारी गरिरहेकी थिइन् ।सगरमाथा टेलिभिजनमा प्रसारण भईरहेको फिल्मी कार्यक्रम 'मुभि एक्सप्रेस' को १०० दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा नायक अर्जुन कार्की पनि संगै थिए । रेजिना र अर्जुनको बीचमा बसेकी अरूणिमा निकै मज्जाले हासिरहेकी थिइन् । लाग्थ्यो उनी त्यो समय कन्ट्रोल भन्दा बहिर थिइन् । तर त्यहाँ तीन जनाबीच भएको गफ भने सामान्य थियो ।आयोजकले ककटेल विथ डिनर पाटीका लागि बोलाएको सो कार्याक्रममा धेरै पिएकी थिइनन् अरूणिमाले । थोरै पिउदै उनलाई लागिसकेको थियो । पिउदै गरेको त्यो ग्लास नायक अर्जुन कार्की तर्फदेखाउदै उनले उल्टै प्रश्न गर्दै भनिन् 'यति थोरै पिउदा किन लागेको मलाई ?' उनलाई नशा लागेको देखेर नायिका रेजिना र अर्जुन मुसुमुसु हास्दै थिए ।
त्यति थोरै खादैमा किन लाग्यो त अरूणिमालाई ? उनले जवाफ दिईन 'म कोक पचाउन सक्दिन ।' उनले पिएको त्यो ग्लासमा कुनै वाईन थिएन् मात्र थियो कोकाकोला । कोकाकोला पिउदैमा चुर्लुम्म नशामा डुबेकी अरूणिमाले यदि साच्चिकै वाईन खाईन भने कस्तो नशा लाग्ला ?

देखाउन पाईनन् रेखाले

आफनो आँखाको अगाडी आफनै दाईको हत्या भएको देखेपछि क्रान्तिकारी जलजला दुष्ट सामन्तीहरुको बिनास गर्न अझ बढी क्रान्तिकारी बन्छिन् । उनमा क्रान्तिको ज्वालाले उग्र रूप लिन्छ । २० दिन अघिदेखि पोखराको बिभिन्न स्थानमा छांयाकन भइरहेको चलचित्र 'जलजला' मा रेखा थापा केन्द्रिय पात्र (जलजला) को भुमिकामा देखिंदै छिन् । बिहानैदेखि पोखराको मौसम नखुल्ने सम्भावना देखेपछि द्वन्द निर्देशक राजेन्द्र खड्गीले रेखालाई दिनभरि खोला र पानीमै भिजाएर भएपनि एक्शनका दृष्यहरुको छांयाकन गराइरहेका थिए । त्यसो त नायिका रेखा थापा पानीले लुथ्रक्कै भिजेता पनि त्यसको कुनै महशुस आफुलाई नभएको कुरा फिल्मीखवरलाई बताईन ।चलचित्र 'जलजला' मा नायिका थापाले आजसम्म नगरेको द्वन्दको दृष्य गरेको बताएकी छिन् । त्यसो त द्वन्द निर्देशक राजेन्द्र खड्गी पनि आजसम्मकै आफ्नो फिल्मी इतिहासमा यस्तो भयानक द्वन्दको दृष्य कसैलाई पनि नगराएको बताए ।
प्राय चलचित्रमा अंग प्रदर्शन गर्ने यि नायिकाले यस चलचित्रमा भने अंग प्रदर्शन गर्न पाएकी छैनन् । उनलाई यस चलचित्रमा पूर्ण रूपमा अंग प्रदर्शन गर्न बन्देज लगाईएको छ ।

फुलपाती सम्मै पोखरामा छायांकन हुने भनिएको चलचित्रमा रेखा थापाका अतिरिक्त आयुष रिजाल, किशोर खतिवडा, कमलकृष्ण, पुष्कर भट्ट, बसुन्धरा भुसाल, रामचन्द्र अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । शिवजी लामिछानेको निर्देशनमा बनेको चलचित्रमा काशीराम भुसालको निर्माण रहेको छ । चलचित्रमा चेतन सापकोटाको संगीत, कविराज गहतराजको नृत्यनिर्देशन र विष्णु कल्पीतको छायाँकन रहेको छ ।माओवादी निकट द् रिभ्यूलेसनरी सिने वर्कस नेपालको दोस्रो प्रस्तुती चलचित्र 'जलजला' ले परिर्वतन र क्रान्तिको सन्देश बोकेको निर्माण पक्षले बताएको छ ।

दसैंलाई माटो

प्रेमकथामा धमाधम फिल्म बनिरहेको बेला संघीयताजस्तो गम्भीर विषयमा 'माटो' तयार भएको छ । किशोर सुब्बाको कथा र निर्देशन रहेको फिल्म 'माटो' मा राष्ट्रिय एकता र सद्भावको वकालत गरिएको निर्माण पक्षको दाबी छ, जुन दसैंलाई लक्षित गरी मोफसलका हलबाट प्रदर्शनमा ल्याउन लागिएको बताइएको छ ।

केहीले संघीयताको नाममा देश टुक्रिन्छ र जातीय विखण्डन तथा द्वन्द्व सिर्जना हुन्छ भन्ने बहस चलाइरहेको बेला संघीय संस्कृतिमाथि फिल्म निर्माण गरिएको र फिल्मले राष्ट्रिय एकता र सद्भावको वकालत गर्ने निर्माता भीम लामाले

बताए । 'संघीयता भनेको अनेक फूलको एउटै माला हो भन्ने देखाउन खोजेका छौं,' बुधबार उनले भने, 'फरक भाषा, वेश र संस्कृति भए पनि हामी सबैको एउटै नेपाली राष्ट्रियता हो, सबै मिलेर बस्नुपर्छ भन्ने निचोड फिल्ममा छ ।'

'माटो' को यो कथालाई राजेश हमाल, रेजिना उप्रेती, मित्र लिङ्देन, सीमान्त उदास, मुकुन्द श्रेष्ठ, पुष्कर श्रेष्ठलगायतले चरित्रमा उतारेका छन् । निर्माणमा मीना लामाले सघाएकी छन् । गीत, नृत्य र द्वन्द्वका मसला दृश्य राखेरै बनाइएको फिल्म दसैंको छेक पारी मोफसलको झन्डै १८ हलबाट प्रदर्शनमा ल्याउन लागेको भीमले दाबी गरे । राजविराज, लाहान, गोलबजार, मिर्चैयालगायतका आधा दर्जन हलमा कन्र्फम भइसक्यो,' उनले भने, 'पूर्व र पश्चिमका हलहरूमा कुरा भइरहेको छ ।' विखण्डनभन्दा पनि राष्ट्रिय एकता र मेलमिलापको संस्कृति बोकेको फिल्म नयाँ विषयमा भएकाले पनि दर्शकले माया गर्ने भीमले दाबी गरे ।

फाइट डाइरेक्टरकी छोरी…

नेपाली सिनेमा दोस्रो पुस्तामा हस्तान्तरण हुँदैछ । जस्तै फाइट डाइरेक्टर राजेन्द्र खड्गीकै कुरा गरौं न । लामो समयदेखि द्धन्द्धका कौशलताहरु पस्कँदै आएका उनले आफ्नो फिल्मी करियर अब छोरीलाई हस्तान्तरण गर्दैछन् । राजेन्द्रकी छोरी रागिनी अब नेपाली सिनेमाकी नायिका बन्दैछिन् । निर्माता/निर्देशक शोभित बस्नेतको अपकमिङ प्रोजेक्ट 'युवराज'बाट २० वर्षिया रागिनीले हिरोइनको रुपमा डेब्यु गर्दैछिन् ।

सानैदेखिमा अभिनयमा रुचि राख्ने रागिनीले इश्वर, सगुन, देवदुत, गोर्खाली चलचित्रमा बालकलाकारको भूमिका निर्वाह गरिसकेकी छिन् । 'उत्साहित भैरहेकी छु' मेरोसिनेमासँग रागिनीले भनिन् 'करियरलाई नै अभियनमा समर्पित गर्ने योजनामा छु ।' मानविकीमा स्नातक गरेकी रागिनी अब फिल्म मेकिङ पढ्ने तयारीमा छिन् । पिता राजेन्द्रले छोरीको चाहनालाई पूर्ण सघाउने बताए ।

राजेन्द्रको पद्चापलाई कसरी पछ्याउँछिन् रागिनीले त्यो त भविष्यको कुरा । यद्यपी अभिनयप्रति उनको रुझान र आत्मविश्वास हेर्दा के लाग्छ भने रागिनी सम्भावना बोकेकी नायिका हुन् ।

भूल भए माफ गर

चलचित्र : भूल भए माफ गर
निर्देशक : सुरेशदर्पण पोखरेल
निर्माता : शकुन्तला रसाइली
अभिनय : निखिल उप्रेती, मेलिना मानन्धर, सुरज आरडी, सन्जु परियार, सुनिलदत्त पाण्डे, गणेश उप्रेती
कथा/पटकथा : सुरज आरडी
वितरक : डिजिटल सिनेमा नेपाल
संगीत : ताराप्रकाश
छायांकन : हरि हुमागाईं
द्धन्द्ध : एनबी महर्जन
नृत्य : महेशकुमार
अवधि : २ घण्टा १५ मिनेट
बजेट : ५० लाख
रिलिज : असोज ८ (मोफसल) र मंसिर १७ (उपत्यका)
श्रेणी : फेमिली ड्रामा

प्रेमकथा, फेमिली ड्रामा र एक्सन मिश्रित चलचित्र 'भूल भए माफ गर'को सार्वजनिक प्रदर्शन शुक्रवारदेखि मोफसलबाट सुरु भएको छ । मोफसलका ३० हलबाट रिलिज भएको यो चलचित्रले बलिउड फिल्म रिलिज नहुने मेसोलाई आत्मसात गरेको छ । धमाधम लभस्टोरी फिल्म रिलिज भइरहेको बेलामा अर्को उस्तै श्रेणीको फिल्म थपिएको छ । बलिउड फिल्म रिलिज नहुने भएपछि यो फिल्मले राम्रै दर्शक सहभागिता पाउने अनुमान गर्न सकिन्छ ।

नायक समेत रहेको सुरज आरडीले निर्माण गरेको यो दोस्रो चलचित्र हो । पहिलो चलचित्र असफल भएपछि दोस्रो चलचित्रलाई व्यवसायिक रुपमा राम्रो बनाउने प्रयास गरेको आरडीको कथन छ । चलचित्रमा दीलिप रायमाझी र नन्दिता केसीको अतिथि भूमिका छ ।

चलचित्रमा चारवटा गीत छन् जसमा दीपक लिम्बु, अन्जु पन्त, मनोज सेवा, ताराप्रकाश, आस्था रावत, सरिता पन्थी तथा राजेशपायल राईले स्वर दिएका छन् । चलचित्रका निर्देशक पोखरेलको अर्को चलचित्रको छायांकनका लागि मलेसिया पुगेपछि पब्लिसिटी र अन्य काम आरडी एक्लैले गरिरहेका छन् । चलचित्रका तीन मुख्य कलाकारले पनि साथ नदिएपछि निर्माताको चिन्ता पनि बढेको छ ।

निखिल उप्रेती मुम्बईमा छन् । मेलिना मानन्धर गर्भवती भएकाले घरमै आराम गरिरहेकी छिन् भने नन्दिता केसी नयाँ चलचित्रको छायांकनमा व्यस्त छिन् । अधिकांश छायांकन पोखरामा गरिएको यो चलचित्रको पोस्टर प्रदर्शन अगावै चर्चामा आइसकेको छ ।

चलचित्रमा प्रेम, कमेडी, एक्सन र पारिवारिक कथालाई समेटिएको छ । डीसीएन सर्भर अन्तर्गतका हलहरुमा यो फिल्म चल्दैछ । प्रायः हिन्दी मात्र चलिरहने वीरगन्ज, जनकपुर र राजविराजका हलहरुमा पनि 'भूल भए माफ गर'ले प्रदर्शनको मौका पाएको छ

कलिउडमा हलिउड निर्देशक

सिनेमा बनाउनका लागि अन्तराष्ट्रिय स्तरको प्रविधि नेपालमा नभईरहेको अवस्थामा एक जना हलिउड निर्देशकले नेपाली फिल्म निर्देशन गर्ने तयारी गरिरहेकी छिन् । निर्माता तथा नायक अमृत लामाले निर्माण गर्न लागेको चलचित्र 'भेडिगोठ'लाई ती निर्देशकले निर्देशन गर्न लागेको नायक लामाले बताएका छन् । पछिल्लो पटक उनले निर्माण गरेको चलचित्र 'झाक्री' विश्वव्यापी चर्चामा आएपछी उनले नेपाली चलचित्रलाई अन्तराष्ट्रिय करण गर्न हलिउड निर्देशकलाई प्रस्ताव गरेको बताएका छन् ।

१९ बर्षको जर्मन बसाई र त्यस पछी ३ बर्षयता अमेरिकमा बस्दै आएका लामाले अमेरिकन महिला निर्देशक गेन ओ डोनललाई आफ्नो अपकमिङ फिल्म 'भेडिगोठ' निर्देशन गर्न दिने तयारी गरेका छन् । 'तर फिल्म निर्देशन गर्नु अघि डोनल एक पटक नेपाल आएर लेकेशन हेर्ने र त्यसपछी मात्र उसले निर्देशन गर्ने वा नगर्ने भन्ने बिषयमा टुङ्गो लाग्ने' लामाले बताए ।

लामा यो समयमा नेपालमै छन् । यदि डोनल भेडिगोठ निर्देशन गर्न तयार भए सो चलचित्रको ओपनिङ र इन्ड अमेरिकामा गरिने लामाको भनाई छ । डोनललाई लामाले २००७ मा न्यूयोर्क फिल्म फेष्टिवलमा भेटका थिए । त्यो फेष्टीवलमा डोनलको फिल्म सर्वोत्कृष्ट भएको थियो ।'यो फिल्म ओस्कारमा लैजाने खालको बनाउछु' लामाले भने । स्वयम आफुले पनि अभिनय गर्न लागेको सो चलचित्र पुनजन्मको कथामा आधारित हुने लामाले बताए । चलचित्रमा राजेश हमाललाई लिन सक्ने सम्भावना अधिकाशं रहेको उनको भनाई छ । डोनल लोकेशन हेर्नका लागि चाडैनै नेपाल आउदै छिन् ।

सेन्सर प्रक्रिया खारेजीको माग

चलचित्र प्रदर्शन पूर्व गरिने जाच पास प्रक्रिया झन्झटिलो विवाद यूक्त भएको भन्दै चलचित्रकर्मीहरूले सो प्रक्रिया पूर्ण रूपले खारेज हुनु पर्ने माग राखेका छन् ।

निर्देशकहरूको संस्था चलचित्र निर्देशक समाजले शुक्रबार राखेको अन्तक्रिया कार्याक्रममा निर्देशक यादव खरेल, नरेश पौडेल, सुरज सुब्बा, नवीन सुब्बा, निर्माता अशोक शर्मा लगायतका विभिन्न चलचित्रकर्मीहरूले चलचित्र बिकास बोर्ड समक्ष सेन्सर प्रक्रिया अन्त हुनु पर्ने माग राखेका हुन ।

पछिल्लो चरणमा चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले अन्तारष्ट्रिय नियमलाई उल्घन गर्दै हस्तक्षेप गरिरहेको प्रति उनीहरूले सवै भन्दा बढी आपत्ती जनाएका हुन । सेन्सर बोर्डले पछिल्ला चरणमा बर्ड फिल्म फियष्टा र मानावअधिकार चलचित्र महोत्सवलाई सेन्सरको विवाद निकाल्दै हस्तक्षेप गरेको थियो ।

मिस यू को छायांकन समाप्त

मलेसियामा छायांकन भैरहेको नेपाली कथानक चलचित्र मिस यू को छायांकन सकिएको छ । करिव एक महिना अगाडि मलेसिया आईपुगेको चलचित्रको टोलीले मलेसियाको मलक्का भन्ने स्थानवाट छायांकनको शुरु गरेको थियो भने शुक्रवारका दिन हिन्दुहरुको मन्दिर रहेको वातुकेभको नजीकै रोडमा अन्तिम छायांकन गरेको थियो ।दशै उत्सवको छायांकनको लागि उक्त स्थानलाई रोजेको निर्देशक सुरेश दर्पण पोख्रेलले बताए । चलचित्र निमार्ण गर्नका लागि मलेसियामा रहेका नेपालीहरुवाट निकै सहयोग पुगेको बताउदै आगामि दिनमा अन्य चलचित्र छायांकनको लागि समेत आफु मलेसिया आउने बताए ।

अन्तिम दिनको छायांकनमा मलेसियामा रहेका धेरै नेपालीहरुलाई निम्ता गरिएका कारण छायांकन स्थलमा मलेसियामा रहेका नेपालीहरु पुगेका थिए । नायक दिलीप रायमाझिको समेत लगानी रहेको उक्त चलचित्रमा दिलीप रायमाझि, नम्रता श्रेष्ठ, वरुण राना, अनिता दाहाल लगायतका कलाकारहरुले अभिनय गरेका छन । चलचित्रको ७० प्रतिशत छायांकन मलेसियामा भएको छ ।मलेसियामा आफु विभिन्न कार्यक्रमहरुमा आउदा यहाँको दृश्यहरुलाई पर्दामा उतार्न आफु निकै लालायित भएको कारण आफुले छायांकनको लागि मलेसिया राजेको नायक तथा निर्माता दिलीपले बताए ।

नारायणी नदीले बुझेन राजलाई

चलचित्र 'फूल'को सुटिङका लागि एक साता अघि चितवन पुगेका नायक राजबल्लभ कोइरालालाई नारायणी नदीले नबुझेको गुनासो ब्यक्त गरेका छन् । बिहिबार साँझ पौने ८ बजे नारायणी नदीको किनारमा एक्लै टोलाउदै उनले अनलाईन सामाजिक सञ्जाल फेसबुको वालमा सो गुनासो ब्यक्त गरेका हुन । मोबाईलबाट अपलोड गरिएको सो स्टाटसमा उनले लेखेका छन् 'पानी देख्नका लागि धेरै अध्यारो छैन् ।' चलचित्र 'पर्खिबसे' बाट डेब्यू गरेका यि नायक साहित्य प्रेमी भएकाले साहित्यक भाषामा आफ्ना शब्दहरूलाई उनले फेसबुक मार्फत पोखेका हुन । नदीको मधुर अवाजलाई सम्झदै उनले दोस्रो लाईनमा 'ध्वनीलाई माया गर्छु तर पनि किन यो मेरो मस्तिस्कमा पुग्न सकेको छैन् ' भन्दै उल्टै नदी लाई प्रश्न पनि गरेका छन् । यस्तै राजले पानीको तरंगले दुई किनारालाई छोए जस्तै ती तरंगहरूले आफूलाई पनि छोए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरेका छन् । नदीसंग अन्तिम गुनासो पोख्दै उनले लेखेका छन् 'नदीले मलाई बुझ्न सकेन र म यसलाई बुझ्ने कोशिस गरिरहेको छु ।

कलिउडमा महङ्गो लडाइ

नेपाली चलचित्र (कलिउड)मा पनि महङ्गा सिनेमा निर्माणको प्रतिस्पर्धा सुरु भएको छ । शिब श्रेष्ठ र मोहन सर्राफले झन्डै करोड लगानीको सिनेमास्कोप चलचित्र 'राँको' बनाएर सुरु गरेको यो म्याराथनमा अन्य निर्माताहरुले उनलाई उछिन्ने प्रयास गरिरहेका छन् । भलै 'राँको'ले लगानी उठाउन त सकेन तर यसले मेगाप्रोजेक्टका चलचित्रको विन्दु खडा गरिदियो ।

झन्डै २५/५० लाखको सेरोफेरोमा चलचित्र बन्ने नेपाली रजतपटमा अहिले धमाधम १ करोडभन्दा बढिका चलचित्रहरु निर्माण भैरहेका छन् । मेगाप्रोजेक्ट निर्माणको यो ट्रेन्ड जारी छ । पहिलो सर्वाधिक लगानीको चलचित्र 'राँको'लाई पछ्याउँदै झन्डै १ करोड १० लाखको प्रभुशमशेर राणाको 'मेरो एउटा साथी छ' अगाडि आयो । त्यसपछि त लहरै चल्यो । दर्शकहरु एड्भान्स हुनु र चलचित्रले व्यवसायिक आकार लिनुले निर्माताहरु चलचित्रमा करोडौं लगानी गर्न बाध्य छन् । पछिल्लो समय विशिष्ठ र एड्भान्स कथामा आधारित चलचित्र बन्नुले पनि स्वभावतः चलचित्रहरु मेगाप्रोजेक्ट बनिरहेका छन् । रेश मरहठ्ठाको निर्माणाधिन चलचित्र 'च्यालेन्ज' यस्तै एउटा महंगो सिनेमा हो जुन करोडको दौडमा छ । अहिले पोस्टप्रोडक्सनको क्रममा रहेको यो चलचित्रको खर्च झन्डै करोड पुगिसकेको छ । रेशले अर्को मेगाप्रोजेक्टको चलचित्र 'काठमाण्डू'मा अभिनय गरिसकेपछि त्यस्तै एक्सन चलचित्र होमप्रोडक्सनमा निर्माण गर्न लागेका हुन् । अमेरिकाका विभिन्न स्थानमा सुटिङ गरिएको र रेड क्यामेराले खिचिएको आकाश अधिकारी निर्मित चलचित्र 'काठमाण्डू'को बजेट पनि करोड छ ।

अर्को बहुप्रतीक्षित र मेगाप्रोजेक्टको चलचित्र 'स्वर' पनि करोडको दौडमा छ । मनिष राजभण्डारीसहितले निर्माण गरेको 'स्वर'को बजेट करोड नाघ्न थालेको छ । पहिलोपटक स्वदेशकै स्टुडियोमा रेकर्ड गरिएको 'स्वर'को संगीत पनि निकै महंगो मूल्यमा वितरक कम्पनीलाई बेचिसकिएको छ । 'हामीले गुणस्तरलाई बजेटसँग कम्प्रोमाइज गरेका छैनौं' निर्माता मनिष राजभण्डारी भन्छन् 'झन्डै बजेटले करोड नाघेको छ तरपनि हामी गुणस्तर र पब्लिसिटीका लागि बजेटलाई सीमित तुल्याउन चाहँदैनौं ।'

डा. दुर्गा पोखरेलको निर्माण र दीपेन्द्र के. खनालको निर्देशन रहको चलचित्र 'धर्मा'को बजेट पनि १ करोडभन्दा माथि छ । मनिषा कोइराला र राजेश हमालजस्ता सुपरस्टारहरुलाई लिएर बनाइएको यो फिल्म निर्देशनपछि दीपेन्द्र आफ्नै होमप्रोडक्सनमा मेगाप्रोजेक्टको फिल्म 'काठमाण्डू नाइट' निर्माणमा जुटेका छन् । उनको अपकमिङ प्रोजेक्टबाटै हिरो आर्यन सिग्देलले ६ लाख पारिश्रमिकमा साइन गरेका छन् । फिल्मको लगानी बढ्दै जाँदा स्टाररको रेट पनि बढ्छ भन्ने उदाहरण हो यो । हालै रिलिज भएको सुरज वंशल निर्मित चलचित्र 'कोही…मेरो' पनि यस्तै एक मेगाप्रोजेक्टको फिल्म हो जसमा १ करोड झन्डै लगानी भएको छ । तर, फिल्मले लगानी त उठाउन सकेन तर वंशलले महंगो चलचित्र निर्माण गरेका थिए । गोपीकृष्णले निर्माण गरेको चलचित्र 'कुसुमे रुमाल' पनि करोडको फिल्म हो । गोपीकृष्णको अर्को प्रोजेक्ट जसको नाम तय भैसकेको छैन त्यसको बजेट पनि मेगा हुने निर्माणपक्षको भनाई छ । जसलाई निर्देशन गर्दैछन् निरक पौडेलले । विक्रान्त श्रेष्ठ निर्मित फिल्म 'व्याच नम्बर १६'मा १ करोडभन्दा बढिको लगानी छ ।

नायक हुँदै चलचित्र 'च्यालेन्ज'बाट निर्माता बनेका रेश मरहठ्ठा दर्शकलाई ठग्न नहुने बताउँछन् । 'दर्शकलाई ठग्नु हुँदैन' उनी भन्छन् 'कम्पिटिसनमा जाने हो भने बजेटको लोभ गर्नुहुँदैन । फिल्म पनि बनाउन खोज्ने बजेटको लोभ पनि गर्ने हो भने कथावस्तु सस्तो र साधारण हुनुपर् यो । एड्भान्स कथावस्तुमा थोरै बजेट लगानी गर्छु भन्नु जायज हुँदैन ।' दर्शकहरु एड्भान्स भैसकेकाले अब मेगाप्रोजेक्टका मूभीहरुको लहर सुरु भएको रेशको भनाई छ ।रेशको उक्त भनाइसँग सहमत छन् निर्देशक दीपेन्द्र के. खनाल । भन्छन् 'नयाँ धारका फिल्ममा लगानी बढिरहेको छ । प्राविधिक, लोकेसन र प्रोपर्टीलाई देखाउन पनि करोडौं लगानी गरिएको छ ।' आगामी दिनमा कलिउडमा पनि मेगाप्रोजेक्टका फिल्मका ट्रेन्ड सुरु हुने उनको कथन छ । 'यो स्वभाविक हुने कुरा हो' दीपेन्द्र भन्छन् 'एड्भान्स विषयवस्तुले मेगाप्रोजेक्ट नै खोज्छ ।' थप मेगाप्रोजेक्टका फिल्महरु यसबेला कलिउडको सूचिमा छन् ।

हिमाल बचाउन हिरोइन

हिमालहरु पग्लिएको खबरले दुःखी हुने नेपालीहरु धेरै छन् । कलिउड पनि यसबाट अछुतो रहने कुरै भएन । अहिले सात समुन्द्रपारको मुलुक अमेरिकामा रहेकी बरिष्ठ अभिनेत्री गौरी मल्ल यो कुराबाट निकै आहत छिन् । गौरी यतिबेला 'सेभ द हिमालयज' नारा लगाउँदै हिमाल जोगाउन राष्ट्रसंघलाई आग्रह गर्दैछिन् । विहिबार न्यूयोर्कको म्यानहटनबाट सुरु 'हिमाल बचाऔं' अभियानको नेतृत्व गर्दै गौरी यतिबेला अन्तराष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्न लागिपरेकी छिन् ।

हिरोइन गौरीलाई साथ दिएका छन् कलाकार प्रेमराजा महत, गायक यम बराल, रोशन गुरुङ, जगदिश समालदेखि बीसौं पटक सगरमाथा आरोहण गरिसकेका कीर्तिमानी आरोही आप्पा शेर्पासम्मले । विहिबार राष्ट्रसंघको साधारण सभा भैरहँदा गौरीको नेतृत्वमा त्यहाँस्थित नेपालीहरुले राष्ट्रसंघ मुख्यालय बाहिर प्लेकार्ड प्रदर्शन गर्दै नाराहरु लगाए । 'हिमालको अस्तित्व खतरामा छ' गौरीले भनेकी छिन् 'नेपालजस्ता अतिकम विकसित मुलुकहरु ग्लोवल वामिङको मारमा छन् बेलैमा सुनुवाइ हुनुपर् यो ।'

वातावरण अभियानमा हिरोइन लागेपछि अन्य नेपालीहरु पनि उत्साहित छन् । 'साँच्चिकै गौरी दिदी हिरोइन मात्र नभएर सामाजिक अभियन्ता पनि हुनुहुन्छ' अमेरिकास्थित पत्रकार विष्णु पौडेल भन्छन् 'गौरी दिदीको सकि्रयताले अरुलाई पनि उत्साह थपेको छ ।' सो अवसरमा बोल्दै गौरीले आफूहरुको माग सुनुवाइ नभएसम्म अभियान नरोकिने बताएकी थिइन् ।

भागेर काठमाण्डौ फर्कदैछिन् रेखा

झण्डै २० दिन अघि दुई चलचित्रको सुटिङ्गका लागि पोखरा गएकी नायिका रेखा थापा भागेर काठमाण्डौ फर्कने तयारी गरिरहेकी छिन् । आफ्नो पाँचौ प्रोजेक्ट को चलचित्र 'कसले चोर्‍यो मेरो मन' रिलिजको तयारीमा जुटेको अबस्थामा उनले विभिन्न मिडियालाई अन्तवार्ता दिनु पर्ने भएकाले सुटिङ युनिटको स्वीकृति बेगर उनी काठमाण्डौ फर्किन लागेकी हुन । 'कसले चोर्‍यो मेरो मन' यहिँ असोज २९ गते देखि देश भर प्रदर्शनमा आउदै छ । त्यो फिल्ममा रेखाले राजकुमारीको भूमिकामा आफुलाई प्रस्तुत गरेकी छिन् ।

दुई चलचित्र मध्ये खुशीको सुटिङ्ग आईतबार प्याकअप भएपछी उनी अहिले जलजलाको सुटिङ्गमा ब्यस्त छिन् । पोखराको जंगलमा बन्दुक पडकाउदै सुटिङ्गमा ब्यस्त रहेकी नायिका थापालाई काठमाण्डौ फर्किन निकै हतार भएको छ । फोनमा आफ्नो रहस्य खोल्दै उनले भनिन् 'म भागेर आउदैछु'
यस्तै सुटिङबाट भागेर राजधानी फर्किन लागेकी रेखाले काठमाण्डौ आएपछी मालतीको भट्टीमा राति-राति रक्सी बेच्ने कार्याक्रम पनि छ । त्यो रक्सी बेचाई बास्तविक नभएर चलचित्र 'मालतीको भट्टी' मा उनले निर्वाह गर्नु पर्ने भूमिका हो । यस्तै शिवजी लामिछानेले निर्देशन गरेको चलचित्र 'जलजला'मा रेखाले छापामार युवतीको भूमिका निर्वाह गरेकी छिन् । सुटिङ भईरहेको अवस्थामा भागेर काठमाण्डौ आउन लागेकी रेखा केही दिनको काठमाण्डौ बसाई पछि पुन पोखरा फर्कने छिन् ।

असोज २२ गते 'झाक्री'को पालो

सत्य घटनामा आधारित तर फरक बिषयबस्तुमा निर्माणमा गरिएको चलचित्र 'झाक्री' यहिँ आउदो असोज २२ गते देखि प्रदर्शनमा आउने करिब पक्का भएको छ ।एस फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्र २२ गते देखि गरिने सो चलचित्रका प्रस्तुतकर्ता समेत रहेका नायक अमृत लामाले फिल्मीखबरलाई जानकारी दिए । अन्तराष्ट्रिय स्तरमा समेत ख्याती कमाएको यस चलचित्रलाई किशोर ढकालले निर्देशन गरेका हुन ।
गएको भदौ १४ गते चलचित्र बिकास बोर्डले यो चलचित्रलाई विशेष चलचित्र ठर्‍याउदै अवार्ड समेत दिएको थियो । तीन बर्षअघि निर्माण गरिए पनि यो चलचित्रले भर्खर मात्र प्रदर्शनको पालो पाउन लागेको हो । झाक्रीहरूको यथार्त कथालाई आधार बनाएर निर्माण गरिएको यो चलचित्र २ घण्टा १० मिनेटको रहेको छ । चलचित्रमा अमृत लामा, जयनन्द लामा, बसुन्धरा भुषाल, सम्झना खड्का अर्पणा सिहँ लगायतले अभिनय गरेका छन् ।

फनपार्कमा खोलिदैछ रक्सी भट्टी

प्राय रक्सी भट्टी खोल्दा प्रहरी प्रशासनको डरले अलि कुनो ठाँउ खोज्ने चलन छ । तर यहाँ प्रहरी प्रशासनलाई चुनौती दिदै राजधानीको मुटु भृकुटीमण्डपको फनपार्क भित्रै रक्सी भट्टी खोल्ने तयारी गरिदैछ ।
काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको सो फनपार्क भित्रको ज्याकपट हल भित्र रक्सी भट्टी खोलिन लागिएको हो । ज्याकपट हल स्नूकर हाउसको सामुन्ने रहेको छ । अब त्यहाँ बेलुकी -बेलुकी जडियाहरूको भीड लाग्ने छ र होहल्ला पनि मच्चिने छ ।


त्यो भट्टी खोल्ने व्यक्तिलाई तपाईले राम्ररी चिन्नु हुन्छ । उनी कोही नभएर नायिका रेखा थापा हुन । उनले निर्माता प्रदिप उदयको सहयोगमा त्यो भट्टी खोल्न लागेकी हुन । त्यो भट्टीमा अब दिनहु नायक जीवन लुइटेलले रक्सी खान जाने तयारी समेत गरिसकेका छन् ।
सो भट्टीको नाम भने 'मालतीको भट्टी' राखिने बताइएको छ । जहाँ नायिका रेखा थापा भट्टी साहुनी भएर रक्सी बेच्ने छिन् । उनका ग्राहक भने थुप्रै चलचित्रकर्मी हुने छन् ।

फनपार्कमा रक्सी भट्टी खोल्ने सो तयारी बास्तविक भने हैन केबल चलचित्र 'मालतीको भट्टी' को लागि आवश्यक पर्ने केही सिनको हो । यो चलचित्रको सुटिङ एक साता देखि सुरू भएको छ । 'चलचित्रको नाम अनुसारको दृश्य र सेट तयार गर्नु परेकाले भृकुटीमण्डपमा रक्सी भट्टीको सेट लगाउन लागिएको ' निर्देशक गणेश देव पाण्डेले फिल्मीखबरलाई जानकारी दिए ।भट्टीको सेट भने केही दिन भित्रै जडान गरिने उनको भनाई थियो । नायिका रेखा थापा पोखरामा रहेकाले उनी आउने दुई दिन पहिला त्यहाँ रक्सी भट्टीको सेट तयार गरिने उनले बताए । रेखा चलचित्र जलजलाको सुटिङका लागि पोखरा गएकी छिन् ।काबिल फिल्मसको लागि ब्रदर्श इन्टरटेनमेन्टको प्रस्तुती रहेको सो चलचित्रमा नायक जीवन र रेखाका अलवा नन्दिता केसी र आयुव केसीले पनि अभिनय गर्दैछन् ।

फेरि अर्को प्रेमकथा

प्रेममा जति साहित्य वा फिल्म सायदै अन्य विषयमा लेखे/बनेका होलान् । तर पनि प्रेम रहस्यमयी नै छ । प्रेमका विभिन्न आयाममा अझै पनि बहस जारी छ । यसै मेसोमा शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म 'तिम्रो मायामा'ले पनि 'विद्यार्थी जीवनमा प्रेम गर्नु ठीक हो वा होइन' भनी देखाउन थालेको छ । राजेश विश्वकर्माको लेखन तथा निर्देशन रहेको फिल्ममा कलेजमा पढ्दै गरेका विवेक (उत्तम प्रधान) र पुनम (उषा पौडेल) तथा गोपाल (दिवस बस्नेत) र अनिता (स्मृति स्वर्णकार) बीचको मित्रता विभिन्न परिस्थितिले गर्दा घनिष्ठ प्रेममा बदलिन्छ । गोपाल र अनिता दुवै अनाथ भएकोले जसरी एक-अर्काको सहारा तत्काल स्वीकार्छन् र प्रेमलाई विवाहमा परिणत गर्छन् । विवेक र पुनमको परिस्थिति केही भिन्न छ । पुनम डाक्टर बन्ने अभिलाषा बोकेर गाउँदेखि सहरमा पढ्न आएकी हुन्छे भने सानैमा बाबुआमा गुमाएको विवेक पनि सोही कलेजमा पढिरहेको हुन्छ । पढाईमा दत्तचित्त पुनम प्रेमसम्बन्धलाई त्यति महत्त्व दिन्न किनकि ऊ सोच्छे, 'पढेर केही गर्नु छ, केही बन्नु छ ।'

तर उसको कोमल मनलाई चाँडै नै विवेकले साथीको सहयोगमा पगाल्न सफल हुन्छ र अन्तिम पलसम्मको साथको वचन पाउँछ । तर उनीहरूको सम्बन्धमा तब विचलन आउँछ जब बाबुआमाले पुनमको बिहेका लागि छुट्टै केटोलाई चुन्छन् । उनीहरूका लागि क्यानडामा बस्ने इन्जिनियर केटोका अगाडि अनाथ, गरिब र जागिर नभएको विवेक तुच्छ ठहरिन्छ । आखिर अभिभावक र छोरीबीचको वैचारिक द्वन्द्वले नै फिल्मलाई चरमोत्कर्षमा पुर्‍याउँछ ।

उता अभिभावकको करकापमा जनैसुपारी गरिसकेको केटोले पनि अन्ततः आफ्नै प्रेमिकालाई विवाह गरेको खबर पुनमका बाबुआमाले पाएपछि भने कथाले नयाँ मोड लिन्छ । त्यसपछि पश्चतापमा परेका बाबुआमाले छोरीले नै रोजेको केटासँग बिहेका लागि सहमति नआउँदा ढिलो भइसकेको हुन्छ । सुदीक्षा चलचित्र निर्माण कम्पनीको ब्यानरमा केही वर्षअघि नै सुरु गरेर बीचमा रोकिएको फिल्म 'तिम्रो मायामा' ले उठाएको विषय फिल्म ढिलो गरी रिलिज भए पनि पुरानो लाग्दैन, जति यसको प्राविधिक पक्षमा टड्कारो खडकन्छ । पुरानो प्रविधिमा खिचिएकाले फिल्मको दृश्य समय सुहाउँदो लाग्दैन भने ध्वनि पनि स्पष्ट सुनिँदैन । फिल्म प्राविधिक रूपमा पछि परे पनि कथावस्तु र प्रस्तुतिले भने फिल्मलाई केही हदसम्म पुरानो हुनबाट रोकेका छन् । मुख्यतः दुई पात्र विवेक र पुनममा नै घुमेको फिल्मको पटकथा खास उल्लेख्य छैन । कथा र त्यसमा पात्रले गरेका अभिनयले दर्शकलाई भावनामा डुबाउन सफल देखिएको छ । कुमार/कुमारको द्वन्द्वनिर्देशनमा नयाँ प्रयोग केही छैन भने गीत/संगीत उति सारो श्रुतिकर लाग्दैन र कथाअनुरूप पनि बगेको देखिँदैन ।

तर फिल्ममा पात्रले गर्ने संवाद र तिनका विचार ओजिलन्छन् । फिल्मले प्रेम गर्दैमा भागेरै बिहे गर्नुपर्ने परिपाटीको विरोधी मुख्य पात्रहरू अभिभावककै सहमति खोज्ने प्रयासमा भोगेको पीडालाई एकातिर देखाएको छ भने प्रेमलगत्तै आफ्नै निर्णयमा विवाह गरेपछि सुखी बनेको अर्को जोडीको पटकथाले फिल्मको आशय झल्काएको छ । कथामा खासै नौलो केही नलागे पनि यसको प्रस्तुतिले भावनात्मक स्वभावका दर्शकका लागि फिल्म राम्रै लाग्न सक्छ । तरँनयाँ प्रविधिमा फरक धारका फिल्म आइरहेको बजारमा फिल्म 'तिम्रो मायामा' को प्रतिस्पर्धा भने कठिन हुन सक्छ ।

विदेशमा नेपाली फिल्म

स्वदेशमै पनि न्यून दर्शकको उपस्थितिले उल्लेख्य विकास गर्न नसकेको नेपाली फिल्म क्षेत्रले अब भने विदेशी बजारसम्मको पहुँच विस्तार गर्न थालेको छ । पछिल्लो समय फिल्म 'नाइँ नभन्नु ल' ले अस्टे्रलियाका विभिन्न सहरमा नियमित शो गरेर देखाएको अन्तर्राष्ट्रिय बजारमा त्यसपछि फिल्म निरक पौडेलको 'कुसुमे रुमाल-२' र शंकर घिमिरेको 'वीरताको चिनो' प्रदर्शन गरिए ।

फाट्टफुट्ट र विशेष प्रयासमा मात्रै केही नेपाली फिल्म विश्व फिल्म क्षेत्रमा पुगिरहेको बेला पछिल्लो समय फिल्म प्रदर्शन गर्ने डिजिटल सिनेमा नेपाल (डीसीएन) ले स्वदेशका साथसाथै खाडी मुलुक मलेसिया र कतारमा पनि एकै समयमा रिलिज गर्ने गरी सर्भर जडानको प्रक्रिया थालेको छ ।'मलेसियामा दुई महिनाभित्रमा फिल्म देखाउन लागिपरिरहेका छौं भने कतारमा भर्खर प्रक्रिया सुरु गरेका छौं,' डीसीएनका प्रबन्धनिर्देशक अशोक शर्माले भने, 'मलेसियामा प्रदर्शन थालिएपछि कतारमा जानेछौं ।'डीसीएनले फिल्म वितरक अन्तर्राष्ट्रिय कम्पनी लोटससँगको साझेदारीमा मलेसियाका नेपाली कामदारको बाहुल्य रहेका क्वालालम्पुर, पेनाङ र जोडवाङका सहरका फिल्म हलमा आफ्नो सर्भर जडान गरिसकेको छ । 'प्रदर्शन गरिने फिल्मको सबट-टाइटल बनाउने काम भइरहेको छ, त्यहाँका सरकारले सेन्सर पास गर्नेबित्तिकै प्रदर्शनको थालनी हुनेछ,' शर्माले भने ।

खाडी मुलुकमा प्रदर्शनका लागि त्यहाँको सरकारले अंग्रेजी सब-टाइटलमा आधारित रहेर फिल्मको सेन्सर गर्ने गर्छ । धर्म/संस्कृतिका कारण केही अनुदार मानिने खाडी मुलुकमा सेन्सरबाट केही अप्ठ्यारो आउन सक्ने भए पनि त्यहाँका नेपाली भाषीका लागि मनोरञ्जन प्रदान गर्न जोखिम मोलिएको फिल्मकर्मीसमेत रहेका शर्माले बताए । ती मुलुकमा बलिउड फिल्मसमेत चल्दै आएको सन्दर्भ जोड्दै उनले भने, 'ग्ल्यामरका दृष्टिले बलिउडका भन्दा त हाम्रा फिल्म अलि पाच्य नै भएकोले पनि फिल्मको मर्म नै मर्ने गरी त सेन्सर नगर्ला ।'मलेसियामा प्रदर्शनका लागि अहिले नेपली फिल्महरू कोही मेरो, फस्ट लभ र हिफाजतको सब-टाइटलको काम भइरहेको बताइएको छ । लाखौंको संख्यामा नेपालीहरू रोजगारीको सिलसिलामा खाडी मुलुकमा कार्यरत भएकाले पनि त्यहाँ नेपाली फिल्मको बजार आफूले देखेको डीसीएनका प्रबन्धनिर्देशक शर्माले बताए ।

'सानो क्षेत्रमा धेरै नेपाली रहेकाले पनि मार्केट राम्रो छ,' उनले भने, 'फेरि मनोरञ्जनका लागि उनीहरूले गुणस्तरहीन भीसीडी प्रयोग गर्नुपर्ने बाध्यता यसले हटाउँछ ।' ती देशमा अवैधानिक तबरमा लगिने नेपाली फिल्मका भीसीडीको माग अत्यधिक छ । नेपालमा समेत झन्डै ६ दर्जन फिल्म हलमा आफ्नो सर्भर जडान गरिसकेको डीसीएनले मलेसिया हुँदै कतारलगायतका खाडी मुलुकका फिल्म हलमा पनि सर्भर जडान गरेपछि स्वदेश र विदेशमा नेपाली फिल्मको एकसाथ रिलिज गरिने जनाएको छ ।

त्यो १० मिनेट दिपेन्द्रलाई १० घण्टा जस्तै

निर्देशक दिपेन्द्र के. खनाल सोमबार दिन भर हतारिरहेका थिए, आइतबार देखि कार्यक्रमको तयारी गरे पनि अन्तमा कार्यक्रम स्थल र समय नै परिवर्तन गरेका दिपेन्द्रले सोमबार बेलुकी झण्डै १० मिनेट निकै तनाव झेल्नु पर्‍र्यो ।

कारण ? उनको दोस्रो प्रजेक्ट अर्न्तगतको चलचित्र 'धर्मा' को अडियो बिमोचन समारोहको । कार्यक्रमलाई निकै सफल बनाउन अडियो बिमोचन समारोहमा आफै प्राविधिक बनेका दिपेन्द्रले प्रविधिबाट धोका पाँउदा निकै नर्भस हुनु पर्‍र्यो । कार्यक्रमकी प्रमुख आकर्षक तथा सोही चलचित्रकी मुख्य नायिका मनिषा कोइराला लगायत चलचित्रको टिमले एक साथ अडियो बिमोचन गरून्जेल सम्म दिपेन्द्र निकै खुशी थिए तर बिमोचन लगत्तै उपस्थित सहभागी र सञ्चारकर्मीका लागि देखाउन खोजिएको भिजुअलमा १० मिनेट सम्म साउण्ड नआउदा उनले केही बेर तनाव झेल्नु परेको थियो । पटक-पटक प्रोजेक्टरको सहायताले गीत देखाउन खोजिए पनि दिपेन्द्र असफल भइनै रहे, उपस्थित सहभागीले झण्डै ती दृश्यलाई १० मिनेट कुनै आवाज विना हेरेका थिए । प्राविधिक गडबडीका कारण आमन्त्रित सहभागीहरूलाई गीत देखाउन नपाएका दिपेन्द्र त्यो बेला झन् निकै टेनशन फुल भए,जब कार्यक्रमको बीचमै बत्ती झ्याप्प गयो। तर त्यो बत्ती एक मिनेटका लागि मात्र गएकाले उनी पुन कुल हुन पुगे ।कमजोरी न त त्यहाँ दिपेन्द्रको थियो न त प्रविधिको । मात्र गल्ती थियो लोडसेडिङ्गको, लोडसेडिङ्ग भईरहेको अवस्थामा प्रोजेक्टर अन गर्दा ब्याकअपले नधानेर साउण्ड आएको रहेनछ । तर झयाप्प १ मिनेट बत्ती गएर पुन उज्याले हुदाँ प्रोजेक्टर पनि चल्यो र साउण्ड पनि राम्रो आयो । अनि एक-एक दिपेन्द्र खुशी भए । काठमाण्डौको त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरको पार्टी प्यालेसमा आयोजना गरिएको सो विमोचन समारोहमा चलचित्र 'धर्मा' को तीन वटा गीतका भिजुअल देखाइएको थियो । आश्मा फिल्मसको ब्यानमार निर्माता डा. दुर्गा पोखरेलले निर्माण गरेको सो चलचित्रमा जम्मा ३ वटा गीत रहेका छन् । ती सबै गीतमा हरि लम्सालले संगीत भरेका हुन । नायक राजेश हमाल, निखिल उप्रेती, मनिषा कोइराला, अनु शाह लगायतको अभिनय रहेको सो चलचित्र आगामी कात्तिक महिनामा प्रदर्शनमा आउँदै छ । यहि चलचित्र मार्फत २० बर्षपछि नेपाली रजतपटमा पुन फर्किएकी नायिका मनिषा कोइरालाको अभिनयलाई अधिकाशं चलचित्रकर्मीले निकै चासोका साथ हेरेका छन् ।

राजेश हमाल र 'गुरूदक्षिणा'

उमेर ४७ बर्ष भईसक्दा पनि अविबाहित रहेका महानायक राजेश हमाल र त्यस्तै कथाबस्तुमा निर्माण गरिएको फिचर चलचित्र 'गुरूदक्षिणा' दशै लगत्तै प्रदर्शनमा आउने तयारीमा जुटेको छ । नायक हमालको बास्तविक जीवनसंग मेल हुने खालको कथाबस्तु रहेको सो चलचित्रले फरक स्वाद समेत दिने निर्देशक रामराजा दाहालले बताएका छन् । आफ्नो तेस्रो चलचित्र गुरूदक्षिणामा नायक हमाललाई भिन्न शैलीमा समेत उतारेको उनको दाबी रहेको छ ।

समयको परिवर्तनसंगै जीवन र जगतसंग वाक्क भएर शान्तिको खोजीमा हिडेको नायक राजेशलाई योगीको भेषमा चलचित्रमा देखाईन खोजिको निर्देशक दाहालले बताए । जीवन, मृत्यु र जिन्दगीको कथालाई मुख्य विषय बनाएर निर्माण गरिएको चलचित्र गुरूदक्षिणामा हमाललाई दर्शकले एउटा युवक र योगीको क्यारेक्टरमा देख्न सक्ने छन् । चलचित्रमा राजेशको जंगल जीवन र सामान्य जीवनलाई फरक शैलीमा प्रस्तुत गरिएको भन्दै दाहालले दर्शकले यो चलचित्रबाट राजेश हमालमा फरक अनुभुति भेट्न सक्ने बताउछन् । क्रिएटिभ मनकामना फिल्मस प्रालिको प्रस्तुती रहेको सो चलचित्रमा राजेश हमालका अलवा नायक रमित ढुङ्गाना, राजबल्लभ कोइराला, संचिता लुइटेल, दिलिप गौतम, सुलेमान शंकर (ईकु), रबि गिरी, शुष्मा कार्की, श्याम अर्याल, हिउँवाला गौतम आदी कलाकारको अभिनय रहेको छ ।

असोज ८ गते भूल भए माफ गर

नायक सुरज आरडीले निर्माण गरेको चलचित्र 'भूल भए माफ गर' असोज ८ गतेबाट राजधानी बाहिरका हलहरूमा प्रदर्शन हुने भएको छ । आफ्नो पहिलो चलचित्रबाट असफल निर्माता भएका सुरज अहिले दोस्रो चलचित्रको पब्लिसिटी र रिलिजको दौडधुपमा लागी परेका छन् ।

अहिले यि निर्माता निकै टेन्सनमा छन् कारण चलचित्रका निर्देशक सुरेशदर्पण र नायक निखिल उप्रेती बिदेशमा छन् भने नायिका मेलिना मानन्धर दुई जीउकी भएर घरमा बसेकी छिन् । त्यसैगरी अर्की नायिका नन्दिता केसी चलचित्र 'मालतीको भट्टी' को छायाँकनमा व्यस्त छिन् । चलचित्रको प्रदर्शन मिती नजिकिंदै जाँदा आफ्नो टिमका सदस्य कोही नभएपछि आफूलाई चलचित्रको पब्लिसिटी गर्न निकै गार्‍हो भएको निर्माता सुरज बताउँछन् । चलचित्रमा निखिल उप्रेती, सुरज आरडी, मेलिना मानन्धर, नन्दिता केसी, सञ्जु परियार, गणेश उप्रेती, सुनीलदत्त पाण्डेलगायतका कलाकारहरूले अभिनय गरेका छन् । एनबी महर्जनको द्वन्द, हरी हुमागाईंको छायाँकन, ताराप्रकाश लिम्बुको संगीत रहेको यस चलचित्रको अधिकांश भागको छायाँकन पोखरमा गरिएको छ ।

उद्धव पुनः सम्मानित

राष्ट्रिय चलचित्र अवार्डबाट सम्मानित हुने दुईजना चलचित्रकर्मीलाई सोमबार चलचित्र संघले सम्मान तथा बधाइ ज्ञापन गरेको छ । यसरी सम्मानित हुनेहरुमा चलचित्रकर्मीद्धय उद्धव पौडेल र मोहन सर्राफ छन् । पौडेलले लाइफटाइम एचिभमेन्ट अवार्ड र सर्राफले कदरपत्रसहित पुरस्कार प्राप्त गरेका थिए ।

सम्मान तथा बधाइ ग्रहण गरेपछि बोल्दै दुवैले संघप्रति कृतज्ञता ज्ञापन गरे । आयोजित समारोहमा संघका अध्यक्ष रामचन्द्र पोखरेलले खादा तथा कदरपत्रले सम्मान गरे । पौडेल संघका निवर्तमान अध्यक्ष तथा सर्राफ संघका प्रथम उपाध्यक्ष हुन् । समारोहमा बोल्दै चलचित्र सम्बद्ध संस्थाका प्रमुखहरुले दुवै व्यक्तित्वलाई बधाइ दिए ।

पौडेल गोपीकृष्ण सिनेमा घर, रेडियो र टीभीका संचालक हुन् । उनको परिवार नै चलचित्रमा कि्रयाशिल छ । दशकौंदेखि उनी चलचित्र क्षेत्रको श्रीवृद्धिमा लागिरहेका छन् । सर्राफ भने २०३३ सालदेखि चलचित्र वितरण व्यवसायमा लागेका हुन् । उनी विश्वज्योति सिनेमा घरका संचालक पनि हुन् । सर्राफ स्वदेशी चलचित्रको विकास विस्तार प्रवद्र्धनमा कि्रयाशिल छन् ।

निशाको छोटो ब्रेक !

हिरोइन निशा अधिकारी केही समय मोसन पिक्चस्रको 'ह्याङओभर'बाट टाढै रहन चाहन्छिन् । नत्र उनी सिनेमाको धपेडीमा यति व्यस्त थिइन् कि जतिबेला सुकै कामै-काम । 'फस्टलभ'को रिभ्यूले यी कलिउड दिभालाई व्यस्तताको भारी बोकाइदिएको थियो । अब केही समय उनी भिजेका रुपमा नजर आउँदैछिन् । उनका फिल्मी फ्यानहरुले अब निशालाई टीभी कार्यक्रम होस्ट गरिरहेको देख्न पाउनेछन् ।

'अफर त आइरहेका छन् तरपनि केही समय चलचित्र खेल्दिन' फस्टलभ हिरोइनले भनिन् 'तिहारसम्म अब टीभीतिरै ।' यद्यपी उनी सिनेमाबाट टाढिन लागेकी होइनन् । टीभीमा सिनेमाबारेको प्रोग्राम लिएर आउने जमर्कोमा छिन् उनी । अहिले विहानदेखि बेलुकासम्म प्रोग्राम सेटिङमा व्यस्त छिन् निशा । कस्तो प्रोग्राम हो ?'सरप्राइज दिने हो अहिले भन्दिँन ।' उनका फ्यानहरु आफ्नी प्रिय सेलिव्रेटीले कस्तो प्रोग्राम होस्ट गर्ने हुन् जान्न आतुर छन् । आफूमात्र होइन टीभीले नै भिन्न 'प्यार्टन'को कार्यक्रम प्रस्तुत गर्ने दाबी निशा गर्छिन् । मिसन पैसा, नैना रेशम हुँदै फस्टलभ तय गरिसकेकी सुन्दरी हिरोइनले अपकमिङ प्रोजेक्टमा तिहारपछि काम गर्ने मुड बनाइसकेकी छिन् । भन्छिन् 'टाढिन लागेकी होइन झनै नजिकिन थालेकी हुँ ।'

म्युजिक रिभ्यू : भूल भए माफ गर

चलचित्र : भूल भए माफ गर
संगीत निर्देशक : ताराप्रकाश
गीतकार : सुरेशदर्पण पोखरेल, राजन घिमिरे
गायक : दीपक लिम्बु, अन्जु पन्त, मनोज सेवा, ताराप्रकाश, आस्था रावत, सरिता पन्थी, राजेशपायल राई
अवधि : २० मिनेट
रेटिङ : २:१/२
रिलिज : असोज ८ (मोफसल)

निखिल उप्रेती र मेलिना मानन्धर स्टारर फिल्म 'भूल भए माफ गर'को संगीत एक खास वर्गलाई ध्यानमा राखेर बनाइएको छ । ताराप्रकाशको संगीतमा सजिएका चारैवटा गीतमा कुनै नयाँपन छैन । चलचित्रको बीस मिनेट गीतले ओगटेपनि गीतहरु 'इफेक्टिभ' लाग्दैनन् । ताराप्रकाशको संगीत मनपार्नेहरुलाई फिल्मको गीतले निराश तुल्याउन सक्छ ।

चलचित्रको पहिलो गीत 'साथी आज किन यस्तो लाग्यो…'पटकथा अनुकूल त छ तर यो गीतमा खासै दम छैन । यसको लय र फ्लेवरमा नयाँपन त छैन नै कर्णपि्रय र दर्शकले टपक्क टिप्ने किसिमको पनि छैन । पाश्र्वगायकको आवाजमा सुरिलोपन र मिठास भएपनि यो गीतले दर्शकलाई संागीतिक मुर्छना छर्न सक्दैन ।

फिल्मको दोस्रो गीत 'जोगी बनायौ रोगी बनायौ…'ले पनि पहिलो गीतलाई नै पछ्याएको छ । यो गीतको शब्द, संगीत र भावमा पनि उति दम छैन । प्रारम्भको पटकथामै निराशामुलक संगीतले दर्शकलाई 'टच' गर्न सक्दैन । यो गीतले कुनै अन्तरामा अलग-अलग दिशाहरु समात्छ । दोस्रो गीत पनि 'क्याची' बन्न सकेको छैन ।

तेस्रो गीत 'आँखामा राखे थेँ…'ले केही हद्सम्म सांगीतिक असर छाड्न सक्छ । सीआरबीटीमा झन्डै १७ हजार कपी डाउनलोड भैसकेको यो बोलको गीतलाई दर्शक र श्रोताहरुले तुलनात्मक रुपमा सुन्न सक्छन् । यो गीत चलचित्रको 'थिम सङ' हो । स्टोरीअनुसार यो गीतले दर्शकलाई रोमान्चित र प्रफुल्ल तुल्याउँछ । अघिका गीतमा भन्दा यसमा केही भएपनि दम छ । ताराप्रकाशले यो गीतमा सुन्दर गायकी पेश गरेका छन् ।

चौंथो तथा अन्तिम गीत 'तिमी मेरो साथी बन्ने हो त…' चलचित्रको तुलनात्मक रुपमा रुचाइएको दोस्रो गीत हो । यो गीतको बोलले केही असर राख्छ तर उति प्रभावकारी छैन । यो गीतले श्रोतालाई उति लोभ्याउन सक्दैन । समग्रमा चलचित्र 'भूल भए माफ गर'ले औषत संगीत पनि पस्कन सकेको छैन । युवावर्गलाई एउटा गीतबाहेक अरुले लोभ्याउन सक्दैन ।

ऋषिका दर्जन कमेडियन !

चर्चा र पब्लिसिटी अधिकांश निर्देशकको ध्येय बन्छ । अहिलेको प्रतिस्पर्धाको जमानामा त आफ्नो चलचित्रलाई भिन्न तुल्याउन निर्माणपक्षले पब्लिसिटीका जुनसुकै माध्यम अँगाल्छन् । निर्देशक ऋषि लामिछानेले पनि यसै गरे । फ्लोरमा काम भैरहेको चलचित्र 'श्रीमान-श्रीमती'मा उनले झन्डै एकदर्जन हाँस्यकलाकार समेटेर पृथकता दिने प्रयास गरेका छन् । यो चलचित्र 'कमेडी'प्रधान त होइन तर किन त्यत्राविधि कमेडियन जम्मा पारेका हुन् उनैले जानून ।
'किन कमेडियन समेटेको हुँ भने चलचित्र रिलिज भएपछि नै थाहा पाउनुहुन्छ' ऋषिले भने 'सरप्राइज दिन चाहन्छु ।' हिरो श्रीकृष्णलाई दोहोर भूमिकामा सेटमा उतारेका ऋषिले कमेडियन रहस्यलाई भने कहिले खोल्ने हुन् कुर्नुको उपाय छैन । मरिगए रहस्यको पोको खोलेनन् उनले । बरु भने 'अहिले नै भने त फिल्मको स्वाद नै मेटिन्छ नि बाबै ।' चलचित्रमा जितु नेपाल, राजाराम पौडेल, निर्मल शर्मा, मन्जु श्रेष्ठ, श्याम राई, रवि डंगोल, शिवहरि पौडेललगायत कमेडियन छन् ।

सातापछि यो फिल्मको सुटिङ सकिदैंछ । मंगलबारबाट संगीतको काम सुरु हुँदैछ । श्रीकृष्ण, श्वेता, मुकेश ढकाल र आफ्नै पत्नी सरिताले अभिनय गरेको चलचित्रका निर्देशक ऋषिले चलचित्रले अनेक पक्षमा सरप्राइज दिने दाबी गरे । मुनाल घिमिरे, लक्ष्मण पौडेल र प्रकाश घिमिरे निर्मित यो सिनेमाले श्रीमान-श्रीमतीबीचको मानवीय सम्बन्धलाई स्क्रिनमा उतार्ने जमर्को गरेको छ ।

'पलपलमा' जबर्जस्त ओपनिङ


उकेश दाहाल निर्देशित 'पलपलमा'ले स्वदेशी बजारमा बलिउड चलचित्र 'दबङ'लाई चुनौति दिइरहेको छ । यसको पुष्टि हुने कारण हो -प्रदर्शनको तेस्रो दिनसम्म पनि मोफसलका मुख्य सिनेमा घरहरु हाउसफूल चलिरहेका छन् । पोखरा, बुटवलका सिनेमा घरका संचालकहरुका अनुसार 'पलपलमा'ले जबर्जस्त ओपनिङ गरेको छ । यो चलचित्र उपत्यका र बनेपामा दोस्रो सातामा मध्यम पिकअपका साथ प्रदर्शन भैरहको छ ।

शुक्रवारदेखि देशब्यापी रिलिज भएको 'पलपलमा' अहिले उपत्यकाबाहिरका १३ हलमा प्रदर्शनमा आएको छ । क्रमशः फिल्मलाई देशब्यापी तुल्याउने जानकारी निर्देशक दाहालले दिए । बुटवल सिनेमा घरमा तेस्रो दिनसम्म पनि चलचित्र हाउसफूल रहेको जानकारी संचालक प्रदीप उदयले दिए । पोखराको बाराही र विन्ध्यवासिनीमा पनि 'पलपलमा'ले कलेक्सन राम्रो गरिरहेको संचालकले बताए ।
फ्रायडको यौनमनोवादी धारालाई काठमाडौंको जीवनशैली ढालेर बनाइएको यो फिल्मलाई मोफसलमा पनि दर्शकहरुले रुचाएका छन् । 'प्रायः टीनएजको चाप उच्च छ' विन्ध्यवासिनी संचालक उत्तम द्वाले भने 'फिल्मले जबर्जस्त ओपनिङ गर् यो । कलेक्सन बुझ्न यो साता कुर्नुपर्छ । होल्डओभरको सम्भावना अधिक छ ।' यौन कथामा आधारित रहेकाले पनि दर्शकको कौतुहुलता बढेको छ । अहिले मोफसलमा दीपक श्रेष्ठको 'हिम्मत-टु' र गोविन्द गौतमको 'सिन्दुर'सँग 'पलपलमा'ले प्रतिस्पर्धा गरिरहेको छ । पहिलो साताको कलेक्सन हेर्दा 'हिम्मत-टु' र 'सिन्दुर'को कलेक्सन खुम्चिएको छ । कतिपय सिनेमा घरमा यी दुवैलाई 'पलपलमा'ले रिप्लेस गरेको अवस्था पनि छ । वितरक कृष्ण आचार्य देशब्यापी प्रदर्शनका लागि केही दिन कुर्नुपरिरहेको बताउँछन् ।

'पलपलमा'ले पहिलो साता उपत्यकामा ४३ लाख ग्रस बटुलेको थियो । दोस्रो सातामा फिल्मले पिकअप खासै लिन सकेको छैन । 'दोस्रो सातमा पिकअप घटेको छ' विश्वज्योति संचालक मोहन सर्राफले भने 'विदाका दिनबाहेक अरु दिनमा कलेक्सन न्यून छ ।' प्रदर्शन भैरहेका चलचित्रमा 'पलपलमा'को होल्डओभरपछि यो साता कुनैपनि नेपाली चलचित्र रिलिज भएनन् ।

नम्रता चढेको डुङ्गा पल्टियो

मलेसियाको समुद्रमा चलचित्र मिस यू को छायाकंन भइरहेको अवस्थामा नायिका नम्रता श्रेष्ठ, नायक दिलीप रायमाझी र बरूण राणा चढेको डुङ्गा पल्टिएको जानकारी प्राप्त भएको छ ।
सोही चलचित्रका निर्देशक सुरेश दर्पण पोखरेलले फिल्मीखबरलाई दिएको जानकारी अनुसार शनिबार मलेसियाको पेनाङ्ग स्थित बाटुफिरङ्गी समुद्री तटमा छायाकंन भइरहेको अवस्थामा डुङ्गा दुर्घटना भएको थियो । मोटरबोट प्रतियोगिताको छायाकंन गरिरहेका अवस्थामा नायक बरूणले चलाएको डुङ्गा पल्टिदा दिलीपसंगै नम्रता पनि समुद्रमा डुब्न पुगेकी थिइन् ।
छायाकंन गर्दा लाईफ ज्याकेटको प्रयोग गरिएकाले कलाकारहरू सुरक्षित रहेको पोखरेलले जानकारी दिएका छन् । छायाकंन भएको एक मिनेट भित्रै भएको सो दुर्घटनाले आफुहरू एक छिन बिचलित समेत भएको पोखरलले बताए ।'धन्न ठूलो दुर्घटना हुन पाएन' निर्देशक पोखरेलले भने । तर नायिका नम्रतालाई पौडिन नआएका कारण उनले केही पानी भने खाएको पोखरेलको भनाई थियो । नम्रतासंगै समुद्रमा डुब्न पुगेका नायक दीलीप रायमाझीले नम्रतालाई बोकेर किनारामा ल्याएका थिए ।नायक दिलीप रायमाझीको निर्माणमा बनेको सो चलचित्रको ६० प्रतिशत छायाकंन मलेसियामा गरिने तालिका छ । २० दिन अघि मलेसिया गएको मिस यू को टोली सुटिङ्ग सकेर एक साता भित्र नेपाल र्फकने तयारीमा जुटेको छ ।

'स्वर'मा कपि भेटिए पुरस्कार

म्यूजिक भिडियो निर्देशक प्रशन्न पौडेलले पहिलो पटक निर्देशन गरेको चलचित्र स्वरमा कुनै दर्शकले कपि भेटे त्यो दर्शकलाई पुरस्कार दिने निर्देशक पौडेलले फिल्मीखबर समक्ष घोषणा गरेका छन् ।

फिल्मीखबरसंग कुरा गर्दै पौडेलले 'चलचित्रका कुनै पनि सिन विदेशी चलचित्रबाट कपि गरिएको हो भनी कसैले दाबी गर्छ त्यो दर्शकलाई आफु पुरस्कार दिने तयार रहेको' बताएका हुन ।

प्रदर्शनको लागि एक महिने पालो कुरेर बसको सो चलचित्र छुट्टै फ्लेवरको समेत रहेको उनको भनाई छ । बाबु आमाको सपना एकातिर र सन्तानको रहर अर्का तिर हुदा उत्पन्न हुने समस्या र त्यसबाट लिनु पर्ने शिक्षालाई म्यूजिकल फ्यामेली ड्रामा शैलीमा प्रस्तुत गरिएको भन्दै निर्देशक पौडेलले आफ्नो चलचित्र उत्कृष्ट हुने घुमारो संकेत समेत गरेका छन् । २ घण्टा ३ मिनेटको सो चलचित्रका हरेक दृश्य, सिचुएसनल रहेको भन्दै पौडेलले यो चलचित्रबाट नेपाली सिनेमाले एक फड्को मार्ने विश्वास समेत व्यक्त गरेका छन् । हाल सम्म २ सय ५० वटा व्यावसायिक म्यूजिक भिडियो निर्देशन गरेका प्रशन्नको अधिकाशं म्यूजिक भिडियोलाई दर्शकले रूचाएका छन् ।

एमआरएस मुभिस प्रोडक्सनको ब्यानरमा युवा कथालाई आधार बनाएर निर्माण गरिएको सो चलचित्रमा एक जना प्राविधिक र दुई जना कलाकार बाहेक अन्य सवै ३० बर्षमुनिका रहेका छन् । युवा सोचमा निर्माण भएको सो चलचित्रको सुटिङ २७ दिनमा सकिएको थियो ।
राजबल्लभ कोइराला, केकी अधिकारी, रिमा विश्वकर्मा लगायतको अभिनय रहेको सो चलचित्रमा ७ वटा गीत समावेश गरिएका छन् । चलचित्र के कस्तो छ त्यो त फिल्म हेरिसकेपछी थाहाँ हुने कुरा हो तर निर्देशकले ठोकुवाका साथ चलचित्र कहि कतैबाट कपि नभएको र उत्कृष्ट भएको घुमाउरो संकेत गर्नुले चलचित्र आफैमा महत्वकाक्षी बनेको अनुमान लगाउन सकिन्छ ।

फिल्मी खबर


मालतीको भट्टी सुरु

निर्माता प्रदीप उदयले एकसाथ दुई चलचित्रको घोषणा गरेका छन् । गतसाता काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' तथा 'मालतीको भट्टी' को घो षणा गरे । ऋषि लामिछानेको निर्देशनमा मंसिर महिनातिर छायांकन थालिने 'हाम्रो माया जुनी जुनीलाई' को हाल संगीतकार महेश खड्को संगीत निर्देशनमा गीत रेकर्डिङ भैरहेको छ भने यसै सातादेखि गणेशदेव पाण्डेको निर्देशनमा चलचित्र 'मालतीको भट्टी' को छायांकन प्रारम्भ भएको छ । रेखा थापा, नन्दिता केसी, जीवन लुइँटेल, अयुव केसी, सुनील थापा आदि कलाकारको मुख्य भूमिका रहने उक्त चलचित्रमार्फत आधुनिक गीतका संगीतकार कालीप्रसाद बाँस्कोटाको 'डेब्यु' हुँदैछ ।

दाबी आ-आफ्नै

टेलिभिजन प्रचार सामग्रीमा चलचित्र 'कोही मेरो' को निर्माणपक्षले उक्त चलचित्रलाई 'वर्षकै सफल चलचित्र' दाबी गरेको छ । त्योभन्दाअघि व्यावसायिक सफल मानिएको चलचित्र 'फस्टलभ' ले पनि आफ्नो व्यवसाय यो वर्षका चलचित्रहरूमा सबैभन्दा बढी भएको बताएको छ । त्यसैगरी गत साता सार्वजनिक भएका चार चलचित्र 'दीपशिखा', 'पलपलमा', 'हिम्मत टु' र 'सिन्दुर' ले पनि व्यावसायिक सफलता पाएको दाबी गरेका छन् । काठमाडौंमा प्रदर्शन भएका 'दिपशिखा' र 'पलपलमा' का निर्माणपक्षले उक्त चलचित्र हेर्न दर्शक ओइरिएका तथा चलचित्रलाई मनपराइएको बताएका छन् भने काठमाडौं बाहिरबाट प्रदर्शनमा आएका 'हिम्मत टु' र 'सिन्दुर' को पनि त्यस्तै दाबी छ । काठमाडौंमा दोस्रो सातामा प्रवेश गरेको चलचित्र 'दासढुंगा' का दर्शक पनि बढ्दै गएको बताइन्छ । चलचित्र विकास बोर्ड वा सञ्चार मन्त्रालयले चलचित्रको व्यावसायिकस्थिति दर्शाउने 'बक्सअफिस' नीति ल्याउने पहल नगरेसम्म निर्माणपक्षकै दाबी सबैले पत्याउनुपर्ने बाध्यता छ ।

दबंगमा नेपाली खलनायक

नायक सलमान खान अभिनीत हिन्दी चलचित्र 'दबंग' मा एक नेपालीले समेत अभिनय गरेका छन् । उक्त चलचित्रमा दर्जनौं हिन्दी तथा मराठी चलचित्रमा अभिनय गरिसकेका नवराज विश्वकर्माले खलनायकको भूमिका निर्वाह गरेका छन् । 'दबंग' मा नवराजले मुच्छरसिंह नामको चरित्र निर्वाह गरेका हुन् । ठूलो शरीर र उत्तिकै ठूलो आवाज भएका नवराज लामो समयदेखि पुनामा छन् ।

दुई नेवारी चलचित्र

तन्डुकार फिल्म प्रोडक्सनको ब्यानरमा 'छंगु नामय्' तथा 'जिगु मिखाया न्ह्यःने' गरी दुई चलचित्रको शुभमुहूर्त सम्पन्न भएको छ । यी दुवै चलचित्रमा सुरेन्द्र तुलाधरको पटकथा, संवाद तथा निर्देशन रहनेछ । 'छंगु नामय्' सामाजिक, हास्य, द्वन्द्व एवं सन्देशमूलक चलचित्र हो, जसमा धीरेन शाक्य, हरिकृष्ण तण्डुकार, अनु शाह, मुकुन्द श्रेष्ठ, सुशील पोखरेल, शुभद्रा अधिकारी, लक्ष्मी गिरी आदिले अभिनय गर्नेछन् । तिहारलगत्तै यो चलचित्रको छायांकन प्रारम्भ हुनेछ । त्यस्तै 'जिगु मिखाया न्ह्यःने' एउटा पारिवारिक चलचित्र हो, जसमा सुरेन्द्र महर्जन, विनु मानन्धर, अर्णेश्वरी शिल्पकार, सुनिता ठाकुर, राजाराम भाम, राजे न्द्रमान शाक्य आदिले अभिनय गर्नेछन् । यो चलचित्रको छायांकन भने आगामी साता प्रारम्भ हुँदैछ ।

पूजना अब निर्मात्री


हिरोइनहरु धमाधम निर्मात्री बन्ने क्रम बढ्दै छ । यसबाट हिरोइन पूजना स्त्री (प्रधान) पनि टाढा रहिनन् । थुप्रै चलचित्रमा अभिनय गरिसकेकी पूजना अब निर्मात्री बन्दैछिन् । तर उनी निर्मात्री हुन अझै दुई वर्ष लाग्छ । तिहारसम्म कुनै चलचित्रमा व्यस्त नहुने भएपछि पूजना यतिबेला आफूले निर्माण गर्ने चलचित्रको स्क्रिप्टमा ब्यस्त छिन् । जयसंगत आश्रममै उनले स्क्रिप्ट लेखिरहेकी छिन् ।

'आफूले चाहेको र सोचेजस्तो चलचित्र बनाउन लागेकी हुँ' पूजना भन्छिन् 'प्राविधिक, कथानकजस्ता अहिलेका चलचित्रमा रहेका कमजोरीलाई सुधारेर समाजमा चेतना फैलाउने खालको चलचित्र बनाउँछु ।' उनले लेखिरहेको स्क्रिप्टमा लभस्टोरी र अध्यात्मको फ्युजन छ । 'सबै विशेषताहरुलाई मिसाएकी छु' उनी भन्छिन् 'कथाले मागेअनुसार आफूले अभिनय गर्न पनि सक्छु नत्र अरुलाई नै गर्न लगाउँछु ।' एउटै ट्रेन्डमा बनिरहेका नेपाली चलचित्रप्रति उनलाई चित्त बुझेको छैन ।

पूजनाले रहस्यका धेरै पाटाहरु खोलिन् । निर्मात्री बन्ने कुरा पनि उनको चाहना रहेछ । भन्छिन् 'मैले धेरै कुराहरु गर्दैछु । ती सबै कुराहरु एकएक गरेर फ्यानहरुसामु ल्याउनेछु ।' यतिबेला उनले आफूले फिल्म बनाउने कुरा ल्याइन भने अर्कोपटक के ल्याउने हुन् अनुमानको विषय बनेको छ । जे होस पूजना अध्यात्म र अभिनयलाई सँगै अघि बढाउन चाहन्छिन् ।

अब अर्को 'कसम'


नायिका कृष्टी मैनालीले दोहोरो भूमिकामा अभिनय गरेको चलचित्र 'कसम' अब धेरै पुरानो भएको छ । अहिले सोही नाममा पुन: अर्को नेपाली चलचित्र 'कसम' निर्माण भएको छ जुन चलचित्र अहिले सम्पादनको अन्तिम तयारीमा छ ।

२३ बर्षे लक्ष्मण रिजालले निर्देशन गरेको सो चलचित्रमा टोले दादागिरीको कथालाई समावेश गरिएको छ । विपिन मल्लले सम्पादन गरिरहेको सो चलचित्रमा नायक निखिल उप्रेती, सुमन सिहँ र उषा पौडेल मुख्य भूमिकामा रहेका छन् ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजाल, भरत रिजाल र सुशिल गुनीले निर्माण गरेको सो चलचित्र आगामी कात्तिक १९ गते प्रदर्शन गरिने निर्देशक रिजालले जानकारी दिए । चलचित्रमा सुरज मालीले पहिलो पटक संगित दिएका छन् ।

चलचित्रमा अष्ट महर्जनको द्वन्द, शिब ढकालको छायाँकन र गोबिन्द राईको नृत्य रहेको छ । यस अघि रिजाल एण्ड रिजाल प्रोडक्सनले लागुपदार्थको विषयमा 'वान डे' भन्ने चलचित्र निर्माण गरेको थियो । जुन चलचित्रले निकै चर्चा कमाएको थियो ।

सेक्सी नायिका र कोठी

नायिकाहरू सुन्दर नै हुन्छ त्यसैमाथी उनीहरूको अनुहारमा आएको कोठीले थप सुन्दरता झल्काएको हुन्छ । हुनत सबैलाई आफ्नो अनुहारमा आएको कोठी मन पर्दैन तर पनि अधिकांशले आफ्नो कोठीलाई सुन्दरताको प्रतिक मान्ने गर्छन् । अझ ओठ माथि कोठी आयो भने त आफुलाई सेक्सी भनेर समेत परिचित गराउछन् । यहि परिचित भिडसंगै केही चल्तीका नायिकाहरूको कोठीलाई फिल्मीखबरले नियालेको छ ।

जस अनुसार पहिलो नम्बरमा नायिका रेखा थापा परेकी छिन् । फिल्ममा जति सेक्सी भएर चिनिएकी छिन् रेखा सायद त्यो कोठीले यिनलाई अझ सेक्सी बनाएको हुनु पर्दछ । उनको माथिल्लो ओठको दाया पट्टी कालो कोठी देख्न सकिन्छ जुन कोठीले उनको सुन्दरतामा थप मद्दत पुर्‍याएको छ । कोठीलाई औलाउदै उनी भन्छिन् 'यो कोठीले मलाई अझ सेक्सी हुन सहयोग गरेको छ ।'

यसैगरी स्थापित भईसकेकी नायिका निरूता सिंहको पनि चिउँडोमा एउटा कोठी छ जुन कोठीलाई उनले कहिले देखाउँछिन् त कहिले लुकाउने गर्छिन् । यस्तै माधव बाग्लेको चलचित्र 'फष्टलभ' बाट डेब्यू गरेकी नायिका ऋचा शर्माको बाया पट्टीको माथिल्लो ओठको बीच भाग अर्थात नाक मुन्तिर कोठी रहेको छ । उनीसंगै फष्टलभमा अभिनय गरेकी नायिका निशा अधिकारीको पनि बाया पट्टीको माथिल्लो ओठ छेउमा कोठी रहेको छ । निशा आफ्नो कोठीलाई लुकाउन चाहान्नन भने ऋचा कोठी भएको स्थानमा भद्दा मेकअपले त्यो कोठीलाई लुकाउने गर्छिन ।


यस्तै विकास आचार्यले निर्देशन गरेको चलचत्रि 'नाई न भन्नु ल' बाट डेब्यू गरेकी नायिका ऋचा सिहँ ठकुरीको चिउडोको बीचमा कोठी रहेको छ । त्यही कोठीले आफुलाई राम्री महसुस गरेर होला नायिका ठकुरीले मेकअपले त्यो कोठीलाई लुकाउने गर्दिनन् ।

यस्तै कोठीले नायिका रेजिना उप्रेतीको आखालाई समेत छाडेको छैन् । उनको बाया आखाको तल्लो परेली छेउ निकै ठूलो कोठी छ । त्यति मात्र हैन उनको नाकको बाया छेउ एक जोर कोठीपनि रहेको छ ।


नायक श्रीकृष्ण श्रेष्ठले नेपाली रजतपटमा उतारेका नायिका स्वेता खडकालाई पनि कोठीले छाडेको छैन उनको बाया पट्टीको नाक छेउ सवै भन्दा ठूलो कोठी छ, भने अनुहारको दाया भागमा स-सना ४ वटा कोठी रहेका छन् । स्वेताले साना कोठीलाई नदेखिने गरी मेक अप गरेपनि नाक छेउको कोठीलाई भने उनले लुकाउन सकेकी छैनन् । यस्तै मोडल हुदै नायिका बनेकी उषा रजकको दाया पट्टीको माथिल्लो ओठमा कोठी रहेको छ ।


नेपाली रजतपटमा नयाँ अनुहारमा आएका नायिकाहरू स्नेहा शर्मा, उमा बेबी, सोनिया केसी, संचिता गुरूङ लगायतलाई पनि कोठीले छाडेको छैन ।

हृयाप्पी बर्थडे दिलीप

नायक दिलीप रायमाझीको आज जन्म दिन परेको छ । चलचित्र भानुभक्तबाट फिल्मी यात्रा सुरू गरेका नायक रायमाझले यो बर्षको जन्मदिन भने मलेसियामा मनाउँदै छन् ।

आफ्नो ड्रिम प्रोजेक्ट अर्न्तगतको चलचित्र 'मिस यू' को छायाकंनका लागि उनी केही हप्ता अघि मलेसिया प्रस्थान गरेका थिए । एक छोरीका पिता समेत रहेका दिलीपको कति औ जन्म दिन हो भन्ने कुरा गोप्य नै रहेको छ । काठमाण्डौ किर्तिपुरका यि नायक चलचित्र 'दर्पणछाया' बाट निकै हिट भएका थिए । जुन सुकै क्यारेक्टरका लागि फिट हुने यि नायकलाई द नेपाल~रोमानिया डटकमको तर्फबाट जन्मदिनको शुभकामना ।


यति तपाई नायक दिलीप रायमाझीलाई जन्मदिनको शुभकामना दिन चाहानु हुन्छ भने तलको कमेन्ट बक्समा गएर शुभकामना सन्देश छाड्न सक्नु हुन्छ ।

सोल्टीमा रेशको जल्वा !

शनिबार सोल्टी क्राउन प्लाजाको प्रेक्षालय हिरो रेश मरहठ्ठाको जल्वाले लजाउनेछ । बी-बोइङ डान्स स्टेपसँग 'च्यालेन्ज' हिरोले कम्मर मर्काउनेछन् । सन्दर्भ हो : शनिबार अपरान्ह नेपाल विज्ञापन एजेन्सी संघ (आन)ले आयोजना गर्ने कृति अवार्ड समारोहमा हिरो रेश मरहठ्ठा पनि नाच्दैछन् । डान्सका लागि रेशले दुईसाताभन्दा पहिल्यैदेखि बी-बोइङ टोलीसँग नाच सिकिरहेका छन् । रेशले कस्तो नाच्ने हुन् त्यो त टीभीको लाइभमा हेर्नपाइनेछ ।

'आयोजकहरुले हाम्रो फिल्मको सुटिङ रिपोर्ट हेरेपछि पर्फमेन्सको लागि निम्तो दिनुभएको थियो' मेरोसिनेमासँग एक्सन हिरोले भने 'तीन मिनेटको नाचमा च्यालेन्ज टीमले एक मिनेट नाच्नेछ ।' दीपकले गरेको कोरियोग्राफीमा राइजिङ डान्स ग्रुप बी-बोइङमा उफ्रनेछ । सो ग्रुपलाई रेशले नाच्न साथ दिनेछन् । रेशलाई चलचित्रको प्रमोसन गर्ने राम्रो प्लेटफर्म मिलेको भन्न सकिन्छ ।

उक्त समारोहमा हिरोइन रेजिना उप्रेतीले पनि नाच्नेछिन् । रेजिनाको बारुली कम्मर कति ठाउँमा भाँचिने हो निधो छैन । जे होस् सोल्टीको चिसोलाई रेश र रेजिनाको नृत्यले भने तताउनेछ । वर्षेनी आयोजना गरिने कृति अवार्डको यो संस्करण शनिबार हुँदैछ ।