ब्यापार डेढ करोड तर हात लाग्यो सुन्ना


पछिल्लो पटक दर्शकले सर्वाधिक मनपराएको चलचित्र 'फष्टलभ' ले डेढ करोड भन्दा बढीको ब्यापार गर्न सकेपनि निर्माताको हातमा भने एक रूपैया पनि पुग्न सकेको छैन । चलचित्रका निर्माता माधब वाग्लेले आफुले पाउनु पर्ने पैसा हलवालाहरूले दिन हिचकिच गरिरहेको बताए । गएको साउन २१ गते देखि देश भर प्रदर्शनमा आएको उक्त चलचित्रले रेखा थापाको चौथो चलचत्रि 'हिफाजत' पछी सबै भन्दा बढ्ता ब्यापार गर्न सफल भएको देखिएको छ ।फिल्मीखबरसंग कुरा गर्दै वाग्लेले भने "पैसा पाउदै नपाएको हैन तर १ करोड ७० लाख सम्मको ब्यापर गरेको 'फष्टलभ' बाट लगभग १० लाख मात्र आफ्नो हातमा परेको छ त्यसलाई के लिएको भन्नु ? "
प्रदर्शनमा आएको झण्डै एक महिना वितिसक्दा पनि २५ प्रतिशत पैसा समेत पाउन नसकेका वाग्लेले अष्टनारायणबाट ५ लाख, बारही बाट २ लाख लगायत अन्य केही हलहरूबाट केही पैसा लिएको बताए । यस्तै गुण सिनेमाबाट साढे ४ लाख लिन बिहिबार बोलाएको भन्दै वाग्लले अन्य हलहरूले भने पैसा दिन ढिला गरिरहेको बताए । डिजिटल सिनेमा नेपालको मातहतमा उपत्यका बाहिर समेत प्रदर्शन भई रहेको उक्त चलचित्रबाट एक रूपैया पनि आफ्नो हातमा नपरेको वाग्लेको भनाई थियो ।

0 comments:

Post a Comment