ग्रेटरनेपाल २ को स्क्रिप्ट चोरियो

चलचित्र दासढुङ्गा निर्माण गरेर एकाएक चर्चा कमाएका निर्देशक मनोज पण्डितको कोठाबाट २ वटा डकुमेन्ट्रीको स्क्रिप्ट चोरी भएको छ । बुद्धनगर स्थित उनको कोठाबाट गएको श्रावण १५ गते एक थान एप्पलको ल्यापटप, सस्तो मूल्यको एक थान मोवाईल, ग्रेटर नेपाल पार्ट २ र बद्यशाला डकुमेन्ट्री को स्क्रिप्ट चोरिभएको निर्देशक पण्डितले फिल्मीखबरलाई जानकारी दिए । नेपालको सिमानाहरूको बिषयलाई ग्रेटर नेपाल डकुमेन्ट्री मार्फत प्रस्तुत गरेर निकै चर्चा कमाएका पण्डितको कोठामा राजनीतिक तवरले दुई पटक चोरी प्रयास भएको थियो ।
दोस्रोपटकको चोरी प्रयासमा महानगरीय प्रहरी प्रभाग तिनकुनेले एक व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ । निकै विरामी भएर सुतिरहेको अवस्थामा साँझको समयमा उनको झयालबाट चोरहरूले सामान चोरेर लगेको पण्डितले बताए । बेलुकी लोडसेडिङ्गको समयमा आएका ती चोरहरूले झ्याल खुल्ला भएको मौका पारी सुनियोजित तवरले स्क्रिप्ट चोरेर लगेको पण्डितले बताए ।ग्रेटरनेपाल बनाउदा भारती पक्षले सो डकुमेन्ट्री प्रदर्शनमा प्रतिबन्ध लागउन विभिन्न दवाब दिदै आएकाले पार्ट २ को सो स्क्रिप्ट चोरी हुनुमा नेपाल विरोधीहरूमाथि शंका व्यक्त गरेका छन् । बद्यशालको स्क्रिप्टमा धर्मको नाममा पशुहरूलाई कसरी बली दिइन्छ भन्ने बिषयलाई उठान गरिएको थियो भने ग्रेटर नेपाल २ मा नेपाल भारत सिमाना, बैदेशिक हस्तक्षेप लगायतका बिषय हरूलाई उठान गरि डकुमेन्ट्री मार्फत देखाउन खोजिएको पण्डितको भनाई थियो ।

0 comments:

Post a Comment