माल्भिका अब टेलिफिल्ममा


जतिसुकै भिन्न किन नहोस् पूर्वमिस नेपाल माल्भिका सुब्बा आफूलाई भस्रटाइल भूमिका र जिम्मेवारीमा प्रस्तुत गर्न चाहिन्छन् । त्यसैले हुनसक्छ अब टेलिफिल्ममा पनि अभिनय गर्दैछिन् । एनटीभीबाट प्रसारण भैरहेको जागरणमुलक टेलिफिल्म 'हाम्री शिवानी'को सातौं भागबाट माल्भिकाले पनि खेल्नेछिन् । जहाँ उनी एउटा सन्देशमुलक भूमिकामा देखिनेछिन् ।

हुन त माल्भिका यो टेलिफिल्ममा सुरुदेखि नै अभिनय गर्न चाहन्थिन् । टेलिफिल्मको प्रीमियर समारोहमा पनि यी अफविट हिरोइन उपस्थित थिइन् । बाल यौन दुराचारको बारेमा बनेको श्रृङ्खलाबाट माल्भिका प्रभावित थिइन् । त्यसैले खेल्ने निर्णय पनि लिइन् । केही पछिका भागहरुमा हिरोइन तृप्ती नाड्करले पनि अभिनय गर्ने जानकारी निर्देशक प्रदीप कसपालले दिए 'टेलिफिल्ममा क्रमशः चर्चित अनुहारहरुलाई समेट्दै जानेछौं' निर्देशक कसपालले भने 'सोही अनुरुप माल्भिकाजीलाई पनि लिन लागेका हौं ।' युवापुस्तामाझ निकै रुचाइएकी सेलिव्रेटी माल्भिकाले ठूलो पर्दाको चलचित्र 'गड लिभ्ज इन दी हिमालयज'मा पनि खेलेकी छिन् भने 'गुडबाइ काठमाण्डू' उनको निर्माणाधिन फिल्म हो । उनले पढाउन थालेको खबर पनि महिनादिनअघि प्रकाशमा आएको थियो ।

0 comments:

Post a Comment