रेश जी ! लुगामा ध्यान पुर्‍याउने कि ?



निकै टिप टप भएर हिड्ने स्टाइजिष्ट नायक रेश मरहठ्ठा लाई पैसाको कुनै अभाव छैन भन्दा पनि केही फरक पर्दैन । शरिरलाई आकर्षक र राम्रो पर्सनालिटी बनाउन उनी कुनै कुरामा पछि पर्दैनन् । तर पछी नपर्दा नपर्दे बिहिबार एक ठूलो कार्यक्रममा उद्रिएको टिर्सट लागएर उनी पुगेका थिए । प्रसङ्ग हो अपिल बिष्टले निर्माण गरेको चलचित्र दासढुङ्गको प्रिमियरको । निर्देशक श्याम भट्टराईको साथ सेतो टिर्सटमा बिहानै कुमारी सिनेमा घर कमलपोखरीमा भेटिएका यि नायकले आफ्नो उद्रेको टिर्सटमा ध्यान नपुर्‍याएको देखिएको छ । केहिले त त्यो उद्रेको टिर्सटलाई औलाउदै उनको कुरा समेत काटेका थिए । सेलिब्रेटी भएर यसरी सार्वजनिक स्थानमा उद्रेको लुगा लाएर हिड्नु आफैमा लाजमर्दो त छदै छ यध्यपी एउटा नायक जस्तो मान्छेले आफ्नो सामान्य पहिरनमा ध्यान नपुर्‍याउदा बेइज्ज हुनु परेको कुराले कस्तो महसुस गराउला ? सायद बिहानको समयमा कसले पो वास्ता गर्छ भनेर रेशले आफ्नो पहिरनलाई वेवास्ता गर्दै कार्यक्रम स्थल पुगेका हुन वा हल भित्रै उनको लुगा उद्रिएको हो ? त्यो भने उनलाई सोध्न बाकी छ ।
संगैको तस्बिरमा हेर्नुहोस कसरी उद्रिएको छ उनको टिर्सट ।

0 comments:

Post a Comment