बढ्दैछ नरेशको अनुहारमा चमक


निर्माता तथा निर्देशक नरेश पौडेल केही दिन यता निकै खुशी मुद्रामा भेटिन थालेका छन् । गएको श्रावण २८ गते प्रदर्शनमा आउने भनिएको उनको पाँचौ चलचित्र "दीप शिखा" एक महिना पर सरेपछी उनको अनुहारमा एका-एक चमक बढ्न थालेको हो ।कारण ?आफ्नो पालोमा बिग बजेटका अन्य चलचित्रहरू प्रदर्शनमा आएपनि तिनिहरूले खासै व्यापार गर्न नसकेपछी उनीमा एकाएक खुशीको चमक बढ्न थालेको हो ।पछिल्ला चरणमा प्रदर्शनमा आएका चलचित्र 'फष्ट लभ' बाहेक अन्य चलचित्र फल्यासब्याक,नाई न भन्नु ल, कानुन, साथै कोही मेरो को दर्शक प्रतिक्रिया पाएपछी ती चलचित्र भन्दा आफ्नो चलचित्र निकै राम्रो रहेको संकेत पौडेलले गरेका छन् ।

घुमाएर फिल्मीखबरसंग कुरा गर्दै उनले भने "मेरो चलचित्र हेर्नुस अनि थाहाँ पाईहाल्नु हुन्छ नी " झण्डै तीन घण्टा लामो चलचित्र "दीप शिखा" मा दर्शकलाई राम्ररी बाध्ने प्रयास गरेको बताउदै पौडेलले बोर मानेर बीचबाटै दर्शक नउठ्ने दाबी समेत गरेका छन् । तीन घण्टासम्म दर्शकलाई एउटा बन्दहलमा बाधेर राख्नु कुनै चानचुने कुरा नभएको बताउदै पौडेलले अरूको नतिजा हेरेर आफुले प्राप्त गर्ने नम्बर अहिलेनै अडकल काटिसकेका छन् । आगामी भदौ २५ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र "दीप शिखा" त्रिकोणात्मक तर नारीप्रधान चलचित्र रहेको बताईएको छ । नायिका अरूणिमा लम्सालले लेखेको यस चलचित्रमा लम्सालसंगै हयाण्डसमा नायक जीवन लुइटेल र निरज बराल प्रमुख भूमिकामा रहेका छन् ।

0 comments:

Post a Comment