धडकन बढ्यो अरूणिमाको


आफैले लेखेको अनि अभिनय पनि गरेको चलचित्र 'दीपशिखा 'पर्सीबाट प्रदर्शनमा आउने तयारीमा जुटेपछी नायिका अरूणिमा लम्सालको घडकन दिन दुई गुणा रात चौ गुणा बढिरहेको छ । नरेश पौडेलको चलचित्र धडकनबाट डेब्यू गरेकी यि नायिकाले जसरी पहिलो चलचित्रका सुरूवातका दिनमा आलोचना खेपेकी थिइन त्यसरीनै चलचित्र दिपशिखा मा लेखक भएको कारण आलोचना पाईने हो कि भन्ने डर उनीमा प्रष्ट झल्केको देखिन्छ ।छोटो समयमा ४४ वटा चलचित्रमा अभिनय गर्ने मौका पाईसकेकी लम्सालको दीप शिखा भने ३० देखि ३५ औ नम्बरमा पर्छ । प्रदर्शनको लागि लामो समय देखि आफ्नो पालो कुरेर बसेको 'दीप शिखा' शुक्रबार प्रदर्शन हुदै छ भने भोली बिहिबार साँझ यसको प्रिमियर पनि गरिदैछ ।

मेरो राजेश दाईको सुटिङलाई केही दिनको ब्रेक लिएर चलचित्र प्रचारप्रसारमा ब्यस्त बनेकी नायिका लम्साल बुधबार भने झन ब्यस्त देखिएकी थिइन् । चलचित्र प्रदर्शनको चाजो पाजो मिलाउन बुधबार गोपी कृष्ण हल पुगेकी लम्सालले निकै हतारमा देखिएकी थिइन् । नायिका हुनको लागि पहिलो अग्नी परीक्षा घडकनबाट पास भएकी लम्साल लेखकमा पास हुनका लागि अर्को अग्नी परीक्षाको नतिजाको पर्खाइमा छिन् ।

आशा गरौ अर्को अग्नी परीक्षामा पनि उनी सफल होउन ।

0 comments:

Post a Comment