
फिल्मीखबरसंग कुरा गर्दै पौडेलले 'चलचित्रका कुनै पनि सिन विदेशी चलचित्रबाट कपि गरिएको हो भनी कसैले दाबी गर्छ त्यो दर्शकलाई आफु पुरस्कार दिने तयार रहेको' बताएका हुन ।
प्रदर्शनको लागि एक महिने पालो कुरेर बसको सो चलचित्र छुट्टै फ्लेवरको समेत रहेको उनको भनाई छ । बाबु आमाको सपना एकातिर र सन्तानको रहर अर्का तिर हुदा उत्पन्न हुने समस्या र त्यसबाट लिनु पर्ने शिक्षालाई म्यूजिकल फ्यामेली ड्रामा शैलीमा प्रस्तुत गरिएको भन्दै निर्देशक पौडेलले आफ्नो चलचित्र उत्कृष्ट हुने घुमारो संकेत समेत गरेका छन् ।

एमआरएस मुभिस प्रोडक्सनको ब्यानरमा युवा कथालाई आधार बनाएर निर्माण गरिएको सो चलचित्रमा एक जना प्राविधिक र दुई जना कलाकार बाहेक अन्य सवै ३० बर्षमुनिका रहेका छन् । युवा सोचमा निर्माण भएको सो चलचित्रको सुटिङ २७ दिनमा सकिएको थियो ।
राजबल्लभ कोइराला, केकी अधिकारी, रिमा विश्वकर्मा लगायतको अभिनय रहेको सो चलचित्रमा ७ वटा गीत समावेश गरिएका छन् । चलचित्र के कस्तो छ त्यो त फिल्म हेरिसकेपछी थाहाँ हुने कुरा हो तर निर्देशकले ठोकुवाका साथ चलचित्र कहि कतैबाट कपि नभएको र उत्कृष्ट भएको घुमाउरो संकेत गर्नुले चलचित्र आफैमा महत्वकाक्षी बनेको अनुमान लगाउन सकिन्छ ।
0 comments:
Post a Comment