दुई हिरोइन दुईतिर



बुधबार दुईजना हिरोइन दुईतिर उडे । ऋचा घिमिरे लन्डन उडिन् भने श्वेता खड्का बेइजिङतर्फ । ऋचा आफ्नो होम प्रोडक्सनको फिल्म 'वीरताको चिनो' प्रीमियरका लागि जान लागेकी हुन् भने श्वेता बेइजिङमा जारी सांघाइ एक्स्पो अन्तर्गत 'नेपल्स डे'मा भाग लिन ।

कुरा थालौं ऋचाबाट । अष्टे्रलियापछि 'वीरताको चिनो' लन्डनमा प्रीमियर गर्न लागिएको हो । बुधबार बेलुकीको विमानबाट ऋचा त्यसतर्फ प्रस्थान गरिन् । निर्देशक पति शंकर साताअघि नै लन्डन हानिएका थिए । 'लन्डनमा भव्य प्रीमियर गरेर फर्कनेछौं' उड्नुअघि मेरो सिनेमालाई प्रतिकि्रया दिइन् ऋचाले 'त्यसपछि अमेरिकामा प्रीमियर गर्ने योजना छ ।'अर्की हिरोइन श्वेता परराष्ट्रमन्त्री सुजाता कोइरालासहित बेइजिङ उडेकी हुन् । उनले 'नेपल्स डे'मा नेपाली सांस्कृतिक टोलीको नेतृत्व गरेकी छिन् । उक्त एक्सपोमा श्वेताले नाच्नेछिन् र झाँकी प्रस्तुत गर्नेछिन् । एक्स्पोमा अन्य देशका फिल्मी स्टारहरु पनि सहभागी हुनेछन् । सातापछि उनी स्वदेश फर्कनेछिन् । दुवै हिरोइनलाई शुभयात्रा ।

0 comments:

Post a Comment