रेखालाई पोखरामा र्‍याक


पोखराको बागलुङ बसपार्क बुधबार ठेलमठेल देखिन्थ्यो । हिरोइन रेखा थापालाई झुलुक्क भएपनि हेर्न चाहनेहरु निकै धुइरिएका थिए । गाडी भित्र रहेकी रेखालाई भीड छिचोलेर बाहिर निस्कन निकै हम्मे पर्‍यो । मोबाइलबाट तस्विर लिन खोज्नेको भीडबाट उम्कँदा उनी असिनपसिन् भइन् । केही केटाहरुले उनलाई र्‍याक पनि हाने । रेखा पनि के कम् उल्टै ती ठिटा फ्यानहरुलाई र्‍याक हानिदिइन् ।

केटाहरुले खुबै जिस्काए रेखालाई । 'खुबै र्‍याक हाने केटाहरुले' पोखरामा सुटिङको भैरहेको चलचित्र 'खुशि'मा व्यस्त रेखाले भनिन् 'जे पायो त्यही र्‍याक भने होइन है, र्‍याक पनि मर्यादित थियो ।' प्रतिकि्रयामा 'ओ भाईहरु…' भन्दै रेखाले पनि उल्टै र्‍याक फर्काइदिइन् । त्यो हुलमा रेखाले थुप्रै फ्यानहरुलाई अटोग्राफ दिइन् ।रेखाका कतिपय बूढी र तरुनी फ्यानहरुले अपकमिङ प्रोजेक्ट 'कसले चोर्‍यो मेरो मन'मा लगाएको पहिरनको खुबै प्रशंसा गरेछन् । त्यस्तो पहिरनमा देख्न चाहेका रहेछन् उनलाई । 'फिल्मको कथा भएर पो, छोटै कपडा लगाएर फिल्म खेल्ने हो' जवाफमा रेखाले भनिन् । चलचित्र 'खुशि' जहाँ रेखाको स्वभाव पनि निकै चुलबुले छ । 'पोखराका फ्यानहरुले अश्लिल र जे पायो त्यही भन्छन् भन्ने सुनेकी थिएँ' रेखाको महसुस थियो 'तर होइन रहेछ मैले सुनेभन्दा फरक पाएँ पोखरेली फ्यानहरुको स्वभाव ।'

0 comments:

Post a Comment