अब अर्को 'कसम'


नायिका कृष्टी मैनालीले दोहोरो भूमिकामा अभिनय गरेको चलचित्र 'कसम' अब धेरै पुरानो भएको छ । अहिले सोही नाममा पुन: अर्को नेपाली चलचित्र 'कसम' निर्माण भएको छ जुन चलचित्र अहिले सम्पादनको अन्तिम तयारीमा छ ।

२३ बर्षे लक्ष्मण रिजालले निर्देशन गरेको सो चलचित्रमा टोले दादागिरीको कथालाई समावेश गरिएको छ । विपिन मल्लले सम्पादन गरिरहेको सो चलचित्रमा नायक निखिल उप्रेती, सुमन सिहँ र उषा पौडेल मुख्य भूमिकामा रहेका छन् ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजाल, भरत रिजाल र सुशिल गुनीले निर्माण गरेको सो चलचित्र आगामी कात्तिक १९ गते प्रदर्शन गरिने निर्देशक रिजालले जानकारी दिए । चलचित्रमा सुरज मालीले पहिलो पटक संगित दिएका छन् ।

चलचित्रमा अष्ट महर्जनको द्वन्द, शिब ढकालको छायाँकन र गोबिन्द राईको नृत्य रहेको छ । यस अघि रिजाल एण्ड रिजाल प्रोडक्सनले लागुपदार्थको विषयमा 'वान डे' भन्ने चलचित्र निर्माण गरेको थियो । जुन चलचित्रले निकै चर्चा कमाएको थियो ।

0 comments:

Post a Comment