अष्टनारायणमा 'दीपशिखा' को रेकर्ड

काठमाण्डौको बालाजुमा रहेको अष्टनारायण पिक्चर्स प्रालिमा चलचित्र 'दीपशिखा' ले अहिले सम्मकै रेकर्ड कायम गरेको छ ।
स्थापना भएको दश बर्षको अवधिमा यो चलचित्र जस्तो अरू कुनै ले ब्यापार गर्न नसकको हल सञ्चालक त्रिरत्न मानन्धरले फिल्मीखबरलाई जानकारी दिए । उनले दिएको जानकारी अनुसार प्रदर्शनको पहिलो दिन शुक्रबार 'दीपशिखा' ले ७५ हजारको ब्यापार गरेको थियो तर शनिबार 'दीपशिखा' ले २ लाख ३३ हजार ६ सय ३९ रूपैया ८८ पैसा कलेक्सन गरेर रेकर्ड ब्रेक गरेको हो ।


अष्टनारायणकै इतिहासमै एकै दिन यति धेरै कलेक्सन भएकोमा मानन्धर आफु समेत अचम्ममा परेका छन् । यस अघि रेखा थापाको चलचित्र हिफाजफतले अष्टनारायणमा सबैभन्दा बढी कलेक्सनको रेकर्ड राखेको थियो तर शनिबार त्यो रेकर्डलाई दीपशिखाले ब्रेक गरिदिएको मानन्धरले बताए । चलचित्र प्रदर्शनको पहिलो शनिबारका ३ शो प्राय हाउसफुल हुने बताउदै मानन्धरले भने, 'हाम्रो हलमा अहिलेसम्म कुनै पनि चलचित्रको नाइट शो मा यति धेरै दर्शक आएका थिएनन् ।यो रेकर्ड दिपशिखाले राखेको छ ।' देशभर एकसाथ प्रदर्शनमा आएको सो चलचित्र राजधानीका कुमारी, गोपीकृष्ण, गुण र बाराही हलमा हाउसफुलका साथ प्रदर्शन भईरहेको छ । साथै उपत्यका बाहिरका हलहरूमा पनि यो

0 comments:

Post a Comment