निरुता पुनः मुम्बइ !


मुम्बईबाट फर्किएर नेपाली चलचित्र लामो समयपछि कमब्याक गरेकी थिइन् हिरोइन निरुता सिँहले । केहीवर्ष उनले त्यहाँ इन्टेरियर डिजाइन पनि सिकिन् । अनि नेपाल फर्किएर चलचित्र 'द गेम'बाट कलिउड पुनरागमन गरिन् । अब निरुता पुनः मुम्बइ जाँदैछिन् । तर यसपाली पनि उनको मुम्बई यात्रा बस्नका लागि होइन फुस्रदको उपयोगका लागि हो ।

मंगलबार उनी सीधै मुम्बई उड्नेछिन् । दसदिन त्यहाँ बसेर परिवार भेट्न दार्जिलिङ जाने कार्यक्रम छ उनको । मुम्बई चाहिँ किन नि ? 'त्यहाँ मेरो पस्रनल काम छ' मुम्बइ हानिनुको पूर्वसन्ध्यामा निरुताले भनिन् 'सबै कुरा चाहिँ अहिले नखोलौं है, नितान्त व्यक्तिगत काम हो ।' मुम्बईबाट निरुता दार्जिलिङमा आफ्ना काकाको घर जानेछिन् । उनको काकाको देहान्त भएको वार्षिक पुण्यतिथिमा उनी दार्जिलिङ जान लागेकी रहिछन् । दुईतीन सातापछि नेपाल फर्कने कार्यक्रम छ उनको ।

चलचित्र 'मलाई मनपर्‍यो'को बैंकक सुटिङ रोकिएर अहिले फुस्रदमा थिइन् निरुता । फुस्रदलाई भारत घुम्ने र परिवारसँग गेट-टुगेदर गर्ने मेसोका रुपमा उपयोग गर्नेछिन् उनले । सम्भवतः दसैंअघि नै बैंकक जानुपर्ने भएपछि निरुताले भारत बसाई छोट्याएकी हुन् । पछिल्लो समय लगालग चलचित्रमा व्यस्त 'जीरो साइज' हिरोइन अभिनित चलचित्र 'दी गेम' रिलिजको तयारीमा छ ।

0 comments:

Post a Comment