
रोचक कुरा उक्त चलचित्रलाई नेपाली भाषामा पनि निर्माण गरिनेछ । 'पहिलोपटक हामीले सुटिङ स्पटमै दोहोर् याएर एउटै चलचित्रलाई भोजपुरी र नेपाली भाषामा निर्माण गर्छौं' आइतबार मात्र नेपाल आएका चलचित्रका निर्माता विके मिश्रले मेरोसिनेमासँग भने 'पहिलेजस्तो डबिङ गरेर भने होइन ।' उक्त चलचित्रलाई 'प्यारी बहिनी' नेपाली नामाकरण पनि गरिएको छ ।निर्माता मिश्रसँगै निर्देशक आनन्द राव पनि आइतबारै काठमाण्डू आएका छन् । बजार अध्ययन, स्टारर तय, लोकेसन हन्टिङका लागि निर्माता/निर्देशक दुवै नेपाल आएको जानकारी भट्टले दिए । दुवैले सोही दिन नर्लिङ रिसोर्ट, सावित्री सदन, चापागाइँ स्टुडियो घुमेका छन् । चलचित्रमा काठमाण्डू, पोखरा, पाल्पा, महेन्द्रनगर र लुम्बिनीका दृश्य हेर्न पाइने भएको छ ।
0 comments:
Post a Comment