नन्दिता भन्ने कि शोभा ?


नायिका नन्दिता केसीको नाम त तपाईहरूले सुन्नु नै भएको छ होला । तर उनको त्यो नाममा विवाद उत्पन्न भएको छ । आफ्नो नाम नन्दिता नभएका कारण एक जना निर्देशकले उनलाई पुरानै नामले ठूलो जमघटमा बोलाउदा सो रहस्य खुल्न गएको हो ।
प्रसङ्ग हो शुक्रबार साँझ दरबार मार्गमा भएको एउटा चलचित्र घोषणाको । जहाँ उनी सो चलचित्रमा मुख्य भूमिकामा देखिदैछिन् । साई गायत्री फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्र "मृगतृष्णा" को कलाकार परिचय गराउदै निर्देशक तुलसी घिमिरेले नन्दितालाई शोभा भनेर बालाउदा धेरैले उनलाई चिनेका थिएनन् । चिनुन पनि कसरी जव एउटा नामले परिचित भईसकेकी नायिका लाई एक्कासी अर्को नामले बोलाउदा धेरै अलमलमा पर्नु स्वभाविक थियो ।
निर्देशक घिमिरेले उनलाई शोभा भनेर परिचय गराएपछी कार्याक्रममा सहभागी भएकाहरूले उनलाई नचिनेको संकेतको छनक देखेपछी उदघोषक जय प्रकाश रिजालले उनको नामलाई सच्याउदै नन्दिता भनेर पुन बोलाउन घिमिरेलाई आग्रह गरेका थिए उदघोषकको आग्रह बमोजिम निर्देशक घिमिरे पुन पोडियम छेउ पुगे र नन्दितालाई अंगालो हाल्दै भने "यिनलाई म नन्दिता भन्दिन शोभा नै भन्छु" भनेर फेरी अड्डी कस्न थाले । आफ्नो चिर परिचित नामलाई निर्देशकले शोभा भन्दा नन्दिताले मुख खुम्चाएकी थिइन् ।

इन्द्रेणी चलचित्रबाट डेब्यू गरेकी केसीले हाल सम्म २५ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । फिल्मी खबरसंग कुरा गर्दै नायिका केसीले भनिन "आफ्नो बास्तविक नाम शोभा नै हो, तर नन्दिताको नामले बाहिर परिचत भईसकेकाले अलि कस्तो कस्तो लाग्दो रहेछ ।" सात जना हिरोइनले खेलेको चलचित्र इन्द्रेणीमा उनी नन्दिताको भूमिकामा रहेकाले सो समयमा सवैले उनलाई नन्दिता भन्न थालेका रहेछन र अन्तत् उनी शोभा बाट नन्दितामा परिणत भएकी रहेछिन् । जे होस अन्य कलाकारहरू झै यिनलाई पनि नाम परिवर्तन गर्ने रोगले छोएको रहेछ । हैन त शोभा जी !... ए.ए. ए. नन्दिता जी !

0 comments:

Post a Comment